
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १७ साउन । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले आफू धेरै बोल्ने भन्दा पनि काम गर्ने बताएका छन् । बिहीबार काठमाडौँ महानगर वडा ८ को प्रशासनिक भवन समुद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । प्रमुख शाहले सबैले भाषण भन्दा पनि काम गर्न जरुरी रहेको बताए । उनले कार्यक्रमहरूमा लामो सम्बोधन र भाषण गरेर समय लिने भन्दा पनि काममा समय दिनुपर्ने बताए । उनले भवन उद्घाटनमा ठुलो कार्यक्रम गरिरहनु नपर्ने बताए । उनले २२ वर्षको मेहनतले सम्पदा शैलीमा वडा भवन बनाएकाले आकर्षक देखिएको बताए । प्रमुख शाहले पशुपति क्षेत्रका सडकहरू चाँडो र तीव्र गतिमा बन्दै जाने विश्वास रहेको बताए ।…
लक्ष्मीपुर, १७ साउन । नेपालको चर्चित रियालिटी शो द भ्याइस अफ किड्स सिजन–३ को भोटिङ राउण्डमा पुगेका अश्विन भारतीलाई भोट गर्न अपिल गरिएको छ । भारती बन्धु एकता समाजले झापाको मेचीनगर नगरपालिका–३ बाहुनडाँगी निवासी अश्विनलाई भोट गरिदिन अपिल गरेको हो । बिर्तामोडको निदी सेकेन्डरी स्कुलमा कक्षा–७ मा अध्ययनरत अश्विन भोटिङ राउण्ड अर्थात टप २४ मा पर्न सफल भएका छन् । उनलाई भोट दिएर हौसला प्रदान गरी अझ अगाडी बढ्न मद्दत मिल्ने भएकाले समाजले भोट गरिदिन सवैमा आग्रह गरेको हो । सुमधुर स्वरका धनि अश्विनले एकपछि अरुको मन जित्दै गायन यात्रालाई अगाडी बढाउँदै आएका छन् । उनी बिजेता बने झापाकै गौरव…
झापा, १७ साउन । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बिहीबार दिउँसो सम्म १ सय ४८ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेस प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २५ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ४८ जनाको मृत्यु भएको हो । काठमाडौँ उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेस प्रदेशमा १० जना, बागमती प्रदेशमा १० जना, गण्डकी प्रदेशमा ३४ जना, लुम्बिनी…
झापा, १७ साउन । झापाको मेचीनगर नगरपालिकाबाट खैरो हेरोइनसहित बिर्तामोडका एक युवा पक्राउ परेका छन् । आज दिउँसो मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलस्थित लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–१० का ३४ वर्षीय बिशाल गुरुङलाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०१–०१७ प ५८६ नम्बरको स्टुकर रोकी चालक गुरुङलाई लागी चेकजाँच गर्दा खैनीको प्याकेट भित्र प्लाष्टिकले पोका पारेर लुकाई ल्याउँदै गरेको प्रतिबन्धित लागुऔषध खैरो हेरोइन प्लाष्टिकसहित १ ग्राम ३८० मिलिग्राम र प्लाष्टिक बाहेक १ ग्राम ७० मिलिग्राम फेला परेकोले स्कुटरसहित उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान कार्य…
इलाम, १७ साउन । इलाममा आर्थिक वर्ष २०८०–८१ मा रु ३४ करोड ८७ लाख १६ हजार नौ सय ३४ लागतमा ५९ वटा पक्की कुलो निर्माण भएका छन् । माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान आसमान योङहाङलाई यस वर्ष धानखेती गर्न कुनै समस्या भएन । वर्षौँदेखि अकासे खेतीमा निर्भर उनी यस वर्षदेखि सिँचाइ सुविधा पाएर दङ्ग छन् । गजुरमुखीमा साना सिँचाइ कार्यक्रमअन्तर्गत व्यवस्थित सिँचाइ कुलो निर्माणपछि योङहाङसहित सयौँ किसान यतिबेला खुसी भएका हुन् । उनको टोलमा रु ३९ लाख २१ हजारको लागतमा फुङखोलाबाट घुमाउरो पाक्रुम्बा कुलो निर्माण भएको हो । माईजोगमाई गाउँपालिका–२ लप्सीबोटेका किसान कुमार राई पनि खुसी छन् । राईगाउँ–लाप्चागाउँ–निगालेगाउँमा रु ५०…
