झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, १७ साउन । झापाको मेचीनगरमा एक बालिकाको डुबेर मृत्यु भएको छ । मेचीनगर नगरपालिका–७ सतिघट्टा नजिकैको पैनीमा डुबेर आज दिउँसो सोही स्थानकी संजु दर्जीकी एक वर्षकी छोरी नेत्रकुमारी दर्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बालिकालाई पैनीमा डुबेको अवस्थामा फेला पारेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए ।

Read More

काठमाडौं, १६ साउन । सरकारले कृषि तथा वन विज्ञान विश्वविद्यालयले दिएको आठ वटा कलेजको सम्बन्धन खारेज गरी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले मन्त्रिपरिषद बैठकले कृषि तथा वन विज्ञान विश्वविद्यालयले दिएको ८ वटा कलेजको सम्बन्धन खारेज गर्ने निर्णय गरेको जानकारी दिनु भएको हो । गएको सोमबार बसेको मन्त्रिपरिषद बैठकले तत्काल सम्बन्धन दिने कार्य स्थगन गर्न पनि सबै विश्वविद्यालयलाई निर्देशन दिएको छ । अर्को निर्णय नभएसम्मका लागि सबै विश्वविद्यालयलाई कलेजको सम्बन्धन प्रक्रिया अघि नबढाउन निर्देशन दिइएको पनि सचिव बरालले बताए । सरकारले जनशक्ति प्रक्षेपण, विश्वविद्यालयको वर्गीकरण र उच्चस्तरीय शिक्षा आयोगको कामलाई प्रभावित हुन नदिन पनि विश्वविद्यालयलाई…

Read More

काठमाडौँ, १६ साउन । नेपाल र नेदरल्याण्ड्सबीचको पहिलो एक दिवसीय खेल भर्खरै शुरु भएको छ । नेदरल्याण्ड्सस्थित भि आर ए मैदानमा भर्खरै शुरु भएको खेलमा टस जितेर नेदरल्याण्ड्सले ब्याटिङ रोजेको छ । गत चैतमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु को उपविजेता बन्दै नेपालले एक दिवसीय मान्यता पाएको थियो । तीन ओभरको खेल सकिदासम्म एक वीकेटको क्षतिमा नेदरल्याण्डले दश रन बनाएको छ । नेदरल्याण्ड्सको निमन्त्रणामा त्यहाँ पुगेको नेपाली टोलीको नेतृत्व पारस खड्काले गरेका छन् । पारससँगै नेपाली टोलीमा इण्डियन प्रिमियर लिग (आइपिएल) र टोली विश्व–११ मा समेत स्थान बनाइसकेका युवा स्टार सन्दिप लामिछानेसमेत सामेल छन् । त्यस्तै अनिलकुमार साह,…

Read More

काठमाडौँ, १६ साउन । महानगरीय अपराध अनुसन्धान महाशाखाले कम्बोडिया पठाइदिन्छु भनी ८८ लाख ठगी गर्ने एक जनालाई आज काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका –९ का २४ वर्षीय सुमन बस्नेत छन् । बस्नेतले वैदेशिक रोजगारीको सिलसिलामा कम्बोडियास्थित क्यासिनोको सेक्युरीटी गार्डमा प्रतिमहिना रु एक लाख तलब हुने साथै अन्य सुविधा समेत पाइने प्रलोभन देखाई प्रतिव्यक्ति रु तीन लाख ५० हजार देखि रु छ लाखसम्मका दरले रु ८८ लाख ३९ हजार ठगी गरेको उजुरीका पक्राउ गरिएको हो । उनलाई काठमाडौँको माछापोखरीबाट पक्राउ गरिएको महाशाखाका प्रहरी निरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिनुभयो । पाँचथर मिक्लाजुङ गाउँपालिकाका कुलबहादुर तामाङ लगायतका १९…

Read More

१० दिनअघि मरेकी महिलाको अन्त्येष्टिका लागि लैजाने क्रममा मानिसहरु तब अचम्ममा परे जब महिलाको लास राखिएको कफन खोलियो । दक्षिण अफ्रिकाको एक गाउँमा यस्तो घटना भएको छ । अन्त्येष्टिका लागि महिलाको शव लगिरहेका शवगृहका कर्मचारीहरुले मृतक महिलाको शव राखिएको कफन खोल्दा झसँग भए । कफनभित्र मृतक महिलाको शव त थियो नै उनले जन्माएको जीवित नवजात शिशु पनि थियो । ३३ वर्षकी नामभेलिसो नामासोन्तो म्योदी नामकी महिला ९ महिनाकी गर्भवती थिइन्, जतिबेला उनको मृत्यु भयो । आमाको मृत्यु भएपछि पेटको बच्चा पनि मर्दछ भन्ने सबैको अनुमान भयो र उनको अन्त्येष्टिको तयारी गरियो र पार्थिव सरीर परिवारलाई सुम्पिइयो । अन्त्येष्टिका क्रममा कफन…

