झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

अर्जुनधारा, १९ असार । झापाको अर्जुनधारा नगरपालिकामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन हुने भएको छ । एक कार्यक्रमका बीच अर्जुनधारा नगरपालिका र करुणा फाउण्डेशन नेपालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आगामी साउन १ गतेबाट २०८४ असार ३२ गतेसम्म नगरपालिकाको पूर्ण स्वामित्वमा सञ्चालन हुने उक्त कार्यक्रमको लागि नगरपालिका र फाउण्डेशनबीच सम्झौता भएको हो । नगरपालिकाकोतर्फबाट नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ र साझेदार संस्थाकोतर्फबाट फाउण्डेशनका व्यवस्थापक सन्तोष घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । त्यसैगरी सम्झौता पत्रको रोहवरमा नगर उपप्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, महिला तथा बालबालिका शाखा प्रमुख सूर्यमाला पन्दाक, फाउण्डेशनका कार्यक्रम अधिकृत अंकित पाठक, पालिका…

Read More

झापा, १९ असार । नेकपा एकीकृत समाजवादीको १० औं राष्ट्रिय महाधिवेशन जारी रहेको छ । महाधिवेशनअन्तर्गत आज दलको राजनीतिक दस्ताबेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्ताबेजमा आएका सुझाव पेस गर्ने कार्यक्रम रहेको छ । उक्त दस्ताबेजबारे प्रतिनिधिहरूलाई १२ समूहमा विभाजन गरी छलफल गरिएको छ । छलफलबाट आएका सुझावलाई आज बिहान ११ बजे सुरु हुने बैठकमा टोली नेताले प्रस्तुत गर्नेछन् । समूहका टोली नेताको प्रस्तुति सकिएपछि दस्ताबेज परिमार्जनसहित अनुमोदन हुनेछ । त्यसपछि नेतृत्व चयन प्रक्रिया सुरु हुने एकीकृत समाजवादीले जनाएको छ । महाधिवेशनमा देशभरबाट एक हजार ८४९ प्रतिनिधि छनोट सहभागी छन् । ती प्रतिनिधिले २९९ केन्द्रीय सदस्य, २१ पदाधिकारी चयन गर्नेछन्…

Read More

झापा, १९ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा, बागमती र मधेस, प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । देशका धेरै स्थानहरूका चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति देशभर साधरणतया देखि पूर्णतया…

Read More

झापा, १८ असार । मेचीनगर वडा नं १२ की ५२ वर्षीया भीममाया राई दुई दिनअघि बेलुकी ९ः३० बजेतिर पसलबाट घर फर्किँदै गर्दा बाटोमा हात्तीको आक्रमणमा परेर घाइते भइन् । विर्तामोडको बी एण्ड सी अस्पतालमा उपचार सम्भव नभएपछि उनको सिलगुढीस्थित अस्पतालमा उपचार भइरहेको छ । “पसलबाट घर आउँदै गर्दा कालीझोडाबाट निस्किएको हात्तीले एक्कासि आक्रमण गर्‍यो”, घाइते भीममायाका पति डिल्ली राईले भने,“साँझ बिहानको बेला बाटोघाटोमा हिँड्दा हात्तीले मार्ला कि भन्ने डर भइसक्यो ।” जिल्लाको मेचीनगर, अर्जुनधारा, बुद्धशान्तिलगायत पालिकाका धेरैजसो वडामा वर्षायाममा बाढीसँगै हात्ती आक्रमणको त्रास बढेको छ । सर्प र चट्याङको डर त छँदैछ । दिनभरि खेतमा काम गर्ने किसान हात्तीको डरले…

Read More

झापा, १८ असार । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको मूल्य ४ रुपैयाँ बढाएको छ । आज बसेको साल्ट ट्रेडिङ सञ्चालक समितिको बैठकले नुनको मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले आज मध्यरातिदेखि नयाँ मूल्य लागू हुने बताउनुभयो । प्रतिकिलो २२ रुपैयाँ पर्ने आयो नुनलाई अब उपभोक्ताले २६ रुपैयाँ तिर्नुपर्नेछ । यसैगरी न्यु शक्ति नुनको उपभोक्ता मूल्य प्रतिकिलो २० रुपैयाँमा पुगेको छ । यसअघि न्यु शक्ति नुनको उपभोक्ता मूल्य १६ रुपैयाँ थियो । आयो नुन र न्यू शक्तिको थोक मूल्य भने क्रमशः २३ र १७ रुपैयाँ रहेको छ । अर्थात उपभोक्ता मूल्य भन्दा थोक मूल्य ३–३…

