झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, ६ असार । झापाको भद्रपुर–९ स्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहले वनमा आवद्ध महिला उपभोक्ताहरुका लागि दैनिक रुपमा आवश्यक घरायसी सामान बनाउने तालिम सञ्चालन गरेको छ । वनले वार्षिक कार्यक्रमअनुसार गरिबी न्यूनिकरण तथा महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत महिला उपभोक्ताहरुका लागि साबुन, हार्पिक, सर्फ र फिनेल बनाउने तालिम सञ्चालन गरिएको समूहका कोषाध्यक्ष अनुज खतिवडाले जानकारी दिए । चार दिनसम्म चल्ने तालिमको आज बुधबार एक समारोहका बीच भद्रपुर नगरपालिका वडा न ९ का वडाध्यक्ष रामप्रसाद दाहालले गरेका छन् । वनका अध्यक्ष दुर्गापसाद भट्टराईको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा प्रमुख अतिथि वडाध्क्ष दाहालले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतारी स्वरोजगार बन्न सहभागी महिलाहरुलाई आग्रह…

Read More

शिवसताक्षी, ६ असार । शिवसताक्षी नगरपालिकाले नगरपालिकामा कार्यरत कर्मचारीलाई क्षमता विकास तालिम दिन शुरु गरेको छ । नगरपालिकामा चौथो र पाँचौ तहमा कार्यरत कर्मचारीहरुलाई तीन दिवसीय क्षमता विकास तालिमको आज उद्घाटन गरिएको हो । शिवसताक्षीको पर्यटकीय क्षेत्र दोमुखामा आज नगरप्रमुख मेगाहाङ्ग थोप्राले तालिमको उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा बोल्दै नगरप्रमुख थोप्राले नगरपालिकाका कर्मचारीहरुलाई अपडेट गर्दै कार्यसम्पादनमा उत्कृष्टता ल्याउन नगरले बेला बेलामा क्षमता विकास तालिम दिदै आएको बताए । तर हाम्रो पालिकामा परिस्थिति अलि फरक रहेको उनले जानकारी गराउँदै बाहिर सेवाग्राही, राजनीतिक दल लगायतले कार्मचारीहरुको कार्य शैली प्रतिको असन्तुष्टि आएको गुनासो गरे । हाम्रो पालिकामा काम गर्ने सबै कर्मचारीहरु प्रतिश्पर्धाबाट…

Read More

सन्तोष शर्माझापा, ५ असार । झापा गाउँपालिकाको आधारभूत अस्पतालमा यतिबेला सुत्केरी गराउनेको संख्या बृद्धि भएको छ । सहारा नेपालद्वारा सञ्चालित विश्वास परियोजनाले बर्थिङ सेन्टरमा आवश्यक उपकरण उपलब्ध गराउनुका सागै स्वास्थ्यकर्मीलाई तालिम दिएपछि यहाँ सुत्केरी गराउनेको संख्या बढेको हो । बर्थिङ सेन्टरमा गत वर्ष १२ जनाले प्रसुती सेवा लिएका भने यो वर्ष उक्त सेवा लिनेको संख्या ५९ पुगिसकेको छ । विश्वास परियोजनाले उपेक्षित उष्ण प्रदेशीय रोगको नियन्त्रण र मातृ–शिशू स्वास्थ्यको क्षेत्रमा काम गर्दैै आएको छ । ‘यसअघि बर्षमा मुस्किलले ११–१२ जनाले सेवा लिन्थे’, झापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेम न्यौपानेले भने, ‘यो वर्ष पाँच गुणा बढीले सेवा लिएका छन् ।’ बर्थिङ…

Read More

कनकाई, ५ असार । कनकाई अपाङ्गता समावेशी संस्थाले कनकाई नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख टीका खतिवडालाई सम्मान गरेको छ । कनकाई नगरपालिकाको सभा हलमा आज आयोजित वार्षिक समीक्षा गोष्ठी कार्यक्रममा संस्थाले शाखा प्रमुख खतिवडालाई नगदसहित सम्मान गरेको हो । नगरका अपाङ्गता भएका नागरिकको उत्थानका लागि उल्लेख्य योगदान गरेको भन्दै संस्थाले उहाँलाई नगद १० हजारसहित प्रमाण–पत्र, दोसल्ला र दुबोको माला पहिर्याएर सम्मान गरेको हो । कार्यक्रममा विशेष अतिथि कनकाई–८ का वडाध्यक्ष लीलाबहादुर कटुवाल, वडा नं। ४ का वडाध्यक्ष रोशन सुवेदी ,सामाजिक अभियन्ता शेरबहादुर थापा, संस्थाका अध्यक्ष पुष्पलाल घिमिरे लगायतले उहाँलाई सम्मान–पत्र हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै वडाध्यक्ष…

Read More

भारतीय अभिनेत्री प्रियंका चोपडा छायांकन गर्ने क्रममा घाइते भएकी छन् । अष्ट्रेलियामा आगामी हलिउड फिल्म ‘द ब्लफ’ को सुटिङ गरिरहेको बेला उनको घाँटीमा गहिरो चोट लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रियंकाले सामाजिक सञ्जालमा घाउको तस्वीर सेयर समेत गरेकी छन् । ‘भगवानलाई धन्यवाद यो चोट धेरै गहिरो छैन,’ उनले लेखेकी छन् । उनले सामाजिक सञ्जालमा सेयर गरेको घाउको तस्वीर भाइरल भएसँगै फ्यानहरुले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन् । तस्वीरमा उनको घाँटीमा निकै गहिरो चोट लागेको देखिन्छ । अस्ट्रेलियामा छायांकन भइरहेकफ ‘द ब्लफ’ मा कार्ल अर्बनसँग प्रियंकाले सहकार्य गर्दैछिन् । ओटीटी प्लाटफर्म प्राइम भिडियोमा रिलिज हुने यो फिल्मको निर्देशन फ्र्यांक…

