झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १८ असार । संयुक्त राज्य अमेरिकाको आहायोमा सम्पन्न चक्र विज्ञानमा सहभागीले शान्ति र आनन्दसँगै जीवन परिवर्तनको महसुस गरेको बताएका छन् । एनआरएनए अमेरिकाका संयोजक मोहन न्यौपानेले सातदिनमा पूरै जीवन नै नयाँ भएको बताउनु भयो । उहाँले योग र ध्यानको ज्ञानसँगै प्रयोग र अभ्यासले आफुमा परिवर्तन भएको महसुस भएको बताउनुभयो । उहाँले आफूले बुझेकोभन्दा अध्यात्मको ज्ञान बृहत भएको अनुभूति भएको बताउनुभयो । डा. रुद्र भट्टले जीवनमा कही पनि नपाएको ज्ञान र साधनाको विधि पाएको बताउँदै यसले जीवनमा शान्ति मिलेको अनुभव सुनाउनु भयो । ध्रुवराज गिरीले कार्यक्रमले आफूमा आत्मबल, आध्यात्मिक शक्ति र जीवन प्रतिको उत्प्रेरणा जगाएको बताउनु भयो । उहाँले विभिन्न…

Read More

धनकुटा, १७ असार । संघीय सरकारले धनकुटामा आगामी आर्थिक बर्ष २०८१÷०८२ का लागि करिब ८ अर्ब बजेट विनियोजन गरेको छ । प्रेस चौतारी धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा खानेपानी मन्त्री राजेन्द्रकुमार राईले खानेपानीसहित विभिन्न मन्त्रालयबाट धनकुटाको विकासका लागि ७ अर्ब ९५ करोड ५ लाख बजेट विनियोजन भएको जानकारी दिएका हुन् । प्रेस चौतारी धनकुटाका अध्यक्ष रबिन कटेलको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा मन्त्री राईले सबै मन्त्रालयमार्फत आफ्नो गृह जिल्ला धनकुटामा आएको बजेटको विवरण प्रस्तुत गरेका थिए । नियमित आउँने बजेट भन्दा यस पटक निकै ठूलो बजेट जिल्लामा ल्याउँन पाउँदा धेरै खुशी लागेको भन्दै मन्त्री राईले अब जिल्लाको विकासले गति लिने विश्वास…

Read More

भद्रपुर, १७ असार । झर्रोवादका संस्थापक साहित्यकार, पत्रकार चुडामणि रेग्मीलाई मस्तिष्कघात भएको छ । भद्रपुर–१० चन्द्रगढी निवासी प्रसिद्ध साहित्यकार एवम् झापाका पहिलो पुस्ताका पत्रकार रेग्मीलाई शनिवार राति सुतेकै अवस्थामा मस्तिष्कघात भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । शनिवार राति क्रिकेट हेरेर सुत्नुभएका रेग्मीलाई विहानीपख मस्तिष्कघात भएपछि मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका लागि भर्ना गरिएको छोरा प्रदिपमणि रेग्मीले जानकारी दिए । उपचारको क्रममा उहालाई अझै दुई दिन डाक्टरहरुको निगरानीमा रख्नुपर्ने रेग्मीका नाति समेत रहेका डा.रविन रेग्मीलेको भनाई छ । साहित्यकार रेग्मी झर्रो नेपाली आन्दोलनका संस्थापक मध्येका एक सदस्य हुन् भने नेपाली भाषाको खोज अनुसन्धान गर्ने भाषाविद् समेत हुन् । रेग्मीले वि…

Read More

झापा, १७ असार । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित एक जना फरार प्रतिवादी पक्राउ गरेको छ । लागुऔषध मुद्धामा सुनसरी जिल्ला अदालतबाट गत माघ २६ गते पक्राउ अनुमति जारी भई फरार रहेका तेह्रथुम लालिगुराँस नगरपालिका–९ घर भई सुन्दरहरैचा नगरपालिका–४ मोरङमा डेरा लिई लुकिछिपी बस्दै आएका ४२ बर्षीय अमृतबहादुर भुजेललाई खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनको साथबाट ब्राउनसुगर ३२ ग्राम ७४ मिलिग्राम, नगद ६७ हजार ६०० रुयैयाँ र १ थान स्कुटरसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनको थप अनुसन्धान तथा कानुनि कारवाही भइरहेको छ ।

Read More

झापा, १७ असार । झापा र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो अपरान्ह झापाको भद्रपुर नगरपालिका–५ स्थित वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भद्रपुर–८ का ३६ वर्षीय सन्तोष राजवंशी र २६ बर्षीय अमर बरैयलाई ब्राउनसुगर ५ ग्राम १७ मिलिग्राम सहित पक्राउ गरेको हो । त्यसैगरी, इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सुनसरीको धरान–८ का ३६ बर्षीय सुनिल श्रेष्ठ र २३ बर्षीय दिपक विश्वकर्मालाई १ ग्राम ब्राउनसुगर सहित र नरसिंह गाउँपालिका–६ का २४ बर्षीय नाजम अन्सारी र बुढीगंगा मोरङका ३० बर्षीय अजय कुमार देवलाई नियन्त्रित औषधी स्पास्मो २५४…

