
कनकाई, ४ असार । झापाको कनकाईमा आज दुई सय ५० जना बालबालिकाको आँखा परीक्षण गरिएको छ ।
रोटरी क्लब अफ सुरूङ्गाको आयोजना र मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा यहाँस्थित हाम्रो पाठशालामा दुई सय ५० जना बालबालिकाको आँखा परीक्षण गरिएको हो । रोटरी क्लब अफ सुरूङ्गाका अध्यक्ष शिव कडेलको अध्यक्षतामा भएको कार्यक्रमको दोस्रो उपाध्यक्ष सरला दाहाल पोखरेलले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा प्रथम उपाध्यक्ष अखिलकुमार कोइरालाले स्वागत मन्तव्य राख्नुभएको थियो ।

अध्यक्ष कडेलले बालबालिकाले आँखामा भएको समस्याका बारेमा बताउन नसक्ने र उनीहरूको समस्या गम्भीर बन्दै जाने गरेको बालबालिका आँखा जाँच निरन्तर गर्नुपर्नेमा जोड दिनुभयो ।

डाक्टर अमित कुमार सिंह अमित कुमार सिंहको नेतृत्वमा ८ जना स्वास्थ्यकर्मीको टोलीले बालबालिकाहरुको आँखा जाँच गरेको थियो । आँखा परीक्षणका पछि चार जना बालबालिकालाई चस्मा प्रदान गरिएको थियो भने नौ जना बालबालिकालाई थप परीक्षणका लागि मेची आँखा अस्पतालमा रिफर गरियो । अन्य केही बालबालिकालाई आँखाका समस्या निदानका लागि औषधि वितरण गरिएको थियो ।

कार्यक्रममा पूर्व अध्यक्ष कुमारमणि पोखरेल, आगामी वर्षका अध्यक्ष रोटरियन लुवराज उप्रेती, प्रेसिडेन्ट नोमिनी डिल्लीराम मैनाली, रोटरियन बमबहादुर कुवर, रोटरियन पुष्पा भट्टराई कडेल, रोटरियन रेनुका मैनाली, रोटरियन धर्मकला पौडेल कोइराला, रोटरियन कमल कट्टेल लगायतको आतिथ्य रहेको थियो ।
विद्यालयकी संस्थापक धर्मकला पौडेल कोइरालाले आफ्नो विद्यालका बालबालिकाको निःशुल्क आँखा जाँच कार्यक्रमको आयोजना गर्नुभएकोमा रोटरी क्लब अफ सुरूङ्गा तथा प्राविधिक सहयोग गरेकोमा मेची आँखा अस्पताललाई धन्यवाद दिनुभयो ।

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



