झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

एजेन्सी, ८ वैशाख । एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका दुई ठूला एप हटाइदिएको छ । समाचार अनुसार एप्पलले आफ्नो एप स्टोरबाट मार्क जुकरबर्गको ह्वाट्सएप र थ्रेड्सलाइ हटाइदिएको हो । एप्पलले मेटाका यी दुवै लोकप्रिय एप्सलाई चीनभित्र सञ्चालन हुने एप स्टोरबाट हटाएको जानकारी दिएको छ । एप्पलले चिनियाँ सरकारको निर्देशनमा यस्तो गरेको बताएको छ । चिनियाँ सरकारले एप्पललाई आफ्नो एप स्टोरबाट यी दुई मेटा एप ह्वाट्सएप र थ्रेड हटाउन आदेश दिएको थियो । चीनको यो आदेशपछि पनि एप्पलले यस्तो कदम उठाएको हो । एप्पलले शुक्रबार नियाँ एप स्टोरबाट ह्वाट्सएप र थ्रेड हटाउने जानकारी दिए पछि नयाँ तरंग…

Read More

काठमाडौँ, ८ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा राजतन्त्र फर्काउन खोज्ने कुनै पनि प्रयास सफल हुने सम्भावना नरहेको बताएका छन् ।शनिबार ललितपुरको सनराईज हलमा आयोजित पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा बोल्दै अध्यक्ष ओलीले आजको लोकतान्त्रिक युगमा पनि जन्मजात श्रेष्ठताको सामन्ती मान्यतालाई बोक्ने र आफ्नै अयोग्यता, असफलता र कर्मका कारण जनताबाट विस्थापित राजतन्त्र पुनर्स्थापना नहुनेमा ढुक्क हुन पनि सबैलाई आग्रह गरेका हुन् । अध्यक्ष ओलीले लोकतान्त्रिक गणतन्त्रको विकल्पमा निरङ्कुश सामन्ती व्यवस्थाको पुनर्स्थापना हुनै नसक्ने जिकिर समेत गरे । ओलीले भने, ‘आजको लोकतान्त्रिक युगमा पनि जन्मजात श्रेष्ठताको सामन्ती मान्यतालाई बोक्ने र आफ्नै अयोग्यता, असफलता र कर्मका कारण जनताबाट…

Read More

झापा, ६ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । अध्यक्ष ओली बिहीबार झापाबाट एयरपोर्ट हुँदै प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका हुन् । मन्त्रिपरिषद् बैठक सकिएलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा ओली प्रचण्ड छलफलमा बसेका छन् । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्तिमा लफडा परिरहेका बेला प्रचण्ड र ओली छलफलमा जुटेका हुन् ।

Read More

धनकुटा, ६ बैशाख । धनकुटाको हिलेदेखि भीरगाउँ मधुगंगा जोड्ने सडक कालोपत्रे गर्ने काम सुरु भएको छ । हिलेमा एक कार्यक्रमकाबीच धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले शिलान्यास गरेपछि सडक कालोपत्रेको काम सुरु गरिएको हो । मेयर तामाङको पहिलो कार्यकालमा सो सडक निर्माण गरिएको थियो । अहिले उनको दोस्रो कार्यकालमा सडक कालोपत्रे गर्ने काम थालिएको हो । शिलान्यास कार्यक्रममा बोल्दै मेयर तामाङले नगरपालिकाको दुर्गम क्षेत्र भनेर चिनिने भीरगाउँलाई अब सुगम बनाउँन यो सडक कोसेढुंगा सावित हुने दाबी गरे । ‘१५ महिनाभित्र यो सडक कालोपत्रे भइसक्छ, आकर्षक बाटो बन्नेछ,’ मेयर तामाङले भने, ‘भीरगाउँबासीले अब नगरवासी भएको महसुस गर्नुहुनेछ ।’ ७.१ किलोमिटर लामो सो…

Read More

बिराटनगर, ६ बैशाख । मोरङको बिराटनगर महानगरपालिका-१५ स्थित एक नम्बर ढाटबाट प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।‌ हिजो दिउँसो सँवा १२ बजे भारतबाट नेपालतर्फ पैदल आउदै गरेका मोरङको लेटाङ नगरपालिका-९ का रोशन दर्जी र ३१ वर्षीय सुदन परियारलाई लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरीको टोलीले नियन्त्रणमा लिएर चेकँजाच गर्दा निजहरुको साथबाट ७ ग्राम १ मिलिग्राम लागुऔषध ब्राउनसुगर फेला परेको थियो । पक्राउ परेका दुबैजना उपर इलाका प्रहरी कार्यालय रानीबाट कानूनी प्रकृया भइरहेको छ ।

