
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
द्रोण अधिकारी गुयेलीवि सं २००२ साल मङ्सीर २९ गते साँगादिन ताप्लेजुङ्मा जन्मिएका नकुलकाजी नेपाली साहित्य लेखनमा वि सं २०१९ सालमा यौवन तृष्णा कविता संग्रह मार्फत देखा परेका साहित्यिक सर्जक हुन् । पेशाले अजीवन पत्रकारिता रोजेका नकुल काजी झापाका शसक्त कलमजीवि पत्रकार रहेका छन् । काजी विज्ञान विषयमा स्नातक भए पनि नेपाली भाषा साहित्यको उत्थानमा जीवनको उत्तरार्ध चरणमा पनि उत्तिकै सक्रियताका साथ लागि रहेका छन् । २०१९ को यौवन तृष्णादेखि २०६९ सालको गणतन्त्र र गौंथलीको बाऊ (निबन्ध संग्रह) सम्म आइपुग्दा काजीले डेढ दर्जन पुस्तककार कृति नेपाली साहित्यलाई उपहार दिइ सकेका छन् । काजीका हालसम्म प्रकाशित कृतिहरुको सूचिलाई हेर्ने हो भने यौवन…
शिवसताक्षी, २६ साउन । झापाको प्रशिद्ध तीर्थ स्थल सताक्षीधाममा आज प्रदेश मन्त्री एकराज कार्की तथा प्रदेश सांसद राधाकृष्ण खनालले स्थलगत अनुगमन गरेका छन् । कोशी प्रदेशका खानेपानी, सिचाई तथा उर्जा मन्त्री कार्कीले सताक्षीधाम परिसर भित्र सताक्षी खोला नियन्त्रणका लागि स्थलगत अनुगमन गरेका हुन् । पछिल्लो समय धार्मिक क्षेत्र सताक्षीधाममा सँगै रहेको सतासी खोलाले कटान सुरु गरेसँगै धाम संकटमा पर्दे आएको छ । उक्त क्षेत्रमा दीर्घकालिन तटबन्धन निर्माण गर्न कोशी प्रदेशका मन्त्रीसहितको टोलीले स्थलगत अनुगमन गरेको सताक्षीधाम पर्यटन विकास समितिका अध्यक्ष तुला बोखिमले जानकारी दिए । अवलोकनका क्रममा मन्त्री कार्कीले तटबन्धन धेरै गर्नु पर्ने भएकाले डिपिआर तयारी गरी काम अगाडी बढाउने…
झापा, २५ साउन । आज पहेँलो धातु सुनको मूल्य तोलामा एक हजार पाँच सयले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक लाख ४६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४८ हजार एक सय कायम भएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार चार सय निर्धारण भएको छ । त्यस्तै, यसैबीच चाँदीको मूल्य तोलामा ४० ले बद्धि भई एक हजार सात सय ३० निर्धारण भएको छ ।
झापा, २५ साउन । कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर बिष्टले आदिवासीहरूको हकहित र समानताको निम्ति राज्यले लगानी गर्न आवश्यक रहेको बताएका छन् । अन्तराष्ट्रिय आदिवासी दिवसका अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् । नेपाल बहुभाषिक, बहुजातिय, बहुसांस्कृतिक पहिचान भएको मुलुक भएकाले आदिवासीहरूको पहिचान, रितीरिवाज, कला सभ्यता, भेषभुषा तथा मौलिकता राज्यको सम्पत्ती भएको भन्दै उनले यसको संरक्षण गरी चिर पर्यान्तसम्म कायम गर्न सके भावीपुस्ताले पनि अनुसरण गर्दै जानेमा विश्वस्त रहेको उल्लेख गरेका छन् । आदिवासी समूदायकालागि सहज, सरल र विकसित समाजनिर्माण गर्नु हामी सबैको दायित्व भएको उनले जारी गरेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ । आदिवासीका हक, अधिकार र पहिचानको रक्षाको…
झापा, २४ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्बिर टाँसी पूजार्चना गरी मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ । नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो। वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा छ । वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ…
झापा, २५ साउन । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । विभिन्न २० वटा सार्वजनिक निकायको सिफारिसका आधारमा कार्यालयले ती निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो । जसमा झापाको भद्रपुर–४ ठेगाना भएको मैनाचुली निर्माण सेवा प्रा.लि. समेत रहेको छ । शुक्रबार प्रकाशित एक सूचनाअनुसार कालोसूचीमा राखिएका उक्त निर्माण कम्पनी तथा व्यवसायीहरुले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि खरिद काराबाहीमा सहभागी हुन नपाउने उल्लेख छ । कार्यालयका अनुसार कालोसूची १ देखि ३ वर्षसम्मका लागि राखिएको छ । यी हुन् कालोसूचीमा परेका निर्माण कम्पनीहरु
ढाका, २५ साउन । नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले बिहीबार बङ्गलादेशको अन्तरिम सरकारको प्रमुखका रूपमा सपथ लिनुभएको छ । उहाँका लागि अब प्रमुख कार्य बङ्गलादेशमा शान्ति पुनःस्थापित गर्ने र हप्तौँको हिंसापछि नयाँ निर्वाचनको तयारी गर्नु रहेको छ । हप्तौँको हिंसामा विद्यार्थी कार्यकर्ताहरूले पूर्वप्रधानमन्त्री शेख हसिनाको १५ वर्षको निरङ्कुश शासनविरुद्ध विद्रोहको नेतृत्व गरेका थिए । बङ्गलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले राष्ट्रपति भवन ढाकामा विदेशी कूटनीतिज्ञ, नागरिक समाजका सदस्य, शीर्ष व्यापारीहरू र पूर्व विपक्षी दलका सदस्यहरूको उपस्थितिमा युनुसलाई मुख्य सल्लाहकारका रूपमा उहाँको भूमिकाको सपथ गराउनुभयो । मुख्य सल्लाहकार प्रधानमन्त्री पद बराबर हो । सपथ ग्रहण समारोहमा हसिनाको पार्टीका कुनै पनि प्रतिनिधि सहभागी थिएनन्…
झापा, २५ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिण सरदरकै स्थानमा रहेको छ । आज बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले…
झापा, २५ साउन । भारतको सिक्किम केन्द्रबिन्दु भएर भूकम्प गएको छ । शुक्रबार बिहान सिक्किमको सोरेङआसपास केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ । बिहान स्थानीय समयअनुसार ६ बजेर ५७ मिनेट जाँदा गएको भूकम्पको गहिराइ १० किलोमिटर रहेको केन्द्रले जनाएको छ । भूकम्पको धक्का सिक्किम, दार्जीलिङसहित पश्चिम बंगालका केही जिल्ला र नेपालको पूर्वी भेगमा समेत महसुस गरिएको थियो ।
झापा, २४ साउन । विषालु सर्पले डस्दा झापाको मेचीनगरमा एक जना युवाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका ८ शान्ति टोल घर भएका १८ वर्षीय आशिष राजवंशीको सर्पले डस्दा मृत्यु भएको रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बुधबार राति घरमा सुतेकै ठाउँमा सर्पले डसेको उनलाई उपचारका लागि अस्पताल पुर्याउन नसक्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।