
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
खाद्यान्न तथा उपभोग्य वस्तु किनबेच गर्नका लागि हाटबजार लाग्नु छ स्वभाविकै हो । तर चीनमा भने बिहे गर्नका लागि हाटबजार लाग्ने गर्दछ । सांघाइको पिपुल्स स्क्वाएरस्थित पिपुल्स पार्कमा केही वर्षदेखि एउटा अनौठो बिहे हाटबजार लाग्दै आएको छ । त्यो बजारमा बिहेका सामान होइन, बिहेको नाता अर्थात् जोडी उपलब्ध हुन्छ । सन् २००५ देखि यो हाटबजार लाग्दै आएको छ । हरेक शनिबार उक्त बजार लाग्ने गर्दछ । चाहे जाडो होस् वा गर्मी वा झरी जुनसुकै हालतमा बिहेको हाटबजार लागेकै हुन्छ । बिहेको हाटबजार ठ्याक्कै कसले शुरु गर्यो भन्ने बारेमा एउटा रोचक तथ्य छ । स्थानीय मानिसहरुले मर्निङ वाकमा गर्ने कुराकानीकै क्रममा…
किशोरावस्थामा अधिकांश किशोर किशोरीहरुले हस्तमैथुन गरेको पाइन्छ । यो एउटा सामान्य यौन व्यवहार हो । हस्तमैथुनले किशोर किशोरीमा उत्पन्न हुुने यौन इच्छालाई व्यवस्थापन गर्न निकै महत्वपूर्ण भुमिका खेलेको हुन्छ । विशेषगरी अविवाहित किशोर किशोरीहरुले हस्तमैथुन गर्ने भएपनि केहीमा भने विवाहपछि पनि यो बानी रहेको हुन्छ । सन्तुलित हस्तमैथुनले शारीरिक तथा मानसिक फाईदा हुने बताइन्छ । तर अत्याधिक हस्तमैथुन गर्दा भने शरीरमा नकारात्मक असर पनि पर्न जान्छ । पुरुष तथा महिला दुबैले आफ्नो यौनांङ चलाएर हस्तमैथुन गर्ने गर्छन् । हस्तमैथुन कस्ले बढि गर्छ ? भारतमा गरिएको एक अनुसन्धानका अनुसार ४८ प्रतिशत केटीहरु र ७३ प्रतिशत केटाहरुले हस्तमैथुन गर्ने गरेको पाइएको छ…
लहान, २४ साउन । सिरहाको मिर्चैया नगरपालिका–३ राघोपुर तीनगछियाबाट लुटेराको एक समूहले आज हतियार देखाई २५ लाख ६० हजार नगद लुटेर फरार भएका छन् । मिर्चैयास्थित ग्लोबल आईएमई बैंकबाट रकम झिकेर सिरहाकै कल्याणपुर नगरपालिकास्थित राजाराम सबमनी ट्रान्सफरतर्फ जाँदै गरेको अवस्थामा राघोपुरस्थित तीनगछियामा दुई वटा मोटरसाइकलमा आएका चार जनाको समूहले हतियार देखाई उक्त रकम लुटेर लगेको पीडित मनी ट्रान्सफरका सञ्चालक राजाराम साहलाई उदृत गर्दै इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक दिपेन्द्र साहले जानकारी दिनुभयो । बैंकबाट रकम झिकेर सञ्चालक साह एक्लै मोटरसाइकलबाट आफ्नो मनि ट्रान्सफरतर्फ जाँदै गरेको अवस्था सो घटना भएको प्रहरी नायब उपरीक्षक साहले बताउनुभयो । लुटेराहरुको खोजी गर्नुका…
झापा, २४ साउन । प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्बोले लामो संघर्ष र बलिदानी पछि प्राप्त भएको संविधानको संरक्षण गर्नुपर्ने बताउनुभएको छ । २४ औं विश्व आदिवासी दिवसको अवसरमा झापाको भद्रपुरमा आज आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आङ्बोले संविधान संशोधनभन्दा पनि संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो । ‘संविधानले सबै जाति, वर्ग, धर्म, सप्रदायको प्रतिनिधित्व गरेको छ’, उहाँले भन्नुभयो, ‘संशोधनको कुरालाई बढी जोड दिए प्राप्त उपलब्धि संकटमा पर्छ ।’ आदिवासी जनजातिले गोजीमा रहेको अधिकार बिर्सेर भुइँमा अधिकार खोज्ने काम गर्न नहुने उहाँको तर्क थियो । ‘अहिलेसम्म प्राप्त भएको अधिकारको संरक्षण नगरी संविधान संशोधनका मुद्दा मात्र उठाउन…
काठमाडौँ, २४ साउन । सर्वोच्च अदालतले आगामी भदौ १ गतेदेखि लागू हुने गरी मुलुकी अपराध (संहिता) र मूलुकी देवानी (संहिता) ऐन कार्यान्वयन गर्ने तयारीमा रहेको जनाएको छ । आगामी भदौ १ गतेदेखि मुलुकी देवानी, मुलुकी अपराध संहिता ऐनसहित मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, मुलुकी देवानी कार्यविधि (संहिता) ऐन कार्यान्वयनमा आउँदै छन् । सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले मुलुकी देवानी र अपराध संहितालगायत कानून कार्यान्वयन गर्नका लागि आवश्यक कानूनको मस्यौदा तयार भइसकेको र एक हप्ताभित्र सम्पूर्ण काम पूरा हुने जानकारी दिनुभयो । ‘छिटो छरितो न्याय, सबैका लागि न्याय’ भन्ने मूल मान्यतालाई आत्मसात् गर्दै संहिताहरु…
