
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २४ असार । हतियार देखाएर लुटपाट गरिरहेको समूहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मुगुले आइतबार साँझ पत्रकार सम्मेलन गरी लुटेर समूहमा संलग्न ३ जनालाई अत्याधुनिक हतियारसहित सार्वजनिक गरेको हो । प्रहरीले ६ जना पक्राउ गरेको थियो तर पक्राउ परेका ६ जना मध्ये ३ जनाको मात्र प्रत्यक्ष संलग्नता देखिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा जुम्ला जिल्ला गुठिचौर गाउँपालिकाका वडा न ३ का आक्रोश पर्शे भनिने गणेश भण्डारी, सोही ठेगानाका पूर्णप्रसाद भण्डारी र वडा न ४ का कमल थापा रहेका छन् । घटनामा संलग्न अन्य ५ जना अझै फरार रहेको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले…
बिर्तामोड २३ असार । झापाको बिर्तामोडमा पत्रकारहरुका लागि सञ्चालित पत्रकारितामा नयाँ प्रविधि र युट्युवसहित सामाजिक सञ्जालको मिडियामा प्रभाव विषयक तालिम तथा अन्तरक्रिया आज (आइतबार) सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपालको आयोजना र नारी सञ्चार गृह झापाको संयोजनमा सञ्चालित कार्यक्रमको दोस्रो दिन आज काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार आचारसंहिता पालनामा जोड दिंदै पेशामा आफूलाई अब्बल बनाउन सके पत्रकारितामा भविष्य पनि राम्रो रहेको बताए । पत्रकार जनताका स्थायी प्रतिनिधि रहेको उल्लेख गर्दै बस्नेतले पेशामा निखार ल्याउन सुझाए । विषय बस्तुमाथि सहजीकरण गर्दै बस्नेतले युट्युवले समाजको समेत मन खिचेको बताउँदै युट्युव सञ्चालकले अपनाउनुपर्ने सावधानी, फेक न्यूजले समाजमा पार्ने असर, युट्युव सञ्चालकले भ्युजका लोभमा…
झापा, २३ असार । झापाका स्वास्थ्य स्वयम्सेविकालाई नसर्ने रोगको शीघ्र पहिचान र रोकथाम सम्बन्धी अभिमुखीकरण प्रदान गरिएको छ । झापाका चार वटा पालिकाका १५० जना स्वास्थ्य स्वयम्सेविकालाई नसर्ने रोगको शीघ्र पहिचान र रोकथाम सम्बन्धी अभिमुखीकरण प्रदान गरिएको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले जानकारी दिनुभयो । कोशी प्रदेश सरकारको पाइलट कार्यक्रम अन्तरगत झापाको गौरीगञ्ज गाउँपालिका, कचनकवल गाउँपालिका, गौरादह नगरपालिका र कनकाई नगरपालिकाका स्वास्थ्य स्वयम्सेविकालाई अभिमुखीकरण प्रदान गरिएको हो । स्वास्थ्य स्वयम्सेविकाहरुको क्षमता अभिबृद्धि गर्दै नसर्ने रोगको रोकथाम गर्न प्रदेश सरकारको योजना अनुसार कार्यक्रम गरिएको उहाँले बताउनुभयो । अभिमुखीकरणका क्रममा स्वयम्सेविकाहरुलाई ब्लडप्रेसर र सुगर नाप्न सिकइएको हो । अभिमुखीकरणमा सहभागीमध्ये…
द्रोण अधिकारीभद्रपुर, २३ असार । थपिएको म्यादभित्र समेत ठेकेदारले भद्रपुर—बिर्तामोड सडकको निर्माण कार्य सम्पन्न गर्न नसकेपछि वर्षादका कारण उत्पन्न समस्यालाई लिएर चन्द्रगढीको लेखनाथ चौकमा हरेक दिन युवाहरूले प्रदर्शन गरिरहेका छन् । पछिल्लो पटक सडक निर्माणका लागि असारसम्म म्याद थप गरिएको भए पनि सडक निर्माणको ठेक्का पाएको काठमाडौँको कन्टेक प्रालिले तेस्रो पटक थपिएको समयसम्म आइपुग्दा ५० प्रतिशत पनि काम सम्पन्न नगर्दा झापा सदरमुकाम चन्द्रगढी क्षेत्रमा आवतजावतमा समस्या भएको भन्दै स्थानीय युवाहरूले एक हप्तायता निरन्तर विरोध प्रदर्शन गरिरहेका हुन् । यस सडकको निर्माण छिटो सम्पन्न गराउन दवाव दिँदै स्थानीयले आन्दोलन गरेको दशक बित्न लाग्यो तर कामको परिणाम उस्तै देखिँदै आएको छ ।…
भद्रपुर, २३ असार । सडक नबनेपछि झापाको चन्द्रगढीस्थित लेखनाथ चोकमा आज विरोध गरिँदै । विरोधकर्ताहरुले झापाबाट चुनिएका हेविवेटका नेताहरु केपी शर्मा ओली, विश्वप्रकाश शर्मा र राजेन्द्र लिङ्देको तस्वीरमा ‘लापता’ लेखेर विरोध जनाएका छन् । तस्वीर : द्रोण अधिकारी
