झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ९ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापामा निजी क्षेत्रसँग अन्तरसंवाद गर्ने भएका छन्। पूर्वप्रधानमन्त्री ओली आफ्नो निर्वाचन क्षेत्र झापा ५ को दमकमा दिउँसो ३ बजे हुने अन्तरक्रियामा सहभागी हुने भएका हुन्। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) को आयोजनामा हुने उक्त कार्यक्रममा दुईवटा प्यानल डिस्कसन समेत राखिएको छ। हिसानका अध्यक्ष युवराज शर्माका अनुसार ‘नेपालको निजी क्षेत्रसँग पूर्व प्रधानमन्त्री केपी शर्मा ओली’ विषयक अन्तरसंवाद कार्यक्रम आयोजना गरिएको हो। अन्तरसंवादमा निजी क्षेत्रका मुख्य ६ वटा क्षेत्रलाई समेटेर प्यानल डिस्कसन गरिने शर्माले जानकारी दिए। निजी क्षेत्र,नीतिगत सुधार तथा युवा केन्द्रित आर्थिक रुपान्तरणका विषयमा शिक्षा, उर्जा, उद्योग व्यावसाय,…

Read More

झापा, ९ फागुन । पशुपतिनाथ मन्दिर परिसरमा एक युवकको हत्या गरेको अभियोगमा एक भारतीयसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। फागुन ६ गते राति पशुपति–१५ शिवालय मन्दिरको उत्तरतर्फबाट दोस्रो मन्दिरभित्र सङ्खुवासभा घर भएका २५ वर्षीय सन्तोष गिरी मृतावस्थामा भेटिएका थिए । उनको हत्या अभियोगमा दोलखा वैँतेश्वर गाउँपालिका–२ घर भई हाल भक्तपुर थिमी बस्ने २३ वर्षीय आशीर्वादनाथ योगी भन्ने सरोज तामाङ तथा भारत उत्तर प्रदेश मथुरा घर भई हाल काठमाडौँ पशुपति बस्ने ४८ वर्षीय नीरज नाथलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । घटनाको थप अनुसन्धानका क्रममा मृतक सन्तोष गिरीलाई नीरजनाथसमेतको बाबा समूहसँग…

Read More

झापा, ९ फागुन । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८८ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १४४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा थियो। गएको माघ १९ गते अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदरदर हालसम्मकै महँगो हो। त्यसैगरी आज युरो…

Read More

धनगढी, ९ फागुन । धनगढी–डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलाली अत्तरियास्थित वनदेवी सडकखण्डमा शुक्रबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किएर घाइते भएका तीन जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय मालाखेती (अत्तरिया)ले मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा घाइते भएका तीन जनालाई उपचारका लागि धनगढीतर्फ लैजाँदै गर्दा मृत्यु भएको जनाएको छ । प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले मृत्यु हुनेमा सुप प्र०१–०१०३१८७ नम्बरको मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–२ का २२ वर्षीय हरिश ओली रहेको बताए । सोही मोटरसाइकलको पछाडि बस्ने गोदावरी नगरपालिका–६ लालपुरका २३ वर्षीय जीवन पाठक गम्भीर घाइते भएका र उनको उपचार जारी रहेको छ । यस्तै, सुप प्र०१–००९प७७८१ नम्बरको मोटरसाइकलका चालक गोदावरी नगरपालिका–१…

Read More

झापा, ९ फागुन । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी प्रदेशलगायत बाँकी हिमाली भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। आज राति तराई भूभागका थोरै…

Read More

दिपक चन्दझापा, ८ फागुन । परदेश जाने निर्णय रहरले हुँदैन, बाध्यताले हुन्छ । ऋण, गरिबी र सन्तानको भविष्यले जब एकैचोटि थिच्छ, तब आफ्नै माटो छोड्नुबाहेक अरू विकल्प बाँकी रहँदैन । मेचीनगर नगरपालिका–८ की सीता थापामगर पनि यही बाध्यताको यात्रामा परदेशिनुभयो । कुवतेदेखि लेबनान र साउदी अरबसम्म फैलिएको उहाँको जीवन यात्रा वैदेशिक रोजगारीको अवसरभन्दा बढी सङ्घर्ष, पीडा र रोगसँगको लडाइँको दस्ताबेज बनेर स्वदेश फर्किएको छ । सीताको विवाह १६ वर्षकै उमेरमा २०४७ सालमा भयो । किशोरावस्थामै गृहस्थीको जिम्मेवारी सम्हाल्न थाल्नुभएकी सीताले छोटो समयमै मातृत्वको अनुभव पनि गर्नुभयो । एक छोरा र एक छोरीको जन्मसँगै जीवनले नयाँ अर्थ लिँदै थियो । तर…

Read More

धरान, ५ फागुन ।धरान उपमहानगरपालिका–२० बरडाँडाबाट ९५५ किलोग्राम (केजी) गाँजासहित दुई जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भिषणबाबु राईको कमाण्डमा खटिएको प्रहरी टोलीले गए राति धनकुटाबाट धरानको विष्णुपादुकातर्फ आउँदै गरेका दुईवटा पिकअप गाडीमा जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काका अनुसार बारा कोल्बी नगरपालिका–८ बस्ने सन्दीपकुमार माझीले चलाएको बागमती प्रदेश–०१–०२७च ११४३ नंको पिकअप गाडीबाट ४९५ केजी र चन्द्रागिरी नगरपालिका–८ बस्ने ३३ वर्षीय नगेन्द्रराज श्रेष्ठले चलाएको बीएसी ३२३६ नंको गाडीबाट ४६० केजी बरामद गरिएको हो । पक्राउ परेका दुवै जनालाई सवारीसाधनसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले…

Read More

झापा, ५ फागुन । कक्षा १२ को परीक्षा आउँदो बैशाख १४ गतेदेखि शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो । बैशाख १४ गते सोमबारदेखि शुरु हुने परीक्षा २७ गते आइतबारसम्म चल्नेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।

Read More

झापा, ५ फागुन । आज सुनको भाउ घटेको छ । सुन आज तोलामा ९ सय रुपैयाँले घटेर तोलाको ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख २ हजार ८ सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ भने बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेर तोलाको ४ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ८ सय ६० रुपैयाँ थियो ।

Read More

झापा, ५ फागुन । झापाको कचनकवल गाउँपालिकामा पानी जमेको खाल्डोमा डुबेर एक १४ महिनाका नाबालकको मृत्यु भएको छ । सोमबार साँझ करिब ६ बजे कचनकवल–२ हर्दासभिट्टा बस्ने खेलराज राजवंशीका छोरा १४ महिनाका प्रियांस राजवंशीको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार वडा नं– ३ दल्कीस्थित आफ्नै मामाघरमा खेल्ने क्रममा कलको पानी जम्ने खाल्डोमा डुबेर अचेत अवस्थामा नाबालकलाई परिवारका सदस्यले देखेका थिए । तत्कालै उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल ल्याइएकोमा अस्पातलका चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Read More