
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बनेपा, २६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अब सबै मिलेर देश बनाउने संकल्प गर्नुपर्ने बताउनुभएको छ । आज काभ्रेलाञ्चोकको धुलिखेलमा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखा, सिङ्गापुर रेडक्रस र प्रारम्भ संस्था ललितपुरको संयुक्त आयोजनामा भएको प्राथमिक स्वास्थ्य सामग्री वितरण कार्यक्रममा बोल्नुहुँदै मन्त्री बाँस्कोटाले समृद्धिका लागि गरिबीविरुद्ध लड्नुपर्ने समय आएको बताउनुभयो । उहाँले राष्ट्रले लिएको समृद्धिको अभियानलाई साकार तुल्याउन स्वदेशी तथा विदेशी सहयोगी दातासँग आ–आफ्नो ठाउँबाट योगदानका लागि आग्रह गर्नुभयो । कार्यक्रममा पूर्व ऊर्जा राज्यमन्त्री सूर्यमान दोङले शहरी क्षेत्रमा भन्दा विकट क्षेत्रका गाउँपालिकामा प्राथमिक स्वास्थ्य सामग्री वितरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । अर्थ मन्त्रालयका सचिव राजन खनालले प्राथमिक स्वास्थ्य सामग्री…
बिर्तामोड, २६ साउन । झापाको गौरीगञ्ज गाउँपालिकामा विद्यालयबाट फर्कंदै गरेकी बालिकालाई जबरजस्ती गर्न खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा दमक–६ का बलबहादुर खत्री रहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ । अभियुक्त खत्रीले गत २२ गते विद्यालयबाट घरतर्फ जाने क्रममा ६ वर्षीया बालिकालाई आफ्नो कोठामा लगेर कपडा फुकाल्दै गरेको अवस्थामा स्थानीयबासीले फेला पारेपछि नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले राससलाई जानकारी दिनुभयो । ‘म्याद थप गरेर थप अनुसन्धान गरिरहेका छौँ’, उहाँले भन्नुभयो ।
भद्रपुर, २६ साउन । जिल्ला समन्वय समिति झापाका पदाधिकारी, सदस्य र कर्मचारीहरुका लागि व्यक्तिगत एवम् संस्थागत रुपान्तरणसम्बन्धी तालिम कार्यशाला शनिबार सम्पन्न भयो । तालिममा व्यक्तिगत र संस्थागत रुपान्तरणका लागि अपनाउनुपर्ने विधिहरुको बारेमा छलफल भएको समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिए । २३ जनाको सहभागिता रहेको सो तालिम कार्यशालाको सहजीकरण तुलसी निरौलाले गरेका थिए । सकारात्मक चिन्तनको विकास गर्दै व्यक्तिगत, संस्थागत र सामुदायिक रुपान्तरणमा तालिम केन्द्रित रहेको थियो । जिल्लापश्चात् सम्पूर्ण स्थानीय तहका प्रमुख एवम् उपप्रमुखहरुका लागि समेत यस किसिमको तालिम कार्यशाला आयोजना गरिने समन्वय समितिले जनाएको छ ।
झापा, २६ साउन । झापाको अर्जुनधारा नगरपालिकाबाट बलात्कारको अरोपमा एक बृद्धलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा–११ का ७० वर्षीय मानबहादुर बानियाँ रहेको इलाका प्रहरी कार्यालय अनारमनीका डीएसपी कृष्ण कोइराला जानकारी दिनुभयो । उहाँका अनुसार बलात्कार प्रयास गरेको अरोपमा शुक्रबार राति बानियाँलाई पक्राउ गरिएको हो । पक्राउ परेका अभियुक्त बानियाँलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यता, अर्जुनधारा नगरपालिकामा मात्रै एक सातायता तीन वटा बालात्कारको घटना सार्वजनिक भएको छ । यसअघि अर्जनधारा–२ की चार वर्षीया बालिकालाई बलात्कारको शिकार भएकी थिइन् । बलात्कारको अरोपमा सोही स्थानका १५ वर्षीय विजय गजमेरलाई प्रहरीले पक्राउसमेत गरिसकेको छ भने बलात्कृत…
काठमाडौँ, २६ साउन । लोक तथा दोहोरी गायक सुजन बराइलीले ‘तीजको बेला नाच बरिलै’ बोलको गीत बजारमा ल्याउनुभएको छ । गीतमा गायक बराइलीले मनमा जति सुकै पीर भए पनि वर्ष दिनको चाड तीजका बेला दुःखलाई सुखमा बदलेर खुशीका साथ मनाउन आग्रह गर्नुभएको छ । गायक बराइलीको लय तथा शब्द सिर्जना रहेको उक्त गीतमा चर्चित गायिका पूर्णकला विसीले स्वर दिनुभएको छ । मल्लाजी म्युजिक प्रालिले मार्फत बजारमा आएको सो गीतमा गायक तथा निर्देशक प्रकाश बराइलीको निर्देशन, वीरेन्द्र भाट विपीनको छाँयाकन र उदिराम खड्काको सम्पादन रहेको छ । यसअघि गायक बराइलीका बाबा विश्वकर्मा, बोलाइ पासो भो, जिउन सिकायो, पर्वते ठिटो र जालैजोलगायत…
