झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १३ साउन । काठमाडौँमा तीन जना हैजाका बिरामी भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कालीमाटी क्षेत्रका तीन जना पुरुषमा हैजा पुष्टि भएको स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख डा अर्जुन सापकोटाले जानकारी दिनुभयो । बिरामीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । “तीन जनामा रोग पुष्टि भएको छ । हैजा कसरी फैलियो भन्ने बारेमा अध्ययन गर्न टोली पठाइएको छ । अन्यत्र फैलिन नदिनका लागि सचेत छौँ”, डा अर्जुन सापकोटाले भन्नुभयो । यसअघि, ललितपुरको एक सुधार केन्द्रमा हैजाका सात जना बिरामी भेटिएका थिए । कार्यालय प्रमुख डा सापकोटाले दूषित पानीका कारण हैजा फैलिएको हुनसक्ने बताउनुभयो । केही…

Read More

झापा, १३ साउन । झापाको मेचीनगर नगरपालिकाबाट प्रहरीले अवैध समान र सिटी सफारीसहित दुई जनालाई पक्राउ गरेको छ । आज बिहान इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको सशस्त्र प्रहरी समेतको संयुक्त टोलीले मेचीनगर–६ बसपार्कबाट समान र मानिसलाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली प्र १–०१–००२ ह १४४ नं. को सिटी सफारीमा लुकाई छिपाई ल्याउँदै गरेको थ्री पिस भाडा, धाराको बोल्ड ग्रुप, डोर क्लोजर, डोर छेस्कनी, क्यापासिटर, सुइच प्लेट, कलको वासर, डोर लक, चरेस थाल करिब ३ लाख १ हजार बराबरको सामान बरामद गरिएको हो…

Read More

पोखरा, १३ साउन । पत्रकारमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा आइतबार पोखरामा ४ जना पक्राउ परेका छन् । राइड सेयरिङ विरुद्ध नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकीले आह्वान गरेको आन्दोलनको क्रममा पत्रकार विना थापा मगरलाई दुर्व्यवहार तथा सञ्चारकर्मी सुरज थापालाई कुटपिट गरेको आरोपमा ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पोखराका विभिन्न स्थानमा बस्ने ४ जनालाई कास्की प्रहरीले पत्रकार तथा सञ्चारकर्मीमाथि हातपात गरेको आरोपमा पक्राउ गरेको हो । उक्त घटनामा संलग्न भएका केही आन्दोलनकारीले सुरजको स्कुटर समेत तोडफोड गरेका थिए । घटनाको विषयमा नेपाल पत्रकार महासङ्घ कास्कीले घोर निन्दा र भर्त्सना गरेको छ । पत्रकारको परिचयपत्र…

Read More

झापा, १३ साउन । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट लागुऔषध ब्राउसुगरसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान मेचीनगर–६ पुरानो मेचीपुलबाट लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टा झापाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतकोबाट नेपालतर्फ आउँदै गरेको जिल्ला झापा मेचीनगर नगरपालिका वडा नं. ७ का २८ वर्षीय झकबहादुर खड्कालाई पक्राउ गरेको हो । उनलाई चेकजाँच गर्दा प्लाष्टिकले पोका पारेर बाँया हातको हत्केलामा मुठ्ठी पारी लुकाई राखेको अवस्थामा खैरो हेरोइन प्लाष्टिक बाहेक ५ ग्राम फेला परेकोले नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त लागुऔषध मेचीनगर–७ का ३० वर्षीय खडगबहादुर दर्जीले भारतबाट खरिद गरी काँकरभिट्टासम्म पुर्याई दिनु…

Read More

बिर्तामोड, १३ साउन । नेपाली कांग्रेस झापाको पदाधिकारी बैठकले विधानतः कारबाहीमा परेकाहरुको हकमा केन्द्रबाट अर्को निर्देशन नभएसम्मका लागि नवीकरण नगर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस झापाका कार्यबाहक सभापति केशवराज पाण्डेको सभापतित्वमा पार्टीका पदाधिकारी, क्षेत्रीय, प्रदेशसभा क्षेत्रीय र गाउँ÷नगर सभापतिहरुको आज सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । पार्टीको विधान अनुसार स्थानीय, प्रदेशसभा एवं संसदीय निर्वाचनमा पार्टीको आधिकारिक उम्मेद्वारका विरुद्ध बागी उठेका उम्मेद्वार र तिनका प्रस्तावक, समर्थकको विधानतः सदस्यता समाप्त हुने ब्यवस्था छ । १४ औं महाधिवेशनमा कायम रहेका क्रियाशिल सदस्यहरुको नवीकरण गर्न वडा समितिलाई पत्राचार गर्ने निर्णय गरेको बैठकले पार्टी छोडेर अन्यमा गएका, निधन भएका क्रियाशिल सदस्यको विवरण तयार…

