
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
हरि लामिछाने बेइजिङ, ६ असारः चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्रको स्रोत, साधन र छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गरिने बताउनुभएको छ । सरकारी र निजी क्षेत्रका संस्थासँगको सम्झौतामा हस्ताक्षर गर्न बेइजिङस्थित नेपाली दूतावासमा आयोजित समारोहमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संयुक्त लगानी र विभिन्न ढाँचाको लगानी तथा सहकार्यबाट दुवै देशका जनताले लाभ लिन सक्ने बताउनुभएको हो । विभिन्न आठ सम्झौतापत्रमा हस्ताक्षर हुनुले दुई देशको मित्रता, समझदारी र सहकार्य अगाडि बढाउन योगदान गर्ने तथा यसले नेपालको आर्थिक उन्नती र दुवै देशका जनताको हित हुनेमा आफू विश्वस्त रहेको जनाउनुभयो । “अलिकति भिन्न र उन्नत परिवेशमा भएको…
बिर्तामोड, ६ असार । झापाको बिर्तामोड नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा प्रयोग हुने भारी उपकरण खरीद गरेर डेढ करोड बढी रकम बचत गरेको छ । नगरपालिकाले रू ३ करोड ५० लाखको लागतमा जेसीभी, स्काभेटर लगायतका उपकरण खरीद गरेर रू १ करोड ४५ लाख बचत गरेको हो । ‘मेसिनरी सामान किनेर हामीले नगर क्षेत्रका ३० किलोमिटर सडक मर्मत गरेका छौँ’, नगरप्रमुख ध्रुव शिवाकोटीले भन्नुभयो, ‘ठेक्का लगाएर काम गर्दा डेढ करोड खर्च हुने थियो ।’ नगरप्रमुख शिवाकोटीले ती उपकरणले एक महिना मात्र काम गर्दा मात्रै करिब आधा लागत बराबरको काम भएको बताउनुभयो । ‘सात लाख जति इन्धनमा खर्च भएको छ’, उहाँले भन्नुभयो, ‘नगरपालिकाले…
झापा, ६ असार । वन पदाधिकारी र कर्मचारीको मिलेमतोमा झापाको मेचीनगर–११ स्थित बाँसबारी सामुदायिक वनमा अवैधरुपमा सालका रुख कटानी भइरहेको खुलासा भएको छ । सामुदायिक वनका अध्यक्ष शम्भु राजवंशी, उपाध्यक्ष रामकुमार डाँगी, कार्यालय सचिव तीर्थ नेपाल लगायतको मिलेमतोमा सालका काँचा रुख कटानी भइरहेको हो । अवैध रुपमा रुख काटन् थालिएको जानकारी पाएपछि वनका उपभोक्ताले जिल्ला वन कार्यालय झापामा उजुरी दिएका छन् । उपभोक्ताले उजुरी नै हालेर विरोध गरेपछि घटना सतहमा आएको छ । वनमा आवश्यक प्रक्रिया पूरा नगरी सालका रुख कटान गरिएको स्थानीय उपभोक्ता मिलन प्रसाईंले बताउनुभयो । ‘सखुवाका काँचा रुख काटेर तस्करी हुँदै आएको छ’, प्रसाईंले भन्नुभयो, ‘दुई महिनाअघि…
दमक । झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली सवार गाडीमा राखिएको बम निष्क्रिय पारिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले आज विहान सुरक्षितरुपमा बम निष्क्रिय बनाएको हो । दमक–६ स्थित प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा नगर प्रमुख ओली बस्दै आउनुभएको छ । नगर प्रमुख ओलीका अनुसार बुधबार बेलुका कार्यालयबाट फर्कने क्रममा नगरपालिकाको स्कारपियो गाडीको छतमा कार्टुनजस्तो चिजमा शंकास्पद वस्तु फेला परेको थियो । उहाँले सो शंकास्पद वस्तु गाडीमा देखेपछि प्रहरीमा खबर गर्नुभएको थियो । फेला परेको बमलाई ओली निवासको सुरक्षामा खटिएका सुरक्षाकर्मीले बेलुका ८ बजेतिर सुरक्षित स्थानमा लगेका थिए । त्यसलाई आज बम डिस्पोजल टोली झिकाएर निष्क्रिय गरिएको इलाका…
काठमाडौँ । प्रतिनिधिसभा वैठकमा विनियोजन विधेयकमाथिको छलफल आज पनि जारी छ । विभिन्न शीर्षकमाथि जारी छलफलअन्तर्गत आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालय र अर्थमन्त्रालयको बजेटमा सांसदले धारणा राख्दै हुनुहुन्छ । आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले समसामयिक र विकास निर्माणबारे सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसदहरु अतहर कमाल मुसलमान, अमनलाल मोदी, अमरेशकुमार सिंहलगायतले विकास निर्माणका काम, दैनिक उपभोग्य वस्तुको उपलब्धता, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, तराईलगायत क्षेत्रमा वर्षात्को समयमा अपनाउनुपर्ने सतर्कता, सम्भावित जोखिम व्यवस्थापनलगायतका विषयमा धारणा राख्नुभयो । सांसद इन्दुकुमारी शर्माले बलात्कारजन्य अपराधका दोषीलाई कारवाही गरिनुपर्ने बताउनुभयो भने अर्की सांसद उमा रेग्मीले संविधानको पालना हुनुपर्नेमा जोड दिनुभयो ।…