इटहरी, २६ साउन । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिरामीको चापलाई ध्यानमा राख्दै आफ्नो स्वामित्वमा धरानको छाताचोकमा रहेको करीब एक बिगाहा १४ कट्ठा जग्गामा १०० श्ययाको अस्पताल सेवा विस्तार गर्ने भएको छ । प्रतिष्ठान प्रशासनले सरोकारवालासँंग आवश्यक समन्वय गरी अस्पताल सेवा विस्तारका लागि अनुकूल वातावरण बनाउन प्रतिष्ठानका उपकुलपति प्रा डा राजकुमार रौनियारले प्रतिष्ठानका कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र तामाङलाई जिम्मेवारी दिएपछि औपचारिकरुपले अस्पताल सेवा विस्तारको तयारी शुरु भएको हो । पुरानो अस्पताल भवनसमेत रहेको उक्त स्थानको भौतिक पूर्वाधारको उपयोगसहित अस्पताल सञ्चालनको जिम्मेवारी विगतमा जिल्ला जनस्वस्थ्य मातहतमा रहेको स्थानीय तहमा समायोजन भएको स्वास्थ्य चौकी र यसअन्तर्गत सञ्चालित पाँच श्ययाको बर्थिङ…
गोमा भट्टराई मानव सभ्यताको काल खण्डमा अध्ययान गनेर् हो भने महिलाहरुलाई दोश्रो दर्जाको रुपमा हेरिने गरिन्थ्यो । त्यसकारण महिलाको हक अधिकारको निम्ति अग्रणी महिलाहरुले बुलन्द आवाज उठाउदै आउनु भएको छ । वि सं १९७४ सालमा दिव्यादेवी कोइरालाको सकृयतामा एउटा समिति गठन गरी महिलाहरुलाई एकतृत गरी विभिन्न कार्यहरु सुरुवात गरेको पाइन्छ । सो समितिमा अग्रिणी महिलाहरु योग माया देवी, चन्द्रकान्ता, लक्ष्मी देवी, तुलसा शर्मा, मेलवा देवी, द्वारिका देवी चन्द ठकुरानी समेत हुनुहुन्थ्यो । १९९८ साल आषाढ २१ गते समाजिक सुधारको लागि संगठित भई योगमाया देवी न्यौपानेको नेतृत्वमा ६८ जना महिलाले जल समाधि गर्नु भयो । २००३ सालमा आदारणीय नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा विराटनगर जुटमिलमा भएको मजदुर…
काठमाडौं, २६ साउन । सुन तस्करबारे छानविन गर्नबनेको छानविन समितिले ३३ किलो सुन काण्डबारे तयार पारेको प्रतिवेदन अहिले गुमनाम पारिएको छ । समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हालै प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनबारे अहिलेसम्म चाइँचुइँ भएको छैन । करिब तीन महिनासम्म देशको चर्चित प्रमुख खबर नै उक्त सुन काण्ड बनेको थियो । तर सो प्रकरणमा नेकपा र नेपाली कांग्रेसका उच्च तहको नेताको संलग्नता रहेको खुल्दै गएपछि प्रतिवेदनकै चर्चा हुन छाडेको छ । समितिले ३ सय भन्दा धेरैमाथि थप अनुसन्धान गर्नुपर्ने प्रतिवेदनमा औंल्याएको कुरा बाहिर आएको थियो । केही चर्चित व्यक्ति समेत फस्ने भएपछि यसलाई गुपचुप राख्न खोजिएको जानकारहरुको आरोप…
काठमाडौं, २६ साउन । अख्तिायार दुरुपयोग अनुसन्धान आयेगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सर्वोच्च अदालतमा आफूहरुविरुद्धको मुद्दा जिताइदिन तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई १० करोड गोडधुवा दिन खोजेको खुलासा भएको छ । पूर्वप्रधानन्यायाधीश सुशीलाका पति दुर्गा सुवेदीको शुक्रबार प्रकाशित पुस्तक विमान विद्रोह मार्फत लोकमानले घुसको प्रलोभन दिएको खुलेको हो । ुटोलीमा आएको एकजनाले मलाई सुनायो, चाँदीको खुड्केलोमा राखेर गोडा धुने रे १ अर्कोले मलाई छेउमै बोलाएर भन्यो, बाहिर गेटमा रोकिएको गाडीमा १० करोड गोडधुवा छ ।ु सुवेदीको पुस्तकमा उल्लेख छ, ुलोकमान भन्ने मान्छे कति खतरनाक र खुराफाती रहेछ भन्ने मलाई थाहा भयो ।ु पुस्तकको यो प्रसंगले ठूलो मुद्दामा प्रधानन्यायाधीश र न्यायाधीशलई…
काठमाडौं, २६ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तल्ला कमिटीको एकीकरण दुई पार्टीको सांगठनिक शक्ति सम्मानजनक समायोजित हुने गरी टुंगो लगाइने भएको छ । भदौ पहिलो साताभित्र प्रदेश, जिल्ला र जनसंगठनहरूको एकीकरण टुंग्याउने गरी अधिकांश कार्यदलले दस्ताबेज, समायोजन हुने संख्या र नामसमेत करिब–करिब टुंगो लगाएका छन् । यद्यपि, मूल नेतृत्वबारे औपचारिक निर्णय हुन बाँकी छ । सकभर जिल्ला, प्रदेश र जनसंगठनको नेतृत्व सर्वसम्मत टुंग्याउन निर्देशन दिइए पनि कार्यदलका नेताहरूले निष्कर्ष निकाल्न सकेका छैनन् । उनीहरूले कमिटीको नाम, अध्यक्ष र सचिवका दाबेदारको नाम केन्द्रीय सचिवालयमै सिफारिस गर्दै छन् । आजको नयाँ पत्रिकामा खबर छ ।