
झापा, २३ साउन । झापाको अर्जुनधारा नगरपालिकाले काभा महिला भलिबल लिगमा नेपाली टीमले जिते दुई लाख रुपैयाँ घोषणा गरेको छ ।

खेलकुद र खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले नगरपालिकाको तर्फबाट दुई लाख रुपैयाँ प्रोत्साहन रकम दिइने नगरप्रमुख बलदेव गोम्देनले जानकारी दिनुभयो ।
उपाधि रक्षाका लागि आज नेपाल र भारत काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा प्रतिस्पर्धा गर्दै छन् । नेपाल २–१ सेटले अगाडी छ ।
यसअघि हिजो भएको खेलमा इरानलाई हराउँदै नेपाल फाइनलमा पुगेको हो । नेपालले इरानलाई ३–० को सोझो सेटमा हराएको थियो । हिजो भएको पहिलो सेमिफाइनलमा श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराउँदै भारत फाइनलमा पुगेको थियो । लिग चरणमा नेपालले भारतलाई हराउँदै ऐतिहासिक उपलब्धि हासिल गरेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


