झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

गणेश लम्सालमोरङ, २४ असार । मोरङको बुढीगंगा–२ स्थित विराट मेडकल कलेज शिक्षण अस्पतालको मानसिक विभागमा दैनिक ३० जना बिरामी उपचारका लागि भर्ना हुन्छन् । ती बिरामीहरुलाई सेवा गर्र्ने त्यहाँ महिला नभएर सबै पुरुष नर्सहरु छन । उनीहरु नझर्की, अत्ताईकन धैर्यपुर्व शान्त नम्रबोलीले भर्ना भएका विरामीको उपचार सेवामा सहयोग गर्ने गर्दछन । उनीहरु दैनिक साँझ विरामन मात्र नभएर आकस्मिक रुपमा अवेर राती पनि विरामीको नियमित जाच गर्ने, समयमा औषधी खुवाउने , रगत तान्ने , हिस्ट्री लिने , रेकर्ड राख्नुदेखी , ईसिजी गर्ने र शौच गरेको नगरेको विभिन्न जाँचहरु पठाउने र रिर्पोट अभिलेखिकरण गरेर राख्नेदखी डाक्टरहरुलाई विरामीको अवस्था व्रिफिङ गर्नेदेखी विरामी र…

Read More

झापा, २४ असार । झापाको दमक र मेचीनगरबाट प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक–४ कृष्ण मन्दिर छेउबाट ६ ग्राम ब्राउन सुगरसहित सोही स्थानका ३१ बर्षीय भानु वाह्रकोटी र मोरङ उर्लाबारी नगरपालिका–७ का ३६ वर्षीय खगेन्द्र न्यौपानेलाई पक्राउ गरेको छ । त्यस्तै, मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुलबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले ६७० मिलिग्राम ब्राउनसुगरसहित झापा बुद्धशान्ति गाउँपालिका–१ का २१ वर्षीय विशाल श्रेष्ठ पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । यसैबीच, मोरङको विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाँटबाट भारतबाट नेपाल आउँदै गरेका मोरङ सुन्दरहरैचा नगरपालिका–४ का…

Read More

झापा, २२ असार । अविरल वर्षाका कारण आएको बाढी पहिरो लगायत विपदमा परी हालसम्म ७० जनाले ज्यान गुमाएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढी पहिरोमा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र पाँच जना बेपत्ता भएको जानकारी दिए । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उक्त अवधिमा बाढी पहिरोका नौ सय ६६ घटना घटेका छन् । त्यसमा ८६ घरमा क्षति पुगेको र तीन सय ३५ पशु चौपायाको मृत्यु भएको छ । भारी वर्षाका कारण आज पनि देशभरकै जनजीवन प्रभावित भएको छ । उक्त अवधिमा चार…

Read More

झापा, २४ असार । मेरुदण्डका नशामा कुनै कारण गडबडी हुनु वा दवाव पर्नुलाई नै नशा च्यापिनु भनिन्छ। पछिल्लो समय नशाको उपचारका लागि अस्पताल आउनेमध्ये अधिकांशको मेरुदण्डमा कम्मरको भागको चौथो र पाँचौँ अनि पाँचौ र छैटौँ हड्डीबीचमा तथा गर्धनका पाँचौँ, छैटौं र सातौँ हड्डीबीचमा नशा च्यापिएर समस्या उत्पन्न भएको पाइन्छ। मेरुदण्डको नशा च्यापिँदाका लक्षण१. हात–खुट्टा दुख्ने, झमझमाउने र पोल्ने,२. गर्धन र ढाडमा अत्यधिक पीडा हुने,३. विस्तारै मांशपेशी कमजोर हुँदै जाने,४. छाला बाक्लो भएको जस्तो महसुस हुने,५. हिँडडुल गर्न गाह्रो हुने, शरीर बाङ्गिने,६. समयमै उपचार हुन सकेन भने हात वा खुट्टा नचल्ने, आदि। रोकथामका उपायविशेषज्ञलाई जँचाएर आफूले अपनाउनुपर्ने सावधानी तथा व्यायाम राम्ररी…

