झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बुद्धशान्ति, १५ असार । पत्रकारहरुको छाता संगठनका रुपमा रहेको बुद्धशान्ति प्रेस क्लब बुद्धशान्ति झापाले क्लबमा आबद्ध नयाँ सदस्यहरुलाई स्वागत सम्मानका साथै आधारभूत पत्रकारिता सम्बन्धि प्रशिक्षण दिएको छ । प्रेस क्लबका अध्यक्ष तीर्थराज तिम्सिनाको सभापतित्वमा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नं –१ का वडा अध्यक्ष एवम् प्रेस क्लबका संस्थापक अध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक उमाकान्त खनालले पत्रकार भएर जान्नुपर्ने सामान्य कुराहरु देखि लिएर प्रविधिमा पत्रकारले कसरी फड्को मार्न सकिन्छ ?, भन्ने विषयमा प्रशिक्षण गराएका थिए । यसका साथै पत्रकारिता आचारसंहिता, खोज पत्रकारिताका बारेमा समेत प्रशिक्षण गराएका थिए । सोही अवसरका असार १५ अर्थात दही…

Read More

भद्रपुर, १५ असार । २१ औं राष्ट्रिय धान दिवश २०८१ को अवसर पारेर भद्रपुरमा सामूहिक धान रोपाइ गरिएको छ । भद्रपुर ७ स्थित शान्ति चौक दक्षिणमा रहेको साना किशान सहकारी संस्था चन्द्रगढीको धान खेतमा सामूहिक रोपाइ गरिएको हो । साना किशान सहकारी संस्था चन्द्रगढीकी अध्यक्ष देवीमाया अधिकारीको अध्यक्षतामा तथा कृषि शाखा भद्रपुरको संयोजनमा भएको कार्यक्रममा नगर प्रमुख गणेश पोखरेल,, भद्रपुर १ का वडाध्यक्ष रामप्रसाद अधिकारी, २ का वडाध्यक्ष रामबहादुर कँडेल, भद्रपुर ६ का वडाध्यक्ष रतिया राजवंशी, ७ का वडाध्यक्ष अभिषेक ढुंगाना, भद्रपुर ९ का वडाध्यक्ष रामप्रसाद दाहाल लगायत जनप्रतिनिधिहरूले धान रोप्दै सामूहिक धान रोपाई महोत्सव मनाएका हुन् । सोही अवसर…

Read More

द्रोण अधिकारीभद्रपुर, १५ असार । माध्यमिक तह उत्र्रीण कक्षा १० को परीक्षाफलको विवरण अनुसार भद्रपुरको शैक्षिक स्तर सामान्य देखिएको छ । ३० वटा माध्यमिक विद्यालय रहेको भद्रपुरमा एस ई ई परीक्षा २०८० मा २८ वटा विद्यालयले सहभागिता जनाएकोमा २ वटा विद्यालयको उत्र्रीण दर सुन्य छ भने अन्य विद्यालयले न्युनतम १.६४ प्रतिशतदेखि अधिकतम ९०.९१ प्रतिशतसम्म उत्र्रीण गराएको पाइन्छ । उत्र्रीण प्रतिशतमा सामुदायिकभन्दा संस्थागत विद्यालय नै अब्बल देखिएको भद्रपुरमा ९०.९१ प्रतिशत उत्र्रीण दर प्राप्त गर्दै भद्रपुर २ को ज्ञान सरोवार निकेतन प्रथम, ६८.५२ प्रतिशत सहित भद्रपुर ७ को एमरेल्ड एकाडेमी द्वितीय, ६६.६७ प्रतिशतका साथ मोरान मेमोरियल र कृष्ण द्वैपायन गुरूकुलले तेस्रो स्थान…

