
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
विराटनगर, ८ साउन । लागुऔषध गाँजासहित गाडी प्रहरीले पक्राउ गरेको छ। सुनसरी जिल्लाको बराहक्षेत्र–९ राजावासस्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीबाट खटिएका प्रहरी निरीक्षक विकास राईको टोलीले आज मंगलबार पक्राउ गरेको हो। चक्रघट्टीबाट मधुवनतर्फ आउँदै गरेको प्रदेश १.०१.००२ च. ३५७५ नं. को महिन्द्र बलेरोलाई शंका लागी रोक्न खोज्दा उक्त महिन्द्रा गाडी नरोकी भाग्दा गोली समेत चलाउन बाध्य भएको सुनसरी प्रहरीले जनाएको छ। गाडी पटक–पटक रोक्न खोज्दा नरोकी तीव्र गतिमा भाग्न खोजेकाले उक्त गाडी रोक्न बाध्य भई चाइनिज पेस्तोलबाट १ राउण्ड गोली फायर गरिएको र गाडी छोडेर चालक फरार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। गाडी चेकजाँच गर्ने क्रममा कालो प्लाष्टिकले…
वासिङ्टन डिसी , ८ साउन । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको निर्वाचनमा आफ्नो उम्मेदवारी फिर्ता लिएर सबैलाई अचम्मित बनाएका छन् । आफ्नो यो निर्णयलाई उनले एकदम सही भनेका छन् । आफ्नो ठाउँमा बाइडेनले उप–राष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेका छन् । ह्यारिसको पक्षमा धुँवाधार प्रचार गर्ने पनि उनले बताए । बाइडेनले आफ्ना समर्थकहरूलाई आफूलाई गरेको जस्तै समर्थन ह्यारिसलाई गर्न पनि अनुरोध गरे । चुनाव प्रचार प्रसार अभियानको नाम फेरिएको भएपनि मिसन उही रहेको र आफूहरूको मिसन डोनल्ड ट्रम्पलाई हराउनु भएको पनि उनले बताए । आफूलाई कोरोना नभएको भए उम्मेदवारी नछाड्ने अनि चुनावी प्रचार प्रसार टिमको साथमा उभिएको हुन्थेँ भनेर पनि उनले…
हल्दिबारी, ८ साउन । झापाको हल्दीवारी गाउँपालिका-२ पाराखोपी बजारपूर्व आफ्नै बाबुको हत्या आरोपमा प्रहरीले छोरालाई नियन्त्रणमा लिएको छ । गएराति २ बजे स्थानीय ६३ वर्षीय बासूँ राजवंशी आफ्नै घरको आँगनमा रहेको लिचीको बोटमा शङ्कास्पद अवस्थामा झुन्डिएको फेला परेका थिए । मृतकको टाउको र आँखामा चोट देखिएको छ । राजवंशीको मृत्यु शङ्कास्पद देखिएपछि उनका छोरा करिब ३० वर्षीय सुनिल राजवंशीलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । डीएसपी चन्द नेतृत्वको टोलीले ४ घण्टा लगाएर अनुसन्धान गरेपछि मृतक राजवंशीका छोरा सुनिललाई नियन्त्रणमा लिएको हो । झुन्डिएको अवस्थामा फेला परेका राजवंशीको टाउको, अनुहारसहित शरीरका विभिन्न भागमा चोट…
खोटाङ, ८ साउन । २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । रावाबेसी गाउँपालिका(२ खार्पा बस्ने ३२ वर्षीय टेक बहादुर नेपालीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । नेपालीले ती महिलालाई आफ्नै घरमा लगी आइतबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
झापा, ८ साउन । झापासहित १० वटा जिल्लामा डेंगी संक्रमण दर उच्च देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौं, झापा, चितवन, मकवानपुर, ओखलढुंगा, तनहुँ, भोजपुर, डोटी, सिन्धुपाल्चोक र काभ्रेपलान्चोक जिल्लामा उच्च संक्रमण रहेको जनाएको छ । महाशाखाले गत पुस १६ देखि साउन ३ गतेसम्मको तथ्यांक सार्वजनिक गरेको छ । जसमा १० जिल्लामा उच्च संक्रमण रहेको देखिएको छ । महाशाखाका अनुसार हाल देशका ७३ जिल्लाका १६ सय ५७ जनामा डेंगीको संक्रमण देखिएको छ। प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशमा ५७० जना डेंगीको संक्रमण देखिएको छ । कोसीमा ३९६, गण्डकीमा २५६, लुम्बिनीमा १९६, सुदूरपश्चिममा १७५, मधेस प्रदेशमा ४१ र कर्णाली प्रदेशमा…
