झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

मुगु, २० जेठ । मुगुमा यार्सागुम्बा सङ्कलन गर्न गएका चार जनाको मृत्यु भएको छ । गत दुई दिनयता लेक लागेर उनीहरूको मृत्यु भएको हो । लेक लागेर सिकिस्त भएका एक जनाको उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा शनिबार मृत्यु भएको र अन्य एकजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार शनिबार मुगु स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि जिल्ला सदमुकाम गमगढीतर्फ ल्याउँदा छायानाथ रारा नगरपालिका–१० तल्लेख गाउँका दुईजना सिकिस्त बिरामी जीवन बुढा र देवराज बुढामध्ये २० वर्षीय देवराज बुढाको बाटोमा मृत्यु भएको हो । शनिबार पाटन ठूलो कोइकिमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ…

Read More

फुङ्लिङ, २० जेठ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेको छ । दक्ष प्राविधिक जनशक्ति उत्पादनमा सघाउने उद्देश्यले गाउँपालिकाले छात्रावृत्तिको व्यवस्था गरेको हो । गाउँपालिकाले विगत तीन वर्ष देखि विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको पाथीभरा याङवरक गाउँपालिकाका शिक्षा शाखाप्रमुख लाप्साङ तामाङले बताए । गाउँपालिकाले चालु आर्थिक वर्षमा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । गाउँपालिका भित्र विज्ञान विषय पठनपाठन हुदैन । विज्ञान विषय पढ्न गाउँपालिका बाहिर जानुपर्ने अवस्था छ । विद्यार्थीले प्राप्त गरेको अङ्कको आधारमा एक शैक्षिक सत्रमा रु २० हजारदेखि रु ६० हजारसम्म…

Read More

झापा, २० जेठ । यस वर्षको मनसुन भारतको उत्तरपूर्वी भूभाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किम आइपुगेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । विभागले शनिबार सार्वजनिक गरेको बुलेटिन अनुसार नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने छ । पूर्वी भू–भागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ मानिएको छ । यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको तथा सोहीअनुसार नियमित रूपमा अद्यावधिक गरिने विभागले जनाएको छ ।

Read More

झापा, १९ जेठ । कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री गणेशप्रसाद उप्रेतीले दमकमा थालिएको एक लाख विरुवा रोपाईलाई अझ विस्तार गर्न जोड दिनु भएको छ । आज दमक वडा नं. ४ को विभिन्न भागमा वृक्षारोपणमा सहभागी भई उहाँले महेन्द्र राजमार्गमा काटिएका रुखको स्थानमा पनि राम्रा प्रजातिको विरुवा रोपिने सम्झौता अनुसार रुख कटान भएको बताउनु भएको छ । त्यस्तै, माओवादी केन्द्र दमक नगर कमिटिको आयोजनामा थालिएको १ लाख फलफूलको विरुवा रोप्ने कामलाई समेत सबैले साथ दिनुपर्ने उहाँले बताउनु भएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गको स्तारोन्नती गरी चार लेन बनाउँदा काँकडभिट्टादेखि लौकहीसम्म पूर्वी खण्डमा मात्र ४ हजार ७ सय वटा रुख कटान भएको…

Read More

शिवसताक्षी, १९ जेठ । नेपाल राष्ट्रिय शिक्षक संगठन शिवसताक्षीको अध्यक्षमा पुनः रमेश दाहाल चयन भएका छन् । शिवसताक्षीको दूधेमा भएको दोस्रो अधिवेशनबाट दाहाल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । त्यस्तै उपाध्यक्षमा खगेन्द्रबहादुर दाहाल, महिला उपाध्यक्षमा ताराकुमारी लावती चयन भएका छन् । सचिवमा अर्जुन भट्टराई, कोषाध्यक्षमा कमल भट्टराई, सह सचिवमा विमला बराल निरौला र सह कोषाध्यक्षमा लोककुमारी डाँगी सर्व सम्मत चयन भएको निर्वाचन मण्डलले जनाएको छ । त्यस्तै, आजै भएको अधिवेशनबाट सदस्यहरुमा होमनाथ न्यौपाने, कमलप्रसाद ढकाल, किरणचन्द्र कार्की, अनिल आचार्य, भाष्कर अधिकारी, मोहन तिम्सिना, कमलप्रसाद भट्टराई, गुरुप्रसाद पौडेल, रुपसुन्दर सेर्मा, अनिलकुमार मिश्र, नारायण भट्टराई, विद्यादेवी न्यौपाने रहेका छन् । त्यसैगरी महिला…

Read More

शिवसताक्षी, १९ जेठ । शिवसताक्षी नगरपालिका स्तरीय नन रेटिङ चेस प्रतियोगिताको उपाधि शिवसताक्षी ११ का उत्तम चङवाङले हात पारेका छन् । शिवसताक्षीको दूधेमा दुई दिवशीय चेस प्रतियोगितामा ५ अंक सहित उनले उपाधि हात पारेका हुन् । त्यस्तै शिवसताक्षी ८ का विशेष थापा द्वितीय र शिवसताक्षी ११ का भिम थाम्सुहाङ तृतीय भएका छन् । उनीहरुले क्रमशः ६ हजार, ४ हजार र ३ हजार नगद सहित प्रमाण पत्र प्राप्त गरेको आयोजक शिवसताक्षी चेस क्लबले जनाएको छ । विजयी खेलाडीहरुलाई शिवसताक्षी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष डिल्ली फेम्बुले पुरस्कार वितरण गरेका थिए । त्यसैगरी प्रतियोगितामा महिला प्रथम विम्बा राई, अन्डर सिक्टिन प्रथम…