Read More

बिर्तामोड, १५ असार । बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा आयोजना गरिएको निशुल्क महिला लक्षित सीप विकास तालिम सम्पन्न भएको छ । वडा नम्बर ३ मा जेठ १३ गतेदेखि आयोजना गरिएको एक महिने तालिम आज सम्पन्न भएको हो । तालिममा प्रत्येक वडाबाट २र२ जनाका दरले २० जना महिलाको सहभागिता रहेको थियो । तालिम पशुपति टेक्निकल कलेज प्रा। लिले आयोजना गरेको हो । तालिममा सहभागीहरुलाई कार्यक्रमकी प्रमुख अतिथि नगर प्रमुख पवित्रा महतारा प्रसाईले प्रमाण पत्र प्रदान गर्नु भयो ।कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले स्वरोजगार बनाउने उदेश्यले आयोजना गरिएको तालिमलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । स्वदेशमा स्वरोजगार बन्नका लागि र विदेश जानको लागि पनि…

Read More

कचनकवल, १४ असार । एसईई परिक्षामा झापाको कचनकवल गाउँपालिकाका चारवटा सामुदायीक विद्यालयहरुको नतिजा शून्य आएको छ । कचनकवल गाउँपालिकाको शिक्षा शाखाले दिएको जानकारी अनुसार बिद्ध मावि घेराबारी, लक्ष्मी मावि बनियानी, जानकी मावि बालुबाडी र शिव मावि बालुबाडी माविको नतिजा शून्य आएको छ। बुद्ध मावि घेराबारीको ११ जना विद्यार्थीहरुमा उत्तीर्ण संख्या शून्य रहेको छ।त्यस्तै, लक्ष्मी मावि ९६ जना विद्यार्थीहरुमा उत्तीर्ण संख्या शून्य रहेको छ। त्यस्तै, जानकी मावि बालुबाडी र शिव मावि बालुबाडीको पनि विद्यार्थी उतिर्ण संख्या शून्य रहेको छ। कचनकवल गाउँपालिकामा निजि तथा संस्थागत गरि १६ वटा माविले एसईई परिक्षा दिएका थिए। सामुदायिक तर्फ पथरिया माविबाट ५५ जना सहभागी मध्ये १८…

Read More

बिर्तामोड, १४ असार । नेकपा (माओवादी केन्द्र) मेचीनगरले किसानलाई फरुवा (कोदालो) बितरण गर्ने भएको छ । माओवादी मेचीनगरले असार १५ अर्था धान दिवसको अवसर पारेर भोली (शनिवार) किसानलाई फरुवा बितरण गर्न लागेको हो । मेचीनगरका १५ वटै वडामा फरुवा बितरण गर्न लागिएको माओवादी मेचीनरले जनाएको छ । मेचीनगरका प्रत्येक वडाका ५ जना वास्तबिक किसानलाई फरुवा बितरण गर्न लागिएको हो । मेचीनर वडा नम्बर ९, १०, ११, १२, १३ र १४ का किसानका लागि धाइजनमा, वडा नम्बर १, २, ३ र ४ को भृकुटीमा र वडा नम्बर ५, ६, ७, ८ र १५ को इटाभट्टास्थित पार्टी कार्यालयमा बितरण गरिने नगर अध्यक्ष…

Read More

विराटनगर, १४ असार । मोरङको विराटनगरमा स्वास्थ्य सेवा प्रवर्द्धनका लागि सञ्चारकर्मी एवम् स्वास्थ्यकर्मीहरूबीच अन्तरक्रिया कार्यक्रम भएको छ । कोशी प्रदेश स्वास्थ्य मन्त्रलाय स्वास्थ्य निर्देशनालय धनकुटाको आयोजानामा विराटनगरमा अन्तरक्रिया भएको हो । स्वास्थ्य मन्त्री राजेन्द्र कार्कीले अन्तक्रियाको उद्घाटन गर्नुभयो।  अन्तरक्रियामा स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञान बहादुर बस्नेतले स्वास्थ्य कार्यक्रम हरुको सुचक, प्रगति र चुनौति विषयमा प्रस्तुतिकरण दिनु भयो । त्यस्तै, सम्बाद समूह मोरङका सुमन सुस्केराले कोशी प्रदेशका स्वास्थ्य संस्थाकाे अवस्था, समस्या र राम्रा प्रयासका बारेमा प्रस्तुतीकरण दिनुभयो। तीन तहको सरकारले आम नागरिकको स्वास्थ्य सेवामा पहुँच पुऱ्याउन लाग्नु पर्नेमा जोड दिंदै प्रमुख अतिथि मन्त्री कार्कीले आफ्नो कार्यकाल अवधि भर राजनीतिकरणबाट मुक्त राख्न…

