
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २६ चैत । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, कोशी प्रदेशका पहाडी भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भागमा साधारणतया बदली रहने तथा बाँकी भागमा आंशिक बदली रहने जनाइएको छ । कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली भागका केही स्थानका साथै मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ ।…
झापा, २६ चैत । पछिल्लो समय केही सञ्चारमाध्यम र पत्रकारबाट तथ्यहीन, अपुष्ट र पत्याउनै नसकिने सामग्री सार्वजनिक भइरहेकाेप्रति दमक नगरपालिकाका मेयर राम थापाले असन्तुष्टि जनाएका छन् । उनले यस्ता सामग्रीले पत्रकारिताकाे विश्वसनीयता र सामाजिक उत्तरदायित्वमाथि प्रश्न उठाइरहेको बताएका हुन् । नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेको नेतृत्वमा गएको टोलीसँगको भेटमा मेयर थापाले सन्तुलित, विश्वसनीय र जवाफदेही पत्रकारिता अहिलेको सबैभन्दा ठूलो आवश्यकता भएको बताए । उनले पत्रकारहरूले व्यावसायिक धर्मपालन, तथ्य पुष्टि र सार्वजनिक उत्तरदायित्वलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए । ‘पत्याउनै नसकिने खालका अनर्गल सामग्रीले पत्रकारिताप्रतिको जनविश्वास कमजोर बनाइरहेको छ’, उनले भने, ‘यसतर्फ महासंघले पनि गम्भीर ध्यान दिनुपर्छ ।’…
झापा, २५ चैत । झापाको अर्जुनधारा नगरपालिकाले आज बजार अनुगमन गरेको छ । नगरपालिकाकी उपप्रमुख एवं बजार अनुगमन संयोजक खड्गमाया पराजुलीको नेतृत्वमा आज बजार अनुगमन गरिएको हो । बजार अनुगमनका क्रममा अखाद्य वस्तु, म्याद गुज्रिएका खाद्य वस्तु, लेबल बिनाका खाद्य सामग्री बरामद गरिएको छ । बजारलाई व्यवस्थित गर्न बजार अनुगमन निरन्तर गरिँदै आएको उपप्रमुख पराजुलीले बताउनुभयो । बजार अनुगमनमा लेबलबिनाका र अखाद्य वस्तु फेला परेकाले नियमअनुसार जफत गरिएको उहाँले बताउनुभयो । जफत गरिएका वस्तु आवश्यक प्रक्रिया पूरा गरी नष्ट गरिने उहाँले बताउनुभयो । उपभोक्ताको माग र चाहना अनुसार बजार अनुगमनलाई तीव्रता दिइने जनाइएको छ । बजार अनुगमन टोलीमा सुभाष चन्द्र…
झापा, २५ चैत । झापाको अर्जुनधाराको सिरक गोदाममा भीषण आगलागी भएको छ । आगलागीबाट करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अर्जुनधारा-११ का नुर मोहम्मदले सञ्चालन गरेको सिरक गोदाममा आज दिउँसो करिब १२ बजे आगलागी भएको थियो । आग लागे दिउँसो करिब २:२५ मा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागि इलाका प्रहरी कार्यालय अनारमनी बाटो खटिएको प्रहरी टोली चारआलीस्थित नेपाली सेना टोली, सशस्त्र प्रहरी बल नेपाल बेश क्याम्पबाट खटिएको टोलि, बिर्तामोड नगरपालिका, मेचीनगर नगरपालिका भद्रपुर नगरपालिका, दमक नगरपालिका, शिवसताक्षी नगरपालिका, कमल गाउँपालिकाको दमकल र स्थानीयबासी सहयोगमा आगो पूर्ण रुपमा…
झापा, २५ चैत । नेपाल राष्ट्र बैंकले आज ( बुधबारका)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४९ रुपैयाँ १२ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६० पैसा र बिक्रीदर १७२ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १९७ रुपैयाँ ४६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ ६८ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ३५ पैसा, क्यानेडियन…