काठमाडौँ, २४ साउन । नयाँ संविधान (नेपालको संविधान २०७२) को मूलतत्व र यसको कार्यान्वयन सम्बन्धमा छलफल तथा विश्लेषण गर्ने उद्देश्यले काठमाडौँमा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिने भएको छ । काठमाडौँ विश्व विद्यालय, स्कुल अफ ल र दक्षिण एशिया गुठीले संयुक्त रुपमा यही साउन २६ देखि २८ सम्म सम्मेलन गर्न लागेको सम्मेलन आयोजकले आज विज्ञप्तिमार्फत जनाएको हो । सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संविधानविद्, अधिवक्ता, राजनीतिज्ञ, समाजशास्त्री तथा वर्तमान सांसद एवं प्रथम र द्वितीय संविधानसभाका सभासदहरूको सहभागिता हुनेछ । सात प्रदेशबाट यस विषयका जानकार, विज्ञ तथा राजनीतिज्ञको पनि सहभागिता हुने सचिवालयका यज्ञ थापाले जानकारी दिनुभयो । सोल्टि होटलमा हुने सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले…
उर्लाबारी, २४ साउन । मोरङको विराटनगर–१८ स्थित विराटनगर– जोगवनी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ । जेगवनीबाट विराटनगरतर्फ आज आउँदै गरेको को७प २५५९ नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा इलाका प्रहरी कार्यालय बुद्धनगरमा कार्यरत ४२ वर्षीय प्रहरी सहायक निरीक्षक विवेकानन्द झाको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका झाको कोशी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोख्रेलले जानकारी दिनुभयो ।
उर्लाबारी, २४ साउन । प्रेस चौतारी मोरङले प्रदान गर्दै आएको ‘जनार्दन मैनाली’ स्मृति पत्रकारिता पुरस्कार यस वर्ष विराटनगरका पत्रकार गणेश लम्साललाई प्रदान गरिने भएको छ । चौतारीको आज बेलबारीमा बसेको कार्यसमिति बैठकले प्रत्येक वर्ष एक जना सक्रिय पत्रकारका लागि प्रदान गरिने सो पुरस्कार यो वर्ष लम्साललाई प्रदान गरिने निर्णय भएको उपाध्यक्ष केदार चौहानले जानकारी दिनुभयो । पत्रकार लम्साल नयाँपत्रिका दैनिकमा कार्यरत हुनुहुन्छ । भदौको पहिलो हप्ता एक कार्यक्रमको आयोजना गरी प्रदान गरिने सो पुरस्कारको राशि १५ हजार छ । सो पुरस्कार नौ वर्षअघि स्थापना भएको हो ।
काठमाडौँ, २४ साउन । मुलुकी अपराध संहितामा विवाह गर्ने उमेर २० वर्ष किटान गरिएको छ । यदि २० वर्षअघि विहे गरेमा वा गराएमा त्यस्तो विवाह बदर हुनेछ । विहे गर्ने र गराउनेलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था ऐनमा गरिएको छ । त्यस्तै, दाइजोका कारण वर्षेनी सयौं महिला पीडित भइरहेका छन् । दाइजो नल्याएको वा कम भएको निहुँमा महिलाहरुलाई जिउँदै जलाउने, कुटपीट गर्ने, घर निकाला गर्ने गरेका घटनाहरु हरेक वर्षजसो आइरहन्छ । तर यस्ता घटनाका दोषीलाई कारबाही गर्ने कडा कानुनी प्रावधान नहुँदा घटनामा कमी आउन सकेको थिएन । हालसम्म प्रचलनमा रहेको संहिता कानुन मुलुकी ऐन २०२० दाइजो…
काठमाडौं, २४ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जनप्रतिनिधिहरुले पार्टीमा कार्यकारी पद नपाउने भएका छन् । यद्यपि संघ र प्रदेशका सांसदहरुको हकमा प्रदेश कमिटीको नेतृत्व गर्न बन्देज लगाइएको छैन । बिहीबार बसेको सचिवालय बैठकले संघ र प्रदेशका मन्त्री, दल नेतारउपनेता, प्रमुख सचेतक, सचेतक, संसदीय समिति सभापति र स्थानीय तहका प्रमुख र उपप्रमुखलाई पार्टीमा कुनै पनि स्तरको कार्यकारी पद अध्यक्ष र सचिव नदिने निर्णय गरेको हो । एकीकरणलाई सहज बनाउने यो निर्णय गरिएको नेता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए । संघीय र प्रादेशिक सांसदलाई भने जिल्ला र त्यसभन्दा तल्लो कमिटीको अध्यक्ष र सचिव नदिने निर्णय भएको छ । यसले प्रदेश…