
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २९ साउन । कोशी प्रदेशका खानेपानी, सिञ्चाई तथा ऊर्जा मन्त्री एकराज कार्कीले कोशी प्रदेश सरकारले कृषि अनुदानको अन्त्य गरिएको बताउनुभएको छ । झापाको मेचीनगर नगरपालिका–४ स्थित बाहुनडाँगीमा ¥यापिड रेस्पोन्स टिमको आयोजनामा सोमबार विश्व हात्ती दिवस–२०८१ को अवसरमा भएको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री कार्कीेले कोशी प्रदेश सरकारले चालू आर्थिक वर्षदेखि कृषि अनुदान दिने कामको अन्त्य गरेको बताउनुभयो । अनुदानको नाममा विकृति बढेको बताउँदै उहाँले कृषि अनुदानमा पहुँचवाला र गैरकृषकको हालीमुहाली बढेको बताउनुभयो । “अनुदानका लागि अर्काको गाईवस्तु ल्याएर गोठमा बाँध्ने गरिएको छ, यो विकृति अन्त्य गर्न प्रदेश सरकारले यस्तो कदम चालेको छ”, उहाँले भन्नुभयो, “अब अनुदान होइन, कृषकले बैंक वित्तीय…
झापा, २९ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा केही स्थानमा वर्षा भइरहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखा जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ । त्यसैगरी विभागले आज राति देशभर साधारणतया बदली रहने छ । कोशी,…
भद्रपुर, २८ साउन । झापा जिल्ला अदालत परिसरमा थुनुवा कक्ष निर्माण भएको छ । आज एक कार्यक्रमका बीच थुनुवा कक्षको झापा जिल्ला अदालतका प्रमुख न्यायाधीश अशोककुमार बस्नेत र भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।विभिन्न मुद्दामा फौजदारी अभियोग लागेका प्रतिवादीलाई मुद्दाको प्रक्रियागत सिलसिलामा अदालतमा उपस्थित गराउँदा सुरक्षित तवरले राख्नका लागि अदालतमा थुनुवा कक्ष निर्माण गरिएको झापा अदालतका प्रमुख न्यायाधीश बस्नेतले बताउनुभयो । “थुनुवाहरूले आफन्तसँग भेटघाट गर्न पाइएन भन्ने गुनासो आउने गरेको छ”, अदालतका श्रेस्तेदार किरणकुमार सिंहँले भन्नुभयो, “थुनुवा कक्ष निर्माण भएसँगै थुनुवासँग उनीहरूका आफन्तले छोटो भेटघाट र बोलचाल गर्न सकिने भएको छ ।” न्याय सम्पादनमा सहजता ल्याउने…
शिवसताक्षी, २८ साउन । झापाको शिवतसाक्षी नगरपालिकामा डेंगु रोगको रोकथाम तथा नियंन्त्रण सम्बन्धी अन्तरक्रिया गरिएको छ । साहरा नेपालको संयोजनमा शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा डेंगु रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धी एक दिवशीय अन्तरक्रिया कार्यक्रम गरिएको हो । शिवसताक्षी नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा स्थानीय नगरका महिला स्वास्थ्य सेविका सहित प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा डेंगु रोग सम्बन्धी जनचेतना अभिवृद्धि रोकथामका उपायहरू र समुदायस्तरमा गर्न सकिने प्रयासहरूका बारेमा छलफल भएको थियो । अन्तरक्रियामा शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले विगत वर्ष भन्दा यस वर्ष सुरुमै डेंगु रोकबाट बच्न अभियान चलाइने बताए । झापामा एक जना डेंगुबाट मृत्यु भईसकेको छ । हामीले…
झापा, २८ साउन । झापाको दमक नगरपालिकाबाट गएराति पेस्तोलसहित एक जनालाई पक्राउ गरिएको छ । दमक–५ बानेश्वर हाइट मार्ग जाने भित्री सडक खण्डमा विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक झापाबाट खटिएको प्रहरी टोलीले को.३८ प.५६४९ नं. को स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा दमक नगरपालिका–८ का ३६ वर्षीय सञ्जिव गजमेरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले स्कुटरको अगाडि चावी लगाउने भागको तल सामान राख्ने खाली भागमा लुकाई छिपाई राखेको दाहिंने भागमा 7657 Round No 02 र बायाँ भागमा Special Made In Italy Automsial लेखिएको खैरो रङको कभर सहितको पेस्तोल बरामद गरेको हो । स्कुटर चालकलाई समेत…