Read More

झापा, ५ बैशाख । इलाम, ओखलढुंगा र उदयपुरको छुट्टाछुट्टै स्थानमा सवारी साधन अनियन्त्रित भई दुर्घटना हुँदा ३ जनाको मृत्यु छ । हिजो दिउँसो इलामको माङसेबुङ गाउँपालिका–४ स्थित रबी–दमक सडक खण्डमा को ३७ प ९२८१ नम्वरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब २५ फिट तल खसि दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालक भोजपुर खावाका ५७ वर्षीय महेशकुमार राई गम्भरि घाइते भई उपचारको लागि आम्दा अस्पताल दमक लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । सोही दिन बेलुका ५ बजे ओखलढुंगाको चम्पादेवी गाउँपालिका–७ स्थितमा लु ३ त ९९७४ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल झरी दुर्घटना हुँदा ट्रयाक्टरमा सवार रहेका…

Read More

झापा, ५ बैशाख । झापा र सुनसरीको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार साँझ झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपाल आउँदै गरेका ताप्लेजुङ फक्ताङलुङ–५ का २५ वर्षीय बिशाल लिम्बुको साथबाट २ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो । यसैगरी, सुनसरीको कोशी गाउँपालिका–१ स्थितमा इलाका प्रहरी कार्यालय लौकही र लागु औषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा को ३५प ५५३४ नम्वरको मोटरसाइकल चालक कोशी गाउँपालिका–१ का २३ वर्षीय सुभाष कुमार यादवलाई २८ ग्राम…

Read More

बिर्तामोड, २ वैशाख । झापाको बिर्तामोडमा एकजना महिला मृत अवस्थामा फेला परेकी छिन् । मेचिनगर नगरपालिका वडा नम्बर १ घर भइ बिर्तामोड नगरपालिका बिर्तामोड बजार एरियामा दिन भरि कबाडिका सामान बटुली बिर्तामोड नगरपालिका वडा नम्बर १ अदुवा पुल स्थित रहेको राष्ट्रिय बाणिज्य बैकको पुरानो भवनमा बस्दै आएको देवराज राजवंशिको श्रीमती बर्ष अन्दाजी ३५ की सुनिता मडि मृत अबस्थामा फेला परेकी हुन् । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय अनारमनीबाट इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी नायब उपरिक्षक प्रकाश विष्टको कमाण्डमा खटिएको प्रहरी टोलीले शव पोस्टमार्टमका लागि पठाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Read More

बिर्तामोड, २ वैशाख । झापाको कमल गाउँपालिकामा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। शनिबार राति कमल गाउँपालिका वडा न.३ सानो केर्खा स्थित राजमार्गमा दमकबाट विर्तामोड तर्फ जादै गरेको बा ६४ प १४०० नं. को मोटरसाईकल आफैं अनियन्त्रित भई कल्भर्टमा ठोक्किएर दुर्घटना हुँदा अर्जुनधारा नगरपालिका-४ दुर्घटनाबाट गम्भीर घाइते उनलाई उपचारको लागी BNC अस्पताल विर्तामोड पठाइएकोमा मिति २ गते ००:३० वजे अस्पताल पुर्‍याउना साथ चिकित्सकले मृत घोषणा गरेको थियो । माेटरसाइकल पछाडी सवार साेही स्थानका १५ वर्षीय विपल नेपालको सोही अस्पतालमा उपचार भइ रहेको र सो सम्बन्धमा थप अनुसन्धन कार्य जरी रहेको जिल्ला प्रहारी कार्यालय झापाले जनाएको छ।

Read More

झापा, २ बैशाख । नयाँ वर्ष सुरु भएसँगै पूर्वका आदिवासी कोच समुदायको मुख्य चाड सिरुवा मनाइ रहेका छन् । तीन दिनसम्म मनाइने सिरुवा पर्वमा पहिलो पिदन जल (पानी) सिरुवा मनाएका थिए भने आज काद (हिलो) सिरुवा मनाउँदैछन् । पूर्वी तराईमा बस्दैआएका राजवंशी, ताजपुरिया, थारु, गनगाई, माझीलगायतका आदिवासी कोच समुदायले तीन दिनसम्म धुमधामका साथ सिरुवा पर्व मनाउँदैआएका छन् । भोलि ३ गते रङ सिरुवा खेलेर एकआपसमा भातृत्व र बन्धुत्वको सम्बन्धलाई बढाउन शुभकामना आदानप्रदान गर्दै सामूहिकरुपमा हर्षोल्लासका साथ पर्व मनाउने गरिएको गौरीगञ्जका पुराना पत्रकार आत्माराम राजवंशी बताउँछन् । उनका अनुसार चैत मसान्तमा विभिन्न प्रकारका सातवटा सागसब्जी मिसाएर पकाएको पक्वान वैशाख १ गते…

Read More