Read More

काठमाण्डौ, १७ असार ।युरो कप फुटबलमा आज राति दुई वटा खेल हुँदैछन् । अन्तिम १६ का खेलअन्तर्गत आज राति फ्रान्स र बेल्जियम तथा पोर्चुगल र स्लोभेनिया खेल्नेछन् । नेपाली समयअनुसार राति पौने १० बजे फ्रान्स र बेल्जियमबीच खेल हुँदेछ । यस्तै राति पौने १ बजे पोर्चुगल र स्लोभेनियाबीच खेल हुनेछ । गएराति भएको खेलमा जर्जियालाई ४–१ गोलले हराउँदै स्पेन युरो कप कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अब स्पेनले क्वाटरफाइनलमा जर्मनीसँग खेल्नेछ । यस्तै गएराति नै भएको अर्को खेलमा इङ्ल्यान्डले स्लोभाकियालाई २–१ गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । इङ्ल्यान्डले अब क्वाटरफाइनलमा स्विट्जरल्यान्डसँग खेल्नेछ ।

Read More

विराटनगर, १७ असार । जीवन विकास लघुवित्त वित्तीय संस्थाले थ्रि जिरो क्लब प्रवद्र्धन गरे बापत अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । फिलिपिन्सको राजधानी मनिलामा आयोजित थ्री जिरो क्लब कन्भेन्सनमा विश्वभरका सहयोगी संस्थाहरु मध्ये नेपालको जीवन विकास लघुवित्त वित्तीय संस्थाले अन्तर्राष्ट्रिय क्लब सपोर्ट अवार्ड प्राप्त गरेको हो । यसअघि २०२२ र २०२३ को थ्री जिरो क्लब कन्भेन्सनमा पनि जीवन विकासले अन्तर्राष्ट्रिय क्लब सपोर्ट अवार्ड प्राप्त गरेको थियो । शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्बन उत्सर्जनको लक्ष्यसहित नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसले थ्री जिरो क्लबको (तीन शून्य क्लब) अवधारणा अघि सारेका थिए । बङ्गलादेशबाट सुरु भएको थ्री जिरो क्लब…

Read More

बिर्तामोड, १७ असार । लायन्स क्लब अफ बिर्तामोड सिटीको पद हस्तान्तरण तथा पदभार ग्रहण (ह्यान्ड ओभर एन्ड टेक ओभर) कार्यक्रम सम्पन्न भएको छ । एक कार्यक्रमका बीच आईतबार साँझ बिर्तामोडमा क्लबको पद हस्तान्तरण र ग्रहण कार्यक्रम भएको हो । कार्यक्रममा वर्ष २०२४–२५ का लागि चयन हुनुभएका अध्यक्षलाई अघिल्लो वर्षका अध्यक्षले विधिवत पद हस्तान्तरण गरेका हुन् । कार्यक्रममा लायन्स क्लब अफ बिर्तामोड सिटी वर्ष २०२३–२४ का अध्यक्ष दुर्गाबहादुर थपलियाले वर्ष २०२४–२५ का अध्यक्ष उपेन्द्र बानियाँलाई पद हस्तान्तरण गर्नुभएको थियो । २०२३–२४ का अध्यक्ष थपलियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव लक्षुमण खड्का (प्रेम)ले गर्नुभएको थियो । लायन्सको नियम अनुसार क्लबका अध्यक्षले समितिलाई…

Read More

झापा, १७ असार । सन् २०१० यता मदिराजन्य मृत्युदरमा केही कमी आएको भए पनि मदिरा सेवनबाट हुने मृत्युको कुल सङ्ख्या अस्वीकार्य रूपमा न्यून रहेको र २०१९ मा यो २६ लाख पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले हालै सार्वजनिक गरेको प्रतिवेदन उल्लेख गरेको छ । सन् २०१० मा विश्वको प्रतिव्यक्ति रक्सी खपत ५ दशमलव ७ लिटर थियो । सन् २०१९ मा यो घटेर साढे ५ प्रतिशतमा आएको छ । समीक्षा अवधिमा प्रतिव्यक्ति खपत सबैभन्दा धेरै युरोपमा ९ दशमलव २ लिटर र अमेरिकी क्षेत्रमा साढे ७ लिटर रहेको छ । रक्सी सेवनका कारण सबैभन्दा धेरै मृत्यु युरोपेली क्षेत्र र अफ्रिकी क्षेत्रमा पाइएको…

Read More

झापा, १७ असार । नेपाली चलचित्र ‘पुजार सार्की’ हङकङमा प्रदर्शन गरिएको छ । अभिनेता आर्यन सिग्देल, पल शाह, अभिनेत्री परीक्षा लिम्बु र लेखक विकास सुवेदी अहिले हङकङमा छन् । फिल्मको आइतबार आयोजित शो राम्रो भएको लेखक सुवेदीले बताए । हङकङको व्हाम्पोआ सिनेमा हलको दुई स्क्रिनमा ७ सय भन्दा धेरै दर्शकले फिल्म हेरेका थिए । कलाकारहरूसँग बसेर फिल्म हेर्न पाउँदा दर्शक दङ्ग देखिन्थे । हङकङको लागि वीरेन थापा ‘बिरे’ले फिल्म प्रदर्शन अधिकार लिएका छन् । नेपालमा छैटौँ हप्तामा चलिरहेको ‘पुजार सार्की’ गत जेठ १० गतेबाट प्रदर्शनमा आएको थियो । दिनेश राउत निर्देशित फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली,…

Read More