झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

सुमन घिमिरे उर्लाबारी, १० साउन । तत्कातीलन नेकपा ९एमाले० का महासचिव जननेता मदन भण्डारीले दिएको योगदानलाई जीवन्त राख्न मोरङको उर्लाबारी नगरपालिका–३ मा निर्माण गरिएको ‘मदन भण्डारी संग्रहालय’ खोज तथा अनुसन्धानकर्ताका लागि महत्वपूर्णस्थल बनेको छ । गत चैत १६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको उक्त संग्रहालय चैत १८ गतेदेखि खुल्ला गरिएको छ । संग्रहालय जननेता भण्डारीको जन्मदेखि मृत्युसम्मका सबै विषयमा खोज एवं अनुसन्धान गर्नेका लागि महत्वपूर्ण स्थल बनेको मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल, उर्लाबारीका अध्यक्ष गुरुप्रसाद बराल बताउनुहुन्छ । ‘मदन भण्डारी संग्रहालय’ राजनीतिज्ञ, खोज तथा अनुसन्धानकर्ताको लागि महत्वपूर्णस्थल रहेको बताउनुहुँदै अध्यक्ष बरालले संग्रहालयको संरक्षण तथा सम्वद्र्धनमा सरकारले ध्यान दिनुपर्नेमा जोड…

Read More

झापा, १० साउन । काममा ढिलाइ र ठेकेदारको लापरवाहीले जिल्ला विकासमा छुट्टिएको रकम खर्च हुन सकेको छैन । गत वर्ष एक अर्ब ५० करोड ६० लाख २४ हजार २ सय ८८ रुपैयाँ फ्रिज भएको छ । यो रकम जिल्लामा कुल बजेटको १० दशमलव ३० प्रतिशत हो । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्लामा सबैभन्दा धेरै पुँजीगततर्फको बजेट खर्च हुन नसकेको हो । कार्यालय प्रमुख लावन्यराज दाहालले जिल्लामा पुँजीगततर्फ ७१ करोड ८३ लाख ५१ हजार ३ सय ३२ रुपैयाँ खर्च हुन नसकेको जानकारी दिए । उनका अनुसार पुँजीगततर्फ कुल बजेट ३ अर्ब ४१ करोड ९७ लाख २८ हजार ५ सय…

Read More

बिर्तामोड, १० साउन । सरकारी लापरवाहीका कारण गोलभेंडा निकासीमा समस्या देखिएको छ । लामो समयदेखि भारत निर्यात हुँदै आएको गोलभेंडा भारतीय प्लान्ट क्वारेन्टाइन अर्डरमा सूचीकृत नगराएका कारण समस्या आएको हो । सरकारले सूचीकृत गराउन अहिलेसम्म पहल समेत गरेको छैन । भारतमा कृषिजन्य सामान निर्यातका लागि इन्डियन प्लान्ट क्वारेन्टाइन अर्डर (नोटिफिकेसन सूची) मा सूचीकृत हुनुपर्छ । उक्त अर्डरमा गालभेंडा, स्कूस, भेँडेखुर्सानी, मटरकोसालगायत नेपाली कृषि उपज सूचीकृत भएका छैनन् । ‘यसरी सूचीकृत नभएको अवस्थामा अनौपचारिक रूपमा निकासी गर्दा भारतीय कर्मचारीको इच्छाको भरमा हुने नै भयोे’, राष्ट्रिय प्लान्ट क्वारेन्टाइन कार्यालयकी प्रमुख सावित्री बरालले भनिन्, ‘१० औं वर्षदेखि यसरी नै अनौपचारिक रूपमा नेपाली गालभेंडाको…

