झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १८ जेठ । झापाको दमकमा करेन्ट लागेर विहीवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका–२ निवासी ६२ वर्षीय खगेन्द्र राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । आफ्नै दुई तले घरको माथिल्लो तलामा टिनको ट्रस लगाउने क्रममा बिजुलीको पोलको तारमा टिनले छुँदा राईलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि दमक अस्पताल पु¥याइएकोमा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । नेपाल विद्युत प्राधिकरणको लापरवाहीले राईको मृत्यु भएको भन्दै आफन्तहरुले प्राधिकरणको दमक वितरण केन्द्रमा दबाब दिएका थिए । उनीहरुले मृतक परिवारले राहत पाउनुपर्ने माग…

Read More

झापा, १८ जेठ । नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, मधेस र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा मधेस र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा…

Read More

इलाम, १८ जेठ । एन्फा इलाम जिल्ला लीगको सेमिफाइनल समिकरण पुरा भएको छ । बिहीबार लीग चरणको खेल सम्पन्न भएसंगै सेमिफाइनल भिड्ने टिम पक्का भएका हुन् । शुक्रबार हुने सेमिफाइनल खेलमा रेडहर्स फुटबल क्ल्बले मिलिनय फ्रेन्डर्स क्लब (एमएफसी) पान्दाम तथा त्रिवेणी युथ क्लबले फ्रेन्डसिप युथ क्लब गोदकसंग खेल्नेछ । रेडहर्स टुडिखेलमा सम्पन्न समुह ए को बिजेताको रुपमा र एमएफसी करफोक मैदानमा भएको खेलको समुह बीको बिजेताको सेमिफाइनल पुगेको हो । त्रिवेणी देउमाई नगरपालिकामा भएको समुह बी को बिजेताको रुपमा र फ्रेन्डसिप करफोकमा भएको समुह ए को बिजेताको रुपमा सेमिफाइनल पुगेका हुन् । इलामको ठुलो टुडिखेलमा सञ्चालित समुह ए को खेलमा…

Read More

शिवसताक्षी, १७ जेठ । झापा शिवसताक्षी नगरपालिका वडा नं. १ का सचिव नन्दिकिशोर भट्टराई कार्यलय परिषरमा कुटिएका छन् । हिजो वडा नं. १ को कार्यलयमा जन्म दर्ता सच्याउन आएका दुई सेवा ग्राहीले सचिव भट्टराईलाई कुटपिट गरेका हुन् । कुटपिट गरेको आरोपमा वडा नं. १ निवासी सोमनाथ बजगाई र उनका दाजु घनश्याम बजगाईँलाई इलाका प्रहरी कार्यालय झिलझिलेले पक्राउ गरेको छ । कार्यलयमा अराजक गतिविधी गर्दै सचिव माथि कुटपिट गरेको भन्दै शिवसताक्षी नगरपालिकाका कर्मचारीहरुले दोषिलाई कार्वाहीको माग गर्दै विज्ञप्ती जारी गरेका छन् । १२ वर्ष अघि गाविसमा दर्ता गरेको जन्म दर्ता सच्याउनका लागि दुई दाजु भाई सचिवका कार्यकक्षमा प्रवेश गरेका थिए ।…

Read More

कनकाई, १७ जेठ । झापाको कनकाई नगरपालिकाले अपाङ्गता भएकाहरुलाई आत्मनिर्भर बनाउन थालेको छ । नगरले अपाङ्गता भएका नागरिकहरुलाई विभिन्न सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउन थालेको हो । नगरले क्षमता विकासदेखि सीपमूलक तालिम दिइरहेको छ । सोही सन्दर्भमा नगरपालिकाको आर्थिक सहयोगमा अपाङ्गता भएकाहरुलाई आत्मनिर्भर बनाउन पाँच दिने कुचो बनाउने तालिम दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठको अध्यक्षता तथा नगर उपप्रमुख आशा शर्मा शिवाकोटीको प्रमुख आतिथ्यमा आज तालिम समापन भएको छ । कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उपप्रमुख शिवाकोटीले नगरले अपाङ्गता एवम् फरक क्षमता भएका र लक्षित वर्गलाई विशेष प्राथमिकता दिएको बताउनुभयो । उहाँले सिकेको सीपलाई भरपुर उपयोग गरेर…

Read More

झापा, १७ जेठ । झापाको बिर्तामोड नगरपालिका–४ कि ६७ वर्षीया विष्णुकुमारी बिष्टको हत्यामा संलग्न पाँच जना पक्राउ परेका छन् । गत बैशाख २६ गते राति बिष्टको हत्या भएको थियो । हत्यामा संलग्न बिर्तामोड नगरपालिका– ४ का २२ वर्षीय गंगाप्रसाद राजवंशी, सोही ठाउँका २३ वर्षीय महेश राजवंशी, २० वर्षीया वर्षा राजवंशी, ३३ वर्षीय ज्याक भनिने भगीरथ माझी र अर्जुनधारा नगरपालिका–६ का ४३ वर्षीय धनबहादुर कामीलाई प्रहरीले पक्राउ गरेको हो । करिब तीन सातापछि उनीहरुलाई पक्राउ गरेर आज जिल्ला प्रहरी कार्यालय झापामा पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरिएको हो । हत्या लगत्तै प्रहरीले धरानबाट तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धानलाई अगाडि बढाएको…

