
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘पाँच पाण्डव’को छायांकन सुरु भएको छ । सोमबार झापाको नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टामा शुभ–मुहूर्त गर्दै चलचित्रले छायांकन थालेको हो । चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सागर लम्साल ९बले०को मुख्य अभिनय रहनेछ । चलचित्रको शीर्षक ‘पाँच पाण्डव’ राखिए पनि यो कुनै धार्मिक वा पौराणिक कथामा आधारित भने होइन । निर्माण पक्षका अनुसार यो पूर्ण रूपमा एक ‘सोसल ड्रामा’ ९सामाजिक कथा० हो । चलचित्रमा महाभारतका पाँच पाण्डवको बिम्बलाई प्रयोग गर्दै समकालीन समाजको कथा भन्न खोजिएको छ । ‘पाँच पाण्डव’को महिला कलाकारमा दीपाश्री निरौला र जनी गुरुङ रहनेछन् । वसन्त…
एजेन्सी, ३ चैत । पाकिस्तानले काबुलको एक अस्पतालमा गरेको हवाई आक्रमणमा कम्तीमा ४०० जना मारिएको अफगानिस्तानले दाबी गरेको छ। राजधानीको एउटा लागूऔषध पुनर्स्थापना अस्पतालमा पाकिस्तानले गरेको हवाई आक्रमणमा कम्तीमा ४०० जना मारिएका र २५० जना घाइते भएका भनेर अफगनिस्तानको तालिबान सरकारका एक प्रवक्ताले आरोप लगाएका छन्। पाकिस्तानले भने उक्त दाबीलाई झूटो र भ्रामक भन्दै अस्वीकार गरेको भनेर समाचार संस्था रोएटर्सले जनाएको छ। आफूले सोमबार राति सैन्य प्रतिष्ठानहरू र आतंकवादी सहायता पूर्वाधारमाथि सटिक प्रहार गरेको पाकिस्तानले बताएको छ। चीनले दुई छिमेकी राष्ट्रलाई वार्ताको टेबलमा फर्कन आग्रह गरेको केही घण्टापछि पाकिस्तानले उक्त हवाई आक्रमण गरेको हो। करिब २६ सय किलोमिटर सीमा जोडिएका…
एजेन्सी, ३ चैत । इन्धन बचत गर्न श्रीलङ्का सरकारले प्रत्येक बुधवार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । मध्यपूर्वमा इरानसँग अमेरिका र इजरायलको युद्धले ऊर्जा आपूर्तिमा अनिश्चितता बढेपछि श्रीलङ्काले अर्को सूचना नभएसम्मका लागि भोलिदेखि लागू हुने गरी बुधवार सार्वजनिक बिदा दिने घोषणा गरेको बीबीसीले जनाएको छ । हप्तामा तीन दिन बिदा हुने नियम सबै शैक्षिक संस्थाहरूमा पनि लागू हुनेछ । तर अत्यावश्यक सेवा प्रदान गर्ने स्वास्थ्य तथा अध्यागमन कार्यालयजस्ता सरकारी निकायहरूमा यो लागू नहुने अधिकारीहरूले बताएका छन् । हप्तामा तीन दिन लगातार सरकारी कार्यालयहरू बन्द नहोऊन् भनेर शुक्रवारको सट्टा बुधवार बिदा दिने निर्णय गरेको अधिकारीहरूको भनाइ छ । अमेरिका र…
झापा, ३ चैत । आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर तोलाको ३ लाख ९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ तोलामा ७० रुपैयाँले बढेर तोलाको ५ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार २ सय ६५ रुपैयाँ थियो ।
सुनसरी, ३ चैत। बर्जु गाउँपालिका–२ मा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक विराटनगर महानगरपालिका–१४ का ३२ वर्षीय जयकृष्ण यादव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । विराटनगरबाट बेलाहातर्फ जाँदै गरेको प्रदेश १–०४–००२ प ५६५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारका क्रममा मृत्यु भएको उहाँले जानकारी दिनुभयो । दुर्घटनाग्रस्त मोटरसाइकल इलाका प्रहरी कार्यालय सीतागञ्जमा राखिएको छ भने घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तीव्र गतिका कारण चालकले सडकमा ध्यान नदिँदा दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ…
एजेन्सी, २ चैत । विश्व चलचित्र जगतको सबैभन्दा प्रतिष्ठित ओस्कार अवार्ड (एकेडेमी अवार्ड्स) को ९८औँ संस्करण सम्पन्न भएको छ। हलिउडका हस्तीहरूको उपस्थितिमा भएको भव्य समारोहमा पल थोमस एण्डरसनको फिल्म ‘वान ब्याटल आफ्टर अनदर’ ले बाजी मारेको छ। यस फिल्मले ‘बेस्ट पिक्चर’ र ‘बेस्ट डाइरेक्टर’ सहित कुल ६ विधामा ओस्कार जितेर यस वर्षको ओस्कारमा आफ्नो बर्चस्व कायम गरेको हो। अभिनयतर्फ फिल्म ‘ह्याम्नेट’ बाट जेसी बक्लीले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् भने फिल्म ुसिनर्सु का लागि माइकल बी जोर्डनले उत्कृष्ट अभिनेताको ट्रफी उचालेका छन्। जोर्डनको फिल्म ‘सिनर्स’ ले प्राविधिक र पटकथा गरी अन्य महत्त्वपूर्ण विधाहरूमा पनि आफ्नो दह्रो उपस्थिति जनाएको छ। त्यस्तै,…
झापा, २ चैत । झापाको बिर्तामोडबाट दुईजना बालिका बेपत्ता भएका छन् । देवी माविमा कक्षा ९ मा पढ्ने अर्जुनधारा नगरपालिका ५ बस्ने इन्द्रप्रसाद गौतमकी छोरी १५ वर्षीया रञ्जना गौतम र सोही ठाउँका विनोद कर्मकारकी छोरी १५ वर्षीया दृष्टि कर्मकार आइतबार बिहानदेखि बेपत्ता भएका हुन् । उनीहरू विगत दुई वर्षदेखि अर्जुनधारा ५ कञ्चन बारी टोलका हरि सापकोटाको घरमा बसेर पढ्दै आएका थिए । दुवै जनाका बुबा आमा वैदेशिक रोजगारीमा रहेका छन् । आइतबार बिहान ८ः१५ बजे घरबाट विद्यालय जान्छौ भनी हिँडेकोमा विद्यालय समेत नगएको र जान सक्ने सम्भावित ठाउँमा खोजी गर्दा फेला नपरेपछि घरधनी सापकोटाले राति इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी…
झापा, २ चैत । सुनको भाउ आज बढेको छ । सुनको भाउ १०० रुपैयाँले बढेर तोलाको ३ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ९ हजार ४०० रुपैयाँ रहेको थियो । हिजो सुनको भाउ ४ हजार ८०० रुपैयाँले बढेको थियो । आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ ५ रुपैयाँले घटेर तोलाको ५ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सप्तरी, २ चैत। जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत)ले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत राउतले अब पदको राजनीतिबाट टाढा रहने तर जनताको अधिकार र पहिचानका लागि सङ्घर्षको राजनीति निरन्तर जारी राख्ने बताउनुभएको छ। राउतले आफ्नो व्यक्तिगत इच्छा विपरीत दुई पटक संसदीय निर्वाचन लडेको उल्लेख गर्दै एक पटक जित र एक पटक हार व्यहोरेको बताउनुभएको छ। उहाँले २०७५ सालमा ‘स्वतन्त्र मधेश गठबन्धन’लाई सरकारले काम गर्न नदिएको तथा जनतामाझ जानसमेत रोक लगाएपछि पार्टी गठन गर्नुपर्ने अवस्था आएको स्मरण गरेका छन्। सो क्रममा अन्य नेताहरूले अध्यक्ष बन्न नमानेपछि आफूले नै पार्टीको नेतृत्व सम्हाल्नुपरेको उहाँले बताउनुभएको छ। २०७९ सालको…
झापा,२ चैत । सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै आज झापाको काँकरभिट्टामा विरोध प्रदर्शन गरिएको छ । प्रगतिशील युवा क्लब धुलाबारीको अगुवाइमा काँकरभिट्टास्थित हनुमान मन्दिर परिसरबाट निकालिएको विरोध र्यालीले नगरका विभिन्न भागको परिक्रमा गरेपछि पूर्वी प्रवेशद्वारमा पुगेर खबरदारी सभामा परिणत भएको थियो । र्यालीमा मेचीनगर नगरपालिका क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, मानवअधिकारकर्मी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरूको ठूलो उपस्थिति रहेको थियो । सहभागीहरूले ‘दोषीलाई कडाभन्दा कडा कारबाही गर’, ‘हत्या हिंसा बन्द गर’, र ‘जहाँ छोरी डराउँछे, त्यहाँ समाज असफल हुन्छ’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ…