झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, ५ असार । राष्ट्रिय चिकित्सा शिक्षा आयोगले झापास्थित दुर्गा प्रसाईँको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको छ । आयोगको मंगलबार बालुवाटारमा बसेको बैठकले प्रसाईँको मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको हो । आयोगका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । यसअघि सर्वोच्च अदालतले १५ दिनभित्रमा सम्बन्धन दिन सरकारको नाममा परमादेश जारी गरेको थियो । सोही आधारमा काठमाडौँ विश्वविद्यालयले सम्बन्धनका लागि आयोगलाई लेखी पठाउने निर्णय गरेको थियो । सोही आधारमा मंगलबार बसेको आयोगको बैठकले सम्बन्धन दिने निर्णय गरेको हो । बैठकमा अध्यक्ष प्रचण्डसहित सहअध्यक्षद्वय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ र स्वास्थ्य तथा…

Read More

झापा, ५ असार । हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी र मधेस प्रदेशमा पूर्णतया बदली रहेको र बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। कोशी, बाग्मती र कर्णाली प्रदेशका थोरै तथा गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी…

Read More

झापा, ५ असार। मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको ११ महिनामा १२ अर्ब ९३ करोड १७ लाख ३७ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले चालु आब सकिन एक महिना बाँकी हुँदा लक्ष्यको ७७ दशमलव ५७ प्रतिशत राजस्व सङ्कलन गरेको हो । मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी गणपति कँडेलका अनुसार चालु आवको ११ महिनामा गत आवको सोही अवधिको तुलनामा आयात तीन दशमलव ६१ प्रतिशतले घट्दा निर्यात भने १० दशमलव ७६ प्रतिशतले वृद्धि भएको छ । उनका अनुसार काँकडभिट्टा भन्सारबाट ४० अर्ब ७९ करोड ६१ लाख ७२ हजारको मालवस्तु आयात हुँदा २२ अर्ब २१ करोड ९० लाख १०…

Read More

कनकाई, ४ असार । झापाको कनकाईमा आज दुई सय ५० जना बालबालिकाको आँखा परीक्षण गरिएको छ । रोटरी क्लब अफ सुरूङ्गाको आयोजना र मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा यहाँस्थित हाम्रो पाठशालामा दुई सय ५० जना बालबालिकाको आँखा परीक्षण गरिएको हो । रोटरी क्लब अफ सुरूङ्गाका अध्यक्ष शिव कडेलको अध्यक्षतामा भएको कार्यक्रमको दोस्रो उपाध्यक्ष सरला दाहाल पोखरेलले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा प्रथम उपाध्यक्ष अखिलकुमार कोइरालाले स्वागत मन्तव्य राख्नुभएको थियो । अध्यक्ष कडेलले बालबालिकाले आँखामा भएको समस्याका बारेमा बताउन नसक्ने र उनीहरूको समस्या गम्भीर बन्दै जाने गरेको बालबालिका आँखा जाँच निरन्तर गर्नुपर्नेमा जोड दिनुभयो । डाक्टर अमित कुमार सिंह अमित कुमार…

Read More

झापा, ४ असार । झापाको बिर्तामोड नगरपालिकामा आज गाडी (छोटा हात्ती) को ठक्करबाट एक महिलाको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका–५ मुक्ति चोकस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिम स्टेनबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ च ६६१३ नम्बरको छोटा हात्ती गाडीले बाटो काट्दै गरेकी पैदलयात्री मोरङ रतुवामाइ नगरपालिका–८ की ७० वर्षीया टंकमाया सुवेदीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताउनुभयो । उक्त गाडीको ठक्करबाट सुबेदीको टाउकोमा चोट लागेको थियो । गम्भीर घाइते उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको थियो । ठक्कर दिने गाडी चालक बिर्तामोड–१ का ४५ वर्षीय बीर्खबहादुर थेवेलाई…

