
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
राजु पोखरेलझापा, १५ साउन । झापाको गौरादह नगरपालिकाले बुहारीहरूलाई निःशुल्क स्नातक पढाउने गरेको छ । नगरपालिकाले गौरादह बहुमुखी क्याम्पसमा स्नातक पढ्ने बुहारीहरूलाई मासिक शुल्क तिरिदिने गरेको छ । नगरपालिकाले निम्न आर्थिक अवस्था भएका छात्रालाई समेत अध्ययन गर्नका लागि शुल्क तिरिदिने गरेको छ । नगर प्रमुख छत्रपति सुवेदीका अनुसार स्नातक तहसम्म महिलालाई शिक्षाको पहुँच वृद्धिका लागि यो कार्यक्रम ल्याइएको हो । अघिल्लो आर्थिक वर्षमा १२ जना बुहारीहरूले छात्रवृत्ति प्राप्त गरेका थिए । उनीहरूको मासिक शुल्क नगरपालिकाले तिरिदिएको थियो । ९ हजार ६ सय रुपैयाँ सिधै क्याम्पसमा पठाइएको उहाँले जानकारी दिनुभयो । यस्तै ८६ जना छोरीहरूलाई ४ हजार ५ सय रुपैयाँका दरले…
झापा, १५ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय समितिको बैठकपछि आफू देशभर जनतामाझ जाने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै उहाँले जनसम्बन्ध विस्तार गर्ने लक्ष्यका साथ आफू जनतामाझ जाने बताउनुभएको हो । सङ्गठन विस्तार गर्ने, पार्टी नेता तथा तल्ला तहका कार्यकर्ताको भावना बुझ्ने र पार्टीलाई नयाँ आधारमा रूपान्तरण गर्ने लक्ष्यका साथ आफू देशभर विशेष कार्यक्रम लिएर जाने योजनामा रहेको अध्यक्ष दाहालले बताउनुभएको प्रवक्ता एवं उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिनुभयो । सरकारमा रहँदा जनतासँग पार्टीको सम्बन्ध टुटेको भन्ने नेताहरूको भनाइपछि अध्यक्ष दाहालले नयाँ आधारमा जनसम्बन्ध विस्तार गर्ने लक्ष्यका साथ आफू…
भद्रपुर, १५ साउन । स्वर्गीय प्रमोद तामाङ स्मृति सुशासन पत्रकारिता पुरस्कार २०८१ बाट झापा दमकका पत्रकार मनकुमार गदाल पुरस्कृत हुने भएका छन् । भदौ १५ गते वितरण हुने पुरस्कारबाट उत्कृष्ट राष्ट्रसेवक सम्मान भद्रपुर नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक मनोज भट्टराई र कोलेनिका झापाका लेखा अधिकृत कृष्णप्रसाद शर्मा लामिछाने पुरस्कृत हुने भएका हुन् । सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अवसरमा नेपाल निजामती कर्मचारी संगठन झापा र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था आयोजना गरेको रक्तदान कार्यक्रमको समापनको अवसरमा ती पुरस्कारको घोषणा गरिएको थियो । संगठनको कार्यालय परिसरमा भएको रक्तदान कार्यक्रममा ११ जना महिला तथा ६६ पुरूषले रक्तदान गरेका थिए ।…
झापा, १५ साउन । झापा जिल्ला अदालतमा स्वचालित पेशी प्रणाली लागू भएको छ । देशभरका अदालतमा साउन १ गतेदेखि फरक मुद्दा व्यवस्थापन प्रणाली अनुरुप स्वचालित पेशी प्रणाली लागू भएसँगै झापामा समेत स्वचालित पेशी प्रणाली शुरु भएको छ । स्वचालित पेशी प्रणालीका बारेमा कानून व्यवसायी आएका जिज्ञासालाई सम्बोधन गर्ने उद्देश्यले बार र बेञ्च अन्तरक्रिया गरिएको छ । झापा जिल्ला अदालतका प्रमुख न्यायाधीश अशोककुमार बस्नेतको अध्यक्षतामा भएको बार बेञ्चको अन्तरक्रियामा झापा जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारी, तेजबहादुर खड्का, इश्वरमणि ओझा, नगेन्द्रकेशरी पोखरेल, श्रेस्तेदार किरणकुमार सिंह लगायत शाखा अधिकृत कर्मचारी तथा बारको तर्फबाट बार अध्यक्ष नारायणप्रसाद भट्टराई, उपाध्यक्ष भीमप्रसाद वराल, बार आबद्ध बरिस्ठ…
दाँत सफा या चम्किलो बनाउन अति आवश्यक हुन्छ । किनकि, हामी अगाडि परेर कोहीसँग बोल्छौँ भने पहिले देखिने नै दाँत हो । गफ गर्दा या हाँस्दा तपाईंको दाँत राम्रो देखिएन भने अरूले पनि राम्रो सोच्दैनन् । यसका लागि टुथपेस्टले ब्रस गर्दैमा राम्रो हुने होइन । अन्य केही सामान्य चिजले पनि तपाईंको दाँत राम्रो बनाउन सहयोग गर्छ । सुन्तला स् सुत्नुअघि सुन्तला ताछेर दाँतमा रगड्नुहोस् । यसमा हुने भिटामिन सी र क्याल्सियम रातभर किटाणुसँग लड्छ । केही हप्ता यो प्रक्रिया दोहोर्याउने हो भने तपाईंको दाँतमा भएको फिकापन हट्छ । स्ट्रबेरी ः स्ट्रबेरीमा भिटामिन सी हुन्छ, जसले दाँतलाई सेतो बनाउन मद्दत गर्छ…
रेड वर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा नयाँ फिल्म ‘कल्ली’ निर्माणको घोषणा गरिएको छ । किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको फिल्ममा लक्ष्मण सुनारको कथा तथा निर्देशन रहनेछ । फिल्म ‘बुलाकी’ निर्देशन गरेपछि लक्ष्मण चर्चामा छन् । महेश दवाडीको पटकथा तथा संवाद रहने फिल्मका फिल्मका निर्माण प्रमुख सुरज आचार्य हुन् । फिल्मको मुख्य भूमिकामा नायक पल शाह र नायिका बेनिशा हमालले काम गर्ने पक्का भएको छ । फिल्मको छायाङ्कन अगावै निर्माणपक्षले पल र बेनिशाको गेटअप समेत सार्वजनिक गरेको छ । सार्वजनिक तीन पोस्टरमा पल शाह एङ्ग्री अवतारमा देखिएका छन्, भने बेनिशाको अवतार केही भिन्न छ । हातमा अग्नि बोकेकी बेनिशाको…
एजेन्सी, १५ साउन । भारतको केरला राज्यमा पहिरोमा परी १९ जनाको ज्यान गएको छ । अरू एक सयभन्दा बढी बेपत्ता भएका छन् । पहिरोमा परेका १६ जनाको घाइते अवस्थामा उद्धार गरिएको छ । वायनाड जिल्लाको मेपड्डीमा गएराति पटक–पटक पहिरो गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।पहिरोपछि वायु सेनाका दुई हेलिकोप्टरसहित उद्धार र राहत टोली परिचालन भएको छ । उद्धारमा दुई सयभन्दा धेरै सुरक्षाकर्मी परिचालित छन् । मेपड्डीका पहाडी क्षेत्रमा केही दिनदेखि परिरहेको ठूलो वर्षाका कारण पहिरो गएको हो ।
काठमाण्डौ, १५ साउन । भारत र श्रीलङ्काबीचको तेस्रो तथा अन्तिम टी–२० खेल आज हुँदैछ । खेल पाल्लिखेलेमा नेपाली समय अनुसार बेलुका सवा ७ बजे शुरु हुनेछ । तीन खेलको शृङ्खला यसअघि नै भारतले २–० ले जितिसकेको छ । पहिलो खेलमा ४३ रनले पराजित घरेलुु टोली अस्ति भएको दोस्रो खेलमा डकवर्थ लुइस नियमका आधारमा सात विकेटले पराजित भएको थियो । दुई देशबीच टी–२० शृङ्खलापछि तीन खेलको एकदिवसीय शृङ्खला हुनेछ । पहिलो एकदिवसीय खेल पर्सि शुक्रवार, दोस्रो आइतवार र तेस्रो तथा अन्तिम एकदिवसीय खेल बुधवार हुनेछ ।
झापा, १५ साउन । डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कारको अक्षयकोष स्थापनार्थ पत्रकार राजेन्द्र गौतमले नगद सहयोग गरेका छन् । पत्रकार गौतमले नगद पाँच हजार एक रुपैयाँ सहयोग गरेका हुन् । जनपक्षीय पत्रकार देवकुमार आचार्यको स्मृतिमा प्रेस सेन्टर नेपाल झापाले डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कारको अक्षयकोष स्थपना गरेको छ । उक्त कोषमा सहयोग गर्न पाउँदा खुसी लागेको गौतमले बताए । पत्रकार आचार्यलाई २०५९ साउन ७ गते चारआलीस्थित सेनाको ब्यारेकमा हत्या गरिएको थियो । आचार्यको स्मृति दिवसको अवसरमा प्रत्येक वर्ष साउन ७ गते प्रेस सेन्टर झापाले झापाली पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कार वितरणलाई नियमित र सहज बनाउनका लागि कोष…
बिर्तामोड, साउन १५ । बिर्तामोड नगरपालिकाले सार्वजनिक शौचालय निर्माणका लागि जग्गा पहिचान गर्न समिति गठन गरेको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज बसेको कार्यपालिकाको बैठकले शौचालय निर्माणका लागि जग्गा पहिचान गर्न एक जना अमिनसहित चार सदस्यीय जग्गा पहिचान समिति गठन गरेको हो । वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डेको संयोजकत्वमा वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाई, वडा नम्बर ४ का वडाअध्यक्ष राहुल शर्मा र अमिन सन्देश दाहाल सदस्य रहनेगरि समिति गठन गरीएको हो। आगामी भदौ मसान्तभित्रमा जग्गा पहिचान गरि प्रतिवेदन पेश गर्ने गरि समिति गठन गरीएको नगर प्रमुख प्रसाईले जानकारी दिनुभयो ।बिर्तामोडमा अहिलेसम्म सार्वजनिक शौचालय…