झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौं, २७ साउन । सिंहदरबारमा दैनिक २ हजार ५ सय भन्दाबढी मानिस प्रवेश गर्ने गरेका छन् । संविधानअनुसार सिंहदरबारको अधिकार गाउँ गउँमा पुगे पनि नागरिकहरु भने सिंहदरबार धाउने क्रम घटेको छैन । विकास निर्माणको योजनाको र सरुवा बढुकाको काम लिएर नागरिकहरु सिंहदरबार धाउने क्रम अझै जारी छ । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ । सिंहदरबारमा रहेका चार वटै गेटबाट दैनिक २ हजार ५ सय मानिस प्रवेश गर्ने गरेको महानगरीय सुरक्षा प्रहरी गण सिंहदरबारले बताएको छ । दैनिक रुपमा १ हजार ५ सय चार पाङग्रे सवारी साधन र २ हजर मोटरसाइकल सिंहदरबार प्रवेश गर्ने गरेका छन् । चार वटा गेटमध्ये…

Read More

गौरीगञ्ज, २७ साउन । गौरीगञ्ज गाउँपालिकका ज्येष्ठ नागरिकलाई प्रशिक्षण दिइएको छ । ज्येष्ठ नागरिक गौरीगञ्जले शिवालय मन्दिरको सभाहलमा एक कार्यक्रमको आयोजना वडा नं. ५ र ६ का १०७ जना आजीवन सदस्यलाई प्रशिक्षण दिँदै प्रमाण–पत्र वितरण गरेको हो । कार्यक्रममा संघका जिल्ला सचिव जयप्रसाद संग्रौला र जिल्ला सहसचिव यज्ञश्वर बाँस्तोलाले ज्येष्ठ नागरिकले पालना गर्नुपर्ने नियमहरु, ज्येष्ठ नागरिकका समस्याहरु र ज्येष्ठ नागरिकका भूमिका विषयमा प्रशिक्षण दिएका थिए । ज्येष्ठ नागरिक संघ वडा नं. ५ का अध्यक्ष डोमलाल सिंह गनगाईको अध्यक्षतामा भएको कार्यक्रममा संघका गौरीगञ्ज गाउँ समिति अध्यक्ष विश्वप्रसाद अधिकारी, संघका वडा नं. ६ अध्यक्ष रामकृष्ण यादव, कोषाध्यक्ष गंगामाया ठटाल, सदस्य रामप्रसाद महतो…

Read More

काठमाडौं, २७ साउन । चिकित्सकले उपचारमा लापरबाही गरी बिरामीको ज्यान गए ‘जन्मकैद’ सजाय हुने भएको छ । यसअघि लापरबाही गरी बिरामीको मृत्यु भए पवा अंगभंग भए चिकित्सकलाई पाँच सय रुपैयाँ जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था थियो । अब उपचारमा लापरवाही गरी बिरामीको ज्यान गए वा शरीरमा कुनै क्षति पुगे उपचारमा संलग्न चिकित्सकले जन्मकैद सजाय भोग्नुपर्नेछ । यो व्यवस्था भदौ १ बाट लागु हुनेछ । उपचारमा हुने लापरबाहीका घटनामाथि गम्भीर बन्दै सरकारले मुलुकी संहिता ऐनमार्फत यस्तो व्यवस्था लागु गरेको हो । सरकारले ल्याउन लागेको उक्त कानुनविरुद्ध चिकित्सकरू एकढिक्का भएका छन् । नेपाल चिकित्सक संघका महासचिव डा.…

Read More

काठमाडौं, २७ साउन । फौजदारी अपराधपीडितले अब क्षतिपूर्ति पाउने भएक छन् । यस्तो क्षतिपूर्ति अदालतबाट अपराधमा संलग्न ठहरिएको व्यक्ति वा राज्यले दिनुपर्नेछ । अपराधपीडितको हक कार्यान्वयन गर्न बनाइएको विधेयकमा क्षति मूल्यांकनका आधारमा क्षतिपूर्ति दिने व्यवस्था गरिएको हो । संसदमा आइतबार पेश गर्न लागिएको उक्त विधेयकम फौजदारी अपराधबाट अंगभंग भए, शारीरिक वा मानसिक स्वास्थ्यमा असर परे, मानसिक चिन्ता परे क्षति पुगेको मानिनेछ । जबर्जस्ती करणीका कारण गर्भ रहे, पीडितको सामाजिक, सांस्कृतिक वा पारिवारिक प्रतिष्ठामा प्रभाव परे पनि क्षति मानिने छ र त्यस्ता गतिविधि गर्ने पीडकले क्षतिपूर्ति दिनुपर्नेछ । मनोवैज्ञानिक, बौद्धिक, यौन वा प्रजनन क्षमता नष्ट हुनुलाई पनि क्षतिकै रुपमा लिने विधेयकको…

Read More

स्पेनिस डिफेण्डर जेरार्ड पिकेले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । ३१ वर्षीय पिकेले स्पेनबाट १०२ खेल खेले, जसका क्रममा पाँच गोल समेत गरेका छन् । स्पेनले २०१० मा पहिलो पटक विश्वकप जित्दा उनी पनि टिममा थिए । त्यस्तै २०१२ मा युरो कप जित्दा पनि पिके स्पेनिस टिमका महत्वपूर्ण सदस्य थिए । बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्दै आएका डिफेण्डर पिके क्याटलान स्वतन्त्रताको पक्षमा लागेको भन्दै बेलाबेला आलोचित पनि हुने गरेका छन् । स्पेन रुस विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिए लगतै अन्तराष्ट्रिय फुटबल छोड्ने निर्णय लिएका थिए । तर, बाहिर सार्वजनिक गरेका थिएनन् । हालै मात्र स्पेनका नवनियुक्त प्रशिक्षक लुइस इनरिकेलाई भेटेर अन्तराष्ट्रिय फुटबल छोड्ने…

