झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २ साउन । गत शुक्रबार मुग्लिन–नारायणघाट सडकखण्ड अन्तर्गत सिमलतालमा भएको बस दुर्घटनामा बाँच्न सफल तीनजना यात्रु अस्पतालबाट डिस्चार्ज भएका छन् । काठमाडौंबाट गौर जाँदै गरेको प्र३००१ख २४९५ नम्बरको गणपति डिलक्स त्रिशूलीमा डुब्दा खसेका तीनजना अस्पतालबाट डिस्चार्ज भएका हुन्। सो बसमा ४१ यात्रु रहेको खुलेको छ। रौतहटको देवाही बनाही नगरपालिका १० का नन्दन दास रौतहटकै गरुडा नगरपालिका ९ का जुगेश्वर राय यादव र सरोजकुमार गुप्ता उपचारपछि आज घर फर्केका उद्धारमा खटिएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्रले बुधबार साँझ ८ बजे प्रकाशित गरेको बुलेटिन अनुसार दुर्घटनाका हराइरहेकामध्ये १९ जनाको शव फेला परेको छ। भेटिएका १९ शवमध्ये १४ वटाको सनाखत भएको छ…

Read More

झापा, २ साउन । विराटनगरस्थित भट्टीमोडमा प्रहरीको ‘टु टन’ गाडी दुर्घटना भएको छ । भट्टीमोडको टर्निङमा स्कुलबाट आएका विद्यार्थीहरूलाई जोगाउन खोज्दा आज दुर्घटना भएको हो । उक्त दुर्घटनामा २२ जना प्रहरी घाइते भएका छन् । डियुटी सकेर फर्किएका प्रहरी चढेको कोशी प्रदेश प्रहरी तालिम केन्द्रको ‘टु टन’ पल्टिदा २२ जना प्रहरी घाइते भएका हुन् । घाइते भएका प्रहरीहरूको उपचार विराटनगरस्थित कोशी अस्पताल, न्यूरो र नोबेल मेडिकल कलेजमा भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भिम दाहालले जानकारी दिए । घाइते हुने अधिकांश प्रहरी जवान रहेका छन् ।

Read More

झापा, २ साउन । झापामा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ८७ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षको साउनदेखि गत असारसम्म पाँच सय ९३ सवारी दुर्घटना परी उक्त सङ्ख्यामा मानवीय क्षति भएको हो । सवारी दुर्घटनामा मृत्यु हुनेमा ७० पुरुष, १० महिला र सात बालबालिका रहेका जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमले जानकारी दिए । सडक दुर्घटनामा परी एक सय ६४ गम्भीर र आठ सय तीन जना सामान्य घाइते भएका छन् । सबैभन्दा धेरै पाँच सय ५१ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । प्रहरी नायब निरीक्षक गौतमका अनुसार ३७ ट्रक, ३५ बस, ८८ जीपरकार, ३१ ट्र्याक्टर…

Read More

झापा, २ साउन । झापा र खोटाङको छुट्टाछुट्टै स्थानहरुमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हिजो दिउँसो खोटाङको साकेला गाउँपालिका १ स्थितमा भोजपुरबाट दिक्तेल तर्फ जाँदै गरेको प्रदेश २-०१-००१ त २०१५ नम्बरको ट्रयाक्टर अनियन्त्रित दुर्घटना हुँदा ट्याक्टर चालक स्थानीय २१ वर्षीय जीवन देउजाको घटनास्थलमा नै मृत्यु भएको हो । त्यसैगरी, झापाको गौरादह नगरपालिका १ स्थितमा दुई वटा मोटरसाइकल आपसमा ठक्कर लागि दुर्घटना हुँदा घाइते भएका बा ७० प १८१ नम्बरको मोटरसाइकल चालक गौरादह १ का २४ वर्षीय सञ्जोक भण्डारीको उपचारको क्रममा निम्स अस्पताल दमकमा मृत्यु भएको हो भने मे ६ प ५८१ नम्बरको मोटरसाइकल चालक सोही स्थानका…

Read More

सुनसरी, २ साउन । सुनसरीको बराहक्षेत्र नगरपालिका ३ का ४५ वर्षीय विरबहादुर बिश्वकर्माले कुटपिट गर्दा ६ बर्षीय बालकको मृत्यु भएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । मृत्यु हुनेमा बराहक्षेत्र ३ का बिक्रम बिकको ६ बर्षीय छोरा अबि बिक रहेका छन । हिजो दिउँसो मादक पदार्थ सेवन गरेका बिरबहादुरले बालकले कानमा लगाएको सुनको मुन्द्री तान्ने क्रममा बालकले इन्कार गरे पश्चात बालकलाई शरीरको विभिन्न भागमा कुटपिट गरी घाईते बनाएका थिए । घाइते बालकको बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । पक्राउ परेका बिकको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट आवश्यक अनुसन्धान तथा कानुनी कारवाही भइरहेको छ ।

