
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर नगरपालिकाको शिलबन्दी प्रस्ताव पत्र पेश गर्ने सम्बन्धी सूचना !
झापा, २३ साउन । भारतले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिग भलिबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको फाइनलमा भारतले नेपाललाई ३–२ को सेटमा पराजित गर्यो । खेलको पाँचौँ तथा निर्णायक सेट १५–५ को जित निकाल्दै भारतले उपाधि जितेको हो । खेलको पहिलो सेट नेपालले जित्यो । करिब ३० मिनेट चलेको उक्त सेट नेपालले २५–२३ ले आफ्नो पक्षमा पार्यो । निकै प्रतिस्पर्धात्मक बनेको सेट २१–२३ को स्थितिलाई सुधार्दै नेपालले २३–२३ को बराबरीमा ल्यायो । त्यसपछि नेपालले लगातार दुई अङ्क बटुल्दै पहिलो सेट जित्न सफल भयो । खेलको दोस्रो सेट भने नेपालले गुमायो ।…
झापा, २३ साउन । मुलुकमा पछिल्लो समय संरक्षणका क्षेत्रमा ठूलो सफलता हासिल भएसँगै मानव–वन्यजन्तुको द्वन्द्व पनि बढ्दो छ । वन्यजन्तुको आक्रमणबाट मानवीय, पशुधन र कृषि बालीनालीमा क्षति बढ्दो क्रममा छ । गत सातामात्रै चितवनको भरतपुरमा बजार क्षेत्रमै बाघको आक्रमणबाट एक जना घाइते भएका र कञ्चनपुरमा उखुबारीमा घाँस काटिरहेकी महिलाको पनि बाघको आक्रमणमा परी मृत्यु भएको थियो । यसैबीच बढ्दै गएको मानव–वन्यजन्तु चुनौती व्यवस्थापनका विषयमा आज प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले वन तथा वातावरण मन्त्रालय र सम्बन्धित सरकारी अधिकारीसँग छलफल गरेको छ । समितिको बैठकमा सांसदहरूले मुलुकका ग्रामीण क्षेत्रमा बाँदर, बँदेल, दुम्सी, नीलगाईलगायतका जङ्गली जनावरबाट कृषि बालीमा हुने क्षति…
झापा, २३ साउन । झापाको अर्जुनधारा नगरपालिकाले काभा महिला भलिबल लिगमा नेपाली टीमले जिते दुई लाख रुपैयाँ घोषणा गरेको छ । खेलकुद र खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले नगरपालिकाको तर्फबाट दुई लाख रुपैयाँ प्रोत्साहन रकम दिइने नगरप्रमुख बलदेव गोम्देनले जानकारी दिनुभयो । उपाधि रक्षाका लागि आज नेपाल र भारत काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा प्रतिस्पर्धा गर्दै छन् । नेपाल २–१ सेटले अगाडी छ । यसअघि हिजो भएको खेलमा इरानलाई हराउँदै नेपाल फाइनलमा पुगेको हो । नेपालले इरानलाई ३–० को सोझो सेटमा हराएको थियो । हिजो भएको पहिलो सेमिफाइनलमा श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराउँदै भारत फाइनलमा पुगेको थियो…
झापा, २३ साउन । एयर डाइनेस्टीको कल साइन ९ एन–एजेडी हेलिकप्टर दुर्घटनामा पाइलटसहित पाँच जनाको मुत्यु भएको छ । आज दिउँसो १ः५४ बजे भक्तपुरको नलिन्चोकबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडान भरेको हेलिकप्टर दिउँसो २ः१४ बजे नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौरमा दुर्घटनाग्रस्त भएको थियो । हेलिकप्टर दुर्घटनामा परी पाइलट अरुण मल्लसहित चार चिनियाँ (तीन पुरुष र एक महिला) नागरिकको मृत्यु भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार मृत्यु हुनेमा पाइलट मल्ल र चिनियाँ नागरिकहरू जुताड ताङ, ताइ ली, यीयाम वु र जेमिङ जी रहनुभएको छ । सो दुर्घटनामा परी मृत्यु भएका मृतकहरूको शव सङ्कलन भई शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल…
झापा, २१ साउन । झापाको अर्जुनधारा नगरपालिकामा ‘पशुपंक्षी बास–बगैंचा कार्यक्रम’ अन्तरगत दुई वटा सामुदायिक वनलाई आज विभिन्न जातका बिरुवा हस्तान्तरण गरिएको छ । शान्ति सामुदायिक वन र हलुवागढी सामुदायिक वनलाई पाँच÷ पाँच सय विभिन्न जातको बिरुवा प्रदान गरिएको हो । नेपाली सेनाको अरिदमन गण चारआलीले नगरपालिकालाई उपलब्ध गराएको बिरुवा ती वनहरुलाई हस्तान्तरण गरिएको हो । गणका मेजर अभिषेक विष्ट, अर्जुनधारा नगरपालिकाल नगरप्रमुख बलदेव गोम्देन लगायतले र दुई सामुदायिक वनका पदाधिकारीहरुलाई बिरुवा हस्तान्तरण गर्नुभएको हो । मेजर विष्टले पूर्व नमूना कार्यक्रममा रुपमा अर्जुनधारा नगरपालिकाले पशुपंक्षी बास–बगैंचा कार्यक्रम ल्याएकाले बिरुवा उपलब्ध गराएर सहयोग गरिएको बताउनुभयो । अरिदमन गणले अमला, तित्री, हर्रो, बर्रो,…