Read More

अर्जुनधारा, १७ जेठ । झापाको अर्जुनधारा नगरपालिकाले यहाँका युवालाई दक्ष बनाएर रोजगारीका लागि जापान पठाउने प्रयास गरिरहेको छ। जापानको टोनोसिटी सहरसँग भगिनी सम्बन्ध स्थापित गरेको अर्जुनधारा नगरपालिकाले यहाँका युवालाई दक्ष बनाएर रोजगारीका लागि त्यहाँ पठाउने प्रयास गरिरहेको हो। उक्त कार्यका लागि युवालाई तालिम दिने उचित स्थानको खोजी कार्य भइरहेको छ । स्थान तय भएपछि त्यहाँ प्रशिक्षण केन्द्र स्थापना गरिने छ । https://www.youtube.com/watch?v=rtApRN7FRRo जापानको जाइकाको प्रधान कार्यालय र इम्पेरिङ एसियासँग समेत सम्बन्ध बनाएको अर्जुनधाराले ती संस्थासँगको सहकार्यमा यहाँका युवालाई दक्ष बनाएर जापान पठाउने तयारी थालेको हो । जापान पठाउने सहजीकरण गरिरहेको सहयोगी संस्था इम्पेरिङ एसियाका नेपालस्थित कार्यालयका म्यानेजिङ डाइरेक्टर आशीर्वाद त्रिपाठी…

Read More

काठमाण्डौ, १७ जेठ । विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी कायम गर्ने उद्देश्य कालापत्थरमा रेस्लिङको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल भएको छ । मे २९ अर्थात ‘एभरेष्ट डे’ का अवसरमा हिजो सोलुखुम्बुको खुम्बु गाउँपालिकामा रहेको पाँच हजार छ सय ४४ मिटरको उचाइमा रहेको कालापत्थरमा रेस्लिङ आयोजना गरिएको हो । नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा भएको रेस्लिङमा नेपालको पहिलो महिला रेस्लर भगवती खड्का ९युनिका० र अमेरिकाकी रेस्लर डानियल मोरिसन .डानी मो) बीच खेल भएको थियो । खेलमा नेपालकी भगवतीले जितेकी छिन् । रेस्लिङ खेलमार्फत विश्व कीर्तिमान बनाउने सपना देख्दै आएकी खड्काले विश्वमा अहिलेसम्म यति उचाइमा रेस्लिङ खेल नखेलिएकाले यो विश्व रेकर्ड हुने दाबी…

Read More

बिर्तामोड, १७ जेठ । वीरता लेडी जेसीजले रक्तदान कार्यक्रम आयोजना गरेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडसँगको सहकार्यमा लेडी जेसीजले रक्तदान कार्यक्रम आयोजना गरेको हो । झापामा रगतको अभाव बढ्दै गएकाले त्यसको व्यवस्थापनका लागि रक्तदान कार्यक्रम आयोजना गरिएको वीरता लेडी जेसीज सन् २०२४ की अध्यक्ष मेनुका ओलीले बताइन् । झापाका प्रहरी प्रमुख मिलन केसीको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम भएको हो । लेडी जेसीजकी महासचिव मुना ढुंगेलका अनुसार कार्यक्रममा १० महिलासहित ३३ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा अर्जुनधारा वडा नम्बर ६ का वडाध्यक्ष हरिशचन्द्र बाँस्तोला, इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश बिष्ट, प्रहरी निरीक्षक ढुण्डीराज गिरी, नेपाल रेडक्रस सोसाइटी बिर्तामोड…

Read More

बिर्तामोड, १७ जेठ । झापाको बिर्तामोडमा बुधबार आयोजित एक कार्यक्रमका बीच एक दर्जनभन्दा बढीले नेत्रहीनका लागि आँखा दान गर्ने घोषणा गरेका छन् । झापा नेत्रहीन संघको कार्यालयमा आज आयोजित ‘आँखा दान तथा सेतो छडी वितरण’ कार्यक्रममा लायन्स क्लब अफ स्मार्ट लेडी बिर्तामोडका पदाधिकारी तथा सदस्यहरुले मृत्युपछि नेत्रहीनका लागि आफ्नो आँखा दान गर्ने घोषणा गरेका हुन् । लायन्स लेडी बिर्तामोडका अञ्जु खड्का, पार्वता गिरी, मञ्जु उप्रेती, मीरा खड्का, यशोदा उप्रेती, सरु भुर्तेल खनाल, पुनम घिमिरे, पवित्रा घिमिरे, लीला दंगाल, लक्ष्मी आचार्य, शीला भट्टराई, गोमा खड्का लगायतले आँखा दान गर्ने घोषणा गरेका हुन् । सोही कार्यक्रमका बीच नेत्रहीनलाई सहारा नेपाल बचत तथा…

Read More