झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १० साउन । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान भएपछि मात्र हस्तान्तरण गरिने भएको छ । कतिपय शवहरू जलेर पहिचान गर्न कठिन भएकाले डिएनए परीक्षणसमेत गर्नुपर्ने सम्भावना रहेको हुँदा प्रक्रिया पूरा भएपछिमात्र क्रमशः हस्तान्तरण हुने जनाइएको छ । शव परीक्षण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भइरहेको छ । अस्पतालका निर्देशक प्राडा दिनेश काफ्लेले भन्नुभयो, “शव पहिचान नभईकन दिन मिल्दैन । १२ वटा शवको परीक्षण सकिएको छ, अहिले तीन वटा शव परीक्षण भइरहेको छ । पहिचान नभएकाहरूको डिएनए गर्नुपर्‍यो भने नतिजा आउन दुई हप्ता लाग्छ । परेन भने भोलि बेलुकासम्म सबै शवको परीक्षण सकिन्छ होला । प्रक्रिया मिलेपछि पर्सिबाट…

Read More

झापा, १० साउन । पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०–८१ मा रु आठ करोड १० लाख १४ हजार बराबरको जडीबुटी निर्यात भएको छ । काँकडभिट्टास्थित क्वारेन्टिन कार्यालयका अनुसार चिराइतो, रिठ्ठा, मजिठो, चुत्रोको बोक्रा, अमला, सतिबयरलगायत वनजन्य उत्पादन निर्यात भएको हो । उक्त आवमा रु चार करोड ८० लाख ६० हजार बराबरको एक सय ६० मेट्रिक टन चिराइतो निर्यात भएको छ । ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथम, सङ्खुवासभा, धनकुटा र भोजपुरमा चिराइतोको व्यावसायिक खेती हुँदै आएको छ । यसैगरी, सोही अवधिमा रु एक करोड ६५ लाख २० हजारको ८३ मेट्रिक टन मजिठो, ९६ लाख ९४ हजारको एक सय ५१ मेट्रिक टन रिठ्ठा, रु…

Read More

झापा, १० साउन । बिर्तामोड उद्योग वाणिज्य संघको विशिष्ठ सदस्यमा निर्मल भट्टराईलाई मनोनित गरिएको छ । संघको विधान २०७३ को परिच्छेद नंं. ३ को दफा ६.१ को उपदफा “घ” मा व्यवस्था भए अनुसार संघको कार्यकारिणी समितिको बिशिष्ठ सदस्यमा भट्टराईलाई मनोनयन गरिएको हो । आज बसेको संघको कार्यसमितिको बैठकले नेपाल अलैंची ब्यवसायी महासंघका अध्यक्ष एवम् निर्मल स्टोरका प्रोप्राइटर समेत रहेका भट्टराईलाई वाणिज्य संघको विशिष्ठ सदस्य पदमा मनोनित गरिएको संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए ।

Read More

मोरङ, १० साउन । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समूह र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले ठुलो परिमाणको बेबारीसे गाँजा बरामद छ । आज बिहान विराटनगर महानगरपालिका–११ बुद्ध बिहार मार्गमा बेबारीसे अवस्थामा रहेको BR 11PC 5016 नम्बरको गडीलाई शंका लागी चेकजाँच गर्दा गाडी भित्र रहेको ५ वटा झोलामा १ सय ४५ किलोग्राम गाँजा बरामद गरेको हो । बरामद गाँजा र गाडीको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको छ ।

Read More

मोरङ, १० साउन । मोरङको उर्लाबारीमा एक जना डाक्टर मृत फेला परेका छन् । उर्लाबारी–५ मा रहेको अरनिको अस्पतालमा कार्यरत डाक्टर मनीषकुमार यादव कोठामा मृत अवस्थामा फेला परेका हुन् । अस्पताल पछाडि सरिता धिमालको घरमा डेरा गरी बस्दै आएका यादव आज बिहान उनी कोठामा अचेत अवस्थामा भेटिएका थिए । भित्रबाट चुकुल लगाएर सुतेका ३५ वर्षीय यादवलाई छिमेकी चन्द्रप्रसाद भट्टराईले झ्यालबाट अचेत अवस्थामा लडिरहेको देखेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ढोका फुटाएर ८ः४० बजे अरनिको अस्पताल पुर्‍याउँदा डाक्टरले उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले बताएका छन् । शव पोस्टमार्टमका लागि मदन भण्डारी अस्पताल तथा…

