झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

मेचीनगर, १५ असार । कृषकलाई अतिआवश्यक पर्ने हाते औजार बितरणमा सरकारले बेवास्ता गरेको भन्दै नेकपा माओवादी केन्द्र मेचीनगरले ९फरुवा० कोदालो बितरण गरेको हो । कृषकलाई प्रोत्साहन दिने उद्देश्यले नेकपा माओवादी केन्द्र मेचीनगरले राष्ट्रिय धान दिवसको अवसर पारेर १ सय २५ कृषकलाई फरुवा बितरण गरेको छ । मेचीनगर–१४ का टंकप्रसाद–अम्बिका शिवाकोटीले तयारी गरेको धान रोपाईस्थलमै पुगेर प्रतिकृषक १र१ थान फरुवा बितरण गरेका थिए । स्थानीय सरकार वडा कार्यालय र नगरपालिकाले बजेट बिनियोजन गर्दा कृषकलाई अतिआवश्यक पर्ने हाते औजार बितरणमा बेवास्ता गर्दै आएको समयमा केन्द्रले उक्त कार्यक्रम गरेको हो । कृषकले नै उब्जाएको अन्न कै भरम जीवनचर्या चलाउनुपर्ने समयमा आवश्यक औजार, मल,…

Read More

चन्द्र बस्नेतकनकाई, १५ असार । असार १५ मानो खाएर मुरी उब्जाउने दिन त्यसमा २१ औं राष्ट्रिय धान दिवस आज देशका विभिन्न स्थानमा धुमधामले मनाइएको छ । २१ औं राष्ट्रिय धान दिवसको अवसरमा झापाको कनकाई–३ सुरुङ्गामा रहेको हरिकुल नमूना माध्यामिक विद्यालयले पनि धान रोपाइँ गरेर असार १५ पर्व मनाएको छ । विद्यार्थीलाई प्रयोगात्मक हुने हिसाबले सिकाईका लागि धान रोपाइँ कार्यक्रम आयोजना गरिएको विद्यायले जनाएको छ। । विद्यार्थीलाई प्रयोगात्मक हुने हिसाबले सिकाईका लागि धान रोपाइँ कार्यक्रम गरिएको विद्यालयकी प्रबन्ध निर्देशक ग्रीशा रावल थापाले बताउनुभयो । पछिल्लो समय जलवायु परिवर्तनका कारण सुख्खा खडेरी, अतिवृष्टि, बाढी–पहिरो तथा रोग किराका कारण धान उत्पादनमा असर परिरहेको…

Read More

झापा, १५ असार । नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले आफ्नो कम्युनिस्ट पार्टीहरूबिचको एकताको पक्षमा रहेको बताउनुभएको छ । पुष्पलाल अध्ययन समाजले आज राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता गजुरेलले कम्युनिस्ट पार्टीलाई मजबुत बनाउन पनि नेपालका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूबीचको एकता अनिवार्य रहेको बताउनुभयो । उनले एकताको पक्षमा कम्युनिस्ट पार्टीहरू उभिनुपर्ने औंल्याउँदै कम्युनिस्टहरूले जनवादी गणतन्त्रको पक्षमा दृढतापूर्वक उभिनुपर्ने उल्लेख गर्नुभयो । ‘एउटा त कम्युनिस्ट आन्दोलन कमजोर भएको छ । त्यसलाई बलियो बनाउनु परेको छ’, उहाँले भन्नुभयो, ‘दोस्रो अहिलेको आन्दोलनमा ठुलो भ्रम पैदा भएको छ । जतनमा भ्रम दिने दुई वटा विषय छन् । एउटा गणतन्त्र, अर्को समाजवाद । अब…

Read More

झापा, १५ असार । लेखक नरेन्द्रप्रकाश सिटौलाद्वारा लिखित पुस्तक ‘अनुभव र अनुभूति’ लोकार्पित भएको छ । झापाको मेचीनगरमा आज पुस्तक लोकार्पण समारोह कार्यक्रमका बीच प्रमुख अतिथि नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) का निवर्तमान अध्यक्ष रामचन्द्र उप्रेती, विशेष अतिथि बरिष्ठ साहित्यकार पुण्य खरेल लगायतले उक्त पुस्तकको लोकार्पण गर्नुभएको हो । पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि उप्रेतीले पुस्तकमार्फत् लेखकले आफ्ना अनुभूतिलाई पस्किएर समाजको वास्तविकता दर्शाउन खोजेको बताउनुभयो । पुस्तक पढ्ने बानी नहुँदा लेखकहरुमा लेख्ने कि नलेख्ने भन्ने दोधार भएको उहाँको भनाइ छ । कार्यक्रममा विशेष अतिथि खरेलले मानिसको अनुभवबाट इतिहास थाहा पाइने बताउनुभयो । ‘पुस्तकले केही सिकाउने र चिनाउने काम…

Read More

द्रोण अधिकारी गुयेलीपछिल्ला केही वर्षयता तराईका अधिकाम्स जिल्लाहरूमा भूमिगत पानीको तह घट्दा चापाकलमा सुख्खा समयमा पानी आउन छाडेको छ । सामान्यतया तराईका अधिकाम्स स्थानमा ३० फिट गहिराईमै चापाकाल चल्ने गर्दथे तर, अचेल ६० फिट गहिराईबाट पानी निकालेका चापाकलमा पनि हिउँदको समयमा पानी निस्कन निकै कठिनाइ परिरहेको छ । खासगरी मधेश प्रदेशका सप्तरीदेखि पर्सासम्मका अधिकाम्स क्षेत्रमा सुख्खा समयमा चापाकल सुक्ने समस्या हरेक वर्ष बढिरहेको छ । यस समस्याको प्रमुख कारक चुरे दोहन भएको विज्ञहरूले बताइरहँदा पनि त्यस आसपासका बासिन्दाले पत्याएका थिएनन् । बिस्तारै उत्तरबाट देखिएको पानी सुक्ने समस्या दक्षिणतिर बिस्तार भएसँगै मधेश प्रदेशका बासिन्दामा आफ्नो भूमि मरूभूमीकरणतिर गएको त होइन ?…