Read More

भद्रपुर, १९ जेठ । झापाको भद्रपुरमा किरात धर्मावलम्बीहरुको महान चाड उभौली पर्व (लाक्छाम) आज धुमधामका साथ मनाइएको छ । किरात राई यायोक्खा भद्रपुर ५–१० संयुक्त प्रारम्भिक समितिको आयोजनामा भद्रपुर–९ स्थित भूमेथानमा विविध कार्यक्रमका साथ उभौली पर्व मनाइएको हो । प्रारम्भिक समितिका अध्यक्ष रंगवीर राईको अध्यक्षतामा भएको कार्यक्रममा किरात राई यायोक्खा झापा अध्यक्ष गणेश राईको प्रमुख आतिथ्य रहेको थियो । https://www.youtube.com/watch?v=5Izcpl4nq4k&t=5s प्रारम्भिक समिति उपाध्यक्ष बुद्धिमान राईले अतिथिलाई स्वागत गर्नुहुँदै उभौली र उधौली किरात धर्मावलम्बीहरुको दुई ठूलो चाड भएको बताउनुभयो । सोही कार्यक्रमका बीच धार्मिकस्थल परिसरमा निर्माण भएका भौतिक संरचनाहरुको उद्घाटन समेत गरिएको छ । भूमेथान परिसरमा नवनिर्मित माङ्हिम (मन्दिर), मूलद्वार, ट्रष्टसहितको…

Read More

झापा, १९ जेठ । झापाको अर्जुनधारा–५ स्थित फुलबारीका राजु गिरी र मिनादेवी गिरीले आफ्नो वैवाहिक वर्षगाठको अवसरमा अपाङ्ग तथा असहायलाई सहयोग गरेका छन् । गिरी दम्पतीले वैवाहिक वर्षगाठको अवसरमा अर्जुनधारा–४ का ३५ वर्षीय अपाङ्ग लक्ष्मण बस्नेतलाई ह्वील चियर प्रदान गरेका छन् । गिरी दम्पत्तीले आज दहिझोडा सामुदायिक उपभोक्ता समुहका उपाध्यक्ष अर्जुन बस्नेत र कार्यालय सचिव युवराज खड्कामार्फत बस्नेतलाई ह्वील चियर प्रदान गरेका हुन् । सहारा नेपालका लेखा अधिकृतसमेत रहेका गिरीले जन्मोत्सव तथा बैवाहिक बर्षगाठमा गरिने फजुल खर्च कटाएर अभावमा बाँचिरहेकाहरुलाई सहयोग गर्नुपर्नेमा जोड दिए । यसअघि गत चैत १० गते परेको आफ्नो जन्मोत्सवमा राजु गिरीले अर्जुनधारा–५ का ६५ वर्षीय अपाङ्गता…

Read More

चन्द्र बस्नेतकनकाई, १९ जेठ । बालबालिकाको समस्या निवारणमा सधैं लागिपर्ने कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभएको छ । शनिबार आज कनकाई नगर बाल संजालको आयोजनामा नगरको सभाहलमा भएको एक दिवसीय कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले सो कुरा बताउनुभएको हो । उहाँले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवद्र्धन, सम्मान, प्रवद्र्धन र परिपूर्ति गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभएको थियो । संविधान, बालबालिका सम्बन्धी कानुन र नीतिमा भएका कानुनी, नीतिगत र संस्थागत व्यवस्था कार्यान्वयन गर्न कनकाई नगर अग्रसर रहेको पनि बताउनुभयो । विशेष संरक्षणको आवश्यक भएका बालबालिकाको संरक्षण र संवद्र्धन गर्न सम्बन्धित पालिकाबाटै वैकल्पिक हेरचाह र परिवारिक सहयोग गर्नु…

Read More

एजेन्सी, १९ जेठ । अधिकांश महिलाको शरीरका विभिन्न भागमा सेता धर्सा देखिन्छ । पेट, हिप, पिँडौला, स्तनआसपासको छालामा सेता धर्सा बाक्लै हुन्छन् । छालामा आउने यस्ता सेता धर्साका कारण युवतीहरू बढी चिन्तित बन्ने गरेको पाइन्छ । शरीरका केही भाग खाली देखिने गरी साडी, ब्लाउजलगायत खुला कपडा लगाऊँदा सेता धर्साहरू दुनियााका नजरमा पर्न पुग्छन् । सेता धर्साकै कारण युवतीहरू सौन्दर्यमा आँच आएको महसुस गर्छन् । आखिर के हुन् यी सेता धर्सा ? किन आऊँछ ? छालारोग चिकित्सकहरू यसो भन्छन् ः के हुन् सेता धर्सा ?शरीरका विभिन्न भागमा छालामा देखिने सेता धर्सालाई ‘स्ट्रेच माक्र्स’को नामले चिनिन्छ । यसलाई मेडिकल भाषामा ‘स्ट्रिया’ भनिन्छ…

Read More