झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, १८ साउन । झापामा आठ सय २७ हेक्टर सिँचाइ सुविधा विस्तार भएको छ । आर्थिक वर्ष २०८०र८१ मा एक सय ३० हेक्टरमा सुविधा विस्तार तथा छ सय ९७ हेक्टरमा सिँचाइ सेवा पुनःस्थापना गरिएको हो । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख शैलेश पोखरेलका अनुसार साना–ठूला गरी एक सय ३२ आयोजना सम्पन्न भएसँगै सिँचाइ सुविधा विस्तार भएको हो । “गत आवमा कार्यालयको पुँजीगतर्फ विनियोजित रकम रु ३१ करोड ८९ लाख ४८ हजारमध्ये रु २९ करोड आठ लाख ३८ हजार चार सय ७४ खर्च भएको छ । चालुतर्फ पनि विनियोजित बजेटको ९२ दशमलव ७ प्रतिशत खर्च भयो । गत वर्ष…

Read More

झापा, १७ साउन । झापाको शिवसताक्षी नगरपालिकाबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ । बिहीबार राति शिवसताक्षी नगरपालिका–८ रत्न चौकका २४ वर्षीय फुर्वा तामाङले आफ्नै घरमा लागुऔषध ब्राउनसुगर बेचबिखन गरिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले तामाङलाई नियन्त्रणमा लिई शरिर खानतलासी लिँदा निजको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर प्लाष्टिकसहित १ ग्राम ५६० मिलिग्राम र प्लाष्टिक बाहेक १ ग्राम फेला परेकोले इलाका प्रहरी कार्यालय झिलझिलेमा ल्याई राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, १८ साउन । झापामा पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । बिहीबार राति ७ः१५ बजे हल्दिबारी गाउँपालिका– सोडागान्धि चोकस्थित हुलाकी मार्गमा राजगढबाट जलथलतर्फ आउँदै गरेको गरेको मे १ ज ३२६१ नं. को पिकअप गाडीले जलथलबाट राजगढतर्फ जाँदै गरेको मे ९ प ९६८५ नम्वरको मोटरसाइकललाई ठक्कर मोरसाइकल चालक र त्यसमा सवार दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । तत्काल नामथर वतन नखुलेको मोटरसाइकल चालक र सोही मोटरसाइकलमा सवार दुवै पुरुषको शरीरको विभिन्न भागमा चोट लागि गम्भीर घाइते भई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा उपचारको क्रममा राति ८ बजे चिकित्सकले दुवैलाई मृत घोषणा…

Read More

झापा, १८ साउन । अबदेखि कक्षा १२ उत्तीर्ण गरेपछि मात्रै नर्सिङ पढ्न पाइने भएको छ । चिकित्सा शिक्षा आयोगले कक्षा १२ पास गरेपछि मात्रै पीसीएल नर्सिङ पढ्न पाउने व्यवस्था गरेको हो । आयोगका उपाध्यक्ष प्रा।डा। अन्जनीकुमार झाले कक्षा १२ उत्तीर्ण गरेपछि मात्रै पीसीएल नर्सिङ पढ्न पाउने व्यवस्था गरिएको बताए । हाल कक्षा १० उत्तीर्ण गरेपछि पीसीएल नर्सिङ पढ्न पाउने व्यवस्था छ । संसद्को शिक्षा समितिको बैठकमा उपाध्यक्ष झाले विश्वका अन्य देशमा कक्षा १२ उत्तीर्ण गरेपछि मात्रै पीसीएल नर्सिङ पढ्न पाउने मापदण्ड रहेको बताए । तर, नेपालमा भने कक्षा १० पढेपछि नै पीसीएल नर्सिङ पढ्न पाइने गरेको बताए । ‘१६ वर्षकै…

Read More

बिर्तामोड, १८ साउन । बिर्तामोड नगरपालिकाले सुरु गरेको ‘पारिको होइन, बारीको खाउँ’ कार्यक्रम अन्तर्गत ६ वटा सामुदायिक तरकारी बिक्री केन्द्र सञ्चालनमा आएका छन् । बिहिबार वडा नम्बर ३ स्थित बिर्ताबजार सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन गरेसँगै ६ वटा तरकारी बिक्री केन्द्र सञ्चालनमा आएका हुन् ।कार्यक्रम अन्तर्गत अब ४ वटा संकलन तथा बिक्री केन्द्र औपचारिकरुपमा सञ्चालनमा आउन बाँकी छ । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोडलाई विषादीमुक्त नगरकोरुपमा अघि बढाउन सबैलाई आग्रह गर्नु भयो । उहाँले राम्रो र अर्गानिक तरकारी उत्पादन गर्ने कृषकलाई नगरबाट पुरस्कृत गर्ने गरि कार्य अघि बढाईने बताउनु भयो । यस्तै वडा नम्बर ३ का…

Read More

झापा, १८ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। आज बिहान देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ। गण्डकी प्रदेशका थोरै, कोसी र बागमती प्रदेशका एकदुई स्थानमा अहिले हल्का वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो पनि देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। मधेसी र कोसी प्रदेशको तराईका केही…

Read More

गोलबजार, १८ साउन । लहान–ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारी चोकबाट प्रहरीले पेस्तोलसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख रमेश पण्डितका अनुसार बिहीबार साँझ इलाका प्रहरी कार्यालय महेशबारीले ठाडीबाट लहानतर्फ जाँदै गरेको यात्रुवाहक बसमा जाँच गर्दा भारतको मधुवनी जिल्ला पिपराही ग्राम पञ्चायत झझरीका १८ वर्षीय नीरजकुमार पासवान र सोही ग्राम पञ्चायतअन्तर्गत बलानशेर टोलका ३७ वर्षीय अरुण साह एक थान पेस्तोलसहित पक्राउ परेका हुन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Read More

झापा, १९ साउन । अमेरिकी वैज्ञानिकहरूले गरेको अध्ययनले नतिजाले चकलेट प्रेमीलाई झट्का लाग्ने भएको छ । अध्ययनका अनुसार कयौँ खाले चकलेट प्रडक्टमा विषालु ‘हेभी मेटल’ भेटिएको छ । यी धातुहरू हाम्रो स्वास्थ्यका लागि खतरनाक हुन सक्ने बताइएको छ । अमेरिकाको वाशिंगटन विश्वविद्यालयले गरेको अनुसन्धानमा चकलेटबाट बनाइएका कयौँ उत्पादनहरूमा अत्यधिक मात्रामा सीसा र क्याडमियमजस्ता विषाक्त भारी धातु पाइएको भन्दै न्यूयोर्क पोस्टले एउटा समाचार छापेको छ । यस अध्ययनमा वैज्ञानिकहरूले ८ वर्षसम्म कोकोबाट बनेका ७२ थरी उत्पादनहरूको विश्लेषण गरेका थिए । जसमा डार्क चकलेट पनि थियो । शोधकर्ताहरूले अनुसन्धानमा चकलेटबाट बनेका ४३ प्रतिशत उत्पादनमा सिसाको मात्रा तोकिएको सीमाभन्दा बढी रहेको पाए ।…

Read More

झापा, १८ साउन । प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज राजधानीको भित्री सहरमा मनाइँदैछ । चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात घण्टाकर्ण पर्व सांस्कृतिक परम्पराअनुसार विशेषगरी राजधानीको भित्री भागका नेवार समुदायले मनाउँछन् । परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याइने चलन छ । संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग छ्वालीबाट बनाई दोबाटो र चौबाटोमा दिनभर राखिने गठामङ्गल बेलुकी भने खेतको बीचमा लगेर बाल्दा धानमा कीरा नलाग्ने विश्वास रहेको बताउनुहुन्छ । स्थान एवं कुल परम्पराअनुसार कतै भने…

Read More

झापा, १७ साउन । झापाको अर्जुनधारा नगरपालिकामा सुपारी अनुसन्धान तथा प्रशोधन केन्द्र स्थापनाका लागि जग्गा खोजी गरिएको छ । झापाको अर्जुनधारामा सुपारी अनुसन्धान तथा प्रशोधक केन्द्र स्थापनाका लागि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पहल गर्नुभएसँगै सोको लागि जग्गा खोजी शुरु गरिएको हो । नेपाल कृषि अनुसन्धान परिषदका डाइरेक्टर भानुभक्त पोख्रेल, अर्जुनधाराका नगर प्रमुख बलदेव गोम्देन, उपप्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल लगायतको टोलीले आज नगरका विभिन्न स्थानमा जग्गा खोजी गरेको छ । सरकारी खाली जग्गा खोजी गर्ने क्रममा अर्जुनधारा–५ मा करिब १० बिघा खोला उकास जग्गा फेला परेको नगरप्रमुख नगरप्रमुख गोम्देनले बताउनुभयो । “नगरपालिकाले नीति तथा कार्यक्रममै सुपारी…

Read More