झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाण्डौ, ११ असार । ऐतिहासिक जीतसहित अफगानिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । विश्वकप क्रिकेटको सुपर आठअन्तर्गतको अन्तिम खेलमा बङ्गलादेशलाई डकवर्थ लुइस नियमका आधारमा ८ रनले हराउँदै अफगानिस्तान पहिलो पटक सेमिफाइनलमा पुगेको हो । जीतका लागि १९ ओभरमा १ सय १४ रनको लक्ष्य पछ्याएको बङ्गलादेश १७ ओभर ५ बलमा १ सय ५ रन बनाउँदा अल आउट भयो । बङ्गलादेशका लिटन दासले नट आउट ५४ रन बनाए । अफगानिस्तानका कप्तान राशिद खान र नवीन उल–हकले समान ४ विकेट लिए । यस्तै फजल फरूकी र गुलबदिन नइबले समान १ विकेट लिए । आजको खेलमा अफगानिस्तानका कप्तान राशिदले टी–२० अन्तर्राष्ट्रिय…

Read More

झापा, ११ असार । आज विहान चट्याङका कारण दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका–२ का ४६ वर्षे राजन खड्का र गौरीगञ्ज गाउँपालिका–८ का ४२ वर्षे विकास गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिए। उनका अनुसार विहान घरबाट खेततर्फ जाने क्रममा चट्याङ लागेर घाइते भएका खड्काको दमकस्थित आम्दा अस्पताल पुर्याइए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । साथै गौरीगञ्ज गाउँपालिका३ मा सीताराम दाहालको खेतमा काम गर्दै गर्दा विकास गरीलाई चट्याङ लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रवक्ता चन्दको भनाइ छ ।

Read More

झापा, ११ असार । झापाको कमल गाउँपालिकामा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । कमल गाउँपालिका–२ समाइगढका ४६ वर्षीय राजन खड्काको आज बिहान ७ बजे चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । घरबाट खेततर्फ जाने क्रममा अचानक परेको चट्याङ लागेर खड्का गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि आम्दा अस्पताल दमक लगिएकोमा अस्पताल पु¥याउना साथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

Read More

झापा, ११ असार । हाल देशभर मनसुनी वायुको प्रभाव परेको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही…

Read More

झापा, ११ असार । वैदेशिक रोजगार विभागले चालु आर्थिक वर्षको हालसम्म ६१ वटा नयाँ मेनपावर कम्पनी दर्ता गरेको छ । चालु आर्थिक वर्षको जेठ महिनासम्ममा विभागले ६१ वटा नयाँ मेनपावर कम्पनी दर्ता गराएको हो । विभागले ११ महिनाको प्रगति विवरण सार्वजनिक गर्दै वैशाखसम्म ५८ वटा र जेठमा ३ वटा नयाँ मेनपावर कम्पनी दर्ता गराएको हो । यो अवधिमा ४३ वटा मेनपावर कम्पनीको खारेजी तथा धरौटी फिर्ता गरिएको विभागले जनाएको छ । वार्षिक तीन हजार जनासम्म कामदार पठाउने कम्पनीलाई ५० लाख नगद धरौटी र डेढ करोड रुपैयाँको बैङ्क ग्यारेन्टी राख्नुपर्ने कानुनी व्यवस्था छ । त्यस्तै पाँच हजार जनासम्म कामदार पठाउने कम्पनीलाई…

Read More

भद्रपुर, ११ असार । झापाका सरकारी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुको क्षमता अभिबृद्धि गर्न थालिएको छ । जिल्लाका स्वास्थ्य केन्द्रहरुमा रहेर सेवा प्रवाह गरिरहेका स्वास्थ्यकर्मीहरुको क्षमता अभिबृद्धिका लागि विभिन्न तालिम प्रदान गर्न थालिएको स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख रमेश बाराकोटीले जानकारी दिनुभयो । सरकारी स्वास्थ्य संस्थामा बहिरंग सेवा प्रवाह गर्ने स्वास्थ्यकर्मीको क्षमता अभिबृद्धि गर्न विभिन्न तालिम प्रदान गर्न थालिएको उहाँले बताउनुभयो । यसैबीच, सरकारी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुका लागि सोमबारदेखि पाँच दिने ‘मानसिक उपचार तथा व्यवस्थापन’ तालिम शुरु भएको छ । मानसिक रोगको समस्या बढिरहेकाले सोको उपचार एवम् व्यवस्थापनका लागि तालिम दिन थालिएको हो । स्वास्थ्य कार्यालय झापाको आयोजनामा शुरु भएको तालिममा प्राडा…

Read More

झापा, १० असार । झापाको गौरीगञ्ज गाउँपालिकाबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई युवालाई पक्राउ गरेको छ । आज दिउँसो गौरीगञ्ज गाउँपालिका–१ कुञ्जिवारीस्थित हुलाकी राजमार्गमा प्रहरी चौकी कुञ्जिबारीबाट खटिएको प्रहरी टोलीलेल कमल गाउँपालिका–१ का ३० वर्षीय उद्धव भट्टराई र दमक नगरपालिका–५ का २६ वर्षीय इन्द्रप्रसाद तिम्सिनालाई शंका लागी चेकजाँच गर्दा उद्धव भट्टराईले लगाएको जुत्ताभित्र लुकाई छिपाई राखेको प्रतिबन्धित लागुऔषध ब्राउनसुगर ६ ग्राम ७३० मिलिग्राम फेला परेकोले उनीहरु दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

चन्द्र बस्नेतकनकाई, १० असार । झापाको कनकाई नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि ६९ करोड ७७ लाख ८४ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । नगर सभाको १६ औं अधिवेशनमा नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटीले उक्त बजेट पेश गर्नुभएको हो । नगरपालिकाले आफ्नो आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरको कृषि, पशुपालन, स्वास्थ्य र शिक्षातर्फ मुख्य जोड दिएको छ । कनकाई नगरपालिकाकी उपप्रमुख शिवाकोटीले यस आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै कृषि तथा पशुपालनतर्फ उक्त योजना सार्वजनिक गर्नुभएको हो । उहाँले कृषितर्फ यसको अलवा उन्नत जातको बिउमा आत्मनिर्भर बन्ने गहुँखेती र तरकारी खेती प्रवर्द्धन, फलफूलको…

Read More

शिवसताक्षी, १० असार । शिवसताक्षी नगरपालिकाले आर्थिक वर्ष २०८१ /०८२ का लागि ९६ करोड, २६ लाख ८५ हजार ७३५ हजारको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले १४ औं नगरसभाबाट उपप्रमुख नरमाया कार्कीले आन्तरिक स्रोत, प्रदेश सरकार, संघीय सरकारबाट अनुदान गरी उक्त बजेट प्रस्तुत गरेकी हुन् । उक्त बजेटमा तोकिएका समूहका व्यक्तिहरुको ३५ करोड रुपैयाँ सामाजिक सुरक्षा भत्ता बापतको रकम भने समावेश नगरिएको उपप्रमुख कार्कीले जानकारी दिइन । जसमा आन्तरिक आम्दानी ५ करोड ८७ लाख, लागत सहभागिता ४ करोड, बाँडफाड प्राप्त, २ करोड, २७ लाख, संघीय सरकारबाट ७८ करोड ०६ लाख ११ हजार बजेट सार्वजनिक गरेको छ। त्यस्तै प्रदेश सरकारबाट समानिकरण…

Read More

अर्जुनधारा, १० असार । झापाको अर्जुनधारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ८५ करोड ५९ लाख १० हजार विनियोजन गरेको छ । नगर सभाको १५ औं अधिवेशनमा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले उक्त बजेट पेश गर्नुभएको हो । नगरपालिकाले समपुरक कोषका लागि २ करोड ५० लाख, साझेदारी कार्यक्रमका लागि १ करोड ८० लाख र वडा समितिले छनौट गरेका वडास्तरीय कार्यक्रमहरु सञ्चालनका लागि ९ करोड ९० लाख विनियोजन गरेको छ । त्यस्तै, समपूरक कोष, साझेदारी कोष, प्रस्तावनामा आधारित कार्यक्रम, विपद् व्यवस्थापन कोष, संघसंस्था प्रवद्र्धन कार्यक्रम तथा जहाँ अभर त्यहाँ नगर कार्यक्रम सञ्चालनका लागि २ करोड १५ लाख विनियोजन गरिएको छ ।…

Read More