Read More

१. ब्यक्तिगत सम्बन्ध : तपाईँको जीवनमा साथ दिने सहयोग गर्ने मानिसहरुसंग राम्रो र स्वस्थ ब्यक्तिगत सम्बन्ध राख्नुस् । मानसिक स्वास्थ्यमा ब्यक्तिगत सम्बन्धको धेरै ठूलो भूमिका हुन्छ । २. मनोरञ्जनलाई समय दिनुस् : आफ्नो दैनिक कार्यमा तपाइले भित्रबाटै गर्न मन पराउने क्रियाकलाप नाचगान खेल आदिको लागि समय निकाल्नु अत्यन्त जरुरी हुन्छ । ३. समूहमा सहभागी : आफ्नो जस्तै रुची भएका ब्यक्तिहरुको समूहमा सहभागी हुने र रुचिका बिषयमा कुराकानी र भावना बिचार आदानप्रदान गर्न तपाइलाई मानसिक रुपमा स्वस्थ रहन मद्दत गर्छ । ४. सामूदायिक क्रियाकलाप : सामुदायिक क्रियाकलापमा सहभागी हुने गर्नाले आफूले समूदायलाई केही दिन सकेको खुसी मिल्छ । समुदायको बिकास निर्माण…

Read More

झापा, ४ असार। अविरल वर्षापछि आएको बाढीले झापाका विभिन्न स्थानमा क्षति पुर्‍याएको छ । खासगरी दक्षिणी झापामा बाढीले धेरै असर गरेको छ । बाढीले कतै सडक अवरुद्ध गरेको छ भने कतै पहिरोले घर बगाएको छ । दक्षिणी झापाका धेरै स्थान डुबानमा पर्दा सयौँ नागरिक विस्थापित भएको जिल्लास्थित सुरक्षा अधिकारीहरूले बताएका छन् । मंगलबार बिहान आएको बाढीले झापाको कचनकवल गाउँपालिका–५ खुट्टागञ्जमा डुबान भएको छ । कच्ची घरमा पाँच फिटसम्म डुबान भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सो स्थानको श्रीमलादेवी राजवंशी, कार्तिक राजवंशी, संजय राजवंशी, कुञ्जी राजवंशीको घर डुबान भएपछि उनीहरू विस्थापित भएका छन् । उनीहरू सोही स्थानका प्रभा राजवंशीको…

Read More

एजेन्सी, ४ असार । आईसीसी टी–२० विश्वकप क्रिकेटमा वेस्ट इन्डिज अफगानिस्तानलाई हराउँदै समूह ‘सी’ को विजेता बनेको छ । आज बिहान भएको खेलमा वेस्ट इन्डिजले अफगानिस्तानलाई १ सय ४ रनले हराएको हो । वेस्ट इन्डिजले दिएको २ सय १९ रनको विशाल लक्ष्य पछ्याएको अफगानिस्तान १६ ओभर २ बल खेल्दा १ सय १४ रनमा समेटियो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय १८ रन बनायो । योसँगै विश्वकपमा समूहगत चरणको खेल सकिएको छ । टी–२० विश्वकपमा अफगानिस्तान र वेस्ट इन्डिज सुपर आठ अर्थात दोस्रो चरणमा पुगिसकेका टोली हुन् । उनीहरुसँगै बङ्ग्लादेश,…

Read More

झापा, ४ असार । झापाको मेचीनगरमा आज बिहान चट्याङ लागेर एक जना महिला घाइते भएकी छन् । मेचीनगर नगरपालिका–१५ कालिकाझारकी २१ वर्षीया रजिता हस्दा चट्याङ लागेर घाइते भएकी हुन् । हावाहुरिसहित आएको चट्याङ लागि घाइते भएकी उनलाई उपचारका लागि प्रदेशिक हस्पिटल भद्रपुर लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । रजिताको अवस्था मध्यम रहेको जनाइएको छ ।

Read More

बनियानी, ४ असार । केही दिनदेखि परेको वर्षाको कारण झापाको कचनकवल गाउँपालिका केही स्थानका घरमा पानी पसेको छ । कचनकवल–४ मा रहेको अंगुलफुटा खोलाको पानी स्थानीय मजागिर मियाँ, हबिब मियाँ, मञ्जर आलम, मास्टर आलम, बेलाल आलम, अन्सारुल मियाँ, अब्बास मियाँ लगायतको घरमा पानी पसेको छ । वर्षाले बनियानी बजारको हुक्कहुक्की चोक लगायतका स्थान समेत डुबानमा परेको छ । देउनिया खोलाको बाँध समेत क्षतिग्रस्त भएकाले उक्त खोलाको पानी समेत बस्तीमा पस्ने जोखिम रहेको स्थानीयबासीले जनाएका छन् । तस्वीरहरु : नविन उप्रेती

Read More