भद्रपुर, २८ साउन । झापाको भद्रपुर नगरपालिका–१ स्थित देवी खोलामा डुबेर आइतबार बेलुका एक बालकको मृत्यु भएको छ । खोलामा डुबेर भद्रपुर–१ का महेश रसाइलीको ९ वर्षीय छोरा सौरभको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब परीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । घर नजिकैको खोलामा डुबेको अवस्थामा स्थानीयबासीले देखेपछि बालकलाई खोलाबाट निकालेर उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पु¥याइएको थियो । अस्पताल पु¥याउनासाथ चिकित्सकले चेकजाँच गर्दा मृत्यु भइसकेको घोषणा गरेकोले जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कानूनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुरको शवगृहमा राखिएको छ भने घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय…
मेचीनगर, २८ साउन । प्रहरीले झापाको मेचीनगर नगरपालिकाबाट रू तीन लाख ४१ हजार नौ सय ८० बराबरको अवैध सामान बरामद गरेको छ । आइतबार राति मेचीनगर–६ भन्सार गेट अगाडीबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतदेखि नेपालतर्फ अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको रू एक लाख ५१ हजार नौ सय ८०्र– बराबरको किराना सामान र कपडा नियन्त्रणमा लिएको हो । त्यसैगरी, इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ पिङकीठ्याकबाट नेपालदेखि भारततर्फ अबैध रुपमा भन्सार छलेर लाँदै गरेको करिब रू एक लाख ९० हजार बराबरको १९ कार्टुन लाइटर नियन्त्रणमा लिएको छ । बरामद गरिएका ती सामान आवश्यक कारबाहीका लागि…
झापा, २८ साउन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी समस्या समाधान गर्ने काम द्रुतगति अगाडि बढाइएको बताउनुभएको छ । गौराहद नगरपालिका–५ मा आइतबार आयोजित जग्गा दर्तासम्बन्धी आदेश २०८१ कार्यान्वयनसम्बन्धी सरोकारवाला निकायसँगको अन्तरक्रियामा उहाँले छ महिनाभित्रमा जग्गा दर्तासम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “लामो समयदेखि भोगचलन गरिरहेको तर धनीपूर्जा नहुने सबैलाई जग्गाको मालिक बनाउने अभियानमा सरकार छ”, उहाँले भन्नुभयो । उहाँले मन्त्रालयले उच्चस्तरीय अधिकारीहरू संलग्न रहेको आयोग गठन गरी कर्मचारीहरू काममा खटाइसकेको जानकारी दिँदै काम गर्दै जाँदा आउने कानूनी जटिलतालाई स्थानीय सरकार, सरोकारवाला पक्ष र राजनीतिक दलहरूले संयुक्त रुपमा समाधानका लागि सहयोग गर्न आग्रह…
झापा, २८ साउन । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले अझै तीन दिनसम्म मुलुकका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको अनुमान गरेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको माहाशाखाको भनाइ छ । माहाशाखाका मौसमविद् मिनकुमार अर्यालले आगामी तीन दिनसम्म काठमाडौँ उपत्यकालगायत विभिन्न स्थानमा हल्कादेखि भारी वर्षासम्मको सम्भावना रहेको जानकारी दिए । “यतिबेला मनसुन धेरै सक्रिय नभएकाले भारी वर्षाको सम्भावना छैन, तर बाढी, पहिरोजस्ता मनसुनजन्य विपद्का घटनाबाट भने सतर्कता अपनाउनुपर्छ”, उनले भने । महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली…
झापा, २८ साउन । बेनी नगरपालिका–९ आङ्खखेत कालीमुलको जङ्गलमा गाडिएको अवस्थामा मानव कङ्काल फेला परेको छ । शव गाडिएको ठाउँ नजिकै एक तोलाको सुनको सिक्री, कपडा र चप्पलसमेत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गङ्गटा खोज्न गएका स्थानीयले आइतबार दिउँसो कपडा र नजिकै शव गाडेको ठाउँ देखेपछि प्रहरी तथा जनप्रतिनिधिलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले कङ्काल, गहना र कपडालाई परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाउन लागिएको बताउनुुभयो । “घटनास्थलबाट उत्खनन गरेको मानव कङ्काल र भेटिएका सामग्रीलाई सोमबार नै परीक्षणका लागि पठाउँछौँ”, उहाँले भन्नुभयो, “अनुुसन्धानको कामलाई पनि सँगसँगै अघि बढाएका छाँै । कङ्काल…