Read More

शिवसताक्षी, १८ असार । झापाको शिवसताक्षीमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । आज शिवसताक्षीको शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रमा भएको स्वास्थ्य शिविरमा १६६ जनाले सेवा लिएका छन् । जसमा २ जनालाई पाठेघरको क्यान्सर देखिएको ४ जना महिलाको पाठेघर खसेको र १ जनालाई मुटुमा समस्या देखिएको शिवसताक्षी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष मनोज खुलाल कार्कीले जानकारी दिए । शिविरमा मुटुका परीक्षण गराएका एक जनालाई तत्कालन विएण्डसी अस्पताल विर्तामोड लगिएको अध्यक्ष कार्कीले बताए । अन्यलाई ६ जनालाई पनि अस्पतालमा रेफर गरिएको छ । शिविरमा निशुल्क औषधि समेत वितरण गरिएको थियो । शिविरको शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले उद्घाटन गरेकी थिइन् ।…

Read More

झापा, १८ असार । झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राति लागुऔषध बिक्री बितरण भईरहेको भन्ने बिशेष सुचनाको आधारमा सुनसरीको प्रहरी चौकी प्रकाशपुरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका–९ की २३ बर्षीया कन्चना राई र १८ वर्षीय समन भुजेललाई ट्रमाडोल ३४० पिस सहित र अस्थायी प्रहरी पोष्ट तीनकुने धरानबाट खटिएको प्रहरी टोलीले धरान–१७ का २१ वर्षीय राजु साहलाई स्पास्मो ३५०० ट्याब्लेट, ओपोट्याब १७०० ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ । यसैगरी, पथरी शनिश्चरे–१ मोरङका १८ वर्षीय नवराज मगरलाई ट्रमाडोल ३३ चक्की र स्पासमिड १२ चक्कीसहित इलाका प्रहरी कार्यालय पथरीले र बिर्तामोड–७…

Read More

मोरङ, १८ असार । मोरङको उर्लाबारी नगरपालिका–६ स्थित उर्लाबारी–मधुमल्ला सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उर्लाबारी–६ की २७ वर्षीया सीता बोहोरा रहेकी छन । हिजो साँझ प्रदेश ०३–००१ क १०९० नम्बरको टिफरले प्रदेश १–०१–०१४ प ६८३३ नम्बरको स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालक सीता बोहोरा र उनकै ९ बर्षीय छोरा प्रशान्त बोहरा घाईते भएका थिए । दुबै घाइतेलाई उपचारको लागी स्थानिय मंगलबारे अस्पताल लगिएकोमा सीता बोहोराको अस्पतताल पुर्‍याउनसाथ मृत्यु भएको हो भने छोरा प्रसान्तलाई थप उपचारको लागी न्युरो अस्पताल बिराटनगर पठाइएको छ । ठक्कर दिने टिपर र टिपर चालक मोरङ मिक्लाजुङका लालबहादुर लिम्बुलाई इलाका…

Read More

झापा, १८ असार । टीकापुर जग्गा घोटालामा जोडेर नेपाली कांग्रेसकी नेतृ आरजु राणालाई पक्राउ गर्न बुढानीलकण्ठको देउवा निवासमा प्रहरीले गरेको धरपकडको प्रयासले नेपाली कांग्रेस र एमालेलाई सत्ता सहकार्यको बाटो खुलाएको पुष्टि भएको छ। प्रहरी महानिरीक्षक वसन्त कुँवर विदेश भ्रमणमा रहेका बेलामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको जनशक्ति परिचालन गरेर आरजुलाई देउवा निवासबाटै पक्राउ गर्न धरपकड गराएका थिए। प्रहरी, एमाले र नेपाली कांग्रेसका नेताहरूबाट उकेराले प्राप्त गरेको जानकारी अनुसार त्यही धरपकडको प्रयासले नै कांग्रेस र एमाले नेतृत्वलाई सत्ता सहकार्यको सहमतिमा पुर्याएको देखियो। सीआईबीको टोली बुढानीलकण्ठमा गएर देउवाचोकदेखि देउवा निवाससम्मको सडक सिल गरेर घेराबन्दी गरेको थियो। आरजु घरमै…

Read More

सामान्यतया दिशामा रगत गयो भने रगतमासी भयो भन्ने चलन छ । कसैले ‘पाइल्स’ भएर रगत गयो कि भन्ने गरेका छन् । कसैले मलद्धारमा घाउभयो कि भन्ने पनि गरेका छन् । तर त्यसलाई त्यति गम्भीरताका साथ लिएको पाइदैन जति लिनुपर्ने हो । दिशाबाट त्यसरी जाने आलो रगत रगतमासी, पायल्स वा मलद्धारमा घाउ भएर मात्रै नआएको पनि हुनसक्छ । त्यो रगत तपाईको आन्द्रामा घाउभएर आएको हुनसक्छ । आन्द्राको घाउ कोलोन क्यान्सर ९ठूलो आन्द्राको क्यान्सर ० पनि हुनसक्छ । पछिल्लो समयमा नेपालमा पनि कोलोन क्यान्सरका विरामीहरु निकै बढी देखिएका छन् । दिशामा देखिने रगतलाई सामान्यरुपमा लिदा अन्तिममा निको नहुने अवस्थामा उपचारका लागि अस्पताल…

Read More