
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १२ जेठ । नेपालमा शुक्रबार देखिएको कोरोना भाइरसको नयाँ सब भेरियन्ट ‘केपी’ सङ्क्रामक भए पनि कडा खालको नभएको बताइएको छ । सरुवा रोग विशेषज्ञ डा सागरराज भण्डारीले अहिले देखिएको नयाँ भेरियन्ट मानिसमा चाँडो सरे पनि घातक नभएको बताउनुभयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस सङ्क्रमितमध्ये ४२ जना व्यक्तिको ‘जिन सिक्वेन्सिङ’ गर्दा ‘केपी.१’ ‘केपी.२’ ‘केपी.३’ र ‘केपी.४’ पुष्टि भएको थियो । “यो प्रजातिको भेरियन्टले मानिसलाई लामो समयसम्म रुघाखोकी लगाउने भए पनि त्यति घातक छैन,” उहाँले भन्नुभयो, “तर दीर्घरोगी भएका बिरामीले सतर्कता अपनाउनु पर्दछ ।” कोरोनाका भेरियन्ट परिवर्तन भइरहने र पछि इन्फ्लुएन्जाको रूप लिने सक्ने भएकाले नियमित कोरोना भाइरस विरुद्धको खोप…
फुङ्लिङ, १२ जेठ । ताप्लेजुङको टिप्ताला नाका आजदेखि खुला गरिएको छ । नेपाल–चीनको सीमानामा रहेको यो नाका कोरोना महामारीयता बन्द थियो । लामो प्रयासपछि आजदेखि नाका खुलेको फक्ताङलुङ गाउँपालिका–७ वडाध्यक्ष तथा चीनको तिब्बत डिङजी काउन्टी जानकार छेतेन लामाले बताए । लामाका अनुसार नाका खुला गरिएसँगै नेपालबाट ३० जना व्यापारी चीन प्रवेश गरेका छन् । उनीहरुले नेपालमा उत्पादित गलैँचा, दूधजन्य पदार्थ घ्यू, छुर्पीलगायका सामग्री लगेका छन् । उनीहरु करिब १० दिनसम्म तिब्बतमा रहनेछन् । गत वैशाख अन्तिम साता प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यको नेतृत्वमा सुरक्षा निकायलगायतको एक टोली टिप्ताला नाका पुगेको थियो । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार चीनतर्फबाट तिब्बतको डिङजी…
झापा, १२ जेठ । झापाको विभिन्न स्थानबाट प्रहरीले लाखौं मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । शुक्रबार मेचीनगर–१० स्थितमा इलाका प्रहरी कार्यालय धुलाबारी झापाबाट खटिएको प्रहरी टोलिले विभिन्न सवारी साधनलाई चेकजाँच गर्ने क्रममा भारतबाटअवैध रुपमा भन्सार छलि लुकाई छिपाई नेपालतर्फ ल्याउदैं गरेको करिब २ लाख ८ हजार रुपैयाँ बराबरको पुजाको कपडा र जेन्स पेन्टी नियन्त्रणमा लिएको छ । त्यसैगरी, इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–४ स्थित बाहुनडाँगी हुँदै नेपालबाट भारततर्फ अबैध रुपमा लुकाई छिपाई लाँदै गरेको करिब ८६ हजार रुपैयाँ बराबरको ४३ वटा बाख्रा नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट नै खटिएको प्रहरी टोलीले मेचीनगर–६…
झापा, १२ जेठ । चलचित्र ‘मेरो जुत्ता खोइ’ को छायांकन सुरु भएको छ । इलामको फिक्कलमा शुक्रबार पर्दा पछाडी रहेर चलचित्रको निर्माणमा योगदान पुर्याउने प्राविधिकहरुलाइ खदा लगाएर पृथकशैलीमा चलचित्रको शुभमुर्हत गरेसँगै चलचित्रको छायांकन शुरु भएको हो । चलचित्रमा रोहन सेन्चुरी, रचना सिवाकोटी, लनम लामा शेर्पा, सुरबिर पण्डित, रामचन्द्र अधिकार, पिटर खवास, कृष्ण सुबेदीको मुख्य अभिनय रहने छ । मुखिया प्रोडक्सन प्रालि र अनुग्रह फिलिम्स प्रालिको प्रस्तुतीमा कुमार केसीको निर्देशनमा कमेडि धारमा निर्माण हुन् लागेको चलचित्र ‘मेरो जुत्ता खोइ’ ले सामाजिक मुद्दालाई उठान गर्नेछ । चलचित्र निर्देशक कुमार केसिको लेखनमा निर्माण हुन लागेको चलचित्रले नेपाली समाजका विविध समस्या हरुलाइ उठाएको छ।…
झापा, १२ जेठ । नेकपा माओवादी केन्द्रले दमक क्षेत्रमा १ लाख लिची र कागतीको बिरुवा रोप्ने भएको छ । पूर्वेली संगठन सुदृढीकरण अभियानलाई तीव्रताका साथ अगाडि बढाएको नेकपा माओवादी केन्द्रले एक घर एक लिची र कागतीको बिरुवा रोप्न लागेको पार्टीका प्रदेश समिति सदस्य दुर्गा चौलागाई (श्रीकान्त) ले जानकारी दिए । जनआन्दोलन पछि पूर्वको संगठन निर्माणमा पार्टीले खेल्नु पर्ने भूमिका कम भएको महशुस गरेर अभियान सञ्चालन गरिएको कोशी प्रदेश सदस्य बिरेन्द्र बस्नेतले बताए । पाँच वर्ष भित्र दमकलाई आत्मनिर्भर बनाउने उद्धेश्यले लिची र कागतीको बिरुवा घर घरमा रोप्न लागिएको पार्टीका दमक नगर अध्यक्ष रवि बस्नेतले जानकारी दिए । जनतालाई उत्पादनसँग जोड्ने…