निश्चल दाहालसमुन्द्र सतहबाट मात्र ७० मिटर उचाइमा मापन गरिएको नेपालको होचो स्थानको परिचय बोकेको कचनकवल गाउँपालिका शिक्षाको स्तरमा निरन्तर घट्दो छ । खेती किसानी प्रमुख आयको माध्यम रहेको यो पालिकाका किसान र मजदुर अभिभावक आफ्ना सन्ततिको शिक्षित भविष्यप्रति चिन्तित हुन थालेका छन् । भर्खरै सम्पन्न एसईईको नतिजा देशभरमा दुःखद रहेको अवस्थामा यो पालिका पनि अछुतो रहन सकेन । यहाँका करिब २६ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भए । पाँच सामुदायिक विद्यालयको शून्य नतिजा आयो । एसईई परीक्षामा कति विद्यालयमा त कुनै एक विषयमा एक पनि विद्यार्थी उत्तीर्ण नहुनाले कचनकवल गाउँपालिकाको शिक्षा नीति, पालिकाको शिक्षामा योगदान र जिम्मेवारीप्रति प्रश्न उठेको छ ।…
काठमाडौँ, २३ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रामक रोगको सूची तयार पारेको छ। सरकारले राजपत्रमा जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी पहिलो पटक ५२ वटा रोगलाई सङ्क्रामक रोगको सूची तयार पारेको हो। सङ्क्रामक रोगहरुको सूचीमा रेबिज, क्षयरोग, कोभिड–१९, दादुरा, डेङ्गु, जापानिज इन्फेफलाइटिस, हैजा, धनुष्टङ्कार, एचआईभी, हात्तिपाइले स्क्रब टाइफस, कालाजार, रुबेलालगायतका रोगहरु रहेका छन्। सङ्क्रामक रोग विशेषज्ञ डा अनुप बास्तोलाले पहिलो पटक सङ्क्रामक रोगबारे सूचिकृत गरिएको बताए। उनले ती रोगले हुन सक्ने समस्या, अन्तर्राष्ट्रिय स्वास्थ्य नियम र कानुन अनुसार सूचिकृत गरिएको जानकारी दिए। रासस
काठमाडौँ, २३ असार । नाबालिकलाई अपहरण गरेर बन्धक बनाई सामूहिक जबर्जस्ती करणी गरेको आरोपमा पोखरामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषा क्षिरेश्वरनाथ गाउँपालिका –१० गोपालपुर घर भई हाल पोखरा महानगरपालिका– ११ रानी पौवा बस्ने २१ वर्षका अरुण कुमार दास र भारतको बिहार प्रदेश सितामणी जिल्ला डुमरा थाना सुरसड पक्ष्मी वार्ड नं– १ सुरसड घर भइ हाल पोखरा बस्ने १९ वर्षका सुनिल दास भन्ने सुनिल कुमार रहेका छन्। असार १७ गते तनहुँको म्याग्दे गाउँपालिका –४ थर्पुबाट बालिकालाई ललाई फकाइ र डर त्रासमा पारी दुई जनाले मोटरसाइकलको बीचमा राखेर पोखरा पु¥याएको र बन्धक बनाएर जबर्जस्ती करणी गरेको प्रहरीको आरोप…
काठमाडौं , २३ असार । यही असार २४ गते मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएका छन्। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले सञ्चालन गर्ने खाता बन्द गरिने मलेनिकाका प्रवक्ता ओमप्रसाद रिजालले जानकारी दिए। ‘सोमबार रातिदेखि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली ९सूत्र०, एकल खाता कोष प्रणाली (टीएसए) र कम्प्युटरकृत सरकारी लेखा प्रणाली (सिगास) एक हप्ताका लागि बन्द हुनेछन्,’ रिजालले भने,‘कानुनमै उल्लेख भएको विषय भएकाले मलेनिकाले यसवर्ष प्रलेनिका र कोलेनिकालाई खाता बन्द गर्न…
काठमाडौँ , २३ असार । जल तथा मौसम विज्ञान विभागले २४ घण्टामा ३४ लाख एसएमएस सर्वसाधारणलाई सम्प्रेषण गरेको छ । विभागले नेपाल टेलिकम र एनसेलसँगको सहकार्यमा शनिबार मध्याह्न १२ देखि आज १२ बजेसम्म मुलुकको विभिन्न स्थानमा परेको वर्षासँगै बाढी तथा पहिरोसम्बन्धी जानकारी दिन ३४ लाख बढीलाई एसएमएस सम्प्रेषण गरेको हो । विभागका प्रवक्ता सुनिल पोखरेलले बाढीबाट हुन सक्ने धनजनको क्षति न्यूनीकरण गर्ने लक्ष्यले जनचेतनाका लागि एकै दिनमा ३४ लाखको हाराहारीमा सर्वसाधारणलाई एसएमएस पठाएको जानकारी दिए । “बाढीको जोखिम भएका क्षेत्र आसपासमा बस्ने सर्वसाधारणलाई सचेत गराउन हामीले एसएमएस पठाएका हौँ”, उनले भने, “सर्वसाधारणको मोबाइलमा एसएसएस पठाएपछि जोखिममा परेका सुरक्षित स्थान जान…