झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २१ असार । जनताको तटबन्ध कार्यक्रमअन्तर्गत झापाका विभिन्न नदी किनारमा दुई वर्षमा एक सय २० किलोमिटर बाँध निर्माण भएको छ । बाँध निर्माणपछि हजारौँ बिघा खेतीयोग्य जग्गा र मानव बस्ती बाढीबाट जोगिएको छ । आर्थिक वर्ष २०७९–८० र २०८०–८१ मा उक्त तटबन्ध निर्माण भएको हो । बाँध निर्माणमा रु तीन अर्ब ८९ करोड ३५ लाख खर्च भएको तटबन्ध निर्माण आयोजना कार्यालयका सूचना अधिकारी महेश खत्रीले बताउनुभयो । जिल्लामा छ वटा नदीमा तटबन्ध निर्माण भइरहेका छन् । कार्यालयले मेची, निन्दा, बिरिङ, कनकाई, रतुवा र मावा नदीको बाढी र जमिन कटान रोक्न विसं २०७४ मा विस्तृत परियोजना प्रतिवेदन बनाएर तटबन्ध निर्माण…

Read More

झापा, २१ असार । सुडानको दक्षिणपूर्वमा सुडानी सेना र अर्धसैनिक बलबीचको लडाइँबाट भाग्न खोज्ने करिब २५ जनाको डुबेर मृत्यु भएको प्रजातन्त्र समर्थक कार्यकर्ताहरूको एक समितिले बिहीबार बताएको छ । “दक्षिणपूर्वी राज्य सेन्नारमा ब्लु नाइल नदी पार गर्ने क्रममा डुङ्गा डुब्दा करिब २५ नागरिकको मृत्यु भएको छ, मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन्”, स्थानीय प्रतिरोध समितिले विज्ञप्तिमा भनेको छ । गत वर्ष सेना र अर्धसैनिक र्यापिड फोर्स (आरएसएफ) बीच युद्ध सुरु भएपछि प्रजातन्त्र समर्थक प्रदर्शनहरू आयोजना गर्ने र अग्रपङ्क्तिमा सहायता समन्वय गर्ने सुडानभरका सयौँ समितिमध्ये उक्त समिति एक थियो । सेन्नारमार्फत आरएसएफको भर्खरैको प्रगतिबाट भाग्दै गर्दा भएको दुर्घटनामा ‘सम्पूर्ण परिवारको…

Read More

झापा, २१ असार । बाढीको उच्च जोखिममा रहेका झापाका तीन स्थानलाई लक्षित गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्वचालित पूर्वसूचना प्रणाली (साइरन) जडान गरेको छ । कनकाई र विरिङ नदीमा पानीको बहाव बढेसँगै स्वचालित साइरनले जडान गरिएको स्थानबाट करिब दुई किलोमिटर क्षेत्र वरपरका सर्वसाधारणलाई सचेत गराउने प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले बताउनुभयो । उहाँका अनुसार जिल्लामा बाह्रदशी गाउँपालिका–१ को भागुडुब्बा, झापा गाउँपालिकाको सडकवारि र गौरीगञ्ज गाउँपालिकाको कुञ्जीवारिमा स्वचालित साइरन जडान गरिएको छ । उक्त साइरन स्कुलको छतमा जडान गरिएको छ । प्रवक्ता भट्टराईले बहुप्रकोपीय स्थानको अध्ययन अनुसन्धान गरेर रेडक्रस सोसाइटीको सहकार्यमा पूर्व सूचना प्रणाली देशभर जडान गरिएको बताउनुभयो ।…

Read More

झापा, २१ असार । आगामी तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तीनदिने मौसम बुलेटिन सार्वजनिक गर्दै महाशाखाले आइतबारसम्म देशका अधिकांश स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जनाएको हो । कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ । त्यसैगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा तथा थोरै स्थानमा अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च जोखिममा रहेको जिल्लामा गण्डकी प्रदेशअन्तर्गत म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासीपूर्व र मुस्ताङ रहेका छन् । लुम्बिनी प्रदेशमा कपिलवस्तु,…

Read More

बिर्तामोड, २१ असार । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सरकारले ल्याउने कार्यक्रमबाटै संविधान कार्यान्वयन हुने बताउनुभएको छ । झापाको अर्जुनधारामा बिहीबार शल्यक्रियासहित आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम तथा विस्तारित शल्यक्रिया सेवा सञ्चालन समुद्घाटन कार्यक्रममा सम्बोधन गर्नुहुँदै सभामुख घिमिरेले संविधानमा उल्लेख भएका व्यवस्था अनुसारको कार्यक्रम सरकारले ल्याउँदै जाने हो भने क्रमशः संविधान कार्यान्वयन हुने बताउनुभयो । “संविधानले नै मातृशिशु स्याहारको अधिकार सुनिश्चित गरेको छ”, उहाँले भन्नुभयो, “सरकारले ल्याउने यस्ता कार्यक्रमले संविधान कार्यान्वयनमा सहयोग मिलेको छ ।” स्वास्थ्य क्षेत्रमा धेरै प्रगति भएको र अझै प्रगति हुनुपर्ने उहाँको भनाइ छ । स्वास्थ्य सेवालाई व्यवस्थित गर्दै सरकारले नागरिक बाँच्ने वातावरण निर्माण गरिरहेको उहाँले बताउनुभयो…

Read More

झापा, २० असार । झापाको शिवसताक्षी नगरपालिकामा सामाजिक सुरक्षा लिने लाभग्राहीको नवीकरण र नयाँ दर्ताका लागि अति आवश्यक राष्ट्रिय परिचय पत्रका लागि बायोमेट्रिक लिन थालिएको छ । नगरका ११ वटै वडामा कार्यतालिका बनाएर फोटोसहितको आवश्यक विवरण लिने कार्य शुरु भएको छ । यस्तो छ कार्यतालिका

Read More

बिर्तामोड, २० असार । झापाको बिर्तामोडस्थित बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले सभामुख देवराज घिमिरेलाई खानेपानी आयोजना सञ्चालनका लागि अत्यावश्यक सामग्रीको माग गरेको छ । खानेपानीको कार्यालय निरीक्षणका क्रममा आज आउनुभएका उहाँलाई संस्थाका अध्यक्ष मेघराज बाँस्तोलाले पिउने पानी वितरणका लागि अत्यावश्यक सामग्री माग गर्दै फाइल हस्तान्तरण गर्नुभयो । संस्थाले अर्जुनधारा नगरपालिकाको केही भूभागसहित बिर्तामोडमा पिउने पानीको आपूर्ति गर्दै आएको छ । माग पत्र बुझ्दै सभामुख घिमिरेले आफ्नो तर्फबाट हुन सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा संस्थाका अध्यक्ष बाँस्तोला, उपाध्यक्ष शैलेन्द्र सिटौला, सचिव पारसमणि मैनाली, कोषाध्यक्ष शारदा रिजाल, सदस्य आनन्द गुरुङ, बालादेवी खरेल, कमला अग्रवाल, मायादेवी प्रधान लगायत…

Read More

झापा, २० असार । झापाको बिर्तामोड नगरपालिकाबाट लागुऔषधसहित प्रहरीले एक युवालाई पक्राउ गरेको छ । आज बेलुका बिर्तामोड नगरपालिका–४ पश्चिम स्टेन स्थितबाट इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको क्यूआटी टोलीले शंकास्पद अवस्थमा फेला पारी चेकजाच दमक–४ का २३ वर्षीय एलिन दर्नालको साथबाट लागुऔषध बरामद गरेको हो । कालो रंगको ट्रयाकको बायाँ गोजीमा सेतो रंगको प्लाष्टिकको एउटा पोका फेला पारी खोली हेर्दा प्रतिबन्धित लागु औषध ब्राउन सुगरजस्तो देखिने लिसाइलो पदार्थ रहेकाले प्लाष्टिक बाहेक २ ग्राम ४७० मिलिग्राम र नगद चार सय ५० रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

भद्रपुर, २० असार । भद्रपुर–९ स्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहले सञ्चालन गरेको ५ दिने उद्घोषण, भाषणकला तथा माइन्युट लेखन तालिम सम्पन्न गरेको छ । समूहमा आबद्ध सदस्य लक्षित गरेर सञ्चालन गरिएको ५ दिने तालिम समितिको कार्यालयमा सम्पन्न गरेको हो । अध्यक्ष दुर्गाप्रसाद भट्टराईको अध्यक्षता तथा डिभिजन वन कार्यालय प्रमुख मेघराज राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा तालिममा सहभागीलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो । पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले प्रशिक्षण प्रदान गरेको कार्यक्रममा १८ जनाले प्रशिक्षण लिएका थिए । स्वागत कोषाध्यक्ष अनुज खतिवडाले गरेको कार्यक्रमको सञ्चालन वनकी सदस्य मञ्जु खतिवडा अधिकारीले गरेकी थिइन् भने मन्तव्य प्रशिक्षक केशव भट्टराई, प्रशिक्षार्थी…

Read More

कनकाई, २० असार । गत फागुन १४, १५ र १६ गते झापाको सुरुङ्गामा भएको वृहत कनकाई कला संस्कृति तथा साहित्य महोत्सवको आयव्याय आयोजक संस्था रोटरी क्लव अफ सुरुङ्गाले सार्वजनिक गरेको छ । संस्थामा आयोजित पत्रकार सम्मेलनमा महोत्सवका संयोजक रहनुभएका रोटरीयन अखिलकुमार कोइरालाले कला महोत्सवमा भएको आयव्यायको जानकारी दिनुहुँदै कला सस्कृति महोत्सवमा कुल १२ लाख ५७ हजार २०० रुपैँयाको आयव्याय प्रस्तुत गर्नुभयो । जसमा रोटरी डिस्ट्रिकबाट नगद २ लाख, रोटरियनहरुबाट संकलित १ लाख ३० हजार, स्थानीय कनकाई नगरपालिका सहित संघ संस्था बैँक वित्तिय संस्थाबाट प्राप्त ६ लाख १७ हजार, व्यापार व्यावसायीहरुबाट संकलित १ लाख र व्याक्तिगत सहयोगबाट नगद १ लाख ५०…

Read More