Read More

नेपालीका लागि असल खानपान सम्बन्धी मार्गदर्शनका सन्देशहरुः १. हरेक दिन विभिन्न थरीका खानेकुराहरू खानुपर्दछ ।२. हरेक दिन पर्याप्त मात्रामा फलफूल र हरिया सागसब्जी खानुपर्दछ ।३. हरेक दिन दाल र गेडागुडी खानुपर्दछ ।४. माछा, मासु वा अण्डा नियमित रूपमा खानुपर्दछ ।५. हरेक दिन दूूध र दूधजन्य खानेकुराहरू खानुपर्दछ ।६. खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गनुपर्दछ ।७. स्वास्थ्यमा हानी पु¥याउने खानपानसम्बन्धी अन्धविश्वासबाट सावधान रहनु पर्दछ ।८. खानामा कम मात्रामा सधैं आयोडिनयुक्त नुन मात्र प्रयोग गर्ने । र पाक्नेबेलामा मात्र तरकारीमा नून हाल्नुपर्दछ ।0.९. गुलियो र चिल्लो खानेकुरा कम मात्रामा उपभोग गर्नुपर्दछ ।१०. हरेक दिन ताजा र सफा खाना खानुपर्ने…

Read More

झापा, २४ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा रहेको छ। आव बिहान सुदूरपश्चिम प्रदेशमा पूर्णतया बदलीको अवस्था छ भने देशका बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ । बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो पनि देशभरको मौसम साधारणतया बदली रहने छ। दिउँसो सबै प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा दिउँसो भारी वर्षाकोसमेत सम्भावना रहेको महाशाखाले…

Read More

झापा, २४ असार । भारतको मेघालयमा विभत्स ढंगले हत्या गरेको अवस्थामा फेला परेका चार जनामध्ये दुईजना नेपाली भएको खुलेको छ। गत शनिबार घाँटी रेटेर हत्या गरिएको अवस्थामा उनीहरुको शव फेला परेको थियो । मारिने दुई नेपालीमा इलामका रवि राई र धरानका राजेश राई रहेको भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन (डीसीएम) डा.सुरेन्द्र थापाले पुष्टि गरेका छन् । उनीहरुको शव आफन्तलाई जिम्मा लगाइएको दूतावासले जनाएको छ । शनिबार मेघालयको उम्प्लेङ बजार नजिक घाँटी रेटेर हत्या गरेको अवस्थामा चार जनाको शव फेला परेको थियो। चारमध्ये दुई जना मेघालयकै स्थानीय भएको थापाले जानकारी दिएका छन् ।

Read More

भोजपुर, २४ असार । भोजपुरको हतुवागढी गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्न हल गोरु वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि फैलिएको लम्की स्किन रोगका कारण गोरु मरेपछि किसानलाई प्रोत्साहन स्वरूप हल गोरु वितरणको कार्यक्रम ल्याएको हो । पशुपन्छी तथा कृषि विकासका लागि रु ५६ लाख २० हजार बराबरको कार्यक्रम सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताए । किसानको मागको आधारमा आगामी आर्थिक वर्षमा नौ हल गोरु वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत निरौलाले जानकारी दिए । किसानलाई गोरु वितरणको लागि रु तीन लाख ६० हजार बजेटसमेत विनियोजन गरिएको उनको भनाइ छ । “हामीले किसानलाई प्रोत्साहन गर्नको लागि हल गोरु वितरण…

Read More

खोटाङ, २४ असार । खोटाङको बुइपामा जारी कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको फाइनलमा झापा र भोजपुर प्रवेश गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर रङ्गशालामा आइतबार सेमिफाइनल खेलमा झापा ताप्लेजुङलाई शून्यका विरुद्ध छ तथा भोजपुर ओखलढुङ्गालाई शून्यका विरुद्ध दुई गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । झापाको जितका लागि जर्सी नं ८ की खेलाडी जेनिफर रानामगर एक्लैले छ गोल गर्न सफल भएको जिल्ला खेलकुद विकास समिति खोटाङका प्रमुख लीलाभक्त केसीले जानकारी दिए । पहिलो हाफको १४, १६, २७ र २९औँ मिनेट तथा दोस्रो हाफको १७ र २० औँ मिनेटमा छ गोल गर्न सफल जेनिफर प्रतियोगिताको ‘म्यान अफ…

Read More

झापा, २४ असार । मनसुन न्यून चापीय रेखा सोमबारदेखि क्रमिकरुपमा दक्षिणतिर सर्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । योसँगै नेपालमा मनसुनको सक्रियतामा कमी आइ वर्षाको मात्रामा केही कमी आउने सम्भावना रहेको छ। तथापि केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सोमबार देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्क देखि मध्यम वर्षाको सम्भावना रहेको छ। वर्षाको कारण भू(क्षय, पहिरो तथा गेग्रान बहावको…

Read More