Read More

आगामी अक्टोबर १० मा दक्षिण भारतीय फिल्मबीच बक्स अफिसमा महाभिडन्त हुँदैछ । यस दिन दुई प्रतीक्षित तमिल फिल्म रिलिज हुँदैछन् । ७३ वर्षीय सुपरस्टार रजनीकान्त र ४८ वर्षीय सूर्या आमनेसामने हुन लागेका हुन् । रजनीकान्त स्टारर ‘वेट्टैयान’ र सूर्या स्टारर ‘कंगुवा’ ले १० अक्टोबरलाई रिलिज मिति तय गरेका छन् । भारतीय सञ्चारमाध्यामका अनुसार यी दुवै फिल्मको बजेट ४६० करोड भारु छ । रजनीकान्तको ‘वेट्टैयान’ को बजेट १६० करोड बताइएको छ भने ‘कंगुवा’ को ३०० करोड छ । ‘वेट्टायन’ मा रजनीकान्तका साथै बलिउड मेगास्टार अमिताभ बच्चन, फाहद फासिल, राणा दग्गुबत्ती र मञ्जु बीको मुख्य भूमिका छ । यो एक्सन फिल्मलाई टीजे…

Read More

गर्मी र बर्खाको समय छ, यो बेला तराई मधेश तथा पहाडमा बढी सर्प देखिने समय हो । तराई तथा पहाडमा सर्पको टोकाइबाट बर्षेनी थुप्रै मानिसले ज्यान गुमाई रहेका छन् । तसर्थ सर्पको टोकाईबाट जोगिन र टोकी हालेमा के गर्ने भन्ने बारेमा आज हामीले बताउँछौँ । सर्पको टोकाइबाट जोगिन के गर्ने ?–सकेसम्म रातीमा नहिड्ने, हिडनु परेमा टर्च लाइट वा उज्यालो बत्ती लिएर मात्रै हिड्ने ।–रातीमा हिड्दा जुत्ता वा गमबुट लगाउने ।–घर वरपरको घाँस झारपात काटेर सफा राख्ने ।–जमिनका दुलाहरु टाल्ने ।–पराल दाउरा आदि लिन जाँदा होसियारी अपनाउने ।–सुत्नु अघि ओछ्यान खाटमुनी र वरपर राम्ररी हेर्ने ।–सधै झुल टाँगेर सुत्ने । सर्पले…

Read More

काठमाडौं, १४ असार । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मदन(आश्रितको हत्यारा पत्ता लाग्ने बताएका छन्। विचारमा स्पष्ट तथा प्रष्ट वक्ताका रुपमा लिइने ओलीले शुक्रबार राष्ट्रिय समाचार समितिलाई एक अन्तर्वार्ता दिनेक्रममा यस्तो बताएका हुन्। मदन–आश्रितको दासढुङ्गा दुर्घटनामा भएको मृत्युलाई एमालेले सुरुदेखि नै हत्या हो भन्दै आएको छ। एमाले पनि पटकपटक सरकारको नेतृत्वमा पुग्यो तर त्यसको अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउन सकेन भनेर मानिसहरु प्रश्न गर्ने गर्छन् नि ? भन्ने प्रश्‍नमा उनले भने, जब सत्ता र शक्ति बाधक हुन्छ, कुनै कुनै सत्य प्रकट हुनबाट रोकिन्छ। नेपालमा दुई ठूला घटना मदन–आश्रितको हत्या र दरबार हत्याकाण्डका दोषी अझै पत्ता…

Read More