
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
यौनवर्धक औषधि भियग्रा आमालाई खुवाउँदा ११ जना बच्चाको मृत्यु भएको छ । यो घटना नेदरल्याण्डस्को हो । हालै त्यहाँ गर्भवती महिलाहरुमा भियग्राको चिकित्सकीय परीक्षणका क्रममा गर्भमा रहेका ११ जना शिशुको मृत्यु भएपछि सरकारले उक्त परीक्षण तत्कालै रोकेको छ । परीक्षणका क्रममा गर्भवती महिलाहरुलाई भियग्रा दिने गरिएको थियो । गर्भनालको समस्या भएका गर्भवती महिलाहरुमा उक्त परीक्षण गरिएको थियो । गर्भवती महिलाले भियग्राको सेवन गर्दा शरीरमा रक्तप्रवाह उच्च हुने र यसले गर्भमा रहेको शिशुको फोक्सोमा गम्भीर असर पर्ने विज्ञहरुले ठहर गरेका छन् । यद्यपि गर्भवतीमा भियग्राको वास्तविक असर पहिचानका लागि थप अनुसन्धान आवश्यक रहेको बताइएको छ । यसअघि बेलायत, अष्ट्रेलिया तथा न्युजिल्याण्डमा…
बलिउड स्टार ऋतिक रोशन र सुजैन खान पुनः विवाह गर्ने चर्चाले यतिबेला बलिउड तताएको छ । नायक ऋतिकले आफ्नी बचपनकी साथी सुजैनसँग सन् २००० डिसेम्बर २० मा विवाह गरेका थिए । वैवाहिक सम्बन्धको १४ वर्षपछि सन् २०१४ मा आपसी समझदारीमा उनीहरुले सम्बन्ध विच्छेद गरेका थिए । उनीहरुका दुई सन्तान ऋधन र ऋहन छन् । सम्बन्ध विच्छेद पछि पनि यो जोडी प्रायजसो सँगै देखिदै आएका छन् । आफ्नो सन्तानको खुशीका लागि विभिन्न समारोहमा सँगै देखिदै आएका उनीहरुले सम्बन्ध विच्छेद गरेको चार पछि वर्ष पछि पुनर्मिलन हुने कुराले अहिले संचारमाध्यममा स्थान पाएको छ । ऋतिक र सुजैनको मिलको समाचारले उनीहरुका फ्यानमा खुसीको…
पोखरा, ११ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले डा गोविन्द केसीले उठाएका माग सरकारले कार्यान्वयन गर्ने बताउनुभएको छ । पोखरा लेखनाथ महानगरपालिका–५ मालेपाटनस्थित सूर्यचन्द्र विकास समाजको रजतमहोत्सव समारोहको आज उद्घाटन गर्दै उहाँले केसी र सरकारबीच भएको सहमतिलाई सरकारले कार्यान्वयनमा लैजाने बताउनुभयो । विगतमा धेरैपटक सरकारको तर्फबाट डा केसीसँग गरिएका सहमति कागजमा मात्र सीमित रहेको बताउँदै उहाँले अब भने सम्झौतालाई व्यवहारमै लागू गरिने विश्वास व्यक्त गर्नुभयो । पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्धारित समयमा नै सम्पन्न हुने बताउँदै मन्त्री अधिकारीले विमानस्थल निर्माणसँगै यस क्षेत्रको पर्यटकीय विकासमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो । वर्तमान सरकारलाई जनताले महत्वपूर्ण अवसर प्रदान…
काठमाडौं, १० साउन । प्राध्यापक डाक्टर गोविन्द केसी र सरकारबीच २२ बुँदे सहमति भएसँगै उनले बिहिबार राती नै अनसन तोडेका छन् । समझदारीअनुसार १० वर्षसम्म काठमाडौंमा नयाँ मेडिकल कलेज खोल्न नपाइने, अध्यादेशअनुसार नै चिकित्साशास्त्र विधेयक ल्याइने, विगतमा भएका सहमतिको कार्यान्वयन गर्नेलगायतका बुँदा रहेका छन् । केसी २७ दिनदेखि आमरण अनसनमा रहेका थिए । अनसन तोडिएसँगै केसीलाई त्रिवि शिक्षण अस्तालकै आइसीयीमा भर्ना गरिएको छ । आज दिनभर केसीको माग बारे सहमति जुटाउन वार्ता भएको थियो । पहिला सरकारी वार्ता टोली र केसी पक्षीय वार्ता टोलीबीच वार्ता भएकोमा त्यसबाट सहमति जुट्न नसकेपछि बिहिबार साँझ अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा प्रम केपी शर्मा ओलीकै…
काठमाडौँ, १० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल परम्परागत अवस्थादेखि नै कला, साहित्य र संगीतमा समृद्ध रहेको बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन बुझ्दै आज उहाँले नेपालले प्राचीनकालमै विभिन्न आविष्कार गरेपनि तिनको दाबी, रक्षा र विकास गर्न नसकेको धारणा व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले प्रतिष्ठानका प्रयासमा सरकारले सक्दो सहयोग गर्ने बचनबद्धता पनि व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले नेपाल आर्थिक रुपमा विपन्न भएपनि अन्य कुरामा धनी भएको उल्लेख गर्दै सरकारले समृद्धिसँगै सुखी नेपालीको लागि आठ प्रतिशतको उत्पादन वृद्धिको लक्ष्यका साथ विभिन्न योजना अघि बढाएको उल्लेख गर्नुभयो । उहाँले आगामी तीन वर्षमा नेपाल सबैभन्दा बढी आर्थिक…
