झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

मोरङ, १३ साउन । मोरङको मिक्लाजुङ गाउँपालिका रमितेडाँडा घुमेर फर्किने क्रममा मोटरसाइकल दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलबारी–१ की ११ वर्षीया सुस्मिना धिमाल रहेकी छिन् । उनको बुबा ३७ वर्षीय सुनिलकुमार धिमाल, उनकी आमा ३५ वर्षीया श्रीमती चन्द्रमाया धिमाल घाइते भएका छन् । शनिवार दिउँसो मिक्लाजुङ गाउँपालिका–१ स्थित झण्डे डाँडाको घुमाउरो बाटोमा बा २७ प १८३५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित हुँदा ७० फिट तल झरेको थियो । उक्त दुर्घटनामा तीनै जना शक्त घाइते भएका थिए । घाइतेलाई उपचारका लागि उर्लाबारीस्थित अरनिको हस्पिटल लगिएकोमा उपचारकै क्रममा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । बालिकाको शवलाई पोस्टमार्टमको…

Read More

झापा, १३ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशीलगायत बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज राति देशभर साधरणतया बदली रहने छ। लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्का…

Read More

झापा, १३ साउन । शनिबार राति १०ः१३ मा ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु ताप्लेजुङको खेन्जिम भन्ने स्थानमा रहेको छ । भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ । यसअघि साउन २ गते रसुवा केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Read More

बिर्तामोड, १२ साउन । उपन्यासकार क्रान्ति पराजुलीको दोस्रो उपन्यास प्रिय स्वप्नद्रस्टाको परिचर्चा कार्यक्रम झापामा सम्पन्न भएको छ । कार्यक्रममा वीरता रिडर्सका संयोजक लेखक तीर्थ सिग्देलले सञ्चालन गरेको प्यानल डिस्क्सनमा प्रिय स्वप्नद्रस्टा कि लेखक क्रान्ति पराजुली, प्राज्ञ मुनाराज शेर्मा, कथाकार भुवन सुब्बा र समिक्षक लेखनाथ भट्टराईले पुस्तकमाथि चर्चा गरेका थिए लेखक क्रान्ति पराजुलीका ९३ बर्सिय हजुरबुबा डिल्लिराम पराजुलीको अध्यक्षता भएको कार्यक्रमको प्रमुख अतिथि अग्रज साहित्यकार पुन्य खरेल,बिशेष अतिथि शिव सतासी नगर पालिकाकी उप प्रमुख नरमाया कार्की रहेका थिए । आयोजक संस्था नेपाली लेखक संघ झापाका अध्यक्ष कुमार भट्टराईले संचालन गरेको कार्यक्रममा लेखक पराजुलीको दोश्रो पुस्तकमाथि बिसद चर्चा गरिएको थियो ।

Read More

झापा, १२ साउन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताले प्राप्त गरेको अधिकार खोस्ने जमर्को भए त्यसको प्रतिवाद गरिने बताउनुभएको छ । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म शताब्दीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधान सभाबाट निर्माण भएको संविधानमा प्राप्त भएका जनताका अधिकार कोही कसैले पनि खोस्न नसक्ने उल्लेख गर्नुभयो । उहाँले आदिवासी, जनजाति, महिला, दलित, अल्पसङ्ख्यक समुदायलाई थप अधिकार सम्पन्न बनाउन संविधान संशोधन गर्नुपर्ने आफूहरूको मत रहेको र पछिल्लोपटक संसद्मा सम्बोधन गर्दा समेत त्यही विषयलाई केन्द्रित गरेको बताउनुभयो । संविधान संशोधनको नाममा प्रतिगमनतिर लैजाने काम गरिए त्यो आफूहरूलाई सह्य नहुने अध्यक्ष दाहालको…

Read More

झापा, १२ साउन । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव आफन्तले बुझेका छन् । विमान दुर्घटनामा मृत्यु भएका १८ मध्ये आज साँझसम्म १७ जनाका आफन्तले शव बुझेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार मृतक एक विदेशीको प्रक्रिया पुर्याएर शव व्यवस्थापन गरिनेछ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शव शवपरीक्षणपछि शुक्रबार र शनिबार आफन्तले शव बुझेका हुन् । शुक्रबार पाँचजना र आज १२ जनाले शव बुझेका हुन् । यही साउन ९ गते बुधबार सौर्य एयरलाइन्सको विमान उड्ने बित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार चालक दलका सदस्यसहित १९ जनामध्ये…

