
झापा, १७ असार । सन् २०१० यता मदिराजन्य मृत्युदरमा केही कमी आएको भए पनि मदिरा सेवनबाट हुने मृत्युको कुल सङ्ख्या अस्वीकार्य रूपमा न्यून रहेको र २०१९ मा यो २६ लाख पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले हालै सार्वजनिक गरेको प्रतिवेदन उल्लेख गरेको छ ।
सन् २०१० मा विश्वको प्रतिव्यक्ति रक्सी खपत ५ दशमलव ७ लिटर थियो । सन् २०१९ मा यो घटेर साढे ५ प्रतिशतमा आएको छ । समीक्षा अवधिमा प्रतिव्यक्ति खपत सबैभन्दा धेरै युरोपमा ९ दशमलव २ लिटर र अमेरिकी क्षेत्रमा साढे ७ लिटर रहेको छ ।
रक्सी सेवनका कारण सबैभन्दा धेरै मृत्यु युरोपेली क्षेत्र र अफ्रिकी क्षेत्रमा पाइएको छ । प्रतिलिटर मदिरा सेवन गर्दा हुने मृत्युदर न्यून आय भएका देशहरूमा सबैभन्दा बढी र उच्च आय भएका देशहरूमा सबैभन्दा कम छ । सन् २०१९ मा रक्सीसँग सम्बन्धी सबै मृत्युहरू मध्ये करिब १६ लाख मृत्युको कारण नसर्ने रोग थियो । यसमा पनि मुटुसम्बन्धी रोगका कारण मर्नेको सङ्ख्या ४ लाख ७४ हजार थियो भने क्यान्सरका कारण ४ लाख १ हजार थियो ।
अर्को ७ लाख २४ हजार मृत्यु सडक दूघर्टना, पारस्परिक हिस्सा आदिमा चोटका कारण भएको थियो । अर्को २ लाख ८४ हजार मृत्यु रक्सी सेवनपछि असुरक्षित यौन सम्पर्कका कारण एचआईभी जस्ता सरुवा रोगका कारण भएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



