झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ६ माघ । लागुऔषध नियन्त्रण व्यूरो कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतको पानीट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेको एक युवकलाई लागुऔषधसहित नियन्त्रणमा लिएको छ । झापाको गौरदाह नगरपालिका–५ स्कुलचोकका २७ वर्षीय अमिर बास्कोटालाई मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलमा भाडाको सिटिसफारीमा यात्रा गर्ने क्रममा शंका लागि सोधपुछ तथा शरीर तलासी गर्दा लागुऔषध फेला परेको हो । तलासीका क्रममा खैरो हिरोइनजस्तो देखिने ३ ग्राम ७२० मिलिग्राम पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका बास्कोटालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको व्यूरोले जनाएको छ ।

Read More

झापा, ६ माघ । आगामी निर्वाचनका लागि झापाका पाँचवटै निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले आज उत्साहजनक रूपमा मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारी डिल्लीराम प्रसाईँका अनुसार पाँचवटा निर्वाचन क्षेत्रमा कूल ९० जना उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । निर्वाचनमा २१ वटा राजनीतिक दलका ७३ जना र १६ जना स्वतन्त्र उम्मेदवारहरू चुनावी मैदानमा होमिएका छन् । क्षेत्र नं १ बाट क्षेत्रमा दुई जना स्वतन्त्रसहित १५ जनाले मनोनयन दर्ता गराएका छन् । क्षेत्र नं २ मा तीन जना स्वतन्त्रसहित १८ जनाको उम्मेदवारी परेको छ । क्षेत्र नम्बर ३ मा दुई जना स्वतन्त्रसहित १७ जना, क्षेत्र नं…

Read More

झापा, ६ माघ । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ । आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत उम्मेदवारले नेता, कार्यकर्ता र जनताको उत्साहपूर्ण सहभागितामा आ–आफ्नो उम्मेदवारी दर्ता गराएको जानकारी दिनुभयो । उहाँका अनुसार यस पटकको निर्वाचनमा एमालेले अगाडि सारेको उम्मेदवारमध्ये ५४ दशमलव ५४ प्रतिशत नयाँ छन् । तीमध्ये मधेस र सुदूरपश्चिम प्रदेशमा ५०–५० प्रतिशत र कोशीमा ५३ दशमलव ५७ प्रतिशत उम्मेदवार नयाँ छन् । यस्तै, सबैभन्दा धेरै नयाँ उम्मेदवार कर्णाली प्रदेशमा ७५ प्रतिशत र कम…

Read More

झापा, ६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेको छ । रास्वपाका तर्फबाट मनाङका अनिल गुरुङको उम्मेदवारी अहिलेसम्म दर्ता भएको छैन । पार्टीका नेता एवं रास्वपाका तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र ८ मा उम्मेदवार विराजभक्त श्रेष्ठले मनाङबाहेक सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता भएको जानकारी दिनुभयो । रास्वपाका मनाङका उम्मेदवारको बाटोमा अलमलका कारण दर्ता छुटेको हुनसक्ने उहाँले बताउनुभयो । पार्टीका सहमहामन्त्री एवं दाङ २ बाट उम्मेदवारी दिनुभएका विपिनकुमार आचार्यले कूल उम्मेदवार दर्तामध्ये रास्वपाका तर्फबाट करिब आठ प्रतिशत उम्मेदवार महिला रहेको जानकारी दिनुभयो । झापा निर्वाचन क्षेत्र १ मा निशा डाँगी, झापा…

Read More

झापा, ६ माघ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फ १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । नेकपाबाट टिकट पाउनुभएका सबै उम्मेदवारले आज आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगी मनोनयन दर्ता गराउनुभएको पार्टीका नेता गोविन्द आचार्यले जानकारी दिनुभयो । बागलुङ–१ मा भने नेकपाले राष्ट्रिय जनमोर्चाका उम्मेदवार लाई समर्थन गरेको छ । एक सय ६५ निर्वाचन क्षेत्रमध्ये १४ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार हुनुहुन्छ । जसमा कञ्चनपुर–१ बाट बिना मगर, नवलपरासी ९पश्चिम०–१ बाट सिन्धु जलेसा, मनाङ–१ बाट यशोधा सुवेदी गुरुङ, चितवन–३ बाट रेनु दाहाल, काठमाडौँ–१० बाट रुपा महर्जन र काठमाडौँ–५ बाट कल्पना शर्मा हुनुहुन्छ ।…