कचनकवल, २३ साउन । झापाको कचनकवलमा पछिल्लो समय लागूऔषधको सेवन तथा ओसारपसार बढ्दै गएपछि विद्यार्थीलाई कुलतबाट जोगाउन सशस्त्र प्रहरीले विद्यालयमै पुगेर सचेत गराउन थालेको छ । खुला सिमानाका कारण कचनकवलका विभिन्न क्षेत्रहरु लागुऔषध प्रयोग र बिक्री वितरणको उच्च जोखिममा रहेको जनाउँदै सशस्त्र प्रहरी बल नेपाल बिओपी केचनाले लागूऔषध दुर्व्यसन रोकथामसम्बन्धी चेतनामूलक अभियान सञ्चालन गरेको जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी केचनाका प्रमुख सस्शत्र प्रहरी निरीक्षक केशव मैनालीले विद्यार्थी र युवालाई लागुऔषधको दुर्व्यसनका बारेमा सचेत गर्न अति आवश्यक ठानेर यो जनचेतनामूलक अभियान चलाइएको बताउनुभयो। उहाँले यो अभियान अन्तर्गत जोखिम क्षेत्रका विद्यालयमा प्रहरी पुगेर विद्यालयमा अध्ययनरत छात्र, छात्रा र शिक्षक शिक्षिकालाई लागूऔषधबाट हुने हानी र…
बिर्तामोड, २३ साउन । बिर्तामोड उद्योग वाणिज्य संघलाई निलकण्ठ ट्रेड एण्ड सप्लायर्सले पानी प्रशोधन गर्ने मेसिन प्रदान गरेको छ । भारतीय ब्राण्ड प्युरोसिसको नेपालका लागि आधिकारिक बिक्रेताको रुपमा रहेको एनकेले सोही ब्राण्डको एक थान पानी प्रशोधन गर्ने मेसिन प्रदान गरेको हो । बिर्तामोडस्थित संघको कार्यालयमा आयोजित कार्यक्रमका बीच संघका अध्यक्ष राजु न्यौपानेलाई पानी प्रशोधन गर्ने मेसिन प्रदान गरिएको थियो । एनकेका प्रतिनिधि कञ्चना पोखरेल र मञ्जुश्री संग्रौला गिरीले संघका अध्यक्ष न्यौपानेलगायत संघका पदाधिकारीलाई मेसिन हस्तान्तरण गरेका थिए । निलकण्ठ ट्रेड एण्ड सप्लायर्स बिर्तामोड नगरपालिका २ स्थित रामचौकमा रहेको छ । मेसिनको बजार मूल्य झण्डै ४० हजार रुपैयाँ रहेको बताइएको छ…
झापा, २३ साउन । झापाको कनकाई नगरपालिकामा वातावरण मैत्री शव दाहगृह सञ्चालनका लागि सरोकारवालासँग अन्तरक्रिया गरिएको छ । कनकाई नगरपालिकाको आयोजना र कनकाई घाट व्यवस्थापन समितिको सह–आयोजनामा आज नगरको सभाहलमा अन्तरक्रिया भएको हो । रोकारवालाहरुले पूर्वकै ठूलो मध्ये एक कनकाई घाटमा वातावरण मैत्री शवदाह गृह सञ्चालन सम्बन्धी आ–आफ्नो धारणा राख्नुभएको थियो । नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा भारतको दिल्लीस्थित पर्यावरण एवम् वन सुरक्षा समिति तथा रोटरी क्लब अफ गाजियाबाद नयाँ दिल्लीका अन्सुल गर्ग र रोटरी क्लब अफ दिल्ली बजार काठमाडौंका उपाध्यक्ष युवराज रोक्काले सहजीकरण गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले कनकाई घाट व्यवस्थापनका लागि कोशी…
अभिनेता रमित ढुंगानाले आफ्नो डेब्यु निर्देशनमा देशका शीर्ष नेताहरुलाई अभिनय गराएर फिल्म ‘नमेटिने घाउ’ तयार पारेका छन् । आगामी भदौ ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधव नेपाल, पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेल र राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले अभिनय गरेका छन् । तर, उनीहरुको फिल्ममा केमियो मात्र छ । प्रदर्शनका लागि अब १५ दिन मात्र बाँकी हुँदा रमितले एकपछि अर्को गर्दै पोस्टर सार्वजनिक गरिरहेका छन् । सोमबार प्रधानमन्त्री ओलीलाई राख्दै पहिलो पोस्टर सार्वजनिक गरियो । बुधबार दोस्रो चरणको पोस्टरमा पूर्व प्रधानमन्त्री नेपाल अटाएका छन् । र, दुवै पोस्टरमा फिल्मका मुख्य कलाकारभन्दा नेता बढी…