झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १४ फागुन । झापाको बुद्धशान्ति गाउँपालिकाबाट नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा १ नम्बर ब्युरो इञ्चार्ज धमिल र झापा जिल्ला कमिटी सदस्य हेम अर्याललाई प्रहरी पक्राउ गरेको हो । बुधबार दिउँसो पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसैबीच सो पार्टीका कार्यालय सचिव अविरलले एक प्रेस विज्ञप्ति जारी गरी संगठनात्मक कामको सिलसिलामा भएको बेला न्यूनतम लोकतान्त्रिक अधिकारलाई समेत कुल्चेर गैरन्यायिक गिरफ्तारी गरिएको भन्दै तत्काल रिहाई गर्न माग गरेका छन् । नेकपा बहुमतले निर्वाचनविरोधी गतिविधि गर्दै आएको छ । उसले निर्वाचन बहिष्कार पनि…

Read More

झापा, १४ फागुन । जेनजी आन्दोलनका बेला लुटिएको थप म्यागजिन र गोली भेटिएको छ । बुधबार साँझ इलाका प्रहरी कार्यालय दमक परिसरमै फेला परेको हो । त्यहीँ कार्यरत प्रहरी जवान रमानन्दकुमार ठाकुरले इप्रका दमकको पछाडिपट्टि पर्खालको फेदमा सरसफाई गर्ने क्रममा इन्सासको म्यागजिन १ थान र ३ राउण्ड गोली फेला पारेका हुन् । उक्त म्यागजिन र राउण्ड इप्रका दमकबाटै गत भदौ २४ गते जेनजी आन्दोलनमा लुटिएको खुल्न आएको छ ।

Read More

इनरुवा, १४ फागुन । सुनसरीको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुहबी नगरपालिका–५ का ३२ वर्षीय विजय ऋषिदेव र सप्तरी छिन्नमस्ता गाउँपालिका–६ का ४७ वर्षीय गिरिजानन्द साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । आज बिहान वराहक्षेत्र नगरपालिका–११, गुप्ताटोलस्थित भित्रि सडकमा को। २५ प। १४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा ऋषिदेव गम्भीर घाइते हुनुभएको थियो । उहाँको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही दुर्घटनमा दुहबी–५ का दिपेन ऋषिदेव घाइते हुनुभएको छ । उहाँको उपचार भइरहेको प्रनाउ खड्काले बताउनुभयो । त्यसैगरी इटहरी उपमहानगरपालिका–१३ स्थित कोशी…

Read More

झापा, १४ फागुन । आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ । सुन तोलामा ६०० रुपैयाँले बढेर ३ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख १४ हजार ८ सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको छ । भाउ बढेर चाँदी आज तोलाको ५ हजार ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ७ सय १५ रुपैयाँ थियो ।

Read More

काठमाण्डौ, १४ फागुन । आउँदो २१ गते हुने चुनावका लागि जाँडरक्सी बिक्री–वितरण तथा पिउन प्रतिबन्ध लागेको छ । मतदानको मितिभन्दा सात दिन अगाडिदेखि चुनावको अन्तिम परिणाम घोषणा नभएसम्म जाँडरक्सी पदार्थ बिक्री–वितरण तथा पिउन प्रतिबन्ध लगाउन उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले निर्णय गरेअनुसार यो नियम आजदेखि लागू भएको हो । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णय अनुसार आउँदो १८ गते सोमवार राति १२ बजेदेखि चुनावी प्रचारप्रसार निषेध हुनेछ । यस अवधिमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ । मतदानको दिनमा अत्यावश्यक सेवाका गाडी, कूटनीतिक नियोगका गाडी र पास प्राप्त…

Read More

झापा, १४ फागुन । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ३ को तीन मतदान केन्द्रको नेतृत्व महिलाले पाएका छन् । भद्रपुर नगरपालिका–८ स्थित मेची रङ्गशालामा रहेको मतदानस्थलका तीन मतदान केन्द्रको नेतृत्व महिलालाई सुम्पिएको मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकारी डिल्लीप्रसाद प्रसाईले जानकारी दिए । उनले रङ्गशालामा तीन वटा मतदान केन्द्र रहेका बताउँदै भने, “यहाँको मतदान अधिकृतदेखि कर्मचारी, प्रहरीसमेत महिलालाई तोकिएको छ ।” उनका अनुसार मतदानस्थलको ‘क’ केन्द्रको बुथमा मतदान अधिकृतको रुपमा घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरकी प्रमुख पुष्पलता उप्रेती रहेकी छिन् भने सहायक मतदान अधिकृतमा प्रतिक्षा घिमिरे रहेकी छिन्। ‘ख’ केन्द्रको बुथमा मतदान अधिकृतको रुपमा विशेष नापी कार्यालय…

Read More

झापा, १४ फागुन । निर्माणाधीन ‘एसियन हाइवे’को काँकडभिट्टा–लौकही सडकखण्ड अन्तर्गत विभिन्न स्थानमा आठ किलोमिटर सडकमा पहिलो तहको कालोपत्र गरिएको छ । काँकडभिट्टादेखि केरखासम्मको ४५ किलोमिटर क्षेत्रमा सडकको दुवैतर्फ कालोपत्र भइरहेको काँकडभिट्टा–लौकही सडक योजना कार्यालयले जनाएको छ । पूर्वी खण्ड दमक कार्यालयका आयोजना प्रमुख सुनिलबाबु पन्तका अनुसार हालसम्म चार हजार ५९५ मिटर सडक कालोपत्र भइसकेको छ । मेचीनगर, विर्तामोड, शिवसताक्षी नगरपालिका र कमल गाउँपालिका क्षेत्रका विभिन्न खण्डमा दाँयातर्फ एक हजार २८० र बायाँतर्फ दुई हजार ७५५ मिटर लेनमा पहिलो सतहको कालोपत्र गरिएको पन्तले जानकारी दिए । आयोजनाले आगामी असार मसान्तसम्ममा ३० किलोमिटर सडकको दुवैतर्फ पहिलो चरणको कालोपत्र गरिसक्ने लक्ष्य लिएको छ…

Read More

बाँके, १३ फागुन । लामो समयदेखि दुवै मिर्गौलाको समस्याबाट पीडित वरिष्ठ लोकगायक तथा कलाकार कमल विके निर्मोहीको निधन भएको छ। दुवै मिर्गौला फेल भएपछि नियमित डायलासिस गराइरहनुभएका निर्मोहीको उपचारका क्रममा ज्यान गएको परिवारले जनाएको छ। दाङ जिल्लाको तत्कालीन फूलबारी गाविसमा जन्मिनुभएका निर्मोही पछिल्लो समय नेपालगन्जमा बसोबास गर्दै आउनुभएको थियो। लोकसङ्गीत क्षेत्रमा लामो समयदेखि सक्रिय उहाँले थुप्रै लोकगीतमार्फत दर्शक–श्रोताको मन जित्न सफल हुनुभएको थियो। मौलिक भाकामा आधारित गीत–सङ्गीतमार्फत समाजका विविध विषयलाई उठान गर्ने उहाँको शैली विशेष रूपमा प्रशंसित थियो। परिवारका अनुसार गत शनिबार एक्कासि बेहोस भएपछि निर्मोहीलाई उपचारका लागि भेरी अस्पतालको आइसियुमा भर्ना गरिएको थियो। उपचारका क्रममा स्वास्थ्य अवस्था सुधार नदेखिएपछि…

Read More

झापा, १३ फागुन । झापाको भद्रपुरस्थित सशस्त्र प्रहरी बल नेपाल, २ नं. हेडक्वार्टर गणले चन्द्रगढी–काँकरभिट्टा मार्गमा शंकास्पद रुपमा गइरहेका दुई भारतीय नम्बर प्लेटका सवारीसाधनलाई चेकजाँच गर्ने क्रममा सवार व्यक्तिहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा बुझाएको छ । प्रहरी अनुसन्धानमा खुलेको विवरणअनुसार नियन्त्रणमा परेका अभियुक्तहरुले संगठित रुपमा ठगी गर्ने उद्देश्यले नोट (कागजी मुद्रा) आकारका सादा कागजका बन्डल तयार गरी माथि–तल सक्कली नोट राख्ने, सरकारी कार्यालयको पत्र संलग्न गर्ने जस्ता गतिविधि गरेका थिए । उनीहरुले व्यापारमा लगानी गरेको रकम कानुनी अडचनका कारण नेपाल सरकारले जफत गरेको र भारततर्फ ल्याउन जरिवाना तिर्नुपर्ने भन्दै चिनाजान वा व्यापारिक पृष्ठभूमिका व्यक्तिहरुलाई भिडियो सन्देश पठाई ठगी…

Read More

बिर्तामोड, १३ फागुन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले झापा क्षेत्र नम्बर २ को मतदाता शिक्षा उपसमितिले आज पनि मतदाता शिक्षालाई निरन्तरता दिएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नं. २ मा मतदातालाई शिक्षा दिने उद्देश्यले मतदाता शिक्षा अभियानलाई निरन्तरता दिइएको पार्टीका केन्द्रीय सदस्य तथा मतदाता शिक्षा उपसमिति संयोजक धनबहादुर पन्धाकले जानकारी दिए । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट झापा–२ मा उम्मेद्वार बनेकी धर्मशीला चापागाईंलाई मतदाता गर्न मतदातालाई शिक्षा प्रदान गरिएको हो । मतदाता शिक्षा उपसमितिका संयोजक धनबहादुर पन्धाकको टोलीले अर्जुनधारा नगरपालिकाका केही वडा र बिर्तामोड नगरपालिकाका प्रत्येक वडामा मतदाता शिक्षा प्रदान गरेको हो ।…

Read More