
गर्मी र बर्खाको समय छ, यो बेला तराई मधेश तथा पहाडमा बढी सर्प देखिने समय हो । तराई तथा पहाडमा सर्पको टोकाइबाट बर्षेनी थुप्रै मानिसले ज्यान गुमाई रहेका छन् ।
तसर्थ सर्पको टोकाईबाट जोगिन र टोकी हालेमा के गर्ने भन्ने बारेमा आज हामीले बताउँछौँ ।
सर्पको टोकाइबाट जोगिन के गर्ने ?
–सकेसम्म रातीमा नहिड्ने, हिडनु परेमा टर्च लाइट वा उज्यालो बत्ती लिएर मात्रै हिड्ने ।
–रातीमा हिड्दा जुत्ता वा गमबुट लगाउने ।
–घर वरपरको घाँस झारपात काटेर सफा राख्ने ।
–जमिनका दुलाहरु टाल्ने ।
–पराल दाउरा आदि लिन जाँदा होसियारी अपनाउने ।
–सुत्नु अघि ओछ्यान खाटमुनी र वरपर राम्ररी हेर्ने ।
–सधै झुल टाँगेर सुत्ने ।
सर्पले टोकिहालेमा के गर्ने ?
–टोकेको ठाँउलाई चल्न नदिई स्थिर राख्ने ।
–सर्पले टोकेको ठाउँमा काट्ने चुस्ने बाध्ने नगर्ने ।
–मलम र रासायनी पदार्थ तातो चिसो प्रयोग नगर्ने ।
–विरामीको आत्मविश्वास कायम राख्नका लागि सहयोग गर्ने ।
–धामी झाक्री तिर नलाग्ने ।
–विष सोस्ने ढुंगाको पछि नलाग्ने ।
–सम्भव भएसम्म डस्ने सर्पको पहिचान गर्ने तर नमार्ने ।
–जति सक्दो चाँडो अस्पताल वा सर्प उपचार केन्द्र पुरयाउने । एजेन्सी
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



