
नेपालीका लागि असल खानपान सम्बन्धी मार्गदर्शनका सन्देशहरुः
१. हरेक दिन विभिन्न थरीका खानेकुराहरू खानुपर्दछ ।
२. हरेक दिन पर्याप्त मात्रामा फलफूल र हरिया सागसब्जी खानुपर्दछ ।
३. हरेक दिन दाल र गेडागुडी खानुपर्दछ ।
४. माछा, मासु वा अण्डा नियमित रूपमा खानुपर्दछ ।
५. हरेक दिन दूूध र दूधजन्य खानेकुराहरू खानुपर्दछ ।
६. खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गनुपर्दछ ।
७. स्वास्थ्यमा हानी पु¥याउने खानपानसम्बन्धी अन्धविश्वासबाट सावधान रहनु पर्दछ ।
८. खानामा कम मात्रामा सधैं आयोडिनयुक्त नुन मात्र प्रयोग गर्ने । र पाक्नेबेलामा मात्र तरकारीमा नून हाल्नुपर्दछ ।0
.९. गुलियो र चिल्लो खानेकुरा कम मात्रामा उपभोग गर्नुपर्दछ ।
१०. हरेक दिन ताजा र सफा खाना खानुपर्ने र पर्याप्त मात्रामा सफा पानी पिउनुपर्दछ ।
११. नियमित रूपमा शारीरिक परि श्रम गर्नुपर्दछ ।
१२. परम्परागत तथा स्थानियस्तरमा पाईने पौष्टिक खाना खानुपर्दछ ।
१३. पौष्टिक तत्व कम भएका एवम् बढी गुलियो, चिल्लो र नुनिा तयारी खानेकुरा कम मात्रामा खानुपर्दछ ।
१४. मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने ।
१५. शिशुलाई पर्याप्त मात्रामा स्तनपान गराउने ।
१६. शिशु ६ महिना पुरा भएपछि स्तनपानको साथसाथै थप खाना खुवाउनुपर्दछ ।
१७. गर्भवती र स्तनपान गराउने आमाले थप पोषिलो खानेकुरा खानुपर्दछ ।
१८. बढ्दो उमेरका किशोर किशोरीहरूले खानपान सम्वन्धी स्वस्थ बानी बसाल्नुपर्दछ ।
१९. ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिनुपर्दछ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



