झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २३ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । साथै विभागले देशभर वर्षा हुने पूर्वानुमान गरेको छ । कोशी, मधेस, बागमती, कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका…

Read More

बनियानी, २३ साउन । झापाको दुई भिन्न स्थानबाट सशस्त्र प्रहरीले आज अवैध कपडा बरामद गरेको छ । झापाको बुद्धशान्ति गाउँपालिका–७ सुनमाई चिया बगान र मेचीनगर नगरपालिका–६ स्थित बसपार्कबाट प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको रू १२ लाख ५० हजार रुपैयाँ बराबरको कपडा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं.२ गण हेक्वा झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन पोखरेलले जानकारी दिनुभयो । बुद्धशान्ति–७ सुनमाई चिया बगानबाट नेपाल सुरक्षा बेस टिमाइबाट खटिएको मोबाइल टोलीले विशेष सूचनाको आधारमा आज राति ७ः१० बजे चिया बगानभित्र लुकाई छिपाई राखेको करिब रू १० लाख बराबरको बरामद गरेको हो । त्यस्तै, नेपाल (प्रस्तावित)…

Read More

द्रोण अधिकारी गुयेलीहरेक वर्ष श्रावण महिना माध्यमिक तह अन्र्तगत कक्षा ११ को नयाँ भर्ना अभियानको महत्वपूर्ण महिनाका रूपमा रहने गरेको छ । यस वर्ष कक्षा ११ को नयाँ भर्नाका लागि कात्तिकसम्म निरन्तर समय रहने देखिएको छ । माध्यमिक तह कक्षा १० को २०८० को अन्तिम नतिजा प्रकाशन हुँदा ५२ प्रतिशत विद्यार्थी कक्षा ११ अध्ययनका लागि अयोग्य हुन पुगे । ती सवै विद्यार्थीले सानउनमा फेरि मौका परीक्षा दिन पाउने व्यवस्था सरकारले गरिदियो । त्यस परीक्षाको नतिजा भदौको अन्तिमतिर वा अशोजको पहिलो हप्ता भित्र प्रकाशन भए दोश्रो भर्ना अभियान अशोज—कार्तिकसम्म चल्ने निश्चित छ । तर यो भर्ना अभियान सरकारी होस् या निजी…

Read More

झापा, २२ साउन । विपद्का घटनामा परी आज देशका विभिन्न जिल्लामा ११ जनाको मृत्यु भएको छ । योसँगै अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी हालसम्म एक सय ६५ जनाको मृत्यु भएको छ । हिजोसम्म एक सय ५४ जनाको मृत्यु भएको थियो । आज बागलुङ र गुल्मीमा बढी मानवीय क्षति भएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २५, मधेस प्रदेशमा छ, बागमती प्रदेशमा ३०, गण्डकी प्रदेशमा ५०, लुम्बिनी प्रदेशमा ३३, कर्णाली प्रदेशमा आठ र सुदूरपश्चिम प्रदेशमा १० जना गरी…

Read More

झापा, २२ साउन । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रु एक करोडभन्दा बढी ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिराहा करजन्हा नगरपालिका–६ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–४ इमाडोल बस्ने ३२ वर्षीय गुनेशकुमार ठाकुर रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “काठमाडौँको बसुन्धारास्थित ओम इन्टरनेशनल प्रालिबाट बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा दुबई, कतार, साउदी अरब, मलेसिया र कुवेतलगायत देशमा पठाउने भनी रवीन्द्र सापकोटासँगको साझेदारीमा निजले रु एक करोड ९७ लाख १७ हजार लिई ठगी गरेको…

Read More

भद्रपुर, २२ साउन । झापाको भद्रपुरबाट लागुऔषध ब्राउनसुगरसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बेलुका भद्रपुर नगरपालिका–९ निन्दा खोलाको पुल स्थित प्रहरी चौकी घोडामाराबाट र प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका भद्रपुर–९ घोडामाराका ४६ वर्षीय अरेन्जय राजवंशी र सोही स्थानका २५ वर्षीय कृष्ण राईलाई शंका लागेर रोकी चेकजाँच गर्दा अरेन्जय राजवंशीको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर प्लाष्टिकसहित ५ ग्राम ३६० मिलिग्राम प्लाष्टिकबाहेक २ ग्राम ७९० मिलीग्राम फेला परेकोले दुई वटा साइकलसहित उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान कार्य जारी रहेको जनाइएको छ ।

Read More

झापा, २२ साउन । कोशी प्रदेशका जिल्लास्तरीय नेताहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पार्टीभित्र बढ्दै गएको गुटगत शैली, हजुरीया प्रथा र विलासितामा रम्ने आचरण सुधार गरेर नयाँ शैली र योजनाकासाथ पार्टी हाँक्न सुझाव दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको प्रदेश स्तरीय सातौं पूर्ण बैठकमा उपस्थित जिल्ला अध्यक्षहरुले मंगलबार बिराटनगरमा आफ्नो जिल्लाको संगठनिक रिपोटिङ राख्ने क्रममा यस्तो बताएका हुन् । यति बेला माओवादी केन्द्रमा सहानुभूति छ, तर पार्टीभित्र नेता र कार्यकर्ताको आचरण सुधारेर नाताबाद, विलासी जीवनशैली, गुटगत र चाकडी गर्नैहरु हावि भएको भन्दै माथिल्लो तहबाटै आफैले आफैलाई प्रश्न गर्न र सच्चिएर अघि बढ्न सक्नुपर्नेमा उनीहरुले जोड दिएका छन् ।…

Read More

अर्जुनधारा, २२ साउन । थाइल्यान्डको बैंककमा हुने सातौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने जाने झापा अर्जुनधाराका खेलाडीहरुको विदाई गरिएको छ । अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा अर्जुनधारा नगरपालिकामा आयोजित एक कार्यक्रमका बिच आज खेलाडीहरुलाई विदाई गरिएको हो । कार्यक्रमकामा अर्जुनधाराबाट सहभागिहुने चारजना खेलाडी र एकजना प्रशिक्षकको विदाई गरिएको हो । विदाई हुने खेलाडीहरु विवेक गिरी, सम्यात थापा, शैलेश तामाङ र प्रिजन नेम्वाङ रहेका छन् । प्रशिक्षकमा दिपेन्द्र दनुवार छन् । थापा, तामाङ र नेम्वाङले च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् भने विवेक गिरीले पुम्से प्रदर्शन गर्ने छन् । थापाले ५६ केजि माथीको तौल समुहमा प्रतिस्पर्धा गर्दा तामाङले (५१–५५) र नेम्वाङ्ले (२९–३२)…

Read More

भद्रपुर, २२ साउन । राष्ट्रिय वन दिवश २०८१ को अवसर पारेर सामुदायिक वन स्थानीय भद्रपुर नगर महासंघले विद्यालय स्तरीय वतृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । आजको सन्दर्भमा सामुदायिक वन शीर्षकमा नगर क्षेत्रका माध्यमिक तह कक्षा १० सम्मका विद्यार्थी बीच प्रतिष्पर्धात्मक रूपमा वतृत्वकला प्रतियोगिता सम्पन्न गरिएको हो । ९ वटा विद्यालयका विद्यार्थीले भाग लिएको प्रतियोगितामा भद्रपुर ३ स्थित अरनिको माविकी छात्रा प्रतिभा सुवेदी प्रथम, भद्रपुर २ स्थित सरस्वती माविकी छात्रा मञ्जिला वि क द्वितीय, भद्रपुर ७ स्थित एमरेल्ड माविकी छात्रा आर्जु गिरी तृतीय र भद्रपुर २ स्थित होलील्याण्ड माविकी छात्रा अनुषा अधिकारी तथा भद्रपुर ९ स्थित पुहाँतु जनज्योति माविकी छात्रा दिपिका…

Read More

सुरुङ्गा, २२ साउन । पहिचानको मुद्दालाई एकीकृत भएर उठाउने उदेश्यले तीन वटा पार्टी एकीकरण भएर बनेको नेपाल जनमुक्ति पार्टीले झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा अन्तरक्रिया कार्यक्रम गरेको छ । पहिचान तथा स्वायत्तताको आन्दोलन र बि.सं. १८३१ को तत्कालिन गोर्खा राज्य र लिम्बुवानबिच भएको नुनपानी सन्धिको बिषयमा आज (मंगलबार) पार्टीले अन्तरक्रिाय गरेको हो । लिम्बुवानसहितका पहिचानवादी पार्टीहरुले स्वायत्तताको आन्दोलन र बि.सं. १८३१ को तत्कालिन गोर्खा राज्य र लिम्बुवानबिच भएको नुनपानी सन्धि कार्यन्वयन नगरेको भन्दै साउन २२ गतेको दिनलाई कालोदिनको रुपमा लिदैं प्रत्येक बर्ष नेपाल बन्दको आव्हान गर्ने गरेका थिए । तर, यस बर्ष भने उक्त दिनको अवसर पारेर अन्र्तक्रिाय आयोजना गरिएको पार्टीका…

Read More