Read More

बनयानी, १५ असार । २१ औं राष्ट्रिय धान दिवसको अवसरमा झापाको कचनकवल गाउँपालिका वडा नंं. ३ मा रहेको मोती माध्यामिक विद्यालयमा धान रोपाइँ गरिएको छ । मोति माध्यमिक विद्यालयको बाली विज्ञान विषय अध्यानरत विद्यार्थीलाई प्रयोगात्मक हुने हिसाबले सिकाईका लागि धान रोपाइँ कार्यक्रम गरिएको हो । कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंंशीको प्रमुख आतिथ्य तथा उपाध्यक्ष नवराज भट्टराईको विशिष्ट आतिथ्य एवम् अभिभावक, विद्यार्थी, शिक्षकहरुले धान रोप्दै सामुहिक रुपमा धान रोपाइँ महोत्सव मनाएका हुन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पालिका प्रमुख राजवंंशीले धान रोपाइँ महोत्सवलाई पालिकामै राम्रो तयारीका साथ मनाउने भनी रहेको अवस्थामा यस पल्टको एसइई नतिजाका कारणले आफू चिन्तित रहेको बताउँदै…

Read More

झापा, १५ असार । बैंकिङ कसुर मुद्दामा २७ लाख रुपैयाँ जरिवानाको फैसला भई फरार रहेका एक जना प्रतिबादी पक्राउ पक्राउ परेका छन् । झापाको मेचीनगर नगरपालिका वडा नम्वर –४ का ३४ बर्षिय लुसन तिवारीलाई प्रहरीले शुक्रवार पक्राउ गरेको हो । रामकुमार श्रेष्ठको जाहेरीले बादी नेपाल सरकार प्रतिबादी लुसन तिवारी भएको बैंकिङ कसुर मुद्दामा उच्च अदालत विराटनगर इलाम इजलासको मिति २०८०–०२–१० गतेको फैसला अनुसार फरार रहेका तिवारी पक्राउ परेका हुन् । प्रतिबादी तिवरीलाई जिल्ला प्रहरी कार्यालयबाट फैसला कार्यन्वयनको प्रहरी र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरी फैसला कार्यान्वयनकोलागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराएको थियो । अदालतको…

Read More

काठमाण्डौ, १५ असार । आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका खेल्दैछन् । फाइनल खेल नेपाली समय अनुसार आज बेलुका सवा ८ बजे बिज्रटाउनमा शुरु हुनेछ । भारत अस्ति भएको दोस्रो सेमिफाइनलमा साविक विजेता इंग्ल्यान्डलाई ६८ रनले हराउँदै उपाधि नजिकै पुगेको हो । भारतले यसअघि एक पटक मात्रै उपाधि जितेको छ । उसले पहिलो संस्करण सन् २००७ मा उपाधि जितेको थियो । त्यसपछि सन् २०१४ मा फाइनलमा पुगेको भारत श्रीलंकासँग पराजित भएको थियो । दक्षिण अफ्रिकाले पहिलो पटक फाइनल खेल्दैछ । उसले पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई नौ विकेटले हराएर फाइनलमा पुगेको हो । दक्षिण अफ्रिका २००९ र…

Read More

खुदुनाबारी, १५ असार । झापाको अर्जुनधारामा एक २६ बर्षका युवकले झुन्डिएर आत्महत्या गरेका छन । अर्जुनधारा नगरपालिका –१ मदनपुरका तिर्थ राज पोखरेलले झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला पारिएको शनिश्चरे प्रहरी चौकीका इन्चार्ज नर बहादुर खड्काले जानकारी दिनुभयो । आफ्नै घरमा कोठामा रहेको पंखामा प्लास्टिकको डोरी प्रयोग गरेर झुन्डिएको अवस्थामा उनलाई शुक्रबार राति ११ बजे फेला पारिएको थियो । प्रहरीको अनुसार उनले लामो समयदेखि मादकपदार्थ सेवन गर्ने गरेका थिए । उनले यस अघि पनि २ पटक आत्महत्याको प्रयास गरेका थिए । स्थानियका अनुसार भने उनि लागुऔषध प्रयोगकर्ता थिए । मानसिक बिचलनका कारण आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । मृतक…

Read More

काठमाण्डौं, १५ असार । सुन्दर हमालको प्रस्तुतिमा लोक तथा दोहोरी गीत ‘तातो पानी ’सार्वजनिक भएको छ । गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वर रहेको गीत निश्चल दवाडीको शब्द तथा सुन्दर हमालको संगीत छ । डान्सिङ्ग विटमा तयार पारिएको गीतको भिडियोमा मोडल तथा याङजी दोङ तामाङ्ग र सुनील क्षेत्री, बेगम नेपालीको अभिनय देख्न सकिन्छ । भिडियोको कोरियोग्राफी तथा निर्देशन पनि क्षेत्रीले गरेका हुन् । अजय रेग्मीको छायाङ्कन र अमृत चापागाईको सम्पादन भिडियोमा छ । सुन्दरको यस अगाडि सुन ठिटा हो , पारी ठुली भिर , उखुमै भयो नी लगायतका दजनौं गीत चर्चामा रहेका थिए । ‘तातो पानी ’ गीतको पुरा…

Read More