
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १ चैत । तीन दिनदेखिको हुरीका कारण झापा गाउँपालिका–७ का किसान चन्द्र बस्नेतको दुई बिघा जमिनमा लगाएको केराखेतीमा क्षति पुगेको छ । कृषि ज्ञान केन्द्र झापाकी सहायक बाली संरक्षण अधिकृत अञ्जु आचार्यका अनुसार दुई बिघा दुई कट्ठा जमिनमा लगाएको केरा हुरीले पूर्ण रुपमा नष्ट गरेको छ । “भाँचिएका सबै केराघरी लागेका रहेछन्”, उहाँले भन्नुभयो, “पाक्न लागेका केरा नष्ट हुँदा किसानको ठूलो आर्थिक क्षति भएको छ ।” उहाँका अनुसार बस्नेतले लगाएको ३० बिघा जमिनको केरामध्ये घरी लागेका दुई बिघा जमिनको तीन हजार २०० बोट केरा नष्ट भएको हो । केरा नष्ट हुँदा करिब रु १६ लाखको क्षति भएको उहाँले बताउनुभयो…
काठमाडौँ, १ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठकले समानुपातिक सांसदका लागि ५७ जनाको नाम सिफारिस गरेको छ । पार्टीले आजै सिफारिस भएकाहरूको सूची निर्वाचन आयोगमा बुझाउने भएको छ । बैठकले १७ जना खस आर्य, १६ जना जनजाति, तीन जना मुस्लिम, आठ जना दलित, नौ जना मधेसी तथा चार जना थारु ‘क्लस्टर’बाट सिफारिस गरिएको बैठकपछि पार्टी प्रवक्ता मनिष झाले सञ्चारकर्मीहरूलाई बताउनुभयो । यी क्लस्टरबाट कोको परे भन्ने रास्वपाले खुलाएको छैन । निर्वाचन आयोगले यी नामावली रुजु गरेर अप्रुभ गरेपछि मात्रै नाम सार्वजनिक हुने प्रवक्ता झाले जानकारी दिनुभयो ।
फुङ्लिङ (ताप्लेजुङ), १ चैत । पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा रु ३१ लाखभन्दा बढी भेटी सङकलन भएको छ । भक्तजनले चढाएको भेटीबाट उक्त रकम सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरणअनुसार फागुनमा भक्तजनले पाथीभरामा रु ३१ लाख १० हजार भेटी चढाएका छन् । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गर्ने गरेका छन् । सङ्कलित भेटीलाई सुरक्षित रूपमा पोकामा लाहाछाप लगाई मन्दिर परिसरबाट फेदीसम्म ल्याइन्छ । फेदीमा करिब एक सातासम्म सङ्कलन भएको भेटीलाई त्यसपछि सदरमुकाम फुङ्लिङस्थित समितिको कार्यालयमा ल्याइन्छ । कार्यालयमा दैनिक रूपमा प्रहरी तथा सिसीटिभीको निगरानीमा…
सुनसरी, १ चैत । हरिनगर गाउँपालिका–१ मा गए राति सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २५ वर्षीया दीपक दास रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिनुभयो । भुटहाबाट हरिनगरतर्फ गइरहेको प्रदेश०१–०२–०५७प ४८९९ नम्बरको मोटरसाइकललाई उखु लिएर आइरहेको स१ज ४९१४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा स्थानीय २५ वर्षीय दीपक दास र मिथुन दास गम्भीर घाइते भएका थिए । गम्भीर घाइते दीपकको उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक ओलीले जानकारी दिनुभयो । अर्का घाइते मिथुनको विराटनगरमा उपचार भइरहेको उहाँले बताउनुभयो छ । घटनाका विषयमा अनुसन्धान भइरहेको छ । ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक…