Read More

झापा, १० साउन । चियासम्बन्धी पहिलो अक्सन केन्द्र पूर्णरूपमा सञ्चालनमा नआउँदै बन्द भएको छ । चालु आर्थिक वर्ष २०७५÷७६ को बजेटमा समावेश पनि नगरिएको र बजेटसमेत उपलब्ध नगराइएकाले मुलुककै पहिलो र एक मात्र अक्सन केन्द्र बन्द भएको हो । सरकारले चालु आर्थिक वर्षका लागि बजेट उपलब्ध नगराउँदा अक्सन केन्द्र बन्द भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । पूर्ण रूपमा सञ्चालनमा नआए पनि सरकारले पछिल्लो पाँच वर्षदेखि उक्त केन्द्रका लागि बजेट छुट्टयाउँदै आएको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको एनटीआईएस आयोजनाबाट उक्त बजेट छुट्टयाइँदै आएको थियो । ‘तर चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा अक्सन केन्द्रलाई समावेश…

Read More

लण्डन । इंग्ल्याण्डमा सिफलिस र गोनोरियाको संक्रमण बढ्दै गएको तथ्याङले देखाएको छ । यौनजन्य रोग गोनोरिया र सिफलिसको संक्रमण गएको वर्षभन्दा अघिल्लो वर्षको तुलनामा बढेको देखिएको हो । नयाँ तथ्यांक अनुसार सन् २०१७ मा त्योभन्दा अघिल्लो वर्षको तुलनामा गोनोरियाको संक्रमण २२ तथा सिफलिसको संक्रमण २० प्रतिशतले बढेको छ । इंग्ल्याण्डमा यौनजन्य रोगको उपचार भने प्रभावकारी नै रहेको देखिएको छ । क्लामाइडियाको परीक्षण भने घटेको छ र यसप्रति स्वास्थ्य विज्ञले चिन्ता जनाएका छन् । पब्लिक हेल्थ इंग्ल्याण्डले सार्वजनिक गरेको नयाँ प्रतिवेदन अनुसार यौनजन्य रोगको संक्रमण हुनेमा बढी १५ देखि २४ वर्ष उमेर समूहका रहेका छन् । समलिङ्गी, बाइसेक्सुअल तथा अरु पुरुषहरु…

Read More

झापा, ९ साउन । शुक्रबार राति नेपाली आकाश खुला भए तपाईं एक दुर्लभ खगोलीय घटनाको साक्षी हुनु हुनेछ। शुक्रबार मध्यरातिदेखि शनिबार बिहानसम्म शताब्दीकै सबैभन्दा लामो खग्रास चन्द्रग्रहण लाग्दैछ। अंग्रेजी पात्रोअनुसार यो २१ औं शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण हुनेछ। चन्द्रग्रहणको खग्रास समय १ घण्टा ४३ मिनेटको हुनेछ। त्यस समयमा चन्द्रमा पूरै गाढा रातो रंगमा देखिनेछ। चन्द्रग्रहण भने चार घण्टा भन्दा बढीको हुनेछ। शुक्रबार राति (साउन १२ गते) १२ बजेर ९ मिनेटबाट ग्रहण शुरु हुनेछ। राति सवा १ बजे हुँदा चन्द्रमालार्इ पूर्ण रूपमा पृथ्वीको छायाले छोप्नेछ। खग्रास चन्द्रग्रहण बिहान २ बजेर ५६ मिनेटमा सकिनेछ। २ बजेर ६ मिनेटमा खग्रास अधिकतम विन्दूमा पुग्ने…

Read More

न्युयोर्कमा जन्मिएका अमेरिकी फिल्म निर्देशक तथा लेखक उडी एलनले भनेका छन्, ‘मलाई प्रश्न थाहा छैन तर सेक्स अनिवार्य उत्तर हो ।’ महान् व्यक्तिले सेक्सलाई सृजनात्मक व्याख्या गरेका छन् । सेक्सको सुन्दरता, आवश्यकता र कलालाई महत्वपूर्ण व्याख्या पनि गरेका छन् । तर नेपालमा सेक्समा ठगी र सेक्सलाई हवसको अंग बनाएर अपराधको बाटो समाउने गरिएको छ । हवसका शिकारीहरूले यौनलाई अति सामान्य ठान्ने गरेका छन् । समाजको कुरुप पात्र ठान्छन् । जहाँ पुग्छन्, मस्ती गर्छन् र निस्कँदा त्यहाँ पनि ‘भ्रष्टाचार’ गरेर निस्कन्छन् । यसको उदाहरण महानगरीय प्रहरी परिसरमा सेक्सवापतको रकममा भएको ठगीको उजुरी हो । एक यौनकर्मी महिलाले केही दिन अघि यौनसम्पर्क…