शिवसताक्षी, १२ जेठ । नेकपा एमाले शिवसताक्षीको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा मेदनी दंगाल निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा विष्णुप्रसाद प्रसाई, सचिवमा लक्ष्मी गुरागाँई, उप सचिवमा सागर राई निर्वाचन भएका निर्वाचन समितिका संयोजक बेनुप्रसाद कार्कीले जानकारी दिए । शुक्रबार शिवसताक्षीको दुधेमा भएको निर्वाचनबाट खुल्ला सदस्यमा गंगाराम नेपाल, गायत्री प्रसाद संग्रौला,तेजेन्द्र घिमिरे, दिलिप कुँवर,भोजराज ढकाल, मनकुमार श्रेष्ठ, मित्र प्रसाद थापा निर्वाचति भएका हुन् । त्यसैगरी आदिबासी जनजातिबाट निर्वाचित हुनेहरुमा जयश्वर आङ्देम्बे, धनप्रसाद लावती र रामप्रसाद सुहाङ र सुरज राई रहेका छन् । दलिततर्फ अर्जुनबहादुर विश्वकर्मा महिला सदस्य कल्पना विश्वकर्मा अल्पसंख्यक तर्फ कृष्ण माझी निर्वाचित भएका छन् । लेखा समिति अध्यक्षमा प्रकाश…
काठमाण्डौ, ११ जेठ । नेपाली राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा चेतन घिमिरे नियुक्त भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज घिमिरेलाई राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा नियुक्त गरेको हो । यस्तै एन्फाले राष्ट्रिय टोलीको गोलकिपर प्रशिक्षकमा मनिष तिमिल्सिनालाई नियुक्त गरेको छ । नियुक्त भएका दुवै जनाले आजै सम्झौता पत्र बुझेका छन् ।यसअघि नेपाली टोलीको सहायक प्रशिक्षकमा प्रवेश कटुवाल र गोलकिपर प्रशिक्षकमा विनोद डङ्गोल थिए । कटुवाल र डङ्गोलको सम्झौता सकिएपछि एन्फाले उनीहरूको ठाउँमा घिमिरे र तिमिल्सिनालाई नियुक्त गरेको हो । नेपाली राष्ट्रिय टोलीले फिफा विश्वकप छनोटको दोस्रो चरणको खेलमा आउँदो जुन ६ मा यूएईसँग खेल्दैछ ।
काठमाडौँ, ११ जेठ । डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण पनि बढ्न थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले पानी पर्न थालेपछि मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेङ्गुको जोखिम बढेको जानकारी दिए । उनका अनुसार ५७ जिल्लामा नौ सय चार जनामा सङ्क्रमणमा देखिएको छ । उनले पानी पनि पर्न सुरु भएकाले डेङ्गुको जोखिम बढ्ने भएकाले सचेतना अपनाउन आग्रह गरे । ‘पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण पनि बढ्छ’, उनले भने, ‘त्यसैले…
भद्रपुर, ११ जेठ । झापाको भद्रपुरमा बाल संरक्षण तथा बाल अधिकार सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया भएको छ । भद्रपुर नगरपालिका सामाजिक विकास शाखाको आयोजनामा आज नगरभरिका विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, जनप्रतिनिधि, बालमैत्री अभियानका अभियन्ता लगायत सरोकारावाला पक्षसँग अन्तरिक्रिया गरिएको हो । नगर उपप्रमुख राधा कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा बालमैत्री अभियान्ता एवम् सहजकर्ता सुमन ढकालले बालमैत्री अभियानका बारेमा प्रस्तुति दिनुभएको थियो । उहाँले बालबालिका गलत नभई हामीभन्दा अलग भएको बताउनुभयो । सरकारले मुलुकलाई २०८७ सम्ममा बालमैत्री बनाउने लक्ष्य लिएको बताउँदै बालमैत्री स्थानीय शासनका लागि ५१ वटा सूचक पूरा गर्नुपर्नेमा जोड दिनुभयो…
सन्तोष शर्माझापा, ११ जेठ । सहकारीको माध्यमबाट मुलुकको वित्तीय क्षेत्रमा योगदान पु¥याउने सवालमा झापाको बिर्तामोडका सहकारी क्षेत्र दोस्रो स्थानमा रहेको छ । बिर्तामोडमा मुख्य कार्यालय रही कारोबार गर्ने ८७ वटा सहकारीहरुको वार्षिक कारोबार रू ३३ अर्ब ५१ करोड भन्दा बढी रहेको छ । नेपाल ७७ वटा पालिकामा रहेका सहकारीमध्ये काठमाडौं महानगरपछि कारोबार, वित्तीय र राजश्वका आधारमा सबैभन्दा बढी योगदान बिर्तामोडमा रहेका सहकारीको रहेको जिल्ला सहकारी संघ झापाका सचिव भवानीप्रसाद दंगालले जानकारी दिनुभयो । जिल्ला सहकारी संघ झापाका सचिव भवानीप्रसाद दंगाल बिर्तामोडमा रहेका सहकारी संस्थाहरुले एक हजार छ सय ८७ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । “बिर्तामोड नगर क्षेत्रको कूल ग्राहस्थ्य…