Read More

काठमाडौँ,१६ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पत्रकार संगठनको नाम ‘प्रेस संगठन नेपाल’ हुने भएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालबीच एकताका लागि गठन भएको कार्यदलले एकीकृत संगठनको नाम टुंगो लगाएको हो । यस्तै कार्यदलको मंगलबार बसेको बैठकल प्रेस चौतारी र प्रेस सेन्टरका महासचिवद्वय राजेश राई र विष्णु सापकोटा’जुगल’ ले प्रस्तुत गरेको अन्तिरिम विधान(२०७५ लाई अन्तिम रुप दिएको छ । उक्त विधानअनुसार संगठनको केन्द्रीय समिति अध्यक्ष र महासचिवसहित २२५ सदस्यी रहेने छ भने प्रदेश समिति अध्यक्ष र सचिवसहित १२५ सदस्यीय, जिल्ला समिति ३५ सदस्यीय र शाखा समिति ९ सदस्यीय रहने छ । यस्तै १५र१५ सदस्यीय अनुशासन…

Read More

चर्चित हास्य टेलिश्रृंखला ‘भद्रगोल’ फेरि बन्द भएको छ । कार्यक्रम उत्पादक मिडिया हबको नेपाल टेलिभिजनसँग सम्झौता अवधि सकिएकाले ‘भद्रगोल’ बन्द भएको हो । भद्रगोलसँगै नेपाल टेलिभिजनबाट प्रशारण हुने सबै टेलिसिरियल अहिले बन्द भएका छन् । मिडिया हबले हास्य टेलिश्रृंखला भद्रगोल ९शुक्रबार०, जिरे खुर्सानी ९बिहिबार० मेरी बास्सै ९मंगलबार० र ब्रेक फेल ९सोमबार० तथा पारिवारिक टेलिश्रृंखला परिचय ९आइतबार० उत्पादन गरेर प्रशारण गर्दै आएको थियो । ती टेलिश्रृंखला प्रशारणका लागि नेपाल टेलिभिजनसँग तीन वर्षका लागि गरेको सम्झौता समाप्त भएको मिडिया हबका सञ्चालक सोम धितालले बताए ।

Read More

अमेरिकाकी आन्तरिक सुरक्षासम्बन्धी मन्त्रीले मध्यावधि चुनावलाई प्रभावित गर्ने उद्देश्यले खोलिएको देखिएका ३० वटा खाता बन्द गर्न फेसबुकले गरेको निर्णयको स्वागत गरेकी छन्। कियर्स्टिन निल्सनले चुनावमा हस्तक्षेप गर्ने कुनै पनि प्रयास प्रजातन्त्रमाथि प्रत्यक्ष हमला भन्दै अमेरिकाले त्यस्तो कुनै दखल नसहने बताइन्।फेसबुकले झण्डै १० हजार पोष्ट र १ सय ५० वटा विज्ञापन हटाएको हो। सामाजिक सञ्जालको उक्त कम्पनीले अभियानको स्रोतबारे आफू पक्का हुन नसके पनि कतिपय झूटा पोष्ट क्रेम्लिनले प्रयोग गरेका खाताहरूसँग सम्बन्धित भएको जनाएको छ। उसले आफूहरू अनुसन्धानको निकै प्रारम्भिक चरणमा रहेको र ती पेजहरू कसले बनाएको भन्ने थाहा नभएको फेसबुकले जनाएको छ। सन् २०१६ को राष्ट्रपतीय चुनावमा भएको भनिएको रुसी…

Read More

काठमाडौँ, १६ साउन । संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले युएईमा गैरकानूनी हैसियतमा बसोबास गर्दै आएका नेपालीलाई युएई सरकारले दिएको आममाफीको भरपुर सदुपयोग गर्न आग्रह गरेको छ । युएई सरकारले आफ्नो मुलुकमा गैरकानूनी हैसियतमा रहेका विदेशी नागरिकलाई वैध रुपमा युएईमा काम गर्न दिने तथा स्वदेश फर्कन चाहनेका लागि तीनमहिने आममाफीको व्यवस्था गरेको छ । यो व्यवस्था आजदेखि लागू भएर आगामी कात्तिक १४ गतेसम्म कायम रहने छ ।प्रवेशाज्ञाको अवधि सकिएर म्यादभन्दा बढी बसेका र कम्पनी छाडेर भागेका व्यक्तिहरु आममाफीसम्बन्धी व्यवस्थाबाट लाभान्वित हुन सक्ने दूतावासले जनाएको छ । आममाफी व्यवस्थाअनुसार युएइको अध्यागमनको नियमानुसार लाग्ने जरिवाना तथा शुल्कसमेत मिनाहा हुने र भविश्यमा…

Read More

बनियानी, झापा, १६ साउन : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत झापामा २० हेक्टर क्षेत्रफलमा कृषि वन विस्तार गरिएको छ । सुपरजोन क्षेत्रमा कृषि वन अवधारणा अन्तरगत २० हेक्टरमा कृषि वन विस्तार गरिएको जिल्ला वन कार्यालय झापाका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार धान सुपरजोन क्षेत्रमा पर्ने भद्रपुर–२ पृथ्वीनगरस्थित कमलधाप राम पोखरी सामुदायिक वनमा सिट्रोनेला र वन विरुवा लगाइएको छ । सिट्रोनेला हर्बल तेल उत्पादनमा प्रयोग हुन्छ । उक्त सामुदायिक वनले उत्पादित सेट्रोनेलाबाट गत रू ६० हजार आम्दानी समेत गर्न सफल भएको सहायक वन अधिकृत उप्रेतीले बताउनुभयो । ‘सिट्रोनेलाबाट छ÷छ महिनामा उत्पादन लिन सकिन्छ’, उहाँले भन्नुभयो, ‘बजारको…

Read More