भद्रपुर, १० साउन । जिल्ला कारागार झापामा थुनामा रहेकी एक बीस वर्षीया युवतीले शिशु जन्माएकी छन् । कारागार प्रमुख यज्ञराज निरौलाका अनुसार सार्वजनिक अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेकी अविवाहित महिलाले मेची अञ्चल अस्पतालमा बुधवार राति छोरीलाई जन्म दिएकी हुन् । आमा र शिशु दुवैको स्वास्थ्यावस्था सामान्य रहेको र आजै अस्पतालबाट दुवैलाई कारागारमा ल्याइएको कारागार प्रमुख निरौलाले बताउनुभयो । चार महिनाअघि गर्भवती अवस्थामै उनी कारागारमा थुना परेकी थिइन् । इलाका प्रहरी कार्यालयले गत चैतमा बिर्तामोडको एक होटलबाट पक्राउ गरेर उनीमाथि सार्वजनिक मुद्दा दर्ता गरेको थियो । झापा जिल्ला प्रशासन कार्यालयले उनलाई पाँच हजार धरौटी माग गरेको थियो । धरौटी बुझाउन…
काठमाडौँ, १० साउन । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभामा व्यक्त गर्नुभएको प्रतिबद्धताबमोजिम इन्टरनेटमा वृद्धि भएको शुल्क घटेको छ । मन्त्री बाँस्कोटाले संघीय संसद्मा अत्यावश्यक आवश्यकता बनिसकेको इन्टरनेटको अन्तर्राष्ट्रिय बजारमा नै मूल्य घटेको बताउँदै उपभोक्तालाई थप शुल्क नलाग्ने बताउनुभएको थियो । मन्त्रालयमा आज भएको छलफलमा इन्टरनेटको सेवामा लाग्ने भनिएको १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क नलाग्ने निर्णय भएको हो । इन्टरनेटको मूल्य बढेको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिएका थिए । वार्ताको माध्यमबाट सहमति भएको र त्यसले उपभोक्तालाई कुनै पनि प्रकारको थप शुल्क लाग्ने छैन । आर्थिक ऐन, २०७५ बमोजिम यही साउन १ गतेदेखि लाग्ने भनिएको थप शुल्क नलाग्ने…
झापा, १० साउन । झापाको कनकाई नदीमा ट्युबको प्रयोग गरेर फिल्मी शैलीमा काठ तस्करी गरी भारत लैजाने क्रममा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । कनकाई नगरपालिका–४ स्थित कनकाई पुलभन्दा करिब १५ मिटर दक्षिण ट्युबमाथि ३१ क्युबिक सखुवाको काठ राखेर बुधबार राति भारततर्फ लाँदै गरेको अवस्थामा पाँच जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी नायब निरीक्षक गोकर्ण कार्कीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–१० का ४० वर्षीय शंकर कार्की, २६ वर्षीय धमेन्द्र साह, ३३ वर्षीय रमेश सिटौला, ४३ वर्षीय ताला हास्दा र ३९ वर्षीय भुवन दाहाल रहेको प्रहरी नायब निरीक्षक कार्कीले जानकारी दिनुभयो । “नदीको बहावमा काठ तस्करी…
वासुदेव पौडेल पोखरा, १० साउन । एउटा मिलेर बसेको समाज जहाँ सामाजिक रीतिस्थितिअनुसार मुखिया प्रथा विद्यमान छ । गाउँका मुखियाले समाजको रीतिस्थिति एवं परम्परा संरक्षणको विशेष जिम्मा त्यहाँका रामवीर, छत्रवीर, बलवीर र धर्मवीर (चार वीर) लाई दिएका छन् । चार वीरको निकै मिल्ती छ, एकजना पनि नछुट्टिने उनीहरु रमझमका साथ सोमरस भण्डारमा दिनहुँ रक्सी खान जान्छन्, क्षण भरमा झगडा हुन्छ तत्काल मिल्छन् पनि । एक दिन अर्कै गाउँबाट अटलबहादुर भन्ने व्यक्ति सोमरस भण्डारमा पुगेपछि सो गाउँमा विस्तारै उसैको रबाफ बढ्दै जान्छ । अटलबहादुरले गाउँका ती चार वीरलाई गोप्यरुपमा छुट्टाछुट्टै भेटेर सबैलाई मुख्य वीर बनाउने सपना पनि बाँड्छ । लहैलहैमा मुख्य…
म्याग्दी, १० साउन । मंगला गाउँपालिकाले सुत्केरी भैँसी गाल्ने किसानलाई पोषणभत्ता उपलब्ध गराउन थालेको छ । सुत्केरी अवस्थाका गाईभैँसीको स्याहारसुसार र आहरामा ध्यान दिनुपर्ने सन्देश प्रवाह गराउनका लागि पशु आहरा सुत्केरी भत्ता वितरण गरिएको हो । यसवर्ष १९ भैँसीपालक कृषकलाई रु तीन हजारका दरले सुत्केरी भत्ता उपलब्ध गराइएको गाउँपालिकाका पशुसेवा शाखाका प्रमुख दीर्घबहादुर खड्काले जानकारी दिनुभयो । कुहुँका आठ, बाबियाचौरका एक र बरंजाका १० कृषकलाई सुत्केरी भैँसीको आहराका लागि भत्ता उपलब्ध गराइएको हो । व्यावसायिक पशुपालनतर्फ आकर्षित गरी दूध उत्पादन वृद्धि गर्ने उद्देश्यले आगामी वर्षमा समेत कार्यक्रमलाई निरन्तरता दिने खड्काले बताउनुभयो । घाँसपातबाहेक अन्य पोषणयुक्त खानेकुरा नदिँदा पशुुको आयु कम…