Read More

काठमाडौं, २७ साउन । हामी जोकोही औषधि किन्दा पसलेसँग प्रायः छुट माग्दैनौँ । कोही–कसैले मागिहाले पनि पसलेले बढीमा एक दुई प्रतिशत छुट दिन्छन्, त्यो पनि अप्ठ्यारो मान्दै । काठमाडौंमामा यस्तो औषधि बिक्री केन्द्र छ, जहाँ उपभोक्ताले एक शब्द पनि नबोली अधिकतम मूल्यभन्दा ५० प्रतिशत कम मूल्यमा पाइन्छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरभित्र रहेको मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले औषधिमा लेखिएको एमआरपी मूल्यभन्दा ५० प्रतिशत कममा बिक्री गर्दै आएको छ । डब्लुएचओ जीएमजी सर्टिफाइड राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीले उत्पादन गरेको औषधिमा यो छुट पाइन्छ, वर्षौँदेखि। औषधिमा यति धेरै छुट अन्यत्र कतै पाइँदैन । यहाँ न उपभोक्ताले छुट माग्छन्…

Read More

काठमाडौं, २७ साउन । वैदेशिक रोजगारका लागि खाडी मुलुक जाने कामदारबाट सिन्डिकेटका नाममा दुई दशकको अवधिमा करिब साढे ५ अर्ब रुपैयाँ ठगी भएको पाइएको छ । साउदी अरेबिया, ओमन र बहराइन गएका १२ लाख १८ हजार ४ सय ४२ जना कामदारबाट गाम्का नेपाल नामक सिन्डिकेटआबद्ध मेडिकल संस्थाहरूले सो रकम ठगी गरेका हुन् । यी तीन मुलुकमा जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट खडा गरी गाम्का नेपालआबद्ध १२ मेडिकल संस्थाले कामदारबाट ठगी गर्दै आएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Read More

बिर्तामोड, २६ साउन । नेपाली चलचित्र ‘मिस्टर भर्जिन’ भदौ १ गतेदेखि प्रदर्शनमा आउने भएको छ । झापाको बिर्तामोडमा शनिबार पत्रकार सम्मेलनका आयोजना गरी चलचित्र निर्माण पक्षले सेक्स कमेडीमा आधारित मिस्टर भर्जिन भदौ १ गतेदेखि देशभर सञ्चालनमा आउने जनाएको हो । चलचित्रका निर्देशक दिपक ओलीले चलचित्रको नाम जस्तो चलचित्र नभएको बताए । ‘मिस्टर भर्जिन यौन मनोविज्ञानलाई आधारित चलचित्र हो’, उनले भने, ‘तर, चलचित्रमा अमर्यादित कुनै दृश्य छैन, परिवारसँग बसेर मजाले हेर्न सकिन्छ ।’ किशोरावस्था पार गरेका तीन युवाको यौनप्रतिको कौतुहलतालाई चलचित्रको विषय वस्तु बनाइएको छ । नेपाली समाजमा यौनप्रतिको गलत दृष्टिकोणले गर्दा युवा पुस्तामा कस्तो असर परेको छ, उनीहरुको मनोविज्ञान कस्तो…

Read More

सुरुङ्ग, २६ साउन । तेस्रो सामुदायिक वन दिवशको अवशरमा कनकाई नगर क्षेत्र भित्रका उत्कृष्ट विद्यार्थी नगद सहित सम्मानित भएका छन । कनकाई नगरपालिका क्षेत्रभित्रका ३ सामुदायिक वनहरु जामुनवारी सामुदायिक वन तथा जामुनखाडी सिमसार तथा पर्यटकिय क्षेत्र , सुकेडागी सामुदायिक वन र प्रजापति सामुदायिक वन उपभोक्ता समुहको सयुक्त आयोजनामा सरस्वती मावि जामुनवारीमा आयोजित कार्यक्रममा सो क्षेत्रका प्रत्येक विद्यालयमा अध्यानरत् विद्यार्थीका प्रथम विद्यार्थीलाई नगद सहित सम्मानित गरिएको थियो । यस बर्षको सामुदायिक वनको नारा सामुदायिक वनको पहिचान संविधानमा समृद्धिको अभियान रहेको थियो । कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र प्रसाद पोखरेल लगायातका अथितिले विद्यार्थीलाई नगद सहितको पुरस्कार प्रदान गर्नुभएको थियो । सरस्वती माविका…

Read More

राजाराम कार्की काठमाडौँ, २६ साउन । कृषि विकास बैंकलाई ‘किसानको बैंक’ पनि भनिन्छ । तर, सो बैंक किसानमैत्री हुन सकेको छैन । आर्थिक वर्ष २०७४÷७५ मा चिया तथा कफीमा गरेको लगानीबाटै सो कुरा प्रमाणित हुन्छ । आर्थिक वर्ष २०७४÷७५ असारसम्म बैंकले चिया तथा कफी उत्पादनमा रु २१ करोड ३० लाख लगानी गरेको छ । सो लगानीको झण्डै आधा चियामा लगानी हो । जबकी बैंकले यसवर्ष रु पाँच अर्ब ५५ करोड ५७ लाख मुनाफा आर्जन गरेको प्रवक्ता हिमलाल पौडेलले जानकारी दिनुभयो । चियाको हरियो पत्ती बिक्रीबाट किसानले रु एक अर्ब ७४ करोड २५ लाख १५ हजार ३६५ आम्दानी गरेका छन् ।…

Read More