झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौं, २९ असार । सरकारले गरीबको पहिचान गर्दै परिचय पत्र वितरण शुरु गरेको छ । गरीबको वर्गीकरण गरे अति गरीबलाई रेडकार्ड, मध्यमलाई पहेँलो कार्ड वितरण शुरु गरेको हो । २६ जिल्लामा पहिचान भएका गरिब परिवारका लागि आजदेखि परिचय पत्र प्रदान गर्न थालेको हो । सरकारी अभियान सुरु भएसँगै अब तत्काल ३ लाख ९१ हजार ८३१ घर परिवारले गरिबीको परिचयपत्र पाउनेछन् । सरकारले गरिबीका आधारमा तीन प्रकारका काडइ वितरण गर्नेछ । चरम गरिबले रातो कार्ड पाउनेछन् भने मध्यम गरिवले पहेँलो कार्ड र सामान्य गरिबले नीलो कार्ड पाउनेछन् । मानव विकास सूचकांक भन्दा तल रहेका जिल्लाहरुबाट परिचयपत्र वितरण सुरु गरिएको मन्त्रालयले जनाएको…

Read More

काठमाडौँ, २९ असार । स्थानीय गाईको संरक्षणका लागि इच्छा लाग्नेबाट सहयोग संकलनका लागि श्रीमदभागवत ज्ञान महायज्ञ शुरु भएको छ । श्रीकृष्ण प्रेम संस्था नेपाल (कृप्सन) ले असार २४ गते आइतबारदेखि शुरु गरेको महायज्ञ असार ३० गते शनिबार सकिने छ । अग्रवाल भवन कमलपोखरीमा भइरहेको महायज्ञमा उपस्थित हुनेलाई सहयोग गर्नेपर्ने अनिवार्यता नगरिएको अध्यक्ष लक्ष्मी पोखरेलले राससलाई जानकारी दिनुभयो । “भागवत मागी खाने भाँडा बनेको छ, हामी कथा सुन्न सबैलाई आमन्त्रण गर्छौं, कथा सुन्दैमा दान गर्नुपर्छ, भन्ने अनिवार्य छैन, गीत, संगीत र नृत्यका माध्यमबाट स्रोतालाई दान गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको होइन”–उहाँले भन्नुभयो । कार्यक्रममा आचार्य इन्द्रेशले कथावाचन गरिरहनुभएको छ । इच्छुक…

Read More

काँकडभिट्टा, २९ असार । भानु साहित्यिक प्रतिष्ठान काँकडभिट्टाले कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेसहित साहित्यकार र पत्रकारलाई सम्मान गरेको छ । २०५ औँ भानु जयन्तीको अवसरमा आज काँकडभिट्टामा भएको कार्यक्रममा सामाजिक क्षेत्रमा विशिष्ठ योगदान पु¥याएबापत कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेलाई रु एक लाखको भानु पुरस्कार प्रदान गरिएको हो । पत्रकार राजु अधिकारीलाई रु २५ हजारको धनमाया देवकुमारी, प्रजापति उप्रेती पत्रकारिता पुरस्कार र साहित्यकार राजेन्द्र संग्रौलालाई रु २५ हजारको हेमराज मेदनी खरेल साहित्यिक पुरस्कार प्रदान गरिएको छ । दृष्टिविहीन गायक जेठा मुर्मुलाई भानु प्रतिभा पुरस्कार र इञ्जिनियर रुद्र मैनालीलाई प्रतिभा सम्मान प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीले जानकारी दिनुभयो ।…

Read More

कल्पना पौडेल काठमाडौँ, २९ असार । चिकित्सा शिक्षाका लागि वार्षिक ५०० बढी विद्यार्थी विदेशिने गरेको पाइएको छ । हरेक वर्ष नेपालका पाँच मेडिकल कलेजमा पढ्ने विद्यार्थीबराबरको संख्या विदेशिने गरेको पाइएको हो । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा नेतृत्वको आयोगले आगामी १० वर्षसम्म मेडिकल कलेज खोल्न नहुने र विश्वविद्यालयले पनि थप सम्बन्धन दिन नपाउने सुझाव दिएपछि त्यस्तो अवस्था आएको हो । नेपालका सञ्चालनमा रहेका २३ वटा मेडिकल कलेजको सिट संख्या कटौती गरिएपछि विदेशिने विद्यार्थीको संख्यामा बढोत्तरी हुन पुगेको हो । नेपाल मेडिकल काउन्सिलका अनुसार सन् २०१७ मा एमबिबिएसका अध्ययनका लागि एक हजार ६३१ र बिडिएसमा ५५५ जना भर्ना भएका थिए…

Read More

सुरेन्द्र भण्डारी झापा २९ असार । झापामा पछिल्लो पाँच वर्षमा २१ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । ग्रामीण क्षेत्रका सर्वसाधारणको सामाजिक तथा आर्थिक स्रोेत एवं अवसरहरुमा पहुँच बढाउँदै गरिबी निवारणमा टेवा पु¥याउने उद्देश्यले झापाका विभिन्न खोलामा झोलुङ्गे पुल बनाइएको जिल्ला प्राविधिक कार्यालय झापाका प्रमुख इञ्जिनियर सुशील श्रेष्ठले बताउनुभयो । सात करोड ७७ लाख ९२ हजार २ सय ७३ रुपैयाँको लागतमा निर्माण गरिएको झोलुङ्गे पुलका कारण तीस हजार जनसंख्या प्रत्यक्ष लाभान्वित भएको प्रमुख इञ्जिनियर श्रेष्ठले बताउनुभयो । नेपाल सरकारको क्षेत्रगत कार्यक्रम स्वाप अन्तर्गतको केन्द्रीय अनुदान ९२ प्रतिशत, तत्कालीन जिल्ला विकास समितिको ३ प्रतिशत, गाविसको ३ प्रतिशत र उपभोक्ताको २ प्रतिशत…

Read More

कनकाई २९ असार । झापाको कनकाई नगरपालिकाका विपन्न १५ परिवारका लागि घर निर्माण कार्य शुरु भएको छ । कनकाई नगरपालिकाको ‘प्रमुख आवास कार्यक्रम’ अन्तर्गत कनकाई– ७ रेडक्रस टोलका १५ विपन्न परिवारका लागि रू ४१ लाखको लागतमा घर निर्माण कार्य शुरु भएको हो । कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले आज एक कार्यक्रमकाबीच घर निर्माण कार्यको शिलान्यास गर्नुभयो । प्रमुख आवास कार्यक्रम अन्तर्गत कनकाई नगरपालिकाको रू २५ लाख, सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको रू १४ लाख र नगरप्रमुख पोखरेलको व्यक्तिगत रू दुई लाख गरी रू ४१ लाखको लागतमा घर निर्माण कार्य शुरु गरिएको हो । नगर क्षेत्रमा २०५० साल अघिदेखि…

Read More

सुरेन्द्र भण्डारी झापा, २९ असार । बुहारी बनाएर घर भित्र्याएका पौडेल परिवारले उनै बुहारीलाई छ वर्षपछि छोरी बनाएर अन्माएका छन् । कनकाई नगरपालिका–५ तुलसीबारी निवासी धनपती पौडेलले साविक पथरिया गाविस निवासी हरिप्रसाद काफ्ले र विष्णुमाया काफ्लेकी छोरी धनमाया ९आशा० काफ्लेलाई बुहारी बनाएर छ वर्षअघि घर भित्र्याएका थिए । धनपती र टीकामाया पौडेलका छोरा प्रकाशसँग धनमायाको विवाह भएसँगै पौडेल परिवारले धनमायालाई बुहारीका रुपमा भित्र्याएका थिए । तर, विवाहको छोटो समयमै प्रकाशको निधन भएको थियो । प्रकाशको निधनपछि परिवारकै सहमतिमा धनमायाको विवाह आज सोही ठाउँ निवासी लेखनाथ मिश्रसँग गरिदिएका छन् । धनमायाको विवाह सामाजिक परम्पराअनुसार नै कनकाई नगरपालिकाको कोटीहोमस्थित मिश्र समाज सेवा…

Read More

चितवन, २९ असार । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट शक्तिलाई कमजोर पार्न स्वदेशी र विदेशी शक्ति लागिरहेको बताउनुभएको छ । शारदा स्मृति प्रतिष्ठान र जनसांस्कृतिक महासंघ चितवनले आज यहाँ आयोजना गरेको पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कम्युनिष्ट शक्तिलाई के गरी कमजोर पार्ने भनेर ठूलो कसरत भइरहेको छ भन्नुभयो । सोभियत संघ र पूर्वी युरोपका समाजवादी देशहरुको विघटनपछि पश्चिमा पूँजीवादी शक्तिहरुले कम्युनिष्ट आन्दोलनकै अवसान भयो भन्ने गरेको बताउँदै उहाँले भन्नुभयो, “इतिहासकै अन्त्य भयो भनेर प्रचार गर्दै गर्दा सबैभन्दा अग्लो टाकुराको देशबाट जनताको मतद्वारा दुई तिहाइको स्थितिमा आउनु उनीहरुका लागि आश्चर्यजनक भएको छ ।”…

Read More

बिर्तामोड, २९ असार । झापामा असारको अन्तिम सातासम्ममा ४८ प्रतिशत रोपाइँ सकिएको छ । कुल ८७ हजार ५ पाँच सय हेक्टरमध्ये करिब ४२ हजार हेक्टरमा धान रोपाइँ सकिएको जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ । कार्यालयका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत प्रकाशकुमार डाँगीेले गत वर्ष असार महिनामा ५५ प्रतिशत रोपाइँ भएको थियो भने यो वर्ष ४८ प्रतिसत मात्र रोपाइँ सकिएको छ । ‘गत वर्षभन्दा कम पानी परेको छ’, उहाँले भन्नुभयो, ‘रोपाइँका लागि आकाशे पानीको भर पर्नुपर्ने बाध्यताले रोपाइँले तीव्रता पाएको छैन ।’ गत वर्ष झापामा ९५ प्रतिशत धान रोपाइँ भएको कार्यालयको तथ्यांक छ । मा उल्लेख गरिएको छ ।…

Read More

पाँचथर, २८ असार । यसवर्षको ‘स्वतन्त्रता सेनानी पुरस्कार’बाट नेपाल पत्रकार महासंघका पूर्वसभापति तारानाथ दाहाललाई सम्मान गरिएको छ । नेपाल पत्रकार महासंघ पाँचथर शाखाले आज फिदिममा आयोजना गरिएको समारोहमा उहाँलाई सो सम्मान प्रदान गरिएको हो । उक्त पुरस्कारको राशि रु २२ हजार २२२ तथा सम्मान पत्र रहेको छ । पत्रकारिताको माध्यमबाट नागरिक स्वतन्त्रताका लागि महत्वपूर्ण योगदान पु¥याउने पत्रकारहरुमध्ये महासंघ पाँचथर शाखाले हरेक वर्ष एक जनालाई सो पुरस्कार प्रदान गर्दै आएको छ । यसअघि महासंघका पूर्वसभापति विष्णु निष्ठुरी, शिव गाउँले र किशोर नेपालले सो पुरस्कारबाट सम्मानित भइसक्नु भएको छ । यसैगरी ‘स्व हरिचरण भद्रमायाँ वातावरण पत्रकारिता पुरस्कार’ पाँचथरकी पत्रकार राधा गौतमलाई प्रदान…

Read More