झापा, १ चैत । हप्ताको पहिलो दिन सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ ४ हजार ८०० ले घटेर तोलाको ३ लाख ९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रवार सुनको भाउ तोलाको ३ लाख १४ हजार २०० रुपैयाँ रहेको थियो । पछिल्ला तीन कारोबार दिनमा सुनको भाउ लगातार घटिरहेको छ । आज चाँदीको भाउ २२५ रुपैयाँले घटेको छ । चाँदी आज तोलाको ५ हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाण्डौ, २६ फागुन । अर्थमन्त्री रामेश्वर खनालले रातो पासपोर्ट फिर्ता गर्नुभएको छ । उहाँले रातो पासपोर्ट फिर्ता गरेको बारेमा आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराउनुभएको हो । आफूलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराएको कूटनीतिक राहदानीको प्रयोजन समाप्त भएकाले परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता गरेको उहाँको भनाइ छ । उहाँले अब आफू बिदा हुने क्रममा रहेको भन्दै आफूसँग सरकारी सम्पत्तिको नाममा एउटा रातो पासपोर्ट मात्रै रहेको र त्यो पनि फिर्ता गरेको बताउनुभयो ।
काठमाडौँ, २६ फागुन । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुरबाट मधुबन नगरपालिका–७ शुक्रबस्ती बस्ने गौरव पुन मगर, झापाको कमल गाउँपालिका–६ गुवाबारीबाट सोही गाउँपालिका–६ बस्ने लक्ष्मण राजवंशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । त्यसैगरी सुनसरी, इनरुवा नगरपालिका–४ बाट सोही उपमहानगरपालिका–१८ का जेम्स राई र सोही उपमहानगरपालिका–१७ का सिद्धार्थ चौधरी पक्राउ परेका छन् । दाङ, तुलसीपुर उपमहानगरपालिका–५ बाट सोही नगरपालिका–७ डाँडापातु बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानीबाट राक्सिराङ गाउँपालिका–६ धुसराङ बस्ने सन्त सिंह लामा र सोही गाउँपालिका–२…
रुकुमपश्चिम, २६ फागुन । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका ३ भाग्ले नजिकै सानीभेरी नदिमा दुई किशोरीको शव फेला परेको छ । आज बिहान दुई अलग अलग स्थानमा दुई किशोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । करिब पाँच सय मिटर फरक दूरीमा दुई शव फेला परेको बताईएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार शवको पहिचान समेत भएको छ । शवहरू बाँफिकोट गाउँपालिका –३ गरालागोठ निवासी १४ वर्षीया कल्पना ओली र १२ वर्षीया उर्मिला ओलीको रहेको प्रहरी निरीक्षक पुनले जानकारी दिनुभयो । भेरी नदि किनारमा तैरिएको अवस्थामा शव फेला परेका हुन् । उहाँका अनुसार सोमबार बेलुका…
झापा, २६ फागुन । आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा ३ हजार ८०० ले बढेर तोलाको ३ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख १३ हजार २०० रुपैयाँ रहेको थियो । यस्तै आज चाँदी तोलामा ३१० रुपैयाँले बढेको छ । भाउ बढेर चाँदी तोलामा ५ हजार ७२० रुपैयाँ पुगेको छ । चाँदी हिजो तोलाको ५ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।
झापा, २५ फागुन । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा जिल्लाका ५ वटा निर्वाचन क्षेत्रमा ९० जनाले प्रतिस्पर्धा गरेका थिए । जसमा रास्वपा उम्मेदवारहरुले भारी मत ल्याउँदै झापाका ५ वटै क्षेत्रमा विजयी हासिल गरे । अन्य दल र स्वतन्त्र गरी ८५ जना पराजित भए । निर्वाचनमा कसले कति मत पाए छ भन्ने जिज्ञासा हामी सबैलाई हुन सक्छ । त्यसैले यहाँ जिल्लामा कसले कति मत पाए भन्ने विवरण प्रस्तुत गरिएको छ । झापा क्षेत्र नं. १निशा डाँगी (२९) निर्वाचित, राष्ट्रिय स्वतन्त्र पार्टी ४५,६८०केशव राज पाण्डे (५४) नेपाली कांग्रेस १०,५५०केवलराम राई (४८) श्रम संस्कृति पार्टी १०,००४रामचन्द्र उप्रेती (६७) एमाले ७,६५९हेमराज…