झापा, १७ साउन । काँकडभिट्टा माध्यमिक विद्यालयको बैंक खाताबाट किर्ते दस्तखतका आधारमा चेक साटेर रु चार लाख १८ हजार झिकेको आरोपमा विद्यालयकै कार्यालय सहयोगी रोशन मल्लिक पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–६ निवासी मल्लिकले नेपाल बैंक लिमिटेड काँकडभिट्टाबाट २० पटक चेक साटेर उक्त रकम निकालेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी निरीक्षक कृष्णकुमार पोखरेलले बताए । विद्यालयको बैंक खाता प्रधानाध्यापक हरिप्रसाद न्यौपाने र लेखापाल विष्णुलाल पाण्डेको संयुक्त हस्ताक्षरमा सञ्चालन हुँदै आएको थियो । तर, विद्यालयले बैंकबाट नियमित रकम भुक्तानी लिने र चेकबुक लिने काममा कार्यालय सहयोगी मल्लिकलाई खटाउने गरेको थियो । विद्यालयले विद्यार्थी बोक्ने बस किन्नका लागि बैंकमा रहेको रकम जाँचबुझ…
बिर्तामोड, १७ साउन । झापामा पाँच सय जनाभन्दा बढी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्ने भएका छन् । नेकपा (माओवादी) केन्द्र झापाले आज बिर्तामोडमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी विभिन्न पार्टी परित्याग गरी पाँच सय जनाभन्दा मानिस पार्टीमा प्रवेश गर्न लागेको जनाएको छ । नवप्रवेशीहरुलाई स्वागत गर्न यही साउन १९ गते बिर्तामोडमा ‘पार्टी प्रवेश तथा स्वागत कार्यक्रम’ गर्न लागिएको पार्टीका झापा संयोजक राजु आचार्य (अग्नि) ले जानकारी दिनुभयो । पत्रकार भेटघाटमा माओवादी केन्द्रका कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) ले लामो समयपछि पार्टी प्रतिपक्षमा रहेकाले माओवादीको आगामी योजना के रहेको छ भन्ने आमनागरिकमा चासो रहेको बताउनुभयो । ‘हामी सरकारमा रहँदा…
गर्भावस्थाको बेला महिलालाई विभिन्न किसिमका पोषक तत्वहरुको आवश्यकता पर्दछ । गर्भमा हुर्किरहेको शिशुलाई आमाबाटै पोषण तथा आहारा प्राप्त हुन्छ । –आमाले खाएको खानेकुराबाट नै गर्भको भ्रुणको विकासमा सहयोग गर्दछ । गर्भको शिशुको विकासका लागि क्याल्सियम तथा प्रोटिन निकै महत्वपूर्ण हुन्छ । हरेक गर्भवती महिलाले आफ्नो तथा गर्भको शिशुको स्वास्थ्य तथा विकासका लागि खानुपर्ने खानेकुराहरु निम्न छन् । –कम फ्याटयुक्त दुग्ध प्रडक्टहरुलाई क्याल्सियमको राम्रो श्रोत मानिन्छ । गर्भवती महिलाले हप्तामा कम्तिमा दुइ पटक पनीर वा चिज खानु लाभदायक हुन्छ । –गर्भमा रहेको शिशुको हड्डी, दाँत तथा स्नायुहरुको विकासमा बदाम खानु राम्रो हुन्छ । यसले गर्भवती आमालाई पनि पर्याप्त प्रोटिनको आपूर्ति गर्दछ…
तपाईं टिभीको एड्भेन्चर रियालिटी शो ‘हिमालय रोडिज’ सिजन ६ को पर्खाइमा हुनुहुन्छ भने नयाँ खबर छ । यो प्रतीक्षित शोको छायांकन सुरु भएको छ । यसैसाता पर्सनल इन्टरभ्यु (पीआई) राउण्डको छायांकन सकिएको छ । यो राउण्डबाट आगामी कलिङ राउण्डका लागि ५३ जना छनोट भएका छन् । यसबाट पनि जर्नी राउण्डका लागि १६ जनाले प्रतिस्पर्धा गर्नेछन् । बूढानीलकण्ठस्थित मह स्टुडियोमा छायांकन भइरहेको हो । कुल १८ एपिसोडको हुने यो सिजनमा कलिङ र जर्नी राउण्डको छायांकन बाँकी छ । यसपटक ‘वेलकम टु द जंगल’ थिम राखिएको छ र सोहीअनुसार टास्क गरिने भएको छ । सम्भवतः चितवनको सौराहा क्षेत्रको जंगलमा आगामी राउण्डको छायांकन…
काठमाण्डौ, १७ साउन । काभा महिला भलिबल लिग आजदेखि त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुरु हुँदैछ । नेपाल भलिबल सङ्घको आयोजनामा आज शुरु हुने प्रतियोगिता यही साउन २३ गतेसम्म चल्नेछ । प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरान गरी पाँच वटा देशले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा नेपालले आज उद्घाटन खेलमा श्रीलङ्कासँग खेल्दै छ । नेपाल र श्रीलङ्काबीचको खेल दिउँसो सवा ३ बजे शुरु हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा भोलि भारतसँग, तेस्रो खेलमा २० गते आइतवार माल्दिभ्ससँग र चौथो खेलमा २१ गते सोमवार इरानसँग खेल्ने तालिका छ । लिग चरणको खेलपछि शीर्ष चारमा रहने टोलीबीच सेमिफाइनल हुनेछ…