झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

सन्देश श्रेष्ठ पोखरा, १३ साउन । शुक्रबार त्रिशुली नदीमा खसेर भएको कार दुर्घटनामा पोखराका पर्यटन व्यवसायी मधु सुवेदीको मृत्यु भयो । मधुका छोरा छैनन्, दुई छोरीमात्रै छन् । जिउँदो हुँदा मधुले भन्ने गरेका थिए, मेरा यी दुई छोरीहरु छोरासरह हुन्, म मरेपछि यिनै छोरीले किरिया गरे हुन्छ । तर, मधुको सपना पूरा भएन । संविधान र कानूनले छोराछोरीलाई समान हैसियत दिए पनि सामाजिक मान्यताले समान हैसियत दिएन । मधुकी छोरी ममताले छोरासरह आफ्ना पिताको काजकिरिया गर्न पाइनन् । छोराले पाउने हक छोरीमा हैन, काकातिर सर्‍यो । काका वा ठूलोबुबाहरु जिउँदै भए पनि छोराहरुले आफ्ना पिताको काजकिरिया गर्न निर्वाध रुपमा पाउँछन्…

Read More

आफ्ना छोराछोरीले राम्ररी पढुन्, नबरालियून् भन्ने चाहना सबै आमाबाउको हुन्छ । यसका लागि बच्चाबच्चीलाई माया र डर दुबै देखाइन्छ । तर कोही कोही आमाले भने आफ्नी छोरीका लागि आफैलाई जिउँदै मार्दा रहेछन् । चीनमा एक महिलाले आफ्नी छोरीको राम्रोे पठाइका लागि आफुलाई १३ वर्षसम्म जिउँदै मारिन् । छोरीले स्कूलमा राम्रो पढोस् र आत्मनिर्भर हुन सिकोस् भन्ने ध्येयले उनले आफैलाई जिउँदै मारेकी हुन् । समाचार अनुसार ती महिलाले आफ्नी छोरीलाई आफु उसको आमा भएको कुरा ढाँटिन् र ऊ बुझ्ने भएदेखि नै उसलाई तेरो खास आमा मरिसक्यो, म त केवल तलाइँ पाल्ने मात्र हुँ भनेर ढाँटिन् । सेनयांग सहरकी शेन नामकी ती…

Read More

विराटनगर, १३ साउन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको समृद्धिको आधार तयार हुने गरी विकास निर्माणको कार्य थालनी हुनुपर्ने बताउनुभएको छ । प्रदेश नं १ भौतिक पूर्वाधार विकास मन्त्रालयस्तरीय आर्थिक वर्ष २०७४÷७५ को आज आयोजित प्रगति समीक्षा बैठकमा उहाँले छोटो अवधिमा विभिन्न कठिनाइ र अभावबीच पनि सडक, पुल, भवन, रंगशाला, सिँचाइ र खानेपानी योजनाको विस्तृत अध्ययन कार्य सम्पन्न गर्न सफल भएकामा प्रशंसा व्यक्त गर्नुभयो । मुख्यमन्त्री राईले सडक वर्गीकरण गुरुयोजना तयार गर्नुपर्नेमा जोड दिँदै आगामी पाँच वर्षभित्र प्रदेशका सडकमा कालोपत्र देखिने गरी बजेट कार्यान्वयनको आवश्यकता औँल्याउनुभयो । उहाँले १ प्रदेश निर्वाचन क्षेत्रमा सडक, पुल र नदी नियन्त्रण…

Read More

अष्ट्रेलियामा रहेका युवा व्यवसायीहरूको लगानीमा बनेको चलचित्र ‘मिस्टर भर्जिन’ भदौ १ गते बजारमा आउने भएको छ। फिल्म आउनु केही साता अगाडि यसको नयाँ गीत टुल्की सार्वजनिक भएको छ। ‘ए मेरी टुल्की नलाई बाडुल्की’ नामक गीत सार्वजनिक भएको हो। चलचित्रको कथावस्तुमा ढलेको यो गीतमा सुदूरपश्चिमका केही लोकस्वरमा पनि गीतमा समिश्रण गरेर नयाँपन दिन खोजिएको छ। अष्ट्रेलियामा रहेका चलचित्रप्रेमीहरू खिलेन्द्रराज तिम्सिना, प्रजापती सिवाकोटी र मुकेश रेग्मीको निर्माणमा बनेको चलचित्र ‘मिस्टर भर्जिन’ नेपाली चलचित्रको नयाँ प्रयोग भएको बताइएको छ। चलचित्रको ट्रेलर भने यसै हप्ता सार्वजनिक हुँदैछ । निर्देशक बिसारद बस्नेतको निर्देशन रहेको यो चलचित्रमा विजय बराल,गौरव पहाडी,भोलाराज सापकोटा,रवीन्द्र झा, कमलमणी नेपाल तथा सृजना…

Read More

शिवकुमार भुजेल कतार, १३ साउन । नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कतारको दोहास्थित हमाद हस्पिटल रक्तदान केन्द्रमा महासंघले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा ५७ जनाले रक्तदान गरेका छन् । ६५ जना रक्तदाताले रक्तदान गर्न इच्छुक भए पनि केहीले प्राविधिक कारणले रक्तदान गर्न सकेनन् । कार्यक्रमा महासंघ कतारमा आबद्ध ११ वटा जातीय संस्थाहरुले रक्तदान कार्यक्रममा सहभागिता जनाएको थिए । नेपाल मगर सघं, शाखा कतार, किरात याक्थुम चुम्लुङ कतार, तमु (गुरुङ) समाज कतार,किरात राई यायोक्खा शाखा कतार, नेपाल प्रवासी तामाङ्ग सेवा समाज कतार, थारु कल्याणकारी सभा च्याप्टर कतार,…

Read More

बिर्तामोड, १३ साउन । गाउँघरमा भएका झै–झगडाहरु गाउँमै मिलाउन झापाका स्थानीय निकायका न्यायिक समितिका लागि तालिम दिन सुरु गरिएको छ । झापामा रहेका १५ स्थानीय तहमध्ये कनकाई नगरपालिकाबाट यस तालिमको सुरुवात गरिएको छ । प्राकृतिक श्रोत तथा द्धन्द्ध रुपान्तरण केन्द्र नेपालको संयोजन तथा कनकाई नगरपालिकाको आयोजनामा शनिवारदेखि कनकाई नगरका वार्डअध्यक्ष, वार्डपरिषद सदस्य, नगरकार्यसमितिका सदस्य र हरेक वार्डका अग्रज ब्याक्तित्वहरुलाई ८ दिने सामाजिक मेलमिलाप सम्बन्धि तालिम सुरु गरिएको हो । यो तालिम पछि नगरमा सबै वार्डमा ७ सदस्यीय सामाजिक मेलमिलाप समिति गठन गरि गाउँमा भएका झैझगडाहरु गाउमै मिलाइने र गाउँमा नमिलेका झगडा नगर कार्यसमितिको न्यायिक समितिमा आइपुग्ने कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार…

Read More

काँकडभिट्टा, १३ साउन । झापा कन्काई नगरपालिका ६ दुर्गापुरका गोविन्द कामी (दर्नाल) मेनपावर कम्पनी धाएको ५ वर्ष बित्न लाग्यो । अझै न्याय पाउन सकेका छैनन् । झापा बिर्तामोडको जानकी ओभरसिज नामको मेनपावर कम्पनीले उनलाई दुवई पठाइदिने भन्दै त्यो वेला ८० हजार रुपैयाँ लिएको थियो । तर, विदेश पठाउनुको साटो कम्पनी सञ्चालक नै बेपत्ता भए । २०७१ सालतिर उनले दुबईमा चालकका लागि आवेदन दिएका थिए । १ लाख २० हजार रुपैयाँ लाग्ने बताइएको थियो । दुई पटक गरेर उनले ८० हजार तिरेका थिए । पहिला ५० हजार तिरे । पछि ३० हजार । दवै पैसाका भर्पाइ समेत उनले पाएनन् । कम्पनीका…

Read More

बिर्तामोड, १३ साउन । नेपाल बहुउद्देशीय सहकारी संस्था (एनएमसी) का बजार प्रतिनिधि तेजु बराल चार दिनदेखि बेपत्ता भएका छन् । उनका बुबा दुर्गा बरालले साउन ९ गतेबाट छोरा बेपत्ता भएको जानकारी दिए । उनले छोरा सम्पर्कमा नआएपछि खोजी गरिदिन इलाका प्रहरी कार्यलय अनारमनीमा निवेदन गरेका छन् । अर्जुनधारा– डाडाँगाउँका २८ वर्षीय बराल एनएमसीमा विगत पाँच वर्षदेखि कार्यरत रहेका छन् । गत बुधबार विहान विर्तामोडमा तिन ठाउँमा बचत संकलन गरेपछि सम्पर्कमा नरहेको परिवारिक स्रोतको भनाई छ । इलाका प्रहरी कार्यलय अनारमनी र भन्सार कार्यलय काकरभिट्टाको सीसी क्यामरामा उनलाई देखिएको भनाई छ । इप्रकाको सीसी क्यामरामा पूर्व गएको र सोहि दिन…

Read More

विराटनगर, १३ साउन । प्रदेश नम्बर एकका १४ जिल्लामा गएको एक वर्षमा ७ हजार ६ सय ९१ वटा अपराधिक घटना भएको प्रदेश नम्बर एक प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा भएका अपराधिक घटना मध्ये ४ हजार १ सय ५९ वटा फछ्र्यौट भएकाछन् । त्यसैगरि, ३ हजार ५ सय ३२ वटा घटना फछ्र्यौट हुन बाँकी रहेको र ती घटनाको अनुसन्धान जारी रहेको कार्यालयले जनाएको छ । प्रदेश नम्बर एकका प्रहरी प्रमुख डीआईजी केदार रिजालले सबैभन्दा बढी अपराधिक घटना सुनसरी जिल्लामा भएको जानकारी दिए । एक वर्षको अवधिमा सुनसरीमा १ हजार ९ सय ९० वटा विभिन्न…

Read More

अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग युएसएआइडीको सहयोगमा सर्च फर कमन ग्राउन्ड नेपालले उत्पादन गरेको टेलिशृंखला सिंहदरबार–२ को प्रसारण साउन १२ गते शनिबारदेखि हुने भएको छ । १३ भाग रहेको टेलिशृंखला नेपाल टेलिभिजनबाट हरेक शनिबार बेलुकी ८ बजेर ५० मिनेटदेखि ९ बजेर ३० मिनेटसम्म प्रसारण हुनेछ । टेलिश्रृंखलाको पूनः प्रसारण सोमबार दिउसो १ बजेर ५ मिनटमा हुनेछ । टेलिशृंखलाको यो सिजन, संघीय संरचनामा जाँदा नेपालले सामना गर्ने चुनौति र अवसरहरुमा केन्द्रित गरिएको सर्च फर कमन ग्राउण्डले जनाएको छ । यो सिजनमा नेपालमा संघीय संरचना तथा त्यससँग सम्बन्धित नीति र योजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न प्रधानमन्त्री बनेकी पात्र आशा सिंह कसरी सफल हुन्छिन् भन्ने…

Read More