Read More

काठमाडौँ, ९ साउन । नेपालमा प्रत्येक वर्ष सूर्तीजन्य पदार्थ सेवनबाट करीब २५ हजार मानिसको मृत्यु हुने गरेको छ । त्यस्ता वस्तुको प्रयोगबाट फोक्सो, मुटु र घाँटीमा संक्रमण भई शरीरका विभिन्न अंगमा अर्बुद रोगको संक्रमण पाइएको छ । विश्वमा प्रत्येक वर्ष एक करोड मानिसले सूर्तीजन्य पदार्थका कारण अकालमा ज्यान गुमाएको बताइएको छ । क्यान्सर काउन्सिल नेपालले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया तथा जनचेतनामूलक कार्यक्रममा वीर अस्पतालका क्यान्सर विशेषज्ञ प्रा डा विष्णुदत्त पौडेलले सूर्तीजन्य पदार्थको प्रयोग पाइएका कारण बिरामीको संख्या दिनप्रतिदिन बढ्दो क्रममा रहेको बताउँदै जनचेतनाका कारण फ्रान्समा एक वर्षमा दश लाख मानिसले सूर्तीजन्य पदार्थ त्यागेको जानकारी दिनुभयो । क्यान्सर काउन्सिलका अध्यक्ष…

Read More

काठमाडौँ, ९ साउन । गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीको व्यापक सरुवा गरेको छ । मन्त्रालयले आज ३० प्रमुख जिल्ला तथा सहायक प्रमुख जिल्लाको सरुवा गरेको हो । जसमा अध्यागमन विभागमा ईश्वरराज पौडेल, जिल्ला प्रशासन कार्यालय काठमाडौँमा रामप्रसाद आचार्य, जिल्ला प्रशासन कार्यालय ललितपुरमा प्रेमराज जोशी, दीपक काफ्लेलाई राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रमा सरुवा गरिएको छ । यसअघि पौडेल गृह मन्त्रालय, आचार्य जिल्ला प्रशासन कार्यालय मोरङ, जोशी गृहमन्त्रालय र काफ्ले अध्यागमन विभागमा कार्यरत हुनुहुन्थ्यो । यस्तै काठमाडौँका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मालाई गृहमन्त्रालय र ललितपुरका प्रमुख जिल्ला अधिकारी महादेव पन्तलाई गृहमन्त्रालयमा सरुवा गरिएको गृहमन्त्रालयले जनाएको छ । यस्तै अध्यागमन कार्यालयका सहसचिव होमनाथ थपलियालाई प्रहरी…

Read More

भद्रपुर, ९ साउन । भारतीय एक युवकद्वारा झापाको गौरीगञ्जमा चक्कु देखाएर बन्धक बनाइएका १० वर्षीय सुमीलाल ताजपुरियालाई आज साँझ प्रहरीले घाइते अवस्थामा उद्धार गरेको छ । इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक राजु निरौलाका अनुसार भारतीय नागरिक २५ वर्षीय ओमप्रकाश सिंहले आज साँझ ६ बजेतिर गौरीगञ्ज गाउँपालिका वडा नं। ३ का ताजपुरियालाई चक्कु देखाएर नियन्त्रणमा लिएका थिए । अभियुक्त सिंहले नेपाली बस्तीमा प्रवेश गरेर निज बालकलाई उनकै घरको कोठामा करीव एक घण्टा बन्धक बनाएको प्रहरीको भनाइ छ । बन्धक बनाएको खबर पाएर आएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले कोठाको ढोका फोडी बालकको उद्धार गरेको थियो । प्रहरीले उद्धारका लागि…

Read More