Read More

इलाम, ६ माघ । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको लागि इलाममा २७ जनाले उम्मेदवारी मनोनयन गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधि सभा निर्वाचनको लागि इलाम क्षेत्र नं। १ मा १३ जनाले उम्मेदवारी मनोनयन गरेका छन् । मजदुर किसान पार्टीको तर्फबाट तुलसी केशरी, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट ज्वाला नेपाल र मंगोल नेसनल अर्गनाइजेसन पार्टीको तर्फबाट बुद्ध लाल मेचेले मनोनयन पत्र दर्ता गराएका छन् । यसैगरी उज्यालो नेपाल पार्टीको तर्फबाट हरि बहादुर गुरुङ, श्रम संस्कृति पार्टीको तर्फबाट विनोद नेम्बाङ्ग लिम्बु, ने।क।पा। एमाले पार्टीको तर्फबाट काजीमान कागते, नेपाली काँग्रेस पार्टीको तर्फबाट निष्कल राई, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट…

Read More

सन्तोष शर्माभद्रपुर, ६ पुस । भोलिदेखि शुरु हुने झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव–२०८२ को तयारी पूरा भएको छ । झापा उद्योग बाणिज्य संघको आयोजनामा भद्रपुर नगरपालिका–८ स्थित मेची रंगशालामा भोलि माघ ७ गतेदेखि २१ गतेसम्म आयोजना हुन लागेको महोत्सवको तयारी पूरा भएको हो । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा संघका कार्यवाहक अध्यक्ष एवम महोत्सव मूल आयोजक समितिका संयोजक राजकुमार राईले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । “यहाँको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि महोत्सव आयोजना गर्न लागिएको हो”, उहाँले भन्नुभयो, “झापाको उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, पशुपंक्षी र पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याउनुका साथै आन्तरिक बजार…

Read More

बिर्तामोड, ६ माघ । झापाको बिर्तामोड नगरपालिका–५ जात्रुबारीस्थित भित्री सडक खण्डमा आज दिउँसो भएको सवारी दुर्घटनामा एक वृद्धाको मृत्यु भएको छ । किराना पसलमा सामान लोड गरी पछाडि सार्ने क्रममा मे१ज १८०४ नम्बरको सामान बोक्ने पिकअप गाडीले पैदलयात्री बिर्तामोड–५ जात्रुबारीकी ८१ वर्षीया माया लिम्बूलाई ठक्कर दिएको थियो । गाडीको पछाडिको भागले ठक्कर दिँदा गम्भीर घाइते भएकी लिम्बूलाई उपचारका लागि बि एण्ड सी अस्पताल बिर्तामोडमा लगिएको थियो । उपचारकै क्रममा दिउँसो १ः३० बजे उनको मृत्यु भएको हो । पिकअप चालक बुद्धशान्ति–३ का ३१ वर्षीय हरिप्रसाद काफ्लेलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने पिकअप इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ । घटनाबारे थप…

Read More

झापा, ६ माघ । निवर्तमान सभामुख तथा नेकपा (एमाले) नेता देवराज घिमिरेले झापा निर्वाचन क्षेत्र नम्बर २ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, निवर्तमान उपसभामुख इन्दिरा रानामगरले रास्वपाबाट उम्मेदवारी गराउनुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनीहरुले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन पत्र दर्ता गराएका हुन् । घिमिरे २०७९ को निर्वाचनमा पनि यसै क्षेत्रबाट निर्वाचित भएका थिए । उनी पुनः सोही क्षेत्रबाट जनताको मत माग्न चुनावी मैदानमा उत्रिएका हुन् ।

Read More

बिर्तामोड, ६ माघ । यही माघ ३ गते दमक र माघ ४ गते बिर्तामोडमा झापाली समाज–अमेरिकाको अगुवाई झापा जिल्लाभरिका १५ वटा स्थानीय तहस्थित विभिन्न सामुदायिक विद्यालयका जेहन्दार र पढाइलाई निरन्तरता दिन कठिनाइ झेलिरहेका विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको छ । झापाली समाज–अमेरिकाको अगुवाई र अन्तर्राष्ट्रिय झापाली समाज, विभिन्न देशका राष्ट्रिय संघहरू, च्याप्टरहरू र विश्वमा छरिएका रहेका सम्पूर्ण झापालीमध्ये केहीको सहभागिता र प्रायोजनमा वर्षेनी झापा जिल्लामा छात्रवृत्ति वितरण हुँदै आएको छ । यो परियोजना अन्तर्गत यसपालि पनि छात्रवृत्ति वितरण कार्य सम्पन्न भएको झापाली समाज–युएसए.की महासचिव एवम् अन्तर्राष्ट्रिय झापाली समाजकी महिला उपाध्यक्ष सीता पाण्डेले जानकारी दिएकी हुन् । दमकको सनराइज मोडेल विद्यालय र…

Read More