Read More

अर्जुनधारा, १० साउन । झापा अर्जुनधारा नगरपालिका वडा नम्बर –१ सिस्नेस्थित होम अधिकारीको धान खेतमा एक जना ब्यक्ति मृत फेला परेका छन् । इलामको माई नगरपालिका वडा नम्बर –३ घर भई हाल अर्जुनधारा नगरपालिका वडा नम्बर १ स्थित दिदी भिनाजुको घरमा बस्दै आएका अन्दाजी ४० बर्षीय टीकाबहादुर लावती रहेका छन् । अर्जुनधारा–१ का वडाध्यक्ष उपेन्द्र बस्नेतले एक जना पुरुष घोप्टो परी मृत अवस्थामा रहेको प्रहरीलाई टेलिफोनमार्फत जानकारी गराएका थिए । जानकारी पाउना साथ प्रहरी चौकी शनिश्चरेको प्रहरी टोली घटनास्थल पुगेर घटनास्थल सुरक्षित गरेको थियो । अनुसन्धान तथा कानूनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोड झापाका डीएसपी प्रकाश बिष्टको टोली…

Read More

झापा, १० साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको । कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज राति कोशी, बागमती, गण्डकी, कर्णाली र…

Read More

झापा, १० साउन । २९ प्रहरी कर्मचारी सम्पर्क विहीन भएपछि सम्पर्कमा आउन नेपाल प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ । आज एक सूचना जारी गर्दै कार्यालयले सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो । आफूखुसी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय ९२० बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भई सक्दा समेत कार्यालयको सम्पर्कमा नआउनु भएकोले सूचना प्रकाशित गरिएको कार्यालयको भनाइ छ । सात दिनभित्र आफू गैर हाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन नआएमा प्रहरी नियमावली, २०७१…

Read More

बिर्तामोड, १० साउन । बिर्तामोड नगरपालिकाले ‘पारिको होइन, बारीको खाऊँ’ भन्ने मूल नाराकासाथ सुरु गरेको सामुदायिक तरकारी बिक्री केन्द्र अन्तर्गत बुधबार वडा नम्बर २ स्थित चारपाने विक्री केन्द्रको उद्घाटन गरिएको छ । बिक्री केन्द्रको नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले रिवन काटेर उद्घाटन गर्नु भयो । कार्यक्रममा वडाअध्यक्ष किशोर पौडेल, कार्यपालिका सदस्य संगिता शिवा, शर्मिला राजवंशी, तिला गौतम, बिक्री केन्द्र सञ्चालन समिति अध्यक्ष नेत्र भट्टराई लगायत जनप्रतिनिधि तथा स्थानीय टोलविकास संस्थाका अध्यक्ष, प्रतिनिधि तथा कृषक, व्यवसायीको उपस्थिति रहेको थियो ।

Read More

झापा, १० साउन । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट प्रहरीले एक जनालाई लागुऔषध खैरो हेरोइन सहित पक्राउ गरेको छ । प्रहरीले कमल गाँउपालिका–४ का ४१ वर्षीय धनबहादुर लिम्बुलाई खैरो हेरोइनसहित पक्राउ गरेको हो । बुधबार बेलुका मेचीपुलमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा ५३ प १२४५ नम्बरको मोटरसाइकल लिम्बूलाई शंका लागेर चेकजाँच गर्दा प्लाष्टिकमा पोका पारी हेलमेटभित्र लुकाएर ल्याउँदै गरेको खैरो हेरोइन २ ग्राम १९० मिलिग्राम सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले उनको साथबाट मोबाइल २ थान, नेपाल एसबिआई बैंक लिमिटेडको एटीएम कार्ड १…

Read More