Read More

झापा, १२ साउन । आर्थिक वर्ष २०८०–८१ मा पूर्वीनाका काँकडभिट्टाबाट दुई अर्ब ९६ करोड ४१ लाख ९४ हजार मूल्य बराबरको ९९ हजार आठ सय एक मेट्रिक टन काठका सामान भारत निर्यात भएको छ । पूर्वीपहाडको खेतबारीमा उत्तिसलगायत छिटो हुर्किने बिरुवा लगाएर प्लाइउड उत्पादन हुँदै आएको छ । काठको पाताबाट भेनियर उड उत्पादन हुने र भेनियर उडलाई प्रशोधन गरेर प्लाइउड बनाउने गरिन्छ । सोही अवधिमा रु २४ करोड १९ लाख ३४ हजार मूल्य बराबरको २१ हजार नौ सय ९४ मेट्रिक टन भेनियर उड भारत निर्यात भएको थियो भने रु दुई अर्ब ७१ करोड ९९ लाख २० हजार मूल्य बराबरको ७७ हजार…

Read More

झापा, १२ साउन । झापामा हुँदै आएको अपराध र त्यसको अनुसन्धानसँग सम्बन्धित चलचित्र निर्माण हुने भएको छ । बिर्तामोडमा बिभिन्न लघु चलचित्र निर्माण गर्दै आएका राजन थापाको लगानीमा ‘सिआईबी’ नामको चलचित्र निर्माण हुने भएको हो । क्राइम इन बिर्तामोड नाम दिएर चलचित्रको छोटो नाम सिआईबी राखिएको निर्माण पक्षले जनाएको छ । आर्थिक केन्द्रबिन्दुको हब बिर्तामोड, पछिल्लो समयमा लागूऔषध लगायत बिभिन्न खालका अपराधको पनि केन्द्र बन्दै गएको छ । यहाँ हुने बिभिन्न अपराधमा प्रहरी प्रशासनले गरिरहेको अनुसन्धान तथा प्राप्त गरेको सफलताको कथामा चलचित्र निर्माण हुन लागेको निर्माता थापाले बिर्तामोडमा पत्रकार सम्मेलन गरेर जानकारी दिए । चलचित्रको लेखन तथा निर्देशन रोहन राईले…

Read More

भोजपुर, १२ साउन । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा बाँसको नाङ्लो बुनेर मनग्य आम्दानी गर्दै आएका छन् । अहिले होम्ताङवासीको भरपर्दो आम्दानीको स्रोत नै नाङ्लो बनेको हो । हतुुवागढी–६ लङ्खाका ७५, विथारा एक सय ६५, लुम्बुवा एक सय ३५ तथा हतुवागढी–५ सोया गाउँका करिब ४० परिवारले व्यावसायिक रुपमा नाङ्लो बुन्दै आएका छन् । हतुवागढी–६ का नाङ्लो व्यवसायी राजेन्द्र राई विशेष गरेर नाङ्लो भदौ, असोज र कात्तिक महिनामा सबैभन्दा बढी उत्पादन हुने गरेको बताउनुहुन्छ । दसैँ, तिहार, छठलगायत पर्वका अवसरमा नाङ्लोको बढी माग हुने गरेको उहाँको भनाइ छ । यहाँ उत्पादन भएको नाङ्लो बिक्रीका लागि जिल्ला बाहिर पठाउने…

Read More

सङ्खुवासभा, १२ साउन । उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गतको सङ्खुवासभाको भोटखोला सडक एक महिनादेखि बन्द छ । सो गाउँपालिका जोड्ने इकुवा खोलाको पक्की पुल बगाएपछि यातायात सेवा अवरुद्ध भएको हो । गत असारको पहिलो साताको बाढीपहिरोले इकुवा खोलाको पक्की पुल बगाएको हो । मकालु गाउँपालिका–३ इकुवा खोलामा पक्की पुल बगाउँदा भोटखोला गाउँपालिका जाने सडक बन्द भएको हो । मकालु–३ र भोटखोला–४ को बीचमा रहेको इकुवा खोलाको पुलले दुवै गाउँपालिकालाई जोडेको थियो । पुल बगाउँदा रु चार करोडको क्षति भएको उत्तर दक्षिण कोशी सडक आयोजनाले जनाएको छ । सो क्षेत्रमा यातायात पुनः सञ्चालन गर्न समय लाग्ने देखिन्छ । उक्त पुल २०७९ सालमा…

Read More