
झापा, १ चैत । हप्ताको पहिलो दिन सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ ४ हजार ८०० ले घटेर तोलाको ३ लाख ९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
शुक्रवार सुनको भाउ तोलाको ३ लाख १४ हजार २०० रुपैयाँ रहेको थियो । पछिल्ला तीन कारोबार दिनमा सुनको भाउ लगातार घटिरहेको छ ।
आज चाँदीको भाउ २२५ रुपैयाँले घटेको छ । चाँदी आज तोलाको ५ हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