झापा, ८ साउन । पूर्वीनाका काँकडभिट्टाबाट कोदोको आयात अघिल्लो वर्षका तुलनामा वृद्धि भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरले २०८०/८१ मा रु ८५ करोड ४२ लाख ५६ हजार मूल्य बराबरको १७ हजार सात सय ९७ मेट्रिक टन कोदो भारतबाट आयात भएको जानकारी दिनुभयो । उहाँका अनुसार आव २०७९/८० मा रु ५१ करोड ३१ लाख २० हजार मूल्य बराबरको १६ हजार ३५ मेट्रिक टन कोदो भारतबाट आयात भएको थियो । नेपालमा कोदो बाली उत्पादन घट्दै जाँदा भारतलगायत तेस्रो देशबाट कोदोको आयात बढेको सूचना अधिकारी ठाकुरले बताउनुभयो । पूर्वी पहाडी जिल्लामा यथेष्ट उत्पादन हुने फर्सी विक्री नहुँदा किसान…
झापा, ८ साउन । बंगलादेशबाट भारत हुँदै काँकरभिट्टा नाका हुँदै १२६ जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । बंगलादेशमा केही दिनयता आरक्षण कोटाविरुद्धको आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्किने क्रम जारी छ । बंगलादेशबाट सोमबारसम्म १३ सय नेपाली विद्यार्थी स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो आन्दोलनका क्रममा १ सय जनाभन्दा बढीको ज्यान गएको छ ।
झापा, ८ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया देखि पूर्णतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज राति कोशी,…
बिर्तामोड, ७ साउन । बिर्तामोड नगरपालिकाले नगरवासीलाई विषादीरहित अर्गानिक तरकारी खुवाउने उद्देश्यले तयार पारेको सामुदायिक तरकारी बिक्री केन्द्र उद्घाटनलाई अघि बढाएको छ । नगरले तयार पारेको ५ वटा तरकारी बिक्री केन्द्र, ४ वटा संकलन तथा बिक्री केन्द्र र एउटा मुख्य संकलन तथा बिक्री केन्द्र मध्ये सोमबार २ वटा बिक्री केन्द्रको उद्घाटन गरिएको छ । ुपारीको होइन बारीको खाऊँु भन्ने मुख्य नाराकासाथ अघि बढाईएको यस कार्यक्रम अन्तर्गत रहेका वडा नम्बर ५ को तमुटोल सामुदायिक तरकारी बिक्री केन्द्र र पाथिभरा बालाजी सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन गरिएको हो । तमुटोल सामुदायिक तरकारी बिक्री केन्द्रको कार्यवाहक नगर प्रमुख सिता ढुंगाना र पाथिभरा बालाजी…
झापा, ७ साउन । झापाको मेचीनगर नगरपालिका–६ स्थित काँकरभिट्टा बसपार्कबाट लागुऔषध ब्राउनसुगरसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । अज दिउँसो काँकरभिट्टा बसपार्कमा लागूऔषध नियनत्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतको दार्जिलिङ खोरीबारी थानाका २२ वर्षीय अबास राजग्र र सोही स्थानका २२ वर्षीय मफिजुदीन अनसारीलाई शंका लागि चेकजाँच गर्दा निजहरुले खुकुरी चुरोटको बट्टाभित्र प्लाष्टिकको पोकामा लुकाई छिपाई राखेको प्रतिबन्धित लागूऔषध खैरोहेरोइन प्लाष्टिकबाहेक १० ग्राम ७४० मिलिग्राम फेला परेकोले उक्त सामानसहित दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।