Read More

ताप्लेजुङ, ५ असार । ताप्लेजुङमा मनसुनी वर्षा सुरु भएयता बढीपहिरोका कारण ८१ घरका तीन सय ४२ जना विस्थापित भएका छन्। एक साताको अवधिमा पहिरोमा परेर जिल्लामा पाँचजनाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए। उनका अनुसार यहाँका आठ घर पूर्णरुपमा क्षति भएका छन्भने १८ घर उच्च जोखिममा छन् । जिल्लाका विभिन्न स्थानका ५५ घर जोखिममा रहेका उनले बताए। ‘बाढीपहिरोबाट एक साताको अवधिमा ८४ वटा पशुचौपाया मरेका छन् । चार सवारीसाधनमा क्षति पुग्नका साथै दुईवटा काठको मोटरेवल पुलसहित चारवटा पुल बाढीले बगाएको छ’, प्रजिअ आचार्यले भने। बाढीपहिरोबाट विस्थापित ७० परिवार आफन्त तथा छिमेकीकामा आश्रय लिएर बसेको जनाउँदै ११ परिवार…

Read More

काठमाडौँ, ५ असार । इलाम–१ को निर्वाचन बदरको माग राखी पूर्वप्रधानमन्त्री झलनाथ खनालले दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा उनको निवेदनमा सुनुवाइ भइरहेको छ। उक्त इजलासमा आज अधिकांश मुद्दा निर्वाचनसम्बन्धी छन्। तीमध्ये केहीमा सुनुवाइ सकिइसकेको छ। खनालले २०७९ मंसिरमा भएको निर्वाचनको परिणाममा चित्त नबुझेपछि सर्वोच्चमा रिट दायर गरेका थिए। उनले त्यो निर्वाचन बदर गरी पुनः चुनाव गराउन माग गरेका छन्। उक्त निर्वाचनमा खनाललाई एमालेका महेश बस्नेतले २ हजार ९ सय ५७ मतले पराजित गरेका थिए। बस्नेतले २५ हजार ७ सय ५३ र खनालले २३ हजार ८९ मत पाएका थिए।

Read More

काठमाण्डौ, ५ असार । नयाँ बानेश्वरमा रहेको सङ्घीय संसद् सचिवालयमा सुरक्षार्थ खटिएका एक जना सुरक्षाकर्मी गोली लागेको अवस्थामा मृत फेला परेका छन् । नेपाल प्रहरीका २२ वर्षीय प्रहरी जवान अजित गोले शौचालयमा मृत फेला परेका हुन् । दोलखा मेलुङ गाउँपालिका–४ घर भएका गोलेले बिहान ड्युटीकै समयमा शौचालय गएर गोली हानी आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ। प्रहरी विशेष कार्यदलबाट संसद् भवनको सुरक्षार्थ खटिएका उनी २०७८ सालमा प्रहरीमा भर्ना भएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

इलाम, ५ असार । इलामको फाकफोकथुम गाउँपालिकामा चार करोड १९ लाख ८२ हजार रुपैयाँको लागतमा ६ वटा सिँचाइ आयोजना निर्माण भएका छन्। चालु आर्थिक वर्षमा सञ्चालित आयोजनाको काम अन्तिम चरणमा पुगेको फाकफोकथुम गाउँपालिका साना सिँचाइ कार्यक्रमले जनाएको छ । आयोजनाअन्तर्गत ‘ड्याम’ र पक्की कुलोलगायत पूर्वाधार निर्माण भएका छन् । फाकफोकथुम गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमअन्तर्गत वडा नम्बर ६ बाहेक सबै वडामा एक–एकवटा सिँचाइ कुलो निर्माण भएको छ । आयोजना सम्पन्न भएपछि फाकफोकथुमका ६ वटा वडाका खेतबारीमा बाह्रै महिना पानी पुग्नेछ । आयोजनाबाट दुई सय १७ हेक्टर क्षेत्र सिँचाइ सुविधा भएपछि उत्पादन बढ्ने विश्वास छ । फाकफोकथुममा धान, मकै, गुहँलगायत अन्नबाली,…

Read More

एजेन्सी, ५ असार । युरोकप फुटबलमा आज तीन खेल हुँदैछन् । आजको पहिलो खेलमा नेपाली समयअनुसार बेलुका पौने ७ बजे क्रोएसिया र अल्बानिया खेल्दैछन् । यस्तै राति पौने १० बजे जर्मनी र हङ्गेरी तथा राति पौने १ बजे स्कटल्याण्ड र स्वीट्जरल्याण्ड खेल्दैछन् । गएराति भएका खेलमा पोर्चुगल र टर्की विजयी भए । समूह एफको खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २–१ गोलले हरायो । यो खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्न सकेनन् तर उनले ६ वटा युरो कपमा सहभागी हुने पहिलो खेलाडीको कीर्तिमान बनाएका छन् ।

Read More