
बिर्तामोड, १२ साउन । उपन्यासकार क्रान्ति पराजुलीको दोस्रो उपन्यास प्रिय स्वप्नद्रस्टाको परिचर्चा कार्यक्रम झापामा सम्पन्न भएको छ ।
कार्यक्रममा वीरता रिडर्सका संयोजक लेखक तीर्थ सिग्देलले सञ्चालन गरेको प्यानल डिस्क्सनमा प्रिय स्वप्नद्रस्टा कि लेखक क्रान्ति पराजुली, प्राज्ञ मुनाराज शेर्मा, कथाकार भुवन सुब्बा र समिक्षक लेखनाथ भट्टराईले पुस्तकमाथि चर्चा गरेका थिए लेखक क्रान्ति पराजुलीका ९३ बर्सिय हजुरबुबा डिल्लिराम पराजुलीको अध्यक्षता भएको कार्यक्रमको प्रमुख अतिथि अग्रज साहित्यकार पुन्य खरेल,बिशेष अतिथि शिव सतासी नगर पालिकाकी उप प्रमुख नरमाया कार्की रहेका थिए ।
आयोजक संस्था नेपाली लेखक संघ झापाका अध्यक्ष कुमार भट्टराईले संचालन गरेको कार्यक्रममा लेखक पराजुलीको दोश्रो पुस्तकमाथि बिसद चर्चा गरिएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


