
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, १० साउन । अनसनरत डा. गोविन्द केसी र सरकारबीचको वार्ता सफल भएको छ । सरकारी र केसी पक्षको वार्ताटोलीबीच आज दिउँसो भएको सहमतिलाई अन्तिम रुप दिन दुबै वार्ता टोली प्रधानमन्त्री निवास बालुवाटार जाँदैछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहरबारमा भएको सरकारी वार्ता टोली र केसी पक्षबीच भएको सहमतिलाई वालुवाटारमा अन्तिम रुप दिइने र सहमतिपत्रमा हस्ताक्षर हुनेछ । सहमतिमा हस्ताक्षरसँगै केसीको अनसन आजै तोडिने वार्ता प्रक्रियामा सहभागी नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए । केसीको अनसन तोडाउन नेम्वाङ र केदारभक्त माथेमासहितको टोली शिक्षण अस्पताल जानेछन् । सहमतिमा हस्ताक्षरघि केसी पक्षका वार्ता टोलीले डा. गोविन्द केसीलाई भेट्दैछन् । बिहीबारको वार्तामा…
भद्रपुर, १० साउन । गौरादह नगरपालिका र कमल गाउँपालिका जोड्ने किस्ने खोलामा निर्माणाधीन पक्की पुल सात वर्ष पुग्दा पनि पुरा नहुँदा जनताले सास्ती व्यहोर्नु परिरहेको छ । पचास मिटर लामो यो पुल रु दुई करोड ४७ लाख १२ हजारको लागतमा तीन वर्षमा पूरा गर्ने गरी उदयपुरको रौताहा जेवी कन्ट्रक्सन कम्पनीले विसं २०६८ फागुनमा ठेक्का पाएपनि अहिलेसम्म पुलले पूर्णता पाएको छैन । समयमै पुल निर्माण नहुँदा विद्यालय जाने बालबालिका र हाटबजार जान समस्या भएको स्थानीय केदार खड्काले बताउनुभयो । पुल निर्माण गर्ने जिम्मा लिएको कम्पनीले पिलर गाड्नेबाहेक अन्य केही काम नगरेको र समयमा काम नसकेकाले रु २७ लाख ९२ हजार क्षतिपूर्ति…
काठमाडौँ, १० साउन । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का वरिष्ठ नेता माधवकुमार नेपाल आज कम्बोडिया प्रस्थान गर्नुभएको छ । कम्बोडियामा यही साउन १५ गते हुन गइरहेको संसदीय निर्वाचनको पर्यवेक्षण गर्न उहाँ कम्बोडिया जानुभएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो । नेपालसँगै नेकपाका नेता तथा सांसद भानुभक्त ढकाल र नेपाली काँग्रेसका नेत्री तथा सांसद सुजाता कोइरालासमेत जानुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपाल ‘सेन्ट्रिस्ट् एसिया प्यासिफिक डेमोक्राट्स इन्टरनेशनल’को उपाध्यक्षसमेत हुनुहुन्छ । उहाँ त्यहाँ रहँदा विश्वबाट आएका अन्य देशका नेतासँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको नेकपाका नेता रिजालले जानकारी दिनुभयो । नेता नेपाल साउन १८ गते स्वदेश फर्कनुहुने छ ।
काठमाडौँ, १० साउन । बालयौन दुराचारमा संलग्न भएको आरोपमा दुई फ्रान्सेली नागरिक पक्राउ परेका छन् । प्रहरीले काठमाडौंको गौशालाबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ४२ बर्षीय क्रिस्टोफे ग्योलक्स र ३८ बर्षीय मिचेल चुपाउ छन् । काठमाडौंको कागेश्वरी मनोहरा भद्रवासमा डेरा लिई बस्दै आएका उनीहरुले बालयौन दुराचार गरेको प्रहरीले जनाएको छ । प्रहरीले भद्रवासमा निगारी बढाएको थाा पाएपछि विमानस्थल जानलागेका बेला उनीहरुलाई प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले पक्राउ गरेको हो । आजको नागरिक दैनिकमा खबर छ ।
काठमाडौं, १० साउन । कसैको गालीबेइज्जती गरे के हुन्छ रु कानुन भन्छ, ‘मुद्दा चल्छ र सजाय हुन्छ ।’ सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यसो गरे उसको पद नै जान्छ । जस्तो कि भर्खरै कानुनमन्त्री शेरबहादुर तामाङ राजीनामा दिन बाध्य भए । उनले एउटा समूहका चेलीहरूलाई औंल्याएर दिएको मन्तव्य रातारात सामाजिक सञ्जालमा भाइरल भयो । भूलबसै सही, कसैको मर्ममा प्रहार हुने गरी बोलेबापत तामाङले एक ढंगको कारबाही भोगेका छन् । तर यही कुरो उनले भन्दा चर्को स्वरले र पहिले भनेका थिए मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले । भक्तपुरमा प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई मार्सी चामलको भात खुवाएका उनले चेलीहरूको सामूहिक…
काठमाडौं, १० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हाम्रो नेपालः हामी नेपाली, हामी जनताका सेवक’ को प्रतिबद्धता व्यक्त गर्दै सबै मन्त्री र कर्मचारीलाई त्यसलाई मूल मन्त्र मान्न आह्वान गरेका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा ६ महिने आधारभूत प्रशिक्षण पूरा गरेका अधिकृत तहका नयाँ कर्मचारीका लागि आयोजित दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रशिक्षार्थीहरुले तयार गरेको विभिन्न प्रतिबद्धतामा नयाँ प्रतिबद्धता लेखेर थप्दै त्यसलाई आफूले पालना गर्ने र अरुले पनि गर्नुपर्ने बताएका हुन् । उनले सधैँ सफा र स्वच्छ व्यक्तिका रुपमा रहन पनि नयाँ अधिकृतलाई निर्देशन दिए। प्रधानमन्त्री ओलीले कर्मचारीले जहाँ पुगे पनि उज्यालो ज्योतिका रुपमा रही नवप्रवर्तनकारी काम गरेर…
हाल प्रदर्शनरत फिल्म ‘पण्डित बाजेको लौरी’ को प्रदर्शन तत्काल रोक्न राष्ट्रिय बादी परिषद्ले चेतावनी दिएको छ । नेपालगञ्जमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै परिषद्ले फिल्ममा बादी समुदायलाई ‘होच्याउने’ शब्दहरु प्रयोग गरिएको भन्दै आपत्ति जनाएको छ । फिल्मसँगै सरस्वती प्रतिक्षाको ‘नथिया’ र विवेक ओझाको ‘ऐलानी’ नामक उपन्यासमा बादी समुदायलाई ठेस लाग्ने, लान्छाना, भेदभाव देखिने शब्दहरु प्रयोग भएकाले सच्याउन आग्रह गरिएको छ । परिषदका अध्यक्ष केशव नेपाली ९बादी० ले फिल्म र उपन्यास नसच्याए ‘जस्तोसुकै प्रतिकार गर्न पछि नहट्ने’ चेतावनी दिएका छन् । उनी भन्छन्, ुबादी समुदायले श्रीमतीको देहव्यापार गरेर कमाई खान्छन् भन्ने देखाइएकाले त्यो भर्त्सनायोग्य छ ।ु परिषद्का महासचिव सुकलाल नेपाली ९बादी०…
मुम्बई । बलिउड अभिनेता शाहरुख खानले आफ्नो पकड गुमाउँदै गएका छन् । केही वर्षयता उनले कुनै पनि ब्लकवस्टर दिन सकेका छैनन् । अमेरिकी म्यागजिन फोर्बसले हालै प्रकाशित गरेको विश्वका १०० सेलिब्रिटीको सूचीमा शाहरुख खान अटाएका छैनन् । सर्वाधिक कमाई गर्ने विश्वका सेलिब्रिटीको सूचीमा बलिउडका अक्षय कुमार र सलमान खान परेका छन् । सलमान खानभन्दा अक्षय कुमार यो सूचीमा अगाडि छन् । धेरै वर्षदेखि शाहरुख फोर्बसको सूचीमा पर्दै आएका थिए । यस पटक उनी बाहिरिँदा अक्षय कुमारलाई ७६औं र सलमान खानलाई ८२औं स्थान प्राप्त भएको छ । सन् २०१७ को सूचीमा शाहरुख खान ६५औं स्थानमा थिए । यस पटक अक्षय कुमारले…
बिबिसी । अनुसन्धानकर्ताहरूले मङ्गल ग्रहमा तरल अवस्थामा पानी विद्यमान रहेको प्रमाण फेला पारेका छन्। उनीहरूले फेला पारेर प्रस्ताव गरेको ‘जलाशय’ सो ग्रहको दक्षिणी ध्रुवमा अवस्थित हिमवत् क्षेत्रमुनि रहेको छ र त्यो झन्डै २० किलोमिटर चौडा छ। यसअघि गरिएका खोज अनुसन्धानहरूले मङ्गल ग्रहको सतहमा कहिलेकाहीँ मात्र अस्थायी रूपमा पानी बगेको हुनसक्ने देखाएका थिए। तर स्थायी रूपमा नै तरल अवस्थामा पानी फेला परेको देखाउने यो पहिलो प्रमाण हो। यसअघि नासाको क्युरिओसिटी रोभर भनिने अन्तरिक्ष वाहनले पुराना र सुख्खा तालहरूका पिँधको अन्वेषण गर्दा त्यहाँ पहिला पानी रहेको पत्ता लागेको थियो। फेला परेको भनिएको ताल मङ्गल ग्रहको दक्षिणी ध्रुवमा हिउँमुनि रहेको छ। मङ्गल ग्रहको…
मोरङ, १० साउन । गोठगाउँमा रु एक करोडको लागतमा दूध प्रशोधन तथा दूधजन्य सामग्री संकलन उद्योग सञ्चालन भएपछि यहाँका किसान उत्साहित भएका छन् । सो क्षेत्रका दूध उत्पादक किसानले दूधको मूल्य नपाइरहेको गुनासो गरिरहेको बेलामामा मोरङको गोठगाउँमा दूधजन्य सामग्री प्रशोधन तथा संकलन उद्योग सञ्चालनमा ल्याइएपछि किसान उत्साहित बनेका हुन् । स्थानीय सीताराम भट्टराई, पेशल पोखरेल, नवराज पोखरेलको संयुक्त लगानीमा सो दुग्ध उद्योग सञ्चालनमा ल्याइएको हो । सो क्षेत्रका किसानले दूधको मूल्य राम्रो पाउने भएका छन् । साना किसान सहकारी संस्था सुन्दरपुरका अध्यक्ष रवीन्द्र आर्चायका अनुसार पूर्वी मोरङमै दूध उत्पादन बढी हुने गोठगाउँका किसानको दुग्ध उत्पादनले बजार पाउने भएको छ ।…