इटहरी । नेपाल कम्युनिष्ट पार्टीका नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले अहिले नेपालमा कम्युनिष्ट पार्टीको दुई तिहाइ बहुमतसहितको सरकारले शासन गरिरहेको दक्षिण एशियाली मुलुकमा सन्देश गएकाले यसलाई जोगाएर राख्नु नै नेपाली कम्युनिष्टको महत्वपूर्ण जिम्मेवारी भएको बताउनुभएको छ । उपप्रधानमन्त्री पोखरेलले आज सुनसरीको इटहरीमा नेपाल कम्युनिष्ट पार्टी सुनसरीले आयोजना गरेको पार्टी प्रशिक्षण एवं भेटघाट कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सो कुरा बताउनु भएको हो । नेपाली जनताको भाग्य र भविष्य सुन्दर बनाउँदै जाने प्रमुख उद्देश्यका साथ नेपालका भावना मिल्ने सम्पूर्ण कम्युनिष्टबीच एकता कायम हुने क्रम तीव्र बनिरहेको चर्चा गर्दै नेता पोखरेलले अहिलेको सरकारको पहिलो प्राथमिकता नै भ्रष्टाचाररहित सुशासन स्थापित गर्दै समृद्ध नेपाल र…
काठमाडौं । प्रहरीले काठमाडौंको ठमेल क्षेत्रमा सक्रिय भएर गन्डागर्दीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको झैटी दउराली–८ घर भइ हाल सितापाइला बस्दै आएका २६ वर्षीय देवकुमार थापा र उनका सहयोगी धादिङको ज्वालामुखी–३ का २९ वर्षीय कमल गुरुङ छन् । काठमाडौं प्रहरी परिसरबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरुलाई पेस्तोल र एउटा खुकुरीसहित नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार थापा ‘राधे समूह’का गुन्डा हुन् । थापाले आफूलाई ट्रेकिङ गाइड र अमृत साइन्स क्याम्पसको क्यान्टिनमा काम गर्ने व्यक्तिको रुपमा परिचय दिने गरेका छन् । गुरुङ भने थापाको निकटमा रहेर गुन्डागर्दीमा संलग्न रहेको प्रहरी बताउँछ । उनले आफू इच्छासिद्धी बालुवा…
३१ जेठ, काठमाडौं । प्रहरीकै गाडीमा राखेर काठको अवैध ओसारपसार गरेको आरोप लागेका सशस्त्र प्रहरी बलको अरुण गुल्म, चैनपुरका संखुवासभाका डिएसपी रामप्रसाद भण्डारीलाई निलम्बन गरिएको छ । सशस्त्र मुख्यालयका अनुसार भण्डारीसहित घटनामा संलग्न अन्य ३ जना सशस्त्र प्रहरी जवानहरु विनोद कट्टेल, मिलन कुमार राई र दिपेन्द्र कुमार कर्माकारलाई निलम्बन गरेर कारबाही प्रक्रिया अघि बढाइएको हो । गत २१ जेठमा अरुण गुल्मको बा १ ग १६६९ नम्बरको ट्रकमा अवैध रुपमा काठ राखेर धरानतर्फ लैजादैँ गरेको अवस्थामा धनकुटाको मूलघाटमा सशस्त्रकै सुरक्षा वेशको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । घटनाको अनुसन्धानका लागि सशस्त्रको पूर्व क्षेत्रीय बराह बाहिनी पकलीबाट सशस्त्र प्रहरी उपरीक्षक गुणाखर खनालको…
आगामी बिहीबारबाट सुरु हुने फिफा विश्वकप नजिकिँदै गर्दा मानिसहरुले को जित्ला भनेर आ–आफ्ना भविष्यवाणीहरु गर्न थालिसकेका छन्। विश्वकपमा सुरुवातमा ४८ समूहका खेलहरु हुनेछन्। उनीहरुबाट दोस्रोचरणका लागि छनोट भएका १६ हुदै ८ टोलीले क्वार्टरफाइनल खेल्नेछन्। त्यसपछि सेमिफाइनल र अनि फाइनलको टुंगो एकमहिनापछि जुलाई १५ मा लाग्नेछ। सन् २०१० को विश्वकपमा पाँल नामको अक्टोपसले गरेको भविष्यवाणी मेल खाएपछि उ सेलिब्रटी बनेको थियो। उसले समूहचरणमा गरेका भविष्यवाणीहरु मेल खाएको थियो। यस्तै फाइनलमा उसले स्पेन जित्छ भनेर गरेको भविष्यवाणी पनि सही ठहरियो। यस विश्वकपमा भने पनि जनावरको भविष्यवाणीलाई निरन्तरता दिइएको छ। अफिसियल रुपमा यसविश्वकपको भविष्यवाणी रुसको एउटा बिरालोले गर्ने भएको छ। एकिलिज नाम गरेको…
दीपक खरेल काठमाडाैं, जेठ २८ । न्यूप्लाजा मोडबाट कालिकास्थानतर्फ मोडिने मार्गको दाहिनेतिर डाँडामा यो घर पर्छ। आधुनिक घरका गतिविधि दुवै तर्फका छिमेकी र सडकबाट देख्न सकिँदैन। घरको संरचना नै सोही अनुसार निर्माण भएको छ। काठमाडौं महानगरपालिका-२९ कालिकास्थानस्थित याे घरका धनी धरान उपमहानगरपालिका-३ का स्थायी बासिन्दा शिबकुमार अग्रवालका छोरा एमके मामा उपनाम भएका मोहनकुमार अग्रवाल हुन्। एमके ३ हजार ८ सय केजी सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा सर्वाधिक खाेजी भइरहेका व्यक्ति हुन्। २० चैत्र २०७४ सम्म यो घर काठमाडौंका अन्य सामान्य घर सरह नै थियो। तर शुक्रबार (२५ जेठ ०७५) ३८ सय किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डको…