Read More

झापा, १३ साउन । झापा र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो अपरान्ह झापाको भद्रपुर नगरपालिका–५ स्थित वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भद्रपुर–८ का ३६ बर्षीय सन्तोष राजवंशी र २६ बर्षीय अमर बरैयलाई ब्राउनसुगर ५ ग्राम १७ मिलिग्राम सहित पक्राउ गरेको हो । त्यसैगरी, इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सुनसरीको धरान–८ का ३६ बर्षीय सुनिल श्रेष्ठ र २३ बर्षीय दिपक विश्वकर्मालाई १ ग्राम ब्राउनसुगरसहित र नरसिंह गाउँपालिका–६ का २४ बर्षीय नाजम अन्सारी र बुढीगंगा मोरङका ३० बर्षीय अजयकुमार देवलाई नियन्त्रित औषधी स्पास्मो २५४ टयाब्लेट, नगद…

Read More

झापा, १३ साउन । जिल्लाको झापा गाउँपालिका–१ स्थित सालमारा शनिबार एक बालकको डुबेर मृत्यु भएको छ । झापा गाउँपालिका–१ सालमाराका चिकु मियाको १० वर्षीय छोरा मोहमद दिलसाद मियाको घर नजिकैको खाली जमिनमा रहेको खाल्डोमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । बालक दिलसाद शनिबार बिहान ११ः०० बजे घरबाट खेल्न हिँडेकोका थिए । उनलाई घरदेखि करिब पाँच सय मिटर पूर्वमा रहेको नजिर मियाको खाली जमिनको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भइसकेको अवस्थामा सोही स्थानका लमिजो मियाले दिउँसो ३ बजेतिर देखेर मृतकको आफन्तलाई जानकारी गराएका थिए । बालकको शव घरमा ल्याएर राखेको जानकारी…

Read More

धरान, १३ साउन । रोटरी क्लब अफ घोपाले धरानमा वृक्षारोपण गरेको छ । धरान–१४ स्थित नारयणपुरमा रहेको संस्कृत विद्यालय र पिण्डेश्वर विद्यापीठ हाता भित्र रोटरी क्लब अफ घोपाले वृक्षारोपण गरेको हो । पिण्डेश्वर विद्यालय र विद्यापिठ परिसरमा विभिन्न फलफूलका २ सय बिरुवा रोपेएिको हो । क्लबले लिची, एभोकाडो, चिउरी, जामुन लगायतका फलफूलका बिरुवा रोपिएको अध्यक्ष गौरभमान श्रेष्ठले जानकारी दिए । जलवायु परिवर्तनको विश्वव्यापी असर कम गर्न सकारात्मक सन्देश दिन वृक्षारोपण कार्यक्रम गरिएको कार्यक्रमका संयोजक प्रदिपकुमार श्रेष्ठले जानकारी दिनुभयो । विषेशगरी पिद्यापिडमा र विद्यालय दुवै आवसित भएकोले यहाँ अध्ययन गर्नै तथा होस्टेलमा बस्ने विद्यार्थीहरूलाई लक्षित गरी फलफूलको बिरुवा रोपेको संयोजक श्रेष्ठले…

Read More

कनकाई, १३ साउन । झापाको कनकाई नगरपालिका–८ स्थित लक्ष्मीपुरमा बृहत पूजापाठ गरिएको छ । ज्येष्ठ नागरिक संघ कनकाई–८ नं. वडा समितिको आयोजनामा ज्येष्ठ नागरिक भवन लक्ष्मीपुरमा विश्व शान्ति, मानव कल्याण, दिवंगत ज्येष्ठ नागरिक र सदस्यहरुको सम्झनामा शुक्रबार एक दिने बृहत् पूजापाठ गरिएको हो । उक्त पूजापाठमा रुद्री, चण्डी, भागवत, सत्यनारायण, गीता पाठसहित लक्षवर्ति दीप प्रज्वलन एवम् हवनादि गरिएको संयोजक धनपति खनालले जानकारी दिनुभयो । पाँच जना विशिष्ट पण्डितहरुको अगुवाईमा भएको कार्यक्रममा कनकाई नगर प्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख आशा शर्मा शिवाकोटी, ज्येष्ठ नागरिक संघका नगर अध्यक्ष शम्भुप्रसाद पोखरेल, सचिव कृष्णप्रसाद घिमिरे, निवर्तमान अध्यक्ष पुण्यप्रसाद बारकोटी, जग्गा दाता तुलसा कटुवाल लगायत जनप्रतिनिधि…

Read More

सन्तोष शर्माझापा, १३ साउन । झापामा एक वर्षको अवधिमा करिब ४७ किलोमिटर सडक कालोपत्रे भएको छ । पूर्वाधार विकास कार्यालय झापाले गत आर्थिक वर्ष २०८०/०८१ मा समष्टीगत २६ दशमलव ३७६ किलोमिटर र दुई वटा बहुबर्षे २० दशमलव ४७ किलोमिटर गरी कूल ४६ दशमवल ८५ किलोमिटर सडक कालोपत्रे गरेको हो । कार्यालयका सूचना अधिकारी उत्तम खरेलका अनुसार कार्यालय मातहत १४ किलोमिटर सडक मर्मत भएका छन् भने २३ दशमवल ३०२ किलोमिटर ग्राभेल भएका छन् । चार वटा मोटरेवल पुल समेत निर्माण भएको सूचना अधिकारी खरेलले बताउनुभयो । झापा र इलाम जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले इलाममा तीन दशमवल पाँच किलोमिटर सडक मर्मत, चार…

Read More