झापा, २५ चैत । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम छ । यसका कारण देशका विभिन्न भागको मौसममा आंशिकदेखि पूर्ण बदली हुने देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती र कोशी प्रदेशका हिमाली भागमा सामान्य बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा छ । देशका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रहने तथा अन्य भागमा आंशिक बदली रहने सम्भावना रहेको छ । ती प्रदेशका धेरै…
झापा, २५ चैत । लागुऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ स्थित संगिता ठ्याक क्षेत्रमा पैदल हिँडिरहेका एक युवकलाई शंका गरी तलासी गर्दा लागुऔषध बरामद गरेको छ। प्रहरीका अनुसार कमल गाउँपालिका–६ बस्ने २४ वर्षीय नवराज भट्टराईको शरीर तलासी गर्दा प्लास्टिकमा राखिएको खैरो हेरोइन जस्तो देखिने लिसाईलो पदार्थ ६ ग्राम ७५० मिलिग्राम फेला परेको हो। बरामद गरिएको लागुऔषधसहित उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको प्रहरीले जनाएको छ।
बिर्तामोड, २५ चैत । झापाको बिर्तामोड नगरपालिका-४ मा घरबाट लडेर एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड-२ चैतुबारीका ४० वर्षीय शंखर किस्कु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गत चैत १६ गते बिर्तामोड-४ पुरानो बिजुलि अफिस छेउस्थित डम्बरबहादुर श्रेष्ठको निर्माणधिन २ तले पक्कि घरमा काम गर्दै आएका किस्कु काम गर्ने क्रममा घरको २ तल्ला माथिबाट लडेर गम्भीर घाइते भएका थिए । बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचार भईरहेकोमा उपचार पश्चात मिति चैत २३ गते डिस्चार्ज भई घर गएकोमा चैत २४ गते मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलिले आवश्यक कानुनि प्रकृया पुरा गरी मृतक…
भद्रपुर, २४ चैत । नेपाल सरकारको हालैको निर्णयप्रति असन्तुष्टि जनाउँदै नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन, भद्रपुर एकाइ समितिले भू–सेवा बन्द गरेका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसम्बन्धी कार्यालयहरूमा अनधिकृत व्यक्तिको प्रवेश निषेध गर्ने निर्देशन दिएपछि झापास्थित मालपोत तथा नापी कार्यालयमा कडाइ गरिएको छ। यस कदमलाई व्यवसायीहरूले पेसागत अधिकारमाथि हस्तक्षेप भन्दै विरोध गरेका छन्। समितिले सोमबार दिउँसो १२ बजेदेखि सेवा बन्दको घोषणा गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ। अध्यक्ष निरोज पोखरेल र सचिव मुरारी न्यौपानेले हस्ताक्षर गरेको विज्ञप्तिमा लेखापढी व्यवसायीहरूले कानुनी प्रक्रिया पूरा गरी अनुमति प्राप्त गरी पेसा सञ्चालन गर्दै आएको उल्लेख छ। व्यवसायीहरूले राज्यका न्यायिक तथा अर्धन्यायिक…
महोत्तरी, २४ चैत । जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु भएको छ । सो घटनामा थप तीन जना गम्भीर घाइते भएका छन् । उनीहरुको सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले जानकारी दिए । प्रहरीले हालसम्म मृतक तथा घाइतेमध्ये कसैको नाम, थर, वतन खुलाएको छैन भने मोटरसाइकल पनि पूर्ण रुपमा जलेर नम्बरप्लेट समेत नदेखिने अवस्थामा रहेको जनाइएको छ । आज बिहान विपरीत दिशाबाट आएका ती मोटरसाइकल जलेश्वर बर्दिबास सडकखण्डको एकडारा गाउँपालिका–५ स्थित बथनाहा गाउँमा एकापसमा ठोक्किएका थिए । ठोक्किएर दुवै मोटरसाइकलमा आगलागी हुँदा…