
सान नेपाल
गौरादह, १४ साउन । तत्कालीन जिल्ला शिक्षा कार्यालय र हाल नगर÷ गाउँपालिकाबाट निकासा हुने तलब र सेवा सुबिधालाई विद्यालयका प्रधानाध्यापकले आफुखुशी कटौती गरेर वितरण गर्ने गरेको पाइएको छ ।
प्रत्येक शिक्षकबापत कक्षा–११ र १२ को अनुदान र दरबन्दी अन्तरगत मासिक तलब ३५ हजार २२० माग फारम पेस गरी शिक्षकलाई भने कतै १५ हजार, कतै २० हजार, त कतै २५ हजार दिने गरेको हिस्टान नगर अध्यक्ष युवराज रेग्मीले बताए ।

हिस्टानको सर्भे अनुसार यस्ता विद्यालय झापामा १२÷१५ वटाको संख्यामा रहेको छन् । अधिकांश विद्यालयका प्रअले शिक्षकहरुलाइ डर, धम्की देखाइ र अनुचित प्रभावमा पारेर तलब कटौती गरेर दिने गरेको हिस्टानले उनको आरोप छ ।
तीन महिना अगाडि हिस्टानले झापाभरिका स्थानीय तहलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराए पनि यस सम्बन्धमा कुनै पनि स्थानीय तहले त्यस्ता विद्यालयलाई कानुनी दायरामा नल्याएको उनको गुनासो छ ।
शिक्षकको सेवा सुबिधा कटौती गर्ने विधालयमा झापाको दक्षिण भेगमा जनता माबि गौरादह–१, भद्रकाली माबि र गौरिगञ्ज मावि रहेका छन् । त्यसैगरी झापा गाउँपालिका, कन्काइ नगरपालिका र शिवसतासी नगरपालिकाका केही विद्यालयमा पनि यस्तै अवस्था रहेको पाइएको छ । यसरी शैक्षिक क्षेत्रमा श्रम शोषण गरिँदासमेत सरोकारवाला निकायहरू मौन बस्नु विडम्बनापूर्ण रहेको रेग्मी बताउँछन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