Read More

झापा, २ साउन । झापामा २५ वटा वन्यजन्तुको उद्धार गरिएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ मा एउटा दुर्लभ कछुवासहित २५ वटा वन्यजन्तुको उद्धार गरिएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिनुभयो । “बिर्तामोडमा बजारमा बेच्न राखिएको दुर्लभ कछुवा उद्धार गरेर कछुवा संरक्षण केन्द्रमा बुझायौं”, उहाँले भन्नुभयो, “बेच्न राख्नेलाई पनि थाहा थिएन, उसले पनि किनेर ल्याएको रहेछ ।” अजिंगर १८ वटा, गोमन सर्प दुई वटा, हरिण दुई वटा, बिरालो र गिद्ध एक÷एक वटा उद्धार गरिएको प्रमुख राईले बताउनुभयो । चोरी सिकारीका कारण पुड्के बँदेल लोप हुने अवस्थामा पुगेको प्रमुख राई बताउनुहुन्छ । चालू आवमा वन्यजन्तु सम्बन्धी मुद्दामा तीन…

Read More

झापा, २ साउन । शिक्षक सेवा आयोगले आर्थिक वर्ष २०८१–०८२ को शिक्षक पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । वार्षिक कार्यतालिका अनुसार आगामी पुसमा माध्यमिक तहको शिक्षकका लागि विज्ञानपन आह्वान हुनेछ । त्यस्तै निम्न माध्यमिक तहका लागि फागुनमा र प्राथमिक तहका लागि आगामी वैशाखमा विज्ञापन आह्वान गर्ने कार्यतालिका छ । पुसमा खुल्ने माध्यमिक तहको विज्ञापनमा फागुन र वैशाखमा परीक्षा सञ्चालन हुनेछ भने फागुन र जेठमै नतिजा समेत प्रकाशित हुनेछ । त्यस्तै निम्न माध्यमिक तहको हकमा वैशाख र असारमा परीक्षा हुनेछ । त्यस्तै प्राथमिक तहको हकमा जेठ र असारमा परीक्षा सञ्चालन हुनेछ भने असारमा नतिजा प्रकाशन हुनेछ । अध्यापन अनुमतिपत्र अन्तर्गत…

Read More

मोरङ, २ साउन । मोरङमा मोटरसाईकल चोरी गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ। मोरङको बेलबारी १० भाउन्नेका नरबहादुर थापाको नाममा दर्ता रहेको प्र १–०२–०४८ प ६२०२ नं. को खैरो निलो कलरको १५० सिसि को एफ जेट मोसा त्रिबेणी चोक स्थितमा पार्किङ गरी राखेको अबस्थामा मोटरसाईकल गत असार २२ गते हराएको थियो। हराएको उक्त मोटरसाईकल मंगलबार सन्दरहरैचा नगरपालिका ९ जब्दि स्थित भित्रि सडकमा सोहि मोटरसाईकलको नम्बर परिवर्तन गरी प्र १(०२(०४७ प ८२६९ नम्बर प्लेट राखि बेलबारी ७ बस्ने बर्ष २३ को सुमन चौधरी र सुन्दरहरैचा नगरपालिका ९ बस्ने बर्ष २१ को सुदिप परियारलाई राखि कुदाई रहेको अबस्थामा फेला परेको इलाका…

Read More

भद्रपुर, २ साउन । भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८०÷०८१मा रु. ८० करोड ५८ लाख १४ हजार पाँच सय ९२ राजश्व सङ्कलन गरेको छ । ३६ हजार आठ सय ७५ थान रजिष्ट्रेशन पारितबाट उक्त आम्दानी भएको हो । आव २०८०÷०८१मा स्थानीय तहले जग्गा वर्गीकरण गरी कित्ताकाट शुरु भएसँगै जग्गाको कारोबार बढेकाले राजस्व बढेको मालपोत कार्यालयका सूचना अधिकारी राजु दाहालले बताए । गत आव २०७९÷०८०को तुलनामा रु. २२ करोड १२ लाख ६९ हजार एक सय ९९ ले राजस्व वृद्धि भएको छ– उनले भने । गत आवमा रु. ५८ करोड ४५ लाख ४५ हजार तीन सय ९३ राजश्व सङ्कलन भएको…

Read More

झापा, २ साउन । मुगुमा आज बिहान भूकम्प धक्का महसुस गरिएको छ । बिहान ४ बजेर ४० मिनेटमा मुगुको दार्मा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ । भूकम्प ३.९ म्याग्निच्युडको रहेको केन्द्रको अभिलेखमा उल्लेख छ । मुगुसहित आसपासका जिल्लामा धक्